समाचार
१८ माघ, काठमाडौं । सेयर मूल्य उच्च भएका दुई ठूला कम्पनीहरुको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का गरिदिएको छ । धितोपत्र ऐन अनुसार कामकारबाही नगरे पछि सेयर कारोबार रोकिएको नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदे जानकारी दिए । सीईओ साउदका अनुसार यी दुई कम्पनीले लामो त्रैमासिक रुपमा बुझाउनु पर्ने वित्तीय विवरण समेत बुझाउन सकेको छैन […]
१८ माघ, बलेवा । कोरोना महामारी नभएको भए यतिबेला बागलुङ नगरपालिका-८ सिगानामा सुन्तला उत्सव हुन्थ्यो । किसान र उपभोक्ताको साक्षात्कार हुने सुन्तला उत्सव सिगानाको सुन्तलाको बजारीकरणको राम्रो माध्यम हो । यो वर्ष किसानले उत्सव लगाएर सुन्तलाको बजारीकरण त गर्न पाएनन् तर यामको फलबाट आम्दानी भने भित्रिरहेको छ । सुन्तला गाउँका रुपमा परिचय कमाएको सिगानाका किसानलाई […]
१८ माघ, काठमाडौं । ‘अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर ? कति रिक्टरको भूकम्प’ आदि प्रश्न दैनिकजसो पत्रकारले राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीलाई राख्दथे । विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केल) पछि धेरै पत्रकारको जिज्ञासा मेटाउनमै लोकविजयको समय जाने गरेको थियो । उनै लोकविजयले भूकम्पसम्बन्धी यस्तै प्रश्नका विषयमा विद्यावारिधि […]
१८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले सोमबार विहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले आकस्मिक रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठकमा समसायिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन् । यो समूहको केन्द्रीय […]
१८ माघ, विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ । प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक यसअघि माघ ७ गते बसेर स्थगित भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी गराएका हुन् ।
१८ माघ, काठमाडौं । जबरजस्ती करणीको आरोपमा भक्तपुरबाट एकजना युवक परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० कमलविनायकका ३१ वर्षीय विकास तज रहेका छन् । सोही ठाउँमा डेरा गरी बस्ने सर्लाही स्थायी घर भएकी १९ वर्षीय किशोरीलाई कोठामा एक्लै भएको मौका छोपेर जबरजस्ती करणी गरेको उजुरी परेपछि विकासलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी […]
१८ माघ, काठमाडौं । साताको पहिलाे दिन आइतबार सेयर बजार परिसूचक घटेको छ । आइतबार विहान कारोबार खुलेसँगै घट्न शुरु भएको बजार नेप्से परिसूचक ५४.७५ अंकले घटेर २ हजार ३ सय ७० दशमलव ५४ मा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.७३ अंकले घटेको छ भने नेप्सेमा कारोबार हुने सबैजसो […]
१८ माघ, जनकपुरधाम । प्रदेश २ सरकारले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेवल साह नियुक्त भएका छन् । त्यस्तै रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साह नियुक्त भएका छन् । आइतबार उनीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । त्यस अवसरमा मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको […]
१८ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव […]
१८ माघ, सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ रोकिएको छैन । नाम्खा गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा अत्यधिक चिसोमा विद्यार्थी विद्यालय उपस्थित […]
१८ माघ, काठमाडौं । कैलालीका कोरोना संक्रमित पुरूषको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका अनुसार कैलालीको जोशीपुरका ८३ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान ११ः३७ बजे मृत्यु भएको हो । उनीमा माघ ७ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै आइसोलेसनको आईसीयू कक्षमा राखेर रोगको प्रकृति अनुसार उपचार गरिए पनि […]
