Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

केपी र प्रचण्डलाई एकैतिर फर्काइदिन्छु : वामदेव गौतम

१४ माघ, काठमाडौं । नेकपाको दुवै समूहमा नगएर छुट्टै अभियान घोषणा गरेका वामदेव गौतमले पार्टी विभाजन हुनुमा गत वर्ष मंसिर ४ को निर्णय नै कारक भएको निष्कर्ष निकालेका छन् । अब आफूले प्रचण्ड र केपी ओलीलाई ‘एकैतिर फर्काइदिने’ गौतमको दाबी छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान’ घोषणा […]

भारतको खोप कूटनीति : छिमेकीसँग चिसिएको सम्बन्ध सुधार्ने अवसर

१४ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान शुरु गर्दै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको शुरुवात गर्ने मौका दिएकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई विशेष धन्यवाद दिए । खोप उपलब्ध गराएकोमा भारतको प्रशंसा गदै ओलीले भने, ‘उहाँहरुले आफूले शुरुवात गरेको हप्ता दिनमै हामीले शुरु गर्न सक्ने गरी १० लाख डोज उपलब्ध गराउनुभएको छ, […]

यातायात कार्यालयको सोफामा भेटियो २ लाख २३ हजार रुपैयाँ

१४ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ । लाइसेन्स वितरणमा घुस लेनदेन भएको सूचना पाएपछि आएको अख्तियारको टोलीले मंगलबार झण्डै ६ घण्टासम्म कार्यालय छापा मारेको थियो । कार्यालयमा केही कर्मचारी र एक जना बिचौलिया पनि फेला परे । त्योभन्दा […]

काठमाडौंबाट पेस्तोलसहित एकजना पक्राउ

१४ माघ, काठमाडौं । काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेचौर घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईं रहेका छन् । काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट बुधबार उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट एकथान नलकटुवा पेस्तोल र एक थान गोली बरामद भएको छ । […]

देशभर ९०८४ जनाले लगाए कोरोना खोप

१४ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको पहिलो दिन बुधबार देशभर ९ हजार ८४ जना व्यक्तिले खोप लगाएका छन् । ६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९०८४ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २५५, प्रदेश […]

प्रदेश १ मा अविश्वासको प्रस्ताव पारित हुन्छ : भीम आचार्य

१४ माघ, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता भीम आचार्यले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित हुने बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशसभाको अबको बैठकमा उक्त प्रस्ताव पारित हुने बताए । गत पुस १२ गते नेकपा प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा […]

शहीद र बेपत्ताका परिवारलाई सम्मानसम्बन्धी प्रस्ताव तयार गर्न समिति गठन  

१४ माघ, काठमाडौं । सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवारलगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको छ । मन्त्रिपरिषद्को माघ ११ गते आइतबार बसेको बैठकले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा खानेपानी मन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा […]

सडक छेउको अव्यवस्थित तार व्यवस्थापन गर्ने निर्णय

१४ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाको मुख्य सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापनको लागि सक्रियता जनाएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले तार व्यवस्थापनको कार्य तत्काल सुरु गर्ने निर्णय गरेको हो । जिल्लाभित्रका सडकमा अव्यवस्थित रहेका तारहरुले सहरी सौन्दर्य बिगारेको र बारम्बार दुर्घटना निम्त्याएको भन्दै यसको […]

शिक्षकले अश्लील व्यवहार गरेको भन्दै अभिभावकद्वारा स्कुल बन्द

१४ माघ, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका- ३ तरहीस्थित जनता माध्यमिक विद्यालयका शिक्षकले छात्रासँग अश्लील व्यबहार गरेको भन्दै अभिभावकले कारवाहीको माग गरेका छन् । विद्यालयमा निमावि तहमा कार्यरत शिक्षक ओमप्रकाश यादवले कक्षा ८ मा अध्ययनरत बालिकासँग अश्लील व्यबहार गरेको अभिभावकले बताएका छन् । गत सोमबार चौथो घण्टीको समयमा शिक्षक यादवले आफूसँग अश्लील व्यवहार गरेको बालिकाले […]

आगामी निर्वाचनमा प्रचण्ड-माधव समूहको १० सिट पनि नआउने प्रधानमन्त्रीको दाबी  

१४ माघ, वीरगञ्ज । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफू निकट आदिवासी जनजाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षले १० सिट पनि नजित्ने दाबी गरे । प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो […]

राजनीतिक अस्थिरताले निजी क्षेत्र चिन्तित, लगानी पलायनको जोखिम

१४ माघ, काठमाडौं । मुलुकभित्र उत्पन्न राजनीतिक अस्थिरताका कारण लगानी पलायनको जोखिम बढेको भन्दै विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक मुद्दामा निजी क्षेत्रको एकता तथा आगामी कदम विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनीहरुले राजनीतिक दल र सरकारले राजनीतिक अस्थिरता निम्त्याएर निरास बनाएको समेत धारणा राखे । […]

