Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता गरेका रहेछन् : नारायणकाजी श्रेष्ठ

१६ माघ, गोरखा । नेकपा प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पद जोगाउनका लागि केपी शर्मा ओलीले पार्टीमाथि आक्रमण गरेको बताएका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रबार गोरखाको सिरानचोक गाउँपालिका चित्रेपोखरीमा आयोजित सभामा श्रेष्ठले प्रधानमन्त्री पदकै लागि ओलीले विगतमा पार्टी एकता गरेको बताए । ‘संविधान र लोकतन्त्रको आधारमा देशलाई सामाजिक र आर्थिक रुपान्तरण गर्छाै […]

‘भ्रष्टाचार हुँदैन भनेर जप्ने होइन, व्यवहारमा देखिनुपर्‍यो’

१६ माघ, काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा सरकार चुकेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन् । शुक्रबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद दीनानाथ शर्माले मुलुकमा भ्रष्टाचार धेरै नै बढ्दा समेत सरकारले केही गर्न नसकेको बताए । भ्रष्टाचारमात्रै नभएर पछिल्लो […]

जरुरी परे संसद बैठक बस्न सक्छ : प्रचण्ड

१६ माघ, विराटनगर । नेकपा प्रचण्ड –माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी परे संसद बैठक बस्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको बताउँदै उनले जरुरी परे संसद बैठक बस्न सक्ने बताएका हुन् । ‘संविधानले हामीलाई बैठक बस्ने अधिकार दिएको छ, केपी ओलीलाई विघटन गर्ने अधिकार दिएको छैन्,’ उनले […]

स्वास्थ्य स्वयंसेविकालाई तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता   

१६ माघ, काठमाडौँ । नागार्जुन नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता दिएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि खटिनुपर्ने भएकाले उनीहरुको कामको उच्च मूल्यांकन गर्दै अझ बढी काम गर्ने हौसला प्रदान होस् भन्ने उद्देश्यले नगरपालिकाका दश वटै वडाका ९७ स्वयंसेविकालाई रु तीन हजार प्रोत्साहन भत्ता दिइएको हो । सरकारले […]

३२२१ नमुना परीक्षण गर्दा १५७ जनामा कोरोना संक्रमण पुष्टि

१६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार २२१ जनाको परीक्षण गर्दा ५९ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । उनीहरुमध्ये २ लाख ६५ […]

केटु हिमाल आरोहण टोलीलाई पूर्वराजाको बधाई

१६ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले केटु हिमाल आरोहण टोलीका सदस्यहरुलाई बधाई दिएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै शाहले हालसम्म कोही पनि नपुगेको ठाउँमा आरोहण गर्दै कीर्तिमानी कायम गरेका निर्मल पूर्जा नेतृत्वको टोलीलाई बधाई ज्ञापन गरेका हुन् । ‘सर्वाधिक चिसो मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवं सम्मान […]

अदालतबारे बोल्दैनौं भन्नेहरु कायर हुन् : गगन थापा

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले रामशाहपथबाट परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्ने कांग्रेस कायर भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शान्ति बाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्ने पार्टीको निर्णय भएको बताए । ‘बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं, जसले अदालतको चार किल्लाभित्र […]

केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिसकेको छ : माधव नेपाल

१६ माघ, विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिदिएको बताएका छन् । ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई आयोगले अमान्य घोषणा गरिदिएको तर्फ संकेत गर्दै नेता नेपालले भने, ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ । पछारिइसकेपछि पनि खुट्टामाथि उचालेर मेरो खुट्टो त माथि नै छ भन्दै […]

जुलुसमा जस्तो सामाजिक दुरी पशुपतिमा पनि पालना हुन्छ : मन्त्री ढकाल

१६ माघ, काठमाडौं । कोरोनाकालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गरेका भानुभक्त ढकाल सम्भवतः सबभन्दा बढी विवादित र आलोचित भए । कोरोना क्रमशः कम हुँदै जाँदा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइपुगेका छन् । स्वास्थ्यमन्त्री हुँदास्वास्थ्य प्रोटोकल कडा हुनुपर्छ भनेर लविङ गर्ने उनी आफैंले बनाएको प्रोटोकल खुकुलो बनाउनुपर्छ भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र […]

नाटकमा शुक्रराज शास्त्रीलाई फाँसी !

१६ माघ, काठमाडौं । संसद पुनर्स्थापनाको माग राखेर कलाकारहरूले नाटक प्रदर्शन गरेका छन् । बृहत नागरिक आन्दोलनको आह्वानमा शुक्रबार टेकुस्थित शहीद शुक्रराज वृक्षमा नाटक देखाएका हुन् । शिल्पी थियटरका कलाकारहरूले शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिएको विषयमा नाटक प्रदर्शन गरेका थिए । शहीद दिवसको अवसरमा आयोजित ‘प्रतिगमन विरुद्धको प्रतिरोध’ कार्यक्रममा लेखक नारायण ढकाल, रश्मिला प्रजापति लगायतका […]

पिठोमा लुकाएर लागूऔषध ओसारपसार, दुईजना पक्राउ

१६ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट ६ सय एम्पुल लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २८ वर्षीय जलन्धर दास र २० वर्षीय जयप्रकाश मेहतालाई प्रहरीले पक्राउ गरेको हो । जलन्धर अटोका चालक हुन भने जयप्रकाश अटोमा सवार थिए । इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले ना १ ह ४६४४ नम्बरको अटो […]

