समाचार
१८ माघ, काठमाडौं । जबरजस्ती करणीको आरोपमा भक्तपुरबाट एकजना युवक परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० कमलविनायकका ३१ वर्षीय विकास तज रहेका छन् । सोही ठाउँमा डेरा गरी बस्ने सर्लाही स्थायी घर भएकी १९ वर्षीय किशोरीलाई कोठामा एक्लै भएको मौका छोपेर जबरजस्ती करणी गरेको उजुरी परेपछि विकासलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी […]
१८ माघ, काठमाडौं । साताको पहिलाे दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । आइतबार विहान कारोबार खुलेसँगै घट्न शुरु भएको बजार नेप्से परिसूकच ५४.७५ अंकले ओरालो लागेर २ हजार ३ सय ७० दशमलव ५४ मा झरेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेर ओरालो लागेको छ । […]
१८ माघ, जनकपुरधाम । प्रदेश २ सरकारले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रामकेवल साह नियुक्त भएका छन् । त्यस्तै रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साह नियुक्त भएका छन् । आइतबार उनीहरुलाई मुख्यमन्त्री लालबाबु राउतले नियुक्ति पत्र हस्तान्तरण गरेका छन् । त्यस अवसरमा मुख्यमन्त्री राउतले प्रदेशकै गौरबको योजनाको रुपमा रहेको […]
१८ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव […]
१८ माघ, सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ रोकिएको छैन । नाम्खा गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा अत्यधिक चिसोमा विद्यार्थी विद्यालय उपस्थित […]
१८ माघ, काठमाडौं । कैलालीका कोरोना संक्रमित पुरूषको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका अनुसार कैलालीको जोशीपुरका ८३ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान ११ः३७ बजे मृत्यु भएको हो । उनीमा माघ ७ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै आइसोलेसनको आईसीयू कक्षमा राखेर रोगको प्रकृति अनुसार उपचार गरिए पनि […]
१८ माघ, काठमाडौँ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आइतबारदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो । गोरखा भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको पुनःनिर्माणको काम गत वर्षको फागुनमा […]
१८ माघ, काठमाडौं । नेकपा ओली समूहले २३ गतेको आमसभा ‘नारायणहिटी दरबार संग्राहलय’ अगाडि गर्ने भएको छ । माघ २३ मा हुने आमसभा नारायणहिटी दरबार संग्राहलयको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष एवं आमसभा तयारी सचिवालयका प्रमुख आनन्द पोखरेलले बताए । पशुपतिनाथ मन्दिरमा पूजा गर्नुका साथै चितवनको माडीमा राममन्दिर बनाउन जोड दिँदै आएका ओलीले ‘नारायणहिटी […]
१८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीहरुको भीडमा बसेर उल्टो बाटो हिँड्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलामा आयोजित धर्नालाई सम्बोधन गर्दै नेता पाण्डेले ओलीमाथि हिन्दु राज्य बनाउने कोसिस गरेको आरोप लगाए । केही दिन पहिले पशुपतिनाथको पूजा गर्न गएको र शनिबार चितवनमा […]
१८ माघ, काठमाडौं । संसद विघटनको मुद्दामा बहस भइरहेको संवैधानिक इजलासमा कानुन व्यवसायीले प्रधानमन्त्रीले भनेझैं अहिले ताजा जनादेशमा जानुपर्ने स्थिति नरहेको बताएका छन् । रिट निवेदकसमेत रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले ताजा जनादेशमा जान निश्चित विषय किटान गर्नुपर्ने बताए । ‘ताजा जनादेशमा जान विषय चाहिन्छ । बेलायतमा ईयुमा रहने कि नरहने भनेर जनमत सङ्ग्रह भएको […]
१८ माघ, काठमाडौं । क्लिन फिड लागू भएपछि घटेका ग्राहक (दर्शक) फिर्ता नभएको भन्दै टेलिभिजन सेवा वितरक र प्रसारकहरुले चिन्ता व्यक्त गरेका छन् । कात्तिक ८ गतेदेखि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा क्लिन फिड (विज्ञापनरहित प्रसारण) कार्यान्वयनमा आएपछि धेरैजसो च्यानलको प्रसारण रोकिएकाले टेलिभिजनका ग्राहक ह्वात्तै घटेको थियो । क्लिन फिड लागू भएलगत्तै टेलिभिजन सेवा प्रसारक […]
