Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विनोद चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरीखाने अभियान’

१५ माघ, वीरगञ्ज । नेपाली काँग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरीखाने अभियान’ सुरु गरेको छ । बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उक्त अभियान घोषणा गरियो । पत्रकार सम्मेलनमा अभियानका सहसंयोजक अनिल रुगंटाले नेपालीको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियान सुरु गरिएको बताए । ‘नेपाली जनतालाई गरीखाने बाटोमा लैजाने र पछि उनीहरुलाई हुनेखाने बनाउने योजना छ’ […]

मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

१५ माघ, काठमाडौं । सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । उक्त सहमति भएको तीन महिना बितिसक्दा पनि बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएको भन्दै धर्नामा बसेर उनीहरुले […]

माउन्ट केटु आरोही नेपालीलाई राजदूत क्वात्राले दिए बधाई

१५ माघ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले माउन्ट केटु हिमाल हिउँदयाममा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरुलाई बधाई दिएका छन् । राजदूत क्वात्राले नेपाली आरोहीहरुको फोटो सामाजिक सन्जालमा पोष्ट गर्दै लेखेका छन्, ‘उहाँहरुको अदम्य साहस र टीम वर्कलाई सलाम ।’ निर्मल पुर्जासहितका नेपाली १० आरोहीहरु ३ माघमा विश्वको दोस्रो अग्लो […]

आज पनि माइतीघरमा प्रचण्ड-माधव समूहको धर्ना

१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ । प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको सो समूहले जनाएको छ । धर्नमा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, […]

पीसीआर मेसिन खरिद गर्दै प्रदेश १ सरकार

१५ माघ, विराटनगर । कोभिड–१९ विरुद्ध खोप ल्याउनुपर्ने बेलामा प्रदेश १ सरकारले कोरोना जाँच गर्ने पीसीआर मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अटोमेटिक आरटी पीसीआर मेसिन खरिदको प्रक्रिया सुरु गरेको हो । लगभग दुई करोड ५० लाख रुपैयाँमा मेसिन खरिदका लागि माघ ११ गते टेण्डर आह्वान गरिएको छ । प्रदेश १ […]

हनुमानघाटमा माधव नारायणका व्रतालु (फोटो फिचर)

१५ माघ, काठमाडौं । आजबाट श्री स्वस्थानी व्रत तथा माधव नारायण मेला सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (एक महिनासम्म) लाग्ने मेलामा साँखुको शाली नदीको बढी चर्चा हुने गर्छ । तर शाली नदीको जस्तै महत्व भक्तपुरको हनुमानघाटको पनि छ । हनुमान घाटमा पौष शुक्ल पूर्णिमाको बिहानै स्नान गर्ने तथा माधव नारायणको […]

सैनिकको पेन्सन अवधि घटाउने प्रस्ताव सर्तसहित स्वीकृत

१५ माघ, काठमाडौं । अन्ततः नेपाली सेनाका फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेपछि स्वेच्छिक अवकाश लिएर निवृत्तभरण पाउने भएका छन् । पटकपटक जंगीअड्डाले यस सम्बन्धमा पठाउने गरेको प्रस्ताव अर्थ मन्त्रालयबाट अस्वीकृत हुने गरेको थियो । तर, केही प्रावधान फेरबदलसहित हालै पठाइएको प्रस्तावलाई अर्थ र सामान्य प्रशासन मन्त्रालयले स्वीकृति दिएपछि २९ पुसमा बसेको […]

लागूऔषधसहित तीनजना पक्राउ

१५ माघ, काठमाडौं । काठमाडौंको टेकुस्थित कालोपुल नजिकैबाट प्रहरीले लागूऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल काठमाडौंको स्वयम्बु बस्ने १९ वर्षीय सुशिल नेपाल, सिन्धुपाल्चोक साँगाचोक गढी घर भई सोही ठाउँ बस्ने २४ वर्षीय सन्दिप तामाङ र महोत्तरीको खैरमारा नगरपालिका घर भई सोही ठाउँ बस्ने २४ वर्षीय निशान तामाङ रहेका […]

लोकन्थली–कोटेश्वर खण्डमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु

१५ माघ, काठमाडौं । मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली–कोटेश्वर जाने सडकखण्डमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । शवको प्रारम्भिक अनुसन्धानमा सवारी साधनको ठक्करबाट मृत्यु भएको निष्कर्ष निकाल्दै प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ । मृतकको सनाखतका लागि आफन्तको पहिचानको प्रयास भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए […]

संवैधानिक इजलासमा अञ्जु पन्तको गीतको चर्चा

१५ माघ, काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटन ठीक कि बेठिक भन्ने बहस जारी छ । माघ ४ गतेदेखि जारी यो गम्भीर बहसमा बेला–बेला गीत र गजलका प्रसंग पनि उठ्छन् । केही दिन अगाडि वरिष्ठ अधिवक्ता शम्भु थापाले उर्दू गजलका शेर वाचन गरेका थिए । आज भने वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले अञ्जु पन्तको गीत […]

