समाचार
१६ माघ, काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकाले आज शहीद दिवसको दिन सार्वजनिक विदा दिएको छ । शहीद दशरथ चन्दको जन्मभूमिमा विशेष कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइने भएकाले नगर क्षेत्रमा सार्वजनिक विदा दिइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दका अनुसार नगरपालिकाभित्र पर्ने सबै शैक्षिक संस्था, वडा कार्यालय र नगरपालिकाको कार्यालय आज बन्द रहेका […]
१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सानातिना मतभेदलाई बिर्सेर शहीदका सपनालाई विपनामा बदल्न संकल्प गर्न आह्वान गरेका छन् । शहीद दिवसको अवसरमा सन्देश दिँदै सभापति देउवाले भनेका छन्, आज शहीद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गरौं ।’ मुलुकले […]
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएकी छन् । शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् । शहीद दिवसले हामीहरुलाई शहीदले गरेको सर्वोच्च त्यागको स्मरण गराउने जनाउँदै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘शहीदहरूको बलिदानद्वारा प्राप्त […]
१५ माघ, बुटवल । केपी ओली नेतृत्वको कामचलाऊ सरकारको नेतृत्वमा मन्त्री खाइरहेका पूर्वमाओवादीका नेताहरु पूर्वमाओवादी नेताको आक्रमणको तारो बनेका छन् । बुटवलमा विहीबार आयोजित जनसभामा उनीहरुलाई आफ्नै पूर्वसहकर्मीहरुले ‘गद्दार’ एवं ‘केपी ओलीका दास’ को संज्ञा दिए । पूर्वसभामुख ओनसरी घर्तीले गृहमन्त्री रामबहादुर थापा बादल र मन्त्रीहरु टोपबहादुर रायमाझी, मणि थापालाई गद्दार भएर जन्मिएको भन्दै जनताले […]
१५ माघ, काठमाडौं । भ्रष्टाचारको विरोध तथा पारदर्शिता, निष्ठा र जवाफदेहिताको पक्षमा काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनलको करप्सन परसेप्सन इन्डेक्स (सीपीआई) मा नेपाल गतवर्ष भन्दा चार स्थान तल झरेको छ । अघिल्लो वर्ष १८० देशमध्ये ११३ औं स्थानमा रहेको नेपाल यो वर्ष भ्रष्टाचार व्याप्त मुलुकको ११७ औं स्थानमा पुगेको हो । यो वर्ष १०० पूर्णांकमा […]
१५ माघ, चितवन । रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा पुग्दा सीताराम कट्टेल ‘धुर्मस’को मुहारमा पहिलाको जस्तो चमक देखिँदैन । रंगशाला निर्माणको नेतृत्व गरिरहेका धुर्मसलाई पछिल्ला दिनमा आर्थिक संकटले निकै सताउन थालेको छ । रंगशाला निर्माणमा बजेटको अभाव हुँदा न उनले सोचे जसरी कामलाई अघि बढाउन सकेका छन्, न रकमको जोहो हुने निश्चित स्रोत छ […]
१५ माघ, काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई २४ घन्टाभित्र हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? त्यसको आधार कारणसहित बाटो म्यादबाहेक २४ घन्टाभित्र बन्दीसहित जवाफ पेश गर्न भनेको हो । अदालतले बाँस्तोलामाथि कुनै कसूरमा अनुसन्धान भइरहेको भए, त्यसको सक्कल […]
१५ माघ, काठमाडौं । आगामी वैशाखका लागि घोषित मध्यावधि निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने अन्तिम तयारीमा रहेको निर्वाचन आयोगले भोलि शुक्रबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुबै समूहलाई छलफलमा बोलाएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पत्र पठाएर शुक्रबार बिहान साढे ११ बजे दुबै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति […]
१५ माघ, काठमाडौं । काठमाडौंको एक कम्पनीमा कार्यरत जयनारायण थापा (नाम परिवर्तन)कोे गत कात्तिकमा निधन भयो । सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्दै आएका उनको परिवारले आश्रित परिवार योजनाअन्तर्गत महिनैपिच्छे निश्चित निवृत्तिभरण रकम पाउनुपर्ने हो । योगदानकर्ताको निधन भएको अवस्थामा उनको आधारभूत तलबको ६० प्रतिशत रकम इच्छाएको परिवारभित्रको आश्रित व्यक्तिले आफ्नो जीवनकालभरि पाउनुपर्ने नियम छ […]
१५ माघ, काठमाडौं । सरकारले दुई जना राष्ट्रिय व्यक्तित्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्ने निर्णयमा अनावश्यक उपाधि उल्लेख गरेको भन्दै आलोचना सुरु भएको छ । माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकट जारी गर्ने निर्णयमा उनीहरुको नामको अघि ‘डा.’ उपाधि थपेर निर्णय […]
