Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बाँकेमा स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

१६ माघ, नेपालगञ्ज । बाँकेस्थित बैजनाथ गाउँपालिकामा रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) रमा भारतीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे ४२ वर्षीया उनको निधन भएको हो । भारती जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिकी पत्नीसमेत हुन् । गिरिलाई भने संक्रमण […]

एनएमबीको क्यूआर कोडबाट बल्खु तरकारी बजारमा कारोबार, गभर्नरले गरे उद्घाटन

१६ माघ, काठमाडौं । बल्खु तरकारी बजारमा पनि डिजिटल कारोबार (क्यूआर पेमेन्ट) को शुरुवात भएको छ । एनएमबि बैंकको क्यूआर कोडबाट शुक्रबार बल्खु तरकारी बजारमा क्यूआर पेमेन्टको शुरुवात गरिएको हो । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी किनेर क्यूआर पेमेन्टबाट भुक्तानी दिएर शुभारम्भ गरे । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित […]

साझाले सञ्चालनमा ल्यायोे इन्धन बोक्ने ५ वटा ट्यांकर

१६ माघ, काठमाडौं । साझा पसल सेवा (सहकारी संस्था) ले इन्धन बोक्ने पाँच वटा ट्यांकर शुक्रबार देखि सञ्चालनमा ल्याएको छ । संस्थाको पुल्चोकस्थित कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा वाणिज्य सचिव बैकुण्ठ अर्यालले नयाँ ढुवानीका लागि ट्यांकर सञ्चालनको उद्घाटन गरे । यस अघि पेट्रोल पम्पहरुमा लगानी गरेको संस्थाले पहिलो पटक डिजेल र पेट्रोल ढुवानीका लागि प्रयोग […]

धेरै नोटमा हस्ताक्षर गर्ने चाहाना छैनः गभर्नर

१६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले हस्ताक्षर गरेको नोट धेरै छाप्नु नपरोस भन्ने आफूले चाहेको बताएका छन् । शुक्रबार कुलेश्वर फलफुल बजारमा डिजिटल कारोबारको शुभारम्भ गर्दै उनले सकेसम्म नोटहरु बजारमा नदेखिउन भन्ने आफूले चाहेको बताए । डिजिटल कारोबारले नगद कारोबारलाई निरुत्साहित गरोस भन्ने आफूले चाहेको उनको भनाई छ । ‘म […]

‘मेहनत गरेको छु, राष्ट्रिय टिममा पुनरागमन सेलेक्टरको हातमा छ’

१६ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीलाई फाइनल पुर्‍याउन राजेश पुलामी मगरले अर्धशतकीय इनिङ्स खेले । बागमतीलाई ९४ रनले पराजित गर्दै आर्मी फाइनलमा पुग्दा राजेशले सर्वाधिक ६५ रन बनाए । १०६ रन हुँदा ६ विकेट गुमाएको अवस्थामा राजेशले विक्रम सोबसँग मिलेर सातौं विकेटका लागि ९२ रनको साझेदरी गरे । राजेश […]

दरबार हाइस्कूलमा विद्यार्थी बढेपछि सिट क्षमता थपियो

१६ माघ, काठमाडौं । विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता बढाएको हो । पुनःनिर्माणपछि उक्त विद्यालयमा प्रतिकक्षा ३६ विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको […]

संविधानको रक्षा गर्नु शहीदहरुको सम्मान गर्नु पनि हो : उपराष्ट्रपति पुन

१६ माघ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पाशाङ्ग)ले शहीद दिवसले संविधानको रक्षा र पूर्ण पालन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा सन्देश दिँदै उपराष्ट्रपति पुनले संविधानको रक्षा गर्नु शहीदहरुको सम्मान गर्नु पनि हो भनेका छन् । तर संविधान कार्यान्वयनको चरणमै प्रश्न उठेकोमा उनले दुःख व्यक्त गरेका छन् । […]

निफ्राको आईपीओ बाँडफाँट, तपाईंको भागमा कति पर्यो ?

१६ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ बाँडफाँट भएको छ । नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ शुक्रबार बाँडफाँट गरिएको हो । निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेको जनाएको छ । क्यापिटलका अनुसार योग्य आवेदकहरु […]

के तपाईं सेयर किन्न चाहनुहुन्छ ? यस्तो छ दोस्रो बजारमा प्रवेशको प्रक्रिया

१६ माघ, काठमाडौं । सेयर बजारमा दुईवटा बजार हुन्छन्– प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक भनेको आवेदन दिएर सेयर किन्ने हो । कुनै कम्पनीद्वारा सर्वसाधारणका लागि जारी साधारण सेयर (आईपीओ) किन्न आवेदन दिनु प्राथमिक बजारमा प्रवेश गर्नु हो । दोस्रो बजारमा भने सिधै प्रवेश गरेर सेयर कारोबार गर्न सकिन्छ । दोस्रो बजारमा […]

बस दुर्घटनामा १५ जना घाइते

१६ माघ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । शुक्रबार विहान करिब नौ बजेको समयमा धरान–चतरा सडकखण्डको छतिवनमा बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मकवानपुरको धियाँलबाट हेटौंडा बजारतर्फ आइरहेको ना.३ ख […]

