समाचार
१६ माघ, काठमाडौं । नेकपा ओली समूहका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री ढकालले ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगमन भएको बताए । ‘अफ्ठ्यारो परिस्थितिबाट ताजा जनादेशमा जानु अग्रगमन हो,’ उनले भने, ‘संसद पुनर्स्थापनाको माग राख्नु चाहिँ […]
१६ माघ, काठमाडौं । विदेशबाट कोरोना भाइरसको खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने नियम ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सीसीएमसी हुँदै मन्त्रिपरिषदमा लैजाने तयारी छ । खोप लगाएकाहरुलाई अनअराइभल भिसा दिने र नेपाल आइसकेपछि क्वारेन्टिन बस्न नपर्ने नियम ल्याउन लागिएको मन्त्री ढकालले बताए । नेपालमा […]
१६ माघ, काठमाडौं । आज शहीद दिवस । विभिन्न न्यायपूर्ण आन्दोलनमा ज्यान गुमाएका ज्ञात अज्ञात शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । शहीद सप्ताहको अन्तिम दिन शुक्रबार लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि शहीदहरुप्रति सम्मान अर्पण गर्न लैनचौर पुगेका थिए । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, […]
१६ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्न वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ५ घण्टा समय मागेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भने बढी १ घण्टा भन्दा दिन नसकिने बताए । शुक्रबार संवैधानिक इजलासमा बहस गर्न आएका श्रेष्ठले सुरुमै आफूलाई ५ घण्टा समय दिन माग गरेका हुन् । श्रेष्ठ नेकपा संसदीय दलका प्रमुख सचेतक […]
१६ माघ, काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि डेढ महिना हुँदा पनि सुनुवाइ हुन सकेको छैन । सर्वोच्च अदालतमा शुक्रबारका लागि पेस चढेको यो रिटमाथिको सुनुवाइ पुनः स्थगनमा परेको हो । यो रिटमा संवैधानिक परिषद् सदस्यका रुपमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पनि विपक्षी बनाइएको छ । अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश जबरा […]
राणा शासनको प्रशासनतन्त्रमा जागिरे डिल्लीबजारका भक्तलाल श्रेष्ठका दुई श्रीमतीबाट जम्मा १६ सन्तान भए । भक्तलाल श्रेष्ठकी जेठी श्रीमती तुलसीमायाका आठ सन्तानमध्ये जेठा छोरा हुन्, गंगालाल । सरकारी कर्मचारी भएका कारण भक्तलालको सरुवा भइरहन्थ्यो । त्यसै क्रममा जेठो सन्तान गंगालालको जन्म वि.सं. १९७५ मा रामेछापको मन्थलीमा भएको हो । बालक गंगालालको शिक्षा सुरुमा परिवारभित्रै तथा पछि […]
१६ माघ, नेपालगञ्ज । बाँकेस्थित बैजनाथ गाउँपालिकामा रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) रमा भारतीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे ४२ वर्षीया उनको निधन भएको हो । भारती जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरिकी पत्नीसमेत हुन् । गिरिलाई भने संक्रमण […]
१६ माघ, काठमाडौं । बल्खु तरकारी बजारमा पनि डिजिटल कारोबार (क्यूआर पेमेन्ट) को शुरुवात भएको छ । एनएमबि बैंकको क्यूआर कोडबाट शुक्रबार बल्खु तरकारी बजारमा क्यूआर पेमेन्टको शुरुवात गरिएको हो । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी किनेर क्यूआर पेमेन्टबाट भुक्तानी दिएर शुभारम्भ गरे । एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित […]
१६ माघ, काठमाडौं । साझा पसल सेवा (सहकारी संस्था) ले इन्धन बोक्ने पाँच वटा ट्यांकर शुक्रबार देखि सञ्चालनमा ल्याएको छ । संस्थाको पुल्चोकस्थित कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा वाणिज्य सचिव बैकुण्ठ अर्यालले नयाँ ढुवानीका लागि ट्यांकर सञ्चालनको उद्घाटन गरे । यस अघि पेट्रोल पम्पहरुमा लगानी गरेको संस्थाले पहिलो पटक डिजेल र पेट्रोल ढुवानीका लागि प्रयोग […]
१६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले हस्ताक्षर गरेको नोट धेरै छाप्नु नपरोस् भन्ने चाहना व्यक्त गरेका छन् । शुक्रबार कुलेश्वर फलफूल बजारमा डिजिटल कारोबारको शुभारम्भ गर्दै उनले सकेसम्म नोटहरू बजारमा नदेखिऊन् भन्ने चाहना आफ्नो रहेको बताए । डिजिटल कारोबारले नगद कारोबारलाई निरुत्साहित गरोस् भन्ने आफूले चाहेको उनको भनाइ छ । […]