१५ माघ, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही […]
१५ माघ, काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानासँग लिखित जवाफ माग गरेको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख ढुंगानालाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न भनेको हो । पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध अधिवक्ता धनजीत बस्नेत […]
१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन गर्ने छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च […]
१५ माघ, सुर्खेत । सुर्खेतमा गाइ मारेको अभियोगमा दोषी ठहर गर्दै जिल्ला अदालत सुर्खेतले १० जनालाई कैद सजाय सुनाएको छ । गत भदौ १३ गते नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएका २९१ वटा गाईमध्ये ३७ वटा गाईहरु सुर्खेतका विभिन्न ठाउँमा मृत फेला परेका थिए । जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार मुलुकी अपराध संहिताको […]
१५ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको दोस्रो दिन देशभर २८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लामा कुल २८ हजार ७३२ जना स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले खोप लगाएको जानकारी दिएका हुन् । प्रदेश १ […]
१५ माघ, चितवन । वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने प्रक्रिया अघि बढाउने सहमतिपछि चितवन राष्ट्रिय निकुञ्जले माडीमा पक्की पुल बनाउन अनुमति दिएको छ । हुलाकी सडकमा निर्माण भइरहेका ११ वटा पुलमध्ये आठ वटाको वातावरणीय प्रभाव मूल्याङ्कन नगरी काम अघि बढाइएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाएपछि पुल निर्माण […]
१५ माघ, काठमाडौं । काठमाडौं उपत्यकाबाहिरबाट पनि वाणिज्य बैंकहरुले सुन बिक्री वितरणको व्यवस्था मिलाउने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघका पदाधिकारीहरुबीच बिहीबार भएको छलफलमा यस्तो सहमति भएको हो । सुन बिक्री वितरणमा देखिएको समस्याहरु हल गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघ सहमत भएको सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न […]
१५ माघ, पोखरा । साउदी अरबमा ११ वर्ष सेल्सम्यानको काम गरेर फर्किएका स्याङ्जाका मोतीबहादुर पोखरेल कामको खोजीमा थिए । एक दिन दीपक कार्की नाम गरेका व्यक्ति उनको सम्पर्कमा आए । कार्कीले आफू क्यानडा जान लागेको र पोखरेललाई पनि जान सुझाए । साउदी अरबको ड्राइभिङ लाइसेन्स भएकाले पोखरेलले त्यही भिसामा क्यानडा जाने सपना देखे । पोखरेलले […]
१५ माघ, काठमाडौं । नेपाल वायुसेवा निगम र राष्ट्रिय वाणिज्य बैँक बीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । निर्धारित सेवा अवधि पुरा गरेका निगमका कर्मचारीले सरल कर्जा प्राप्त गर्नसक्ने गरी उक्त सम्झौता भएको निगमले जनाएको छ । सम्झौतामा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल र बैँकका प्रमुख कार्यकारी अधिकृत किरण […]
१५ माघ, काठमाडौं । अन्ततः नेपाली सेनाका फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेपछि स्वेच्छिक अवकाश लिएर निवृत्तभरण पाउने भएका छन् । पटकपटक जंगीअड्डाले यस सम्बन्धमा पठाउने गरेको प्रस्ताव अर्थ मन्त्रालयबाट अस्वीकृत हुने गरेको थियो । तर, केही प्रावधान फेरबदलसहित हालै पठाइएको प्रस्तावलाई अर्थ र सामान्य प्रशासन मन्त्रालयले स्वीकृति दिएपछि २९ पुसमा बसेको […]
१५ माघ, चितवन । चितवन नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेन बनाउने काम सुरू भएको छ । ६ लेनमा विस्तार भइरहेको नारायणगढ बुटवल सडक अन्तर्गतको एक खण्डका रूपमा पुल्चोक-गोन्द्राङ सडकखण्डलाई पनि विस्तार गर्न लागिएको हो । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकोले […]
from समाचार – Online Khabar https://ift.tt/39rUZuW
via IFTTT