समाचार
१८ माघ, जनकपुरधाम । माेटरसाइकल चाेरीमा संलग्न रहेको आरोपमा धनुषाबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीदेखि सर्वसाधारणको माेटरसाइकल चाेरी गर्ने गिरोहका ५ जना पक्राउ परेका हुन् । १७ माघमा सशस्त्र प्रहरी जवान मिथिलेश यादवको ज ८ प ८७७५ नम्बरको अपाची मोटरसाइकल क्षिरेश्वरनाथ नगरपालिका-५ बाट चोरी भएपछि त्यसको खोजीमा जुटेको प्रहरीले गिरोहलाई नै समातेको हो […]
१८ माघ, काठमाडौं । संसद विघटनको विरोधमा प्रदर्शन गर्दै आएको वृहत नागरिक आन्दोलनले आइतबार काठमाडौंको सिफलमा प्रदर्शन गर्यो । प्रदर्शनमा सहभागी राजनीतिक विश्लेषक तुलानारायण साहले संबोधनका क्रममा विदेशी राजदूतावासतर्फ लक्षित गर्दै नेपालका राजनीतिक दल फुटाउनतिर नलाग्न सचेत गराए । उनले महामहिमज्यू भनी संबोधन गर्दै नेपाललाई अस्थितरतामा राख्न कुनै नेतालाई च्याप्ने र पार्टी फुटाउनेतिर नलाग्न आग्रह […]
१८ माघ, काठमाडौं । शनिबार सकिएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ सबै खेल हार्ने एक मात्र टिम बन्यो । तर त्यही टिमका एक सदस्य विवेक यादव इमर्जिङ (उदीयमान) खेलाडी चुनिए । शनिबार सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै आर्मी च्याम्पियन बनेको थियो । फाइनल खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा कमल सिंह ऐरी […]
१८ माघ, काठमाडौं । संखुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको मर्मत सम्भार शुरु भएको छ । यससँगै यो विमानस्थलमा काठमाडौंबाट ठूला जहाजबाट भइरहेको उडान बन्द भएको छ । तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गरिरहेको थियो । अब विमानस्थलमा समिट एयरले ट्वीनअटर जहाजबाट सोमबारदेखि नियमित उडान थाल्नेछ । धावनमार्गको मर्मतका लागि शनिबारबाट ठूला जहाजको उडान भने बन्द […]
१८ माघ, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले हिमालय आरोहणबापत उठ्ने रोयल्टी रकमको १० प्रतिशत आरोहीको हितमा खर्च गर्ने गरी छुट्याउन सरकारसँग प्रस्ताव गरेको छ । नेपालमा हरेक वर्ष ५० करोड भन्दा माथि हिमाल रोयल्टीवापत रकम संकलन हुने गरेको छ । यस्तो रकम अहिले तीन तहका सरकारले बाँडफाँट गरी राख्ने गरेका छन् । एनएमएका अध्यक्ष […]
१८ माघ, काठमाडौं । प्राध्यापक केदारभक्त माथेमाले प्रतिगमनविरुद्धको आन्दोलनमा प्राध्यापकहरूको व्यापक सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । वृहत नागरिक आन्दोलनले आइतबार सिफलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्राध्यापकले लोकतन्त्रको पक्षमा बोलेपछि मात्र छात्रछात्राले पनि बोल्न थाल्ने बताए । शहीद धर्मभक्त माथेमाको सालिकसँगै उभिएर उनले भने, ‘नागरिक समाजको आन्दोलनमा त अझै धेरै प्राध्यापकहरू हुनुपर्ने हो । […]
१८ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमा आइतबारसम्म रिट निवेदकतर्फको बहस सकिएको छ । आइतबार रिट निवेदकहरुले बहस सकेका छन् र अब विपक्षीको बहस सोमबारदेखि सुरु हुने भएको छ । संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने जानकारी गराएका छन् । संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री […]
१८ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ३०८ जनाको परीक्षण गर्दा ४१ जना महिला र ६४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ […]
१८ माघ, काठमाडौं । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसंगै प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । संसद विघटनसंगै प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिहरुको सुविधा पनि खोसिएको छ । तर सचिवालयले उपलब्ध गराएको सवारी साधन भने सभापतिहरुले अझै फिर्ता गरेका छैनन् । सरकारले प्रतिनिधिसभा विघटन गरेको आइतबार ४२ […]
१८ माघ, काठमाडौं । सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने भएको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेको ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना छ । सेनाले यसलाई नियमित अभ्यास भनेको छ । जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द […]