सवारी लाइसेन्सको सास्ती : एक हप्तामै ५ महिनाको परीक्षा तालिका प्याक

१६ माघ, काठमाडौं । नक्सालकी सुमित्रा श्रेष्ठले केही दिनअघि चाबहिलको लाइसेन्स कार्यालयबाट दुई पांग्रे सवारीको लाइसेन्स लिन परीक्षाको अनलाइन फारम भरिन् । उनलाई अनलाइन प्रणालीले ‘मार्च’को अन्तिम साताको लागि मात्रै कार्यालयमा उपस्थित भएर परीक्षाका लागि ‘इन्रोलमेन्ट’ गर्ने मिति तोकिदियो । तुरुन्तै लाइसेन्स निकाल्ने सोचमा रहेकी सुमित्रालाई ‘त्यति बेलासम्म बल्ल–तल्ल सिकेको स्कुटी चलाउन फेरि बिर्सन्छु कि,’ […]

बागमती प्रदेशभर पेट्रोल बिक्री रोक्ने पम्प सञ्चालकको चेतावनी

१६ माघ, काठमाडौं । बागमती प्रदेश भित्रका पेट्रोलियम बिक्रेताहरुले आइतबारदेखि पेट्रोल बिक्री नगर्ने चेतावनी दिएका छन् । आफूहरुले पाइरहेको जर्ती सुविधा निगमले कटाउन खोजेको भन्दै व्यवसायीहरुले सो चेतावनी दिएका हुन् । बागमती पेट्रोलियम डिलर एसोशिएसनले विहीबार प्रदेशभरका पेट्रोल पम्पहरुलाई गरेको गोप्य सर्कुलरमा निगमको डिपोबाट १८ माघदेखि पेट्रोल उठाउन नसक्ने अवस्था आएको उल्लेख छ । १२ […]

भक्तपुरमा घरको तेस्रो तलाबाट लडेर एक जनाको मृत्यु

१६ माघ, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ कुण्डोलमा पक्की घरको तेस्रो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । ठाकुर अधिकारीले बनाउदै गरेको घरको दोस्रो तलामा काम गर्ने क्रममा लडेर काभ्रेका ४० वर्षीय प्रेम मगरको मृत्यु भएको हो । उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक […]

अनेरास्ववियूको तेस्रो चरणको आन्दोलन : बालुवाटार घेर्ने, सरकारी गाडी चल्न नदिने

१६ माघ, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव नेपाल पक्ष)का विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका छन् । अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेका हुन् । अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ […]

शहीदको मार्गदर्शनबाट जनतालाई सुखी बनाउँछौं : प्रधानमन्त्री

१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने बताएका छन् । शहीदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको उनको भनाइ छ । शहीद दिवसको अवसरमा सन्देश दिँदै उनले भनेका […]

दशरथचन्द नगरपालिकामा आज सार्वजनिक विदा

१६ माघ, काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकाले आज शहीद दिवसको दिन सार्वजनिक विदा दिएको छ । शहीद दशरथ चन्दको जन्मभूमिमा विशेष कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइने भएकाले नगर क्षेत्रमा सार्वजनिक विदा दिइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दका अनुसार नगरपालिकाभित्र पर्ने सबै शैक्षिक संस्था, वडा कार्यालय र नगरपालिकाको कार्यालय आज बन्द रहेका […]

निर्वाचन आयोगले नेकपाका दुबै पक्षसँग छलफल गर्दै

१६ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गर्दैछ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न आज बिहान ११ बजे दुवै […]

मतभेदलाई बिर्सेर शहीदका सपनालाई विपनामा रुपान्तरण गरौं : देउवा

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सानातिना मतभेदलाई बिर्सेर शहीदका सपनालाई विपनामा बदल्न संकल्प गर्न आह्वान गरेका छन् । शहीद दिवसको अवसरमा सन्देश दिँदै सभापति देउवाले भनेका छन्, आज शहीद दिवसको अवसरमा देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गरौं ।’ मुलुकले […]

समृद्धिको आकांक्षा पूरा गर्न अग्रसर भए शहीदप्रति सच्चा श्रद्धाञ्जली : राष्ट्रपति

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएकी छन् । शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् । शहीद दिवसले हामीहरुलाई शहीदले गरेको सर्वोच्च त्यागको स्मरण गराउने जनाउँदै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘शहीदहरूको बलिदानद्वारा प्राप्त […]

आज शहीद दिवस : शान्तिवाटीकाबाट प्रभातफेरी, लैनचौरमा श्रद्धाञ्जलीसभा

१६ माघ, काठमाडौं । देशमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज शहीद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको […]

मनमोहनले छुट पाएका थिए, केपी ओलीलाई के होला ?

१५ माघ, काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित बाटोको म्याद बाहेक सात दिनभित्र आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको छ । यससँगै प्रश्न उठेको छ, बहालवाला प्रधानमन्त्री अब अदालतमा हाजिर होलान् कि नहोलान् ? विगतको परम्परा के छ ? सर्वोच्च अदालतले यसअघि पनि विभिन्न मुद्दामा प्रधानमन्त्री ओलीलाई […]



from समाचार – Online Khabar https://ift.tt/3r6NFLv
via IFTTT
Powered by Blogger.