समाचार
१५ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा पुगेको छ । गत संस्करणमा सेमिफाइनलम व्यहोरेको हारको बदला लिँदै एपीएफ दोस्रो पटक प्रतियोगिताको फाइनल पुगेको हो । बुधबार भएको डर्बी भिडन्तमा एपीएफले पुलिसलाई ३० रनले हरायो । फाइनल पुग्दासम्म एपीएफ […]
१५ माघ, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको […]
१४ माघ, काठमाडौं । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । त्रिपुरेश्वरस्थित घरबाटै उनलाई बुधबार पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । गत ३० मंसिरमा उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई […]
१४ माघ, काठमाडौं । बुधबार विहानै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको प्रांगण ध्वजापताकाले सिंगारिएको थियो । मञ्च पनि तयार थियो । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप लगाउने तयारी भइरहँदा स्वास्थ्यकर्मी तथा अरु कर्मचारीको मुहारमा जिज्ञासा मिश्रित खुसी देखिन्थ्यो । मञ्चमा रहेका निर्देशक डा. सागर राजभण्डारी, डा. अनुप बास्तोला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक […]
एकजना विश्वप्रशिद्ध दार्शनिकले भनेका छन्– एकचोटि प्रौढ भइसकेको मान्छे फेरि केटाकेटी बन्न सक्दैन । तर, केटाकेटीपनको शिकारचाहिँ बार–बार भइरहन सक्छ ! प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी संसद भंग गरेर मध्यावधि चुनावमा जाने निर्णय लिए, यो उनको केटाकेटीपन हो वा परिपक्व राजनीतिक विश्लेषण ? संसद विघटनपश्चात दुईवटा अहम प्रश्न मुखरित भएका छन् : पहिलो – प्रधानमन्त्री […]
१४ माघ, काठमाडौं । नेकपाको दुवै समूहमा नगएर छुट्टै अभियान घोषणा गरेका वामदेव गौतमले पार्टी विभाजन हुनुमा गत वर्ष मंसिर ४ को निर्णय नै कारक भएको निष्कर्ष निकालेका छन् । अब आफूले प्रचण्ड र केपी ओलीलाई ‘एकैतिर फर्काइदिने’ गौतमको दाबी छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान’ घोषणा […]
१४ माघ, काठमाडौं । सरकारले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए । मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई […]
१४ माघ, काठमाडौं । सर्वोच्च अदालत, संवैधानिक इजालसले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्वाको सुनुवाइमा समयको चाप महसुस गरेको छ । पुस १० गतेदेखि इजलासमा संसद विघटनविरुद्ध परेका १३ वटा निवेदनहरुको सुनुवाइ संवैधानिक इजालसमा भइरहेको छ । सर्वोच्च अदालतमा बहस लम्बिएको भन्दै यदाकता सार्वजनिक रुपमा प्रश्न उठ्न थालेको छ । बुधबार प्रधानन्यायाधीश र अरु न्यायाधीशहरुले समयको चाप परेको […]
१४ माघ, वीरगञ्ज । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफू निकट आदिवासी जनजाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षले १० सिट पनि नजित्ने दाबी गरे । प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो […]
१४ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान शुरु गर्दै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको शुरुवात गर्ने मौका दिएकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई विशेष धन्यवाद दिए । खोप उपलब्ध गराएकोमा भारतको प्रशंसा गदै ओलीले भने, ‘उहाँहरुले आफूले शुरुवात गरेको हप्ता दिनमै हामीले शुरु गर्न सक्ने गरी १० लाख डोज उपलब्ध गराउनुभएको छ, […]
१४ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ । लाइसेन्स वितरणमा घुस लेनदेन भएको सूचना पाएपछि आएको अख्तियारको टोलीले मंगलबार झण्डै ६ घण्टासम्म कार्यालय छापा मारेको थियो । कार्यालयमा केही कर्मचारी र एक जना बिचौलिया पनि फेला परे । त्योभन्दा […]
१४ माघ, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशसभाको अबको बैठकमा उक्त प्रस्ताव पारित हुने बताए । गत पुस १२ गते नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा […]
१४ माघ, काठमाडौं । मुलुकभित्र उत्पन्न राजनीतिक अस्थिरताका कारण लगानी पलायनको जोखिम बढेको भन्दै विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक मुद्दामा निजी क्षेत्रको एकता तथा आगामी कदम विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनीहरुले राजनीतिक दल र सरकारले राजनीतिक अस्थिरता निम्त्याएर निरास बनाएको समेत धारणा राखे । […]
१४ माघ, काठमाडौं । काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेचौर घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईं रहेका छन् । काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट बुधबार उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट एकथान नलकटुवा पेस्तोल र एक थान गोली बरामद भएको छ । […]
१४ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको पहिलो दिन बुधबार देशभर ९ हजार ८४ जना व्यक्तिले खोप लगाएका छन् । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९०८४ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २५५, प्रदेश […]
१४ माघ, काठमाडौं । सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवारलगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको छ । मन्त्रिपरिषद्को माघ ११ गते आइतबार बसेको बैठकले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा खानेपानी मन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा […]
१४ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाको मुख्य सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापनको लागि सक्रियता जनाएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले तार व्यवस्थापनको कार्य तत्काल सुरु गर्ने निर्णय गरेको हो । जिल्लाभित्रका सडकमा अव्यवस्थित रहेका तारहरुले सहरी सौन्दर्य बिगारेको र बारम्बार दुर्घटना निम्त्याएको भन्दै यसको […]
१४ माघ, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका- ३ तरहीस्थित जनता माध्यमिक विद्यालयका शिक्षकले छात्रासँग अश्लील व्यबहार गरेको भन्दै अभिभावकले कारवाहीको माग गरेका छन् । विद्यालयमा निमावि तहमा कार्यरत शिक्षक ओमप्रकाश यादवले कक्षा ८ मा अध्ययनरत बालिकासँग अश्लील व्यबहार गरेको अभिभावकले बताएका छन् । गत सोमबार चौथो घण्टीको समयमा शिक्षक यादवले आफूसँग अश्लील व्यवहार गरेको बालिकाले […]
१४ माघ, बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकामा एक हप्ता अघि ३४ वर्षीय युवकको हत्या भएको घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् । गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै खेतमा ३४ वर्षीय राजेन्द्र यादवको जलाएर हत्या भएको थियो । घटनामा संलग्न ८ जनामध्ये आरोपित ६ जनालाई रुपन्देही प्रहरीले पत्रकार […]
१४ माघ, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्न यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ । बोर्डले दिएको जानकारी अनुसार गत ८ गते नै आईपीओ जारी गर्न संस्थाले स्वीकृति पाएको हो । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ […]
१४ माघ, काठमाडौं । नेकपा विभाजन पछि बामदेव गौतमले छुट्टै अभियान घोषणा गरेका छन् । गौतमकै संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान घोषणा भएको हो । बुधबार ललितपुरमा भेला गर्दै गौतमले ६५१ सदस्यीय अभियान घोषणा गरेका हुन् । अभियानमा हरि पराजुली, माया ज्ञवाली, तुलसा थापा, हिरालाल महर्जनसहितको १७५ सदस्यीय कार्य सम्पादन समिति रहने […]
from समाचार – Online Khabar https://ift.tt/3ojY44A
via IFTTT