राकेश अग्रवालले उखु किसानलाई साढे ४ करोड तिर्न बाँकी

१५ माघ, काठमाडौं । बुधबार साँझ त्रिपुरेश्वरस्थित घरबाट पक्राउ परेका चिनी उद्योग राकेश अग्रवाललाई कारबाहीका लागि सर्लाही पठाइएको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि पठाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । उनका अनुसार सर्लाही प्रहरीको पत्रचारकै आधारमा अग्रवाललाई पक्राउ गरिएको थियो । सर्लाहीका एसपी […]

धनुषामा डिष्टिलरीका सञ्चालकको हत्या, शंकास्पद दुईजना पक्राउ

१५ माघ, जनकपुरधाम । धनुषामा एक जना डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालकको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो । प्रहरीका अनुसार ५१ वर्षीय रेग्मीको शव रक्ताम्य अवस्थामा कम्पनी प्राङ्गणमै रहेको आफ्नै कोठाभित्र फेला परेको हो । टाउकोमा गहिरो चोट लागेको र शरीरबाट अत्यधिक रगत बगेको अवस्थामा […]

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

१५ माघ, सप्तरी । सप्तरीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजस्थित नहरको बाटोको छेउमा बिग्रेर राखिएको पुरानो रोलरमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ३ जना सवार स. ३ प. ३०४७ नम्बरको मोटरसाइकल […]

अदालतको अवहेलना मुद्दा न्यायाधीश शर्माको इजलासमा

१५ माघ, काठमाडौं । प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलनाको पाँच वटै मुद्दामा आज सुनुवाइ हुँदैछ । सबै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ । बुधबार अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले चार पूर्वप्रधानन्यायाधीशविरुद्ध छुट्टाछुट्टै निवेदन दर्ता गराए । गत पुस २४ गते पूर्वप्रधानन्यायाधीशहररु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले […]

धरौटी बुझाएर छुटे भाइरल युवक अर्जुन 

१५ माघ, काठमाडौं । अनामनगरमा बच्चा बोकेर रिक्सा चलाएको तस्वीर सार्वजनिक भएपछि भाइरल भएका युवक अर्जुन विकलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । अपहरण तथा शरीर बन्धक गरी बालिकमाथि जबरजस्तीकरणी गरेको अभियोगमा अदालतले ५० हजार धरौटी लिएर छाड्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी प्रतिक विष्टका अनुसार विक धरौटी बुझाएर छुटिसकेका […]

काँकडभिट्टाको सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल फ्रेटलाई

१५ माघ, काठमाडौं । काँकडभिट्टास्थित सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालिले पाएको छ । इन्टर मोडल यातायात विकास समितिले आह्वान गरेको बोलपत्रमा सहभागी पाँच कम्पनीमध्येबाट ट्रान्स नेपालको प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट छनोट भएको हो । पाँच वर्षका लागि वार्षिक १३ करोड २३ लाख भाडा तिर्नेगरी उक्त कम्पनीसँग बुधबार समितिले […]

केपी ओलीले देशलाई कालो सुरुङमा हाले : प्रचण्ड

१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेको बताएका छन् । पेरिसडाँडामा बिहीबार बसेको जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माघ २८ को जनप्रदर्शन निर्णायक हुने बताए । केपी ओलीले देशलाई कालो सुरुङमा हालेको प्रचण्डले आरोप लगाए । तर, ओलीको त्यो प्रयास विफल बनाउने […]

नेपालमा झन् बढ्यो भ्रष्टाचार : ट्रान्सपरेन्सी इन्टरनेशनल

१५ माघ, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको जनाएको छ । १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा छ । गत वर्ष यस सूचीमा नेपालको अंक ३४ (११३ औं स्थान) थियो । ‘यसले नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ,’ […]

सुनचाँदीको भाउ घट्यो

१५ माघ,काठमाडौं । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । बुधबार ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आजका लागि ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजकालागि तेजाबी सुनको भाउ ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ । बुधबार तेजावी सुन ९१ हजार […]

शाली नदीमा स्वस्थानीको चहलपहल (फोटो फिचर)

१५ माघ, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने […]

टी-१० लिग आजदेखि, सोमपाल र करणले मौका पाउलान् ?

१५ माघ, काठमाडौं । चौथो संस्करणको आबुधाबी टी-१० लिग क्रिकेट आजदेखि युएईमा सुरु हुँदैछ । यस पटक चार नेपाली खेलाडी टी-१० लिगमा रहेकाले नेपालमा पनि यसको चासो र चर्चा बढेको छ । नेपालका तीन खेलाडी पहिलो पटक टी-१० लिगमा छनोट भएका हुन् । यस्तै गत सिजन खेलेका पारस खड्का यस पटक मेन्टरको रुपमा छन् । […]



from समाचार – Online Khabar https://ift.tt/3t5DXus
via IFTTT
Powered by Blogger.