समाचार
१८ माघ, काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले आइतबार सर्वोच्च अदालतमा हाजिर गराएको छ । बन्दी प्रत्यक्षीकरणको रिट परेपछि अदालतले बास्तोलालाई २४ घन्टाभित्र हाजिर गराउन आदेश दिएको थियो । सोही अनुरुप उनलाई प्रहरीले अदालत उपस्थित गराएको हो । बाँस्तोलासहित नेता विवेक कुमाल र प्रकाश शाहीलाई प्रहरीको विशेष ब्युरोले २९ पुसमा ललितपुर र […]
१८ माघ, काठमाडौं । भारतले उपहारमा दिएको खोपले खोप अभियान सुरु भए पनि नेपालले थप खोप पाउन कठिन भएको छ । कुनैपनि कम्पनीले नेपाललाई खोप दिने चाहना नदेखाएपछि हाल सञ्चालित खोप अभियान प्रभावित हुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनामा सबै नागरिकलाई खोप दिने बताए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरु […]
१८ माघ, सुर्खेत । कणर्ालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नयाँ व्यवसाय गर्न चाहने युवालाई सहुलियतमा ऋण दिने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पाँच दिने विजनेस इन्कुवेशन एण्ड बुट क्याम्पमा सहभागी युवासँगको कुराकानीमा मुख्यमन्त्री शाहीले नयाँ व्यवसायको प्रस्ताव लिएर आउन आग्रह गरे । ‘सरकार युवाहरुलाई रोजगार बनाउने कामतर्फ उन्मुख छ,’ उनले भने, ‘तपार्ईंहरुले आफूले गर्न चाहेको […]
१८ माघ, काठमाडौं । भारतका विभिन्न सहरमा फैलिएको बर्डफ्लू नेपालमा पनि पुष्टी भएको छ । तर हालसम्म कुखुराको कुनै पनि प्रजातीमा रोगको संक्रमण नदेखिएको कृषि विकास मन्त्रालयले जनाएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका ७ साङ्लेखोलामा स्थानीय किसानले पालेको टर्की र हाँसमा बर्ड फ्लू पुष्टी भएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे बताए । अघिल्लो वर्ष काठमाडौंमा […]
१८ माघ, काठमाडौं । सिफल (कालोपुल) मा आइतबार दिउँसो शहीद धर्मभक्त माथेमाको शालिकअगाडि धर्मभक्तझैं उभिएर नाट्यकर्मी आशान्त शर्मा बोलिरहेका थिए । नाट्य–निर्देशक घिमिरे युवराजले तयार पारेको धर्मभक्तको आत्मपरक ‘स्क्रिप्ट’ नाट्यकर्मी शर्माले यसरी सुनाए– ‘म पेसाले एउटा शारीरिक सुगठनको प्रशिक्षक हुँ । दरबारमा राजा, युवराज र भारदारहरूलाई शारीरिक व्यायामको तालिम दिन्थेँ । राणाहरूको अत्याचारविरुद्ध अभियान चलाएको […]
१८ माघ, काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यक्तिहरुलाई छुटाइदिने भन्दै २ लाख १० हजार लिएको आरोपमा दुईजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले सिन्धुलीका वीरबहादुर तामाङ र रामेछापका ग्याल्छेन लामालाई पक्राउ गरेको हो । जिल्ला अदालतबाट ठगी मुद्दामा ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरुले गत […]
१८ माघ, सुर्खेत । सुर्खेत प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–४, स्थित एकता टोलबाट खजुरा गाउँपालिका–८, बाँकेका २८ वर्षीय सदाम खाँ र सब्बीर खाँनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार उनिहरुबाट ३६० ग्राम ब्राउन सुगर बरामद भएको छ । त्यस्तै, नाइट्राभेटाम […]
१८ माघ, हेटौंडा । वाग्मती प्रदेशसभाले ३ वर्षको अवधिमा ५९ वटा कानुन निर्माण गरेको छ । आइतबारदेखि चौथो वर्षमा प्रवेश गरेको प्रदेशसभाले तेस्रो वर्षमा १४, दोस्रोमा २१ र पहिलो वर्ष २४ वटा कानुन बनाएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आवश्यक ९९ वटा कानुन २ वर्षभित्र बनिसक्ने दावी गरेको थियो । तर, तीन […]
१८ माघ, काठमाडौं । सशस्त्र प्रहरी (एपीएफ) अस्पतालले मानव सेवा आश्रममा रहेका अशक्त, असहाय एवं अभिभावक विहीनहरुको निःशुल्क उपचार गर्ने भएको छ । एपीएफ अस्पताल र मानव सेवा आश्रमका बीच आइतबार एक कार्यक्रमका बीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएसँगै आश्रमका आश्रितहरुले निःशुल्क उपचार सेवा पाउनु भएका हुन् । अस्पतालका प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ […]
१८ माघ, काठमाडौं । संविधानको धारा १७ ले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिएको छ । संवैधानिक प्रावधानअनुसार प्रत्येक नागरिकलाई कुनै सार्वजनिक महत्वको विषयमा आफूलाई लागेको विचार, दृष्टिकोण र धारणा बिनाअवरोध र हस्तक्षेप अभिव्यक्त गर्न पाउने अधिकार छ । तर, अदालतमा प्रतिनिधिसभा विघटनका विरुद्धमा बोल्ने केही पूर्वप्रधानन्याधीशलाई अवहेलनाको मुद्दा लगाइएपछि अभिव्यक्ति स्वतन्त्रता […]