१८ माघ, काठमाडौं । सेयर मूल्य उच्च भएका दुई कम्पनीहरु राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का गरिदिएको छ । धितोपत्र ऐन अनुसार कामकारबाही नगरे पछि यी दुई कम्पनीहरुकाे सेयर कारोबार रोकिएको नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदे जानकारी दिए । सीईओ साउदका अनुसार यी दुई कम्पनीले लामो […]
१८ माघ, बलेवा । कोरोना महामारी नभएको भए यतिबेला बागलुङ नगरपालिका-८ सिगानामा सुन्तला उत्सव हुन्थ्यो । किसान र उपभोक्ताको साक्षात्कार हुने सुन्तला उत्सव सिगानाको सुन्तलाको बजारीकरणको राम्रो माध्यम हो । यो वर्ष किसानले उत्सव लगाएर सुन्तलाको बजारीकरण त गर्न पाएनन् तर यामको फलबाट आम्दानी भने भित्रिरहेको छ । सुन्तला गाउँका रुपमा परिचय कमाएको सिगानाका किसानलाई […]
१८ माघ, काठमाडौं । ‘अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर ? कति रिक्टरको भूकम्प’ आदि प्रश्न दैनिकजसो पत्रकारले राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीलाई राख्दथे । विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केल) पछि धेरै पत्रकारको जिज्ञासा मेटाउनमै लोकविजयको समय जाने गरेको थियो । उनै लोकविजयले भूकम्पसम्बन्धी यस्तै प्रश्नका विषयमा विद्यावारिधि […]
१८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले सोमबार विहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले आकस्मिक रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठकमा समसायिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले बताइन् । यो समूहको केन्द्रीय […]
जंगबहादुर हुनुहुँदोरहेछ तपाईं, जुँगा उखेल्नु भो हजुरले जुगको थुकौं भने पनि तपाईंलाई अपमान हुने भो मेरो थुकको प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको दिन ०७७ पुस ५ गते कवि अर्जुन पराजुली फेसबुकको भित्तामा गर्जिए । पराजुली, ०६२/६३ सालको जनआन्दोलनका बेला उदाएका कवि हुन् । तत्कालीन राजसंस्थाविरुद्ध कविता लेखेर उनले निकै […]
१८ माघ, विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ । प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक यसअघि माघ ७ गते बसेर स्थगित भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी गराएका हुन् ।
१८ माघ, काठमाडौं । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । ३० मंसिरको विहान बसेको परिषद्को बैठकमा गणपुरक संख्या नपुगेपछि अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो भने त्यही दिन साँझ बोलाइएको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका […]
१८ माघ, काठमाडौं । जबरजस्ती करणीको आरोपमा भक्तपुरबाट एकजना युवक परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० कमलविनायकका ३१ वर्षीय विकास तज रहेका छन् । सोही ठाउँमा डेरा गरी बस्ने सर्लाही स्थायी घर भएकी १९ वर्षीय किशोरीलाई कोठामा एक्लै भएको मौका छोपेर जबरजस्ती करणी गरेको उजुरी परेपछि विकासलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी […]
१८ माघ, काठमाडौं । साताको पहिलाे दिन आइतबार सेयर बजार परिसूचक घटेको छ । आइतबार विहान कारोबार खुलेसँगै घट्न शुरु भएको बजार नेप्से परिसूचक ५४.७५ अंकले घटेर २ हजार ३ सय ७० दशमलव ५४ मा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.७३ अंकले घटेको छ भने नेप्सेमा कारोबार हुने सबैजसो […]
१८ माघ, जनकपुरधाम । प्रदेश २ सरकारले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेवल साह नियुक्त भएका छन् । त्यस्तै रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साह नियुक्त भएका छन् । आइतबार उनीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । त्यस अवसरमा मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको […]
१८ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव […]
from समाचार – Online Khabar https://ift.tt/3jafIXx
via IFTTT