समाचार
१४ माघ, काठमाडौं । यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी र एकजना बिचौलिया घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलियाको काम गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका-१० बस्ने राजकिशोर भगतलाई नियन्त्रणमा लिएको हो । स्काभेटर र लोडरको लाइसेन्सका लागि सञ्चालित अन्तिम परीक्षामा सहभागी […]
१४ माघ, काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको हो । मंगलबार ९२ हजार ८ सय रुपैयाँमा छापावल सुन कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ । […]
१४ माघ, बुटवल । लुम्बिनी प्रदेशमा पनि कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले खोप लगाएर अभियान शुरु भएको हो । मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यकर्मीलाई खोपको भाइल दिएर अभियान शुरु गरेका हुन् । लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार […]
१४ माघ, जनकपुरधाम । कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान बुधबारदेखि प्रदेश २ मा पनि शुरु भएको छ । प्रदेशका ८ वटै जिल्लाबाट एकैसाथ यो अभियान प्रारम्भ भएको हो । अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा शुरु भएको अभियानअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाएका छन् । खोप लगाएका मन्त्री यादव कोरोना पोजेटिभसमेत […]
१४ माघ, काठमाडौं । होटेल बन्द रहेको अवस्थामा घरमै बस्नुपर्ने कर्मचारीलाई पाँचतारेको हकमा मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने सहमतिसँगै होटेल सञ्चालक र कर्मचारी मजदुर संगठनबीच सामूहिक सहमति भएको छ । तर, होटेल सञ्चालन भएको अवस्थामा भने चक्रीय प्रणालीमार्फत आवश्यकताका आधारमा आलोपालो गरी श्रमिक तथा कर्मचारीलाई काममा लगाइनेछ । काममा लगाइएका त्यस्ता श्रमिक तथा कर्मचारीले […]
१४ माघ, हेटौंडा । बागमती प्रदेशका १३ वटै जिल्लामा एकैसाथ कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालमा भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै अभियान सुरुवात गरेका हुन् । बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री पौडेलको उपस्थितिमा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रविण श्रेष्ठले पहिलो […]
१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए । कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा तीन महिना […]
१४ माघ, काठमाडौं । पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् । पहिलो पटक खोप लगाएका टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारी, डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाए । उनीहरुले खोप लगाउँदा आफूहरुलाई केही नभएको भन्दै यो सुरक्षित रहेको बताए […]
१४ माघ, काठमाडौं । टेकुमा ८० वर्षका व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् । टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोनाविरुद्धको खोप लगाएका हुन् । उनी कोरोनाविरुद्धको खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक हुन् । सरकारले आजबाट देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई खोप दिइएको छ । भारत […]
१४ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल विधिबाट खोप अभियान सुरु गरेका हुन् । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो । काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा […]
१४ माघ, बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या भएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका-३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए । छविसपाथिभेरा-३ मा रहेको बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा मङ्गलबार साँझ […]
१४ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति विस्तार भएको छ । भरतराज आचार्यको सभापतित्वमा रहेको उद्योग समितिमा सहसभापति र सदस्यहरु थपेर विस्तार गरिएको हो । समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समिति सदस्य सुशील थापा चुनिएका छन् । समितिका सदस्यहरुमा पञ्चकन्या ग्रुपका उज्जल श्रेष्ठ, प्लास्टिक तथा टेक्सटाइल इन्डष्ट्रिजका वीरेन्द्र साह, पेट्रोकेमिकल तथा नेपाल ग्यास […]
१४ माघ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले भेटवार्ता गरेका छन् । जो बाइडनले अमेरिकाको सत्ता सम्हालेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त भएका बेरीले पछिल्लो पटक राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । राष्ट्रपति भण्डारीसँगको भेटमा राजदूत बेरीले अमेरिकी राष्ट्रपति बाइडनले लोकतन्त्रलाई मजबुत बनाउन र महिला तथा किशोरीहरुको उत्थानमा केन्दि्रत भएर कसरी काम गर्दैछन् […]
१४ माघ, दिपायल । डोटीको शिखर नगरपालिका-९ कि अनिता (नाम परिवर्तन) स्थानीय दानकोट स्वास्थ्य चौकीमा आइन् । १८ वषर्ीया अनिता गर्भवती थिइन् । उनी अल्ट्रासाउण्ड गराउनका लागि आएकी थिइन् । स्वास्थ्यकर्मी फलिता रावतले उनको अल्ट्रासाउण्ड गराउँदै सानै उमेरमा बच्चा जन्माउँदा हुने खतराबारे जानकारी गराइन् । उनले स्वास्थ्य सुरक्षाको विषयमा पनि उनलाई परामर्श दिइन् । मुलुकी […]
१४ माघ, विराटनगर । फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा प्रहरीले विराट मेडिकल कलेज टंकिशिनवारीका प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ । फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरीसहित प्रमुख प्रशासकीय अधिृकत सुधिरसिंह राठोर पक्राउ परेका हुन् । दुईजनालाई मंगलबार पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको […]
१४ माघ, काठमाडौं । अमेरिकाले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो । अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ । आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको […]
१४ माघ, सुर्खेत । जुम्ला तिला गाउँपालिकाको गोठी गाउँमा भीषण आगलागी भएको छ । आगलागी भएको १५ घण्टा बितिसक्दा पन अिझै नियन्त्रणमा आएको छैन । मंगलबार बेलुका ६ बजेदेखि सुरु भएको आगलागी रातभर नियन्त्रणमा लिन खोजे पनि अझै नियन्त्रणमा आउँन नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । प्रजिअ थापाका अनुसार आगलागीबाट ३० […]
१४ माघ, काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले मंगलबार भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । इन्डिया हाउसमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली पनि सहभागी भएका थिए । समारोहमा नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले सम्पर्क–इन्डिया नेपाल अल्मुनाइ नेटवर्क वेबसाइटको शुभारम्भ गरेका थिए । समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार लगायतको उपस्थिति थियो […]
१४ माघ, काठमाडौं । काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय मोहनलाल रुम्बा र सोही ट्रकका परिचालक अछाम घर भई काठमाडौं बस्ने २८ वर्षे गोमबहादुर बुढा छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]
१४ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु हुँदै छ । कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने छ । विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गर्ने छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, […]
१४ माघ, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको प्रहरीले जनाएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको हो । तीनवटा दमकलको सहायताले प्रहरी र स्थानीय मिलेर राति साढे १२ बजे आगो नियन्त्रणमा लिएका थिए । जस्ताको टहरोमा […]
from समाचार – Online Khabar https://ift.tt/2YltyMY
via IFTTT