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज

१४ माघ, काठमाडौं । सरकारले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए । मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई […]

सम्पत्ति हत्याउन २५ लाख ‘सुपारी’ दिएर दाइको हत्या

१४ माघ, बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकामा एक हप्ता अघि ३४ वर्षीय युवकको हत्या भएको घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् । गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै खेतमा ३४ वर्षीय राजेन्द्र यादवको जलाएर हत्या भएको थियो । घटनामा संलग्न ८ जनामध्ये आरोपित ६ जनालाई रुपन्देही प्रहरीले पत्रकार […]

महिला लघुवित्तको आईपीओ आउँदै, बोर्डबाट पायो स्वीकृति

१४ माघ, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्न यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ । बोर्डले दिएको जानकारी अनुसार गत ८ गते नै आईपीओ जारी गर्न संस्थाले स्वीकृति पाएको हो । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ […]

बामदेवको संयोजकत्वमा ६५१ सदस्यीय राष्ट्रिय एकता अभियान घोषणा

१४ माघ, काठमाडौं । नेकपा विभाजन पछि बामदेव गौतमले छुट्टै अभियान घोषणा गरेका छन् । गौतमकै संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान घोषणा भएको हो । बुधबार ललितपुरमा भेला गर्दै गौतमले ६५१ सदस्यीय अभियान घोषणा गरेका हुन् । अभियानमा हरि पराजुली, माया ज्ञवाली, तुलसा थापा, हिरालाल महर्जनसहितको १७५ सदस्यीय कार्य सम्पादन समिति रहने […]

भारतबाट अवैधरुपमा भित्र्याइएका कुखुरा नष्ट

१४ माघ, वीरगञ्ज । बारामा भारतबाट अवैधरुपमा भित्र्याइएका तीन सय वटा लेयर्स कुखुरा नष्ट गरिएको छ । बाराको पथलैयाबाट बरामद गरिएको तीन सय वटा लेयर्स कुखुरा दुधौरा खोलाको किनारमा खाल्डो खनी पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । नष्ट गरिएको कुखुराको बजार मूल्य अन्दाजी २ लाख […]

ओलीमा नर्क पुगिने डर रहेछ : प्रा. कृष्ण पोखरेल

१४ माघ, विराटनगर । राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा आफू नर्कमा जाने हो कि भन्ने भय रहेको टिप्पणी गरेका छन् । बुधबार प्रबुद्ध नागरिक अभियान प्रदेश १ ले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीमा नर्कको भय रहेको बताएका हुन् । ‘तपाईं पत्रकारहरुलाई उहाँले नर्कमा जान्छन् यिनीहरु […]

जोशी र घिमिरेको तस्वीर अंकित हुलाक टिकट

१४ माघ, काठमाडौं । सताब्दी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरिने भएको छ । ८ माघमा बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार छिट्टै राष्ट्रपतिले यो हुलाक टिकट सार्वजनिक गर्नेछन् ।

४३८२ नमुना परीक्षण गर्दा २८३ जनामा कोरोना संक्रमण पुष्टि

१४ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ३८२ नमुना परीक्षण गर्दा ११४ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । उनीहरुमध्ये २ लाख ६५ हजार ६९ […]

‘माफियाले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गरे’

१४ माघ, काठमाडौं । कृषिमा विदेशी लगानी भित्र्याउने निर्णयविरुद्ध कृषिसँग सम्बन्धित झण्डै तीन दर्जन संघ संस्थाहरुले बानेश्वर चोकमा प्रर्दशन गरेका छन् । सरकारी निर्णय लगत्तै संगठित संयुक्त संघर्ष समितिको अगुवाइमा भएको आन्दोलनमा सहभागीले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे । बिरोध सभामा बोल्दै संघर्ष समितका संयोजक शिवराम केसीले कमिसनको खेलमा […]

वीरगञ्जमा पहिलो संक्रमितको उपचार गर्ने नर्सलाई पहिलो खोप

१४ माघ, वीरगञ्ज । वीरगञ्जमा ०६७ चैत २९ गते तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भयो । प्रदेश २ मा भेटिएको कोरोना संक्रमणको पहिलो केस नै यही थियो । त्यसबखत कोरोना भनेपछि चिकित्सक स्वास्थ्यकर्मी स्वयं डराउँथे । शंकास्पद संक्रमितलाई आइसोलेसनमा राखिएपनि संक्रमितको उपचारको अनुभव कसैसँग थिएन । त्यो समयमा संक्रमितको उपचार गर्नुलाई जिम्मेवारी ठानेर नर्सिङ […]



from समाचार – Online Khabar https://ift.tt/2YioHfG
via IFTTT
Powered by Blogger.