१८ माघ, काठमाडौं । एमाले र माओवादीबीच एकता गर्न १३ वर्ष खर्च भएको र फेरि पनि एकतावद्ध नेकपाको विकल्प नभएको निष्कर्षमा उभिएका वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान सुरू गरेका छन् । आफ्नै संयोजकत्वमा सुरू अभियानलाई प्रष्ट पार्न गौतमले तीन पुस्तक सार्वजनिक गरेका छन्– मार्क्सवाद र जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन्, एक्साइसौं […]
१८ माघ, काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका-२स्थित वीपी लोकमार्गमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण काभ्रेका अनुसार काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको ज १ ज २३३ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको ००१ प ९७४५ नम्बरको मोटरसाइकल आइतबार दिउँसो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो […]
केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको लगभग ५० दिन पुगेको छ । संसद विघटनको विरोधमा तर्कहरु सुनिरहेका न्यायाधीशहरुले सोमबारदेखि सरकारी पक्षका वकिलहरुले तर्क सुन्नेछन् । त्यसपछि अदालतले यसबारे सम्भवतः माघ महिनाभित्रै वा फागुनको पहिलो सातामा निर्णय सुनाउने छ । अब सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदियो भने के होला ? यो […]
१८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना भए ओली पक्षमा लागेका २० सांसदले आफूहरुलाई साथ दिने बताएका छन् । आइतबार आफ्नो समूह निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति लगाएर नेता कार्यकर्तालाई आफूतिर तान्ने कोसिस गरेको बताए । […]
१८ माघ, मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको यसअघिको बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित गरिएको […]
१८ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको पाँचौं दिन आइतबारसम्म देशभर ८८ हजारभन्दा बढीले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १८५ खोप केन्द्रबाट कुल ८८ हजार ७ जना लक्षित समूहका व्यक्तिहरुले खोप लगाएको जानकारी दिएका हुन् । […]
१८ माघ, काठमाडौं । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । ३० मंसिरको विहान बसेको परिषद्को बैठकमा गणपुरक संख्या नपुगेपछि अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो भने त्यही दिन साँझ बोलाइएको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका […]
१८ माघ, काठमाडौं । काठमाडौं ममहानगरपालिकाले कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे-राधेको सत्संग भत्काएको छ । कमलपोखरीलाई खुला गर्ने अभियान अन्तरगत भवन भत्काइएको महानगरपालिकाले जनाएको छ । अपरान्ह डोजरसहित पुगेको महानगरपालिकाको टोलीले पोखरीको डिलमा रहेका भवनहरु भत्काएको हो । क्लब भवनमा जिम हल पनि थियो । ‘वरपर ढुंगा बिछ्याएर कमलपोखरी खुला गर्न पूर्वयोजना अनुसार नै […]
१८ माघ, सुर्खेत । दैलेखका कोरोना संक्रमित पुरुषको सुर्खेतमा मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गुराँस गाउँपालिका–५ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार उनको आइतबार बिहान बिहान ११ः२७ बजे मृत्यु भएको हो । ज्वरो आउने, टाउको दुख्ने, खोकी […]
१८ माघ, सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) समूहका पाँचजना कार्यकर्ता रुकुमपश्चिमबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका–२, बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी–९, प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाइली छन् । जिल्लाको मुसिकोट नगरपालिका–१, रावलबाडामा […]
१८ माघ, जनकपुरधाम । माेटरसाइकल चाेरीमा संलग्न रहेको आरोपमा धनुषाबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीदेखि सर्वसाधारणको माेटरसाइकल चाेरी गर्ने गिरोहका ५ जना पक्राउ परेका हुन् । १७ माघमा सशस्त्र प्रहरी जवान मिथिलेश यादवको ज ८ प ८७७५ नम्बरको अपाची मोटरसाइकल क्षिरेश्वरनाथ नगरपालिका-५ बाट चोरी भएपछि त्यसको खोजीमा जुटेको प्रहरीले गिरोहलाई नै समातेको हो […]
from समाचार – Online Khabar https://ift.tt/39zq6oH
via IFTTT