समाचार
१७ माघ, काठमाडौं । चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदैछ । दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन् । एपीएफले टस जितेर फिल्डिङ राेजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ । आर्मी लगातार चाैथाे पटक फाइनल खेल्दैछ । पहिलाे संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेकाे आर्मी पछिल्लाे दुई […]
१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी मार्चमा ओमानमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत ट्राई सिरिज खेल्दैछ । ओमान नेपाल र अमेरिकाबीच हुने उक्त सिरिज आउन अब दुई महिनाभन्दा कम समय बाँकी छ । अमेरिकाले त्यही सिरिजका लागि ४४ खेलाडीलाई प्रारम्भिक चरणमा प्रशिक्षणका लागि बोलाएको छ । नेपालमा अहिले चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष […]
१७ माघ, काठमाडौं । सरकारले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सुजन कडेल मुख्य व्यक्ति रहेको श्रृगेश्वर ट्रेड इन्टरनेशनल काठमाडौं, रविन्द्र गौतम र प्रदीप बुढाथोकीको आर एण्ड जी बिल्डर्स काभ्रे र राजेश कुमार श्रेष्ठको सान्यो इन्टरनेशनल प्राइभेट लिमिटेड पुतलीसडकलाई […]
१७ माघ, खोटाङ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो । शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले […]
१७ माघ, विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि जग्गा कित्ताकाट रोकिएको छ । विमानस्थलका लागि अधिग्रहण गरिने जग्गाको कित्ताकाट रोकिएको हो । विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार विमानस्थल विस्तारका लागि मोरङ र सुनसरीमा पर्ने १२६.४ विगाह जग्गा अधिग्रहण गरिँदैछ । जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलपछि रेखाङ्कन भित्र परेका जग्गाको कित्ताकाट रोक्ने निर्णय भएको उनले […]
१७ माघ, काठमाडौं । भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको हो । विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेका दिल्ली प्रहरीले जनाएको छ । बम विष्फोट कसले […]
१७ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । फाइनल खेल शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल बिहान ९ बजे सुरु हुनेछ । आर्मी लगातार चौथो पटक फाइनल पुगेको हो भने एपीएफ दोस्रो पटक फाइनल […]
१७ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नो लाइट धनुषामा कार्यरत चार जना कर्मचारीहरुलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पाँचौं तहका सुपरभाइजर जगतनारायण साह, तेस्रो तहका इलेक्टिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवलकिशोर राउत र दोस्रो तहका मनोहरकुमार महतोलाई अख्तियारको टोलीले पक्राउ […]
१६ माघ, काठमाडौं । बिराटनगर पुगेर शुक्रबार नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिदिएको बताउँदै आफूलाई विजयी भावमा प्रस्तुत गरे । प्रदेश–१ स्तरीय बृहत सभा सम्बोधन गर्दै नेपालले भने, ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ । पछाइरिसकेपछि पनि खुट्टामाथि उचालेर मेरो खुट्टो त माथि नै छ भन्दै हुनुहुन्छ […]
१५ माघ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ १३औं पटकको धरपकडपछि आइतबार छुटे । अधिकांशमा मुद्दामा साधारण तारेख र केहीमा धरौटी बुझाएर छुटेका उनलाई प्रहरीले चितवनको पुरानो मेडिकल कलेजको आकस्मिक कक्षबाट समातेको थियो । केही समयदेखि घरमै आराम गरिरहेका विरही रत्ननगरस्थित घरमा भर्याङबाट लडेपछि अस्पताल भर्ना गरिएका थिए […]
१६ माघ, काठमाडौं । केपी शर्मा ओली सरकारले यहीसातादेखि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको छ । सरकारको यो निर्णय ठीक छ कि गलत भन्नेबारे बहस सुरु भएको छ । कतिपय काष्ठ व्यवसायी एवं वन मन्त्रालयका कर्मचारीहरुले सरकारी निर्णयको विरोध गरेका छन् । तर, सामुदायिक वन उपभोक्ता महासंघले भने सरकारको निर्णयको स्वागत गरेको छ । […]
१६ माघ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफसहित आफैं उपस्थित हुन विहीबार आदेश दिएको छ । सर्वोच्चले एकै दिन आदेश दिएको भए पनि प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशहरू विरुद्ध फरक-फरक रिट दर्ता भएका थिए । रिट […]
१६ माघ, विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी परे प्रतिनिधिसभा बैठक बस्ने चेतावनी दिएका छन् । शुक्रबार बिराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको उनले बताए । ‘केपी ओलीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन,’ उनले भने, ‘जरुरी पर्यो भने बैठक बस्छौं । […]
१६ माघ, काठमाडौं । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजालसमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बहस गर्दै कानुन व्यवसायीले सरकारले मन्त्रिपरिषदको निर्णयको सक्कल फाइल फिर्तौ लैजाँदा शंका उब्जिएको बताएका