बसको ठक्करबाट एकजनाको मृत्यु

१६ माघ, धनुषा । धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका-३ का ५० वर्षीय दिपचन्द्र यादव रहेका छन् । लक्ष्मीनिया गाउँपालिका-४ सपहीस्थित सडकमा ना.४ ख १०६९ नम्बरको बसले शुक्रबार बिहान उनी सवार साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल […]

निर्वाचन आयोगको स्पष्टीकरण : नेकपाको कुनै गुटलाई आधिकारिता दिएका छैनौं

१६ माघ, काठमाडौं । नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको निर्वाचन आयोगले प्रष्ट पारेको छ । संसद विघटनसँग विभाजित नेकपाको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली समूहले भने २०७८ मंसिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय कमिटी विस्तार गर्दै विवरण अध्यावधिक गर्न निर्वाचन […]

गगनलाई विद्यासुन्दरको पत्र-तपाईंले कमलपोखरीमा गरेका कामको विवरण पठाउनुस्

१६ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरातत्व विभाग र काठमाडौं क्षेत्र नम्बर ४का पूर्वसांसद गगन थापालाई जवाफी पत्र पठाएको छ । महानगरपालिकाले पुरातत्व विभागलाई कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको आरोप लगाएको छ । थापासँग भने कमलपोखरीमा उनका पहलमा भएका कामहरूको विवरण पठाउन पत्रमा भनिएको छ । काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पत्र नै […]

गणित विषयको विवाद सकियो, गणित र सामाजिक मध्ये एक पढ्नै पर्ने

१६ माघ, काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने छन् । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो । परिषद्को […]

गंगालालको आँखामा मृत्युको भय थिएन !

राणा शासनको प्रशासनतन्त्रमा जागिरे डिल्लीबजारका भक्तलाल श्रेष्ठका दुई श्रीमतीबाट जम्मा १६ सन्तान भए । भक्तलाल श्रेष्ठकी जेठी श्रीमती तुलसीमायाका आठ सन्तानमध्ये जेठा छोरा हुन्, गंगालाल । सरकारी कर्मचारी भएका कारण भक्तलालको सरुवा भइरहन्थ्यो । त्यसै क्रममा जेठो सन्तान गंगालालको जन्म वि.सं. १९७५ मा रामेछापको मन्थलीमा भएको हो । बालक गंगालालको शिक्षा सुरुमा परिवारभित्रै तथा पछि […]

अनलाइनखबरकर्मी बुढाथोकीसहित चार पत्रकारलाई बारबरा फाउण्डेसन कोभिड–१९ विशिष्ट सम्मान

१६ माघ, काठमाडौं । अनलाइनखबरकर्मी सागर बुढाथोकीसहित चार पत्रकार बारबरा फाउण्डेसन कोभिड–१९ विशिष्ट सम्मानबाट सम्मानित भएका छन् । फाउण्डेसनले कोरोना महामारीका क्रममा उत्कृष्ट सेवा प्रदान गरेका चिकित्सक, नर्स, पत्रकार र स्वास्थ्य सहयोगीलाई यो सम्मान प्रदान गरेको हो । पत्रिकारिता विधिमा बुढाथोकीसँगै कान्तिपुरकी फातिमा बानु, देशसञ्चारकी वर्षा शाह र न्युज एजेन्सी नेपाल सम्मानित भएका हुन् । […]

संवैधानिक इजलासमा सांसद विडारीको प्रश्न : प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान ?

१६ माघ, काठमाडौं । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले संसद विघटन मुद्दामा फैसला गर्दा अदालतसमक्ष प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान हेर्ने भन्ने प्रश्न उठेको बताएका छन् । संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्दै वरिष्ठ अधिवक्तासमेत रहेका विडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना हुँदैन भन्दै हिँडेको तर संविधानमा संसद विघटनको प्रावधान नरहेको बताए । वरिष्ठ […]

जसपाले संसद विघटनको विरोधमा वडा तहसम्म विरोध गर्ने

१६ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ […]

संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन हो : भानुभक्त ढकाल

१६ माघ, काठमाडौं । नेकपा ओली समूहका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री ढकालले ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगमन भएको बताए । ‘अफ्ठ्यारो परिस्थितिबाट ताजा जनादेशमा जानु अग्रगमन हो,’ उनले भने, ‘संसद पुनर्स्थापनाको माग राख्नु चाहिँ […]

कोरोना खोप लगाएर आए नेपालमा क्वारेन्टिन बस्न नपर्ने !

१६ माघ, काठमाडौं । विदेशबाट कोरोना भाइरसको खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने नियम ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सीसीएमसी हुँदै मन्त्रिपरिषदमा लैजाने तयारी छ । खोप लगाएकाहरुलाई अनअराइभल भिसा दिने र नेपाल आइसकेपछि क्वारेन्टिन बस्न नपर्ने नियम ल्याउन लागिएको मन्त्री ढकालले बताए । नेपालमा […]



from समाचार – Online Khabar https://ift.tt/2MynnTh
via IFTTT
Powered by Blogger.