१८ माघ, सप्तरी । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका-४ स्थित मोबाइल पसल सञ्चालन गरी बस्ने २२ वर्षीय मोहित साह रहेका छन् । शनिबार राति आफ्नै पसलमा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ । यस […]
१८ माघ, विराटनगर । विराटनगरका पत्रकार पुष्पराज गड्तौलाको ७१ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । पुष्पाञ्जली साप्ताहिकका प्रकाशक सम्पादक समेत रहेका उनी अघिल्लो दिनसम्म पुरानो मोटरसाइकल चढेर आफैं पत्रिका बाँड्दै हिँडेका थिए । विराटनगर महानगरपालिका– ५ त्रिमूर्ती चोक घर भएका गड्तौला सन्देश दैनिकका प्रकाशक पनि हुन् । विराटनगरका पत्रकार शेखर रेग्मीकाअनुसार २०३७ सालदेखि […]
१८ माघ, काठमाडौं । संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् । धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् । संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा […]
१८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आइतबारको बहस सुरु भएको छ । अधिवक्ता गोपाल पाण्डेले घरभित्रको झगडा घर भित्रै मिलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशमा संसद विघटन गरेर जनतालाई दुःख दिएको टिप्पणी गरे । ‘घर भित्रको झगडा, घरभित्रै मिलाउनुपर्थ्यो । यो हिन्दी फिलिम जस्तो भयो,’ पाण्डेले भने, ‘प्रधानमन्त्रीले संसदप्रति आक्रोश पोख्ने, […]
१८ माघ, काठमाडौं । ‘पहिला लगानीको टुंग्गो लाग्नुपर्यो, अर्कोकुरा सर्वोच्च अदालतबाट यो विषयमा फैसला हुनुपर्यो,’ निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा रुख कटान आदेशबारे बुधबार पत्रकारको जिज्ञासामा वन तथा वातावरण मन्त्री प्रेम आलेको यो भनाईले विमानस्थलको शून्य प्रगतितर्फ संकेत गर्छ । मन्त्री आलेले तत्काल रुख कटान आदेश नदिने अडान राखेको यो एउटा यस्तो आयोजना हो, जसको पूर्वसम्भाव्यता अध्ययन […]
१८ माघ, काठमाडौं । खानेपानी मन्त्री मणि थापाले सार्वजनिक कार्यक्रममा ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन् । शनिबार सुर्खेतमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेका थिए । उनले आइतबार सामाजिक सन्जालमा स्टाटस राख्दै नेपाल सरकार भन्नुपर्नेमा भूलबस अन्यथा शब्द प्रयोग हुन गएको भन्दै क्षमा मागेका छन् । […]
१८ माघ, बुटवल । गत असोजमा सम्झौता भएर मंसिर पहिलो हप्तादेखि काम शुरु भएको रोल्पाको धाङसी खोला पुलको शिलान्याश तीन महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गरेका छन् । २५ प्रतिशत काम भइसकेको पुल शिलान्याशको नाममा सरकारी खर्चमा जिल्ला आएर गुटको भेला गरेको भन्दै नेकपाको प्रचण्ड–माधव समूहले कार्यक्रमको भद्र अवज्ञा र विरोध गरेको छ । […]
१७ माघ, काठमाडौं । वितरण योग्य मूनाफामा धेरै हुनेमा नविल बैंक पहिलो स्थानमा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबै बैंकलाई पछि पार्दै नविल बैंक पहिलो बनेको हो । दोस्रोमा भने एनएमबि बैंक देखिएको छ । नविल बाहेकका सबै बैंकहरलाई पछि पार्दै एनएमबि बैंक वितरण योग्य मूनाफाका आधारमा दोस्रो नम्बरमा […]
१८ माघ, काठमाडौं । संसद विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत अनेरास्ववियूको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थीहरुले आज स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् । प्रतिगमनकारी सरकारको मतियार नबन्न र स्रोत साधनको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै आजबाट स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउन लागिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । अनेरास्ववियूले स्थानीय तहमा बुझाउन […]
१८ माघ, कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित शनिबार साँझ पक्राउ गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र […]
from समाचार – Online Khabar https://ift.tt/3oy3dGj
via IFTTT