१८ माघ, काठमाडौँ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुलमा आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आइतबारदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो । गोरखा भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको पुनःनिर्माणको काम गत वर्षको फागुनमा नै सकिए पनि कोरोना […]
जंगबहादुर हुनुहुँदोरहेछ तपाईं, जुँगा उखेल्नु भो हजुरले जुगको थुकौं भने पनि तपाईंलाई अपमान हुने भो मेरो थुकको प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको दिन ०७७ पुस ५ गते कवि अर्जुन पराजुली फेसबुकको भित्तामा गर्जिए । पराजुली, ०६२/६३ सालको जनआन्दोलनका बेला उदाएका कवि हुन् । तत्कालीन राजसंस्थाविरुद्ध कविता लेखेर उनले निकै […]
१८ माघ, काठमाडौं । नेकपा ओली समूहले २३ गतेको आमसभा ‘नारायणहिटी दरबार संग्राहलय’ अगाडि गर्ने भएको छ । माघ २३ मा हुने आमसभा नारायणहिटी दरबार संग्राहलयको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवं आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताए । पशुपतिनाथ मन्दिरमा पूजा गर्नुका साथै चितवनको माडीमा राममन्दिर बनाउन जोड दिँदै आएका ओलीले ‘नारायणहिटी […]
१८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीहरुको भीडमा बसेर उल्टो बाटो हिँड्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलामा आयोजित धर्नालाई सम्बोधन गर्दै नेता पाण्डेले ओलीमाथि हिन्दु राज्य बनाउने कोसिस गरेको आरोप लगाए । केही दिन पहिले पशुपतिनाथको पूजा गर्न गएको र शनिबार चितवनमा […]
१८ माघ, काठमाडौं । संसद विघटनको मुद्दामा बहस भइरहेको संवैधानिक इजलासमा कानुन व्यवसायीले प्रधानमन्त्रीले भनेझैं अहिले ताजा जनादेशमा जानुपर्ने स्थिति नरहेको बताएका छन् । रिट निवेदकसमेत रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले ताजा जनादेशमा जान निश्चित विषय किटान गर्नुपर्ने बताए । ‘ताजा जनादेशमा जान विषय चाहिन्छ । बेलायतमा ईयुमा रहने कि नरहने भनेर जनमत सङ्ग्रह भएको […]
१८ माघ, काठमाडौं । क्लिन फिड लागू भएपछि घटेका ग्राहक (दर्शक) फिर्ता नभएको भन्दै टेलिभिजन सेवा वितरक र प्रसारकहरुले चिन्ता व्यक्त गरेका छन् । कात्तिक ८ गतेदेखि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा क्लिन फिड (विज्ञापनरहित प्रसारण) कार्यान्वयनमा आएपछि धेरैजसो च्यानलको प्रसारण रोकिएकाले टेलिभिजनका ग्राहक ह्वात्तै घटेको थियो । क्लिन फिड लागू भएलगत्तै टेलिभिजन सेवा प्रसारक […]
१८ माघ, सप्तरी । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका-४ स्थित मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साह रहेका छन् । शनिबार राति आफ्नै पसलमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ । यस […]
१८ माघ, विराटनगर । विराटनगरका पत्रकार पुष्पराज गड्तौलाको ७१ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । पुष्पाञ्जली साप्ताहिकका प्रकाशक सम्पादक समेत रहेका उनी अघिल्लो दिनसम्म पुरानो मोटरसाइकल चढेर आफैं पत्रिका बाँड्दै हिँडेका थिए । विराटनगर महानगरपालिका– ५ त्रिमूर्ती चोक घर भएका गड्तौला सन्देश दैनिकका प्रकाशक पनि हुन् । विराटनगरका पत्रकार शेखर रेग्मीकाअनुसार २०३७ सालदेखि […]
१८ माघ, काठमाडौं । संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् । संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा […]
१८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आइतबारको बहस सुरु भएको छ । अधिवक्ता गोपाल पाण्डेले घरभित्रको झगडा घर भित्रै मिलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशमा संसद विघटन गरेर जनतालाई दुःख दिएको टिप्पणी गरे । ‘घर भित्रको झगडा, घरभित्रै मिलाउनुपर्थ्यो । यो हिन्दी फिलिम जस्तो भयो,’ पाण्डेले भने, ‘प्रधानमन्त्रीले संसदप्रति आक्रोश पोख्ने, […]
from समाचार – Online Khabar https://ift.tt/3pAW5dI
via IFTTT