१६ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीलाई फाइनल पुर्याउन राजेश पुलामी मगरले अर्धशतकीय इनिङ्स खेले । बागमतीलाई ९४ रनले पराजित गर्दै आर्मी फाइनलमा पुग्दा राजेशले सर्वाधिक ६५ रन बनाए । १०६ रन हुँदा ६ विकेट गुमाएको अवस्थामा राजेशले विक्रम सोबसँग मिलेर सातौं विकेटका लागि ९२ रनको साझेदरी गरे । राजेश […]
१६ माघ, काठमाडौं । विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय)को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । नयाँ विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले ५, ६, ७ र ८ कक्षामा विद्यार्थी बस्नका लागि सिट क्षमता बढाएको हो । पुनःनिर्माणपछि उक्त विद्यालयमा प्रतिकक्षा ३६ विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको […]
१६ माघ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पाशाङ्ग)ले शहीद दिवसले संविधानको रक्षा र पूर्ण पालन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा सन्देश दिँदै उपराष्ट्रपति पुनले संविधानको रक्षा गर्नु शहीदहरुको सम्मान गर्नु पनि हो भनेका छन् । तर संविधान कार्यान्वयनको चरणमै प्रश्न उठेकोमा उनले दुःख व्यक्त गरेका छन् । […]
१६ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ बाँडफाँट भएको छ । नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ शुक्रबार बाँडफाँट गरिएको हो । निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेको जनाएको छ । क्यापिटलका अनुसार योग्य आवेदकहरु […]
१६ माघ, काठमाडौं । सेयर बजारमा दुईवटा बजार हुन्छन्– प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक भनेको आवेदन दिएर सेयर किन्ने हो । कुनै कम्पनीद्वारा सर्वसाधारणका लागि जारी साधारण सेयर (आईपीओ) किन्न आवेदन दिनु प्राथमिक बजारमा प्रवेश गर्नु हो । दोस्रो बजारमा भने सिधै प्रवेश गरेर सेयर कारोबार गर्न सकिन्छ । दोस्रो बजारमा […]
१६ माघ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । शुक्रबार विहान करिब नौ बजेको समयमा धरान–चतरा सडकखण्डको छतिवनमा बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मकवानपुरको धियाँलबाट हेटौंडा बजारतर्फ आइरहेको ना.३ ख […]
१६ माघ, काठमाडौं । नक्सालकी सुमित्रा श्रेष्ठले केही दिनअघि चाबहिलको लाइसेन्स कार्यालयबाट दुई पांग्रे सवारीको लाइसेन्स लिन परीक्षाको अनलाइन फारम भरिन् । उनलाई अनलाइन प्रणालीले ‘मार्च’को अन्तिम साताको लागि मात्रै कार्यालयमा उपस्थित भएर परीक्षाका लागि ‘इन्रोलमेन्ट’ गर्ने मिति तोकिदियो । तुरुन्तै लाइसेन्स निकाल्ने सोचमा रहेकी सुमित्रालाई ‘त्यति बेलासम्म बल्ल–तल्ल सिकेको स्कुटी चलाउन फेरि बिर्सन्छु कि,’ […]
१६ माघ, काठमाडौं । बागमती प्रदेश भित्रका पेट्रोलियम बिक्रेताहरुले आइतबारदेखि पेट्रोल बिक्री नगर्ने चेतावनी दिएका छन् । आफूहरुले पाइरहेको जर्ती सुविधा निगमले कटाउन खोजेको भन्दै व्यवसायीहरुले सो चेतावनी दिएका हुन् । बागमती पेट्रोलियम डिलर एसोशिएसनले विहीबार प्रदेशभरका पेट्रोल पम्पहरुलाई गरेको गोप्य सर्कुलरमा निगमको डिपोबाट १८ माघदेखि पेट्रोल उठाउन नसक्ने अवस्था आएको उल्लेख छ । १२ […]
१६ माघ, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–६ कुण्डोलमा पक्की घरको तेस्रो तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । ठाकुर अधिकारीले बनाउदै गरेको घरको दोस्रो तलामा काम गर्ने क्रममा लडेर काभ्रेका ४० वर्षीय प्रेम मगरको मृत्यु भएको हो । उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक […]
१६ माघ, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव नेपाल पक्ष)का विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका छन् । अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेका हुन् । अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ […]
१६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने बताएका छन् । शहीदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको उनको भनाइ छ । शहीद दिवसको अवसरमा सन्देश दिँदै उनले भनेका […]
from समाचार – Online Khabar https://ift.tt/3t62BeC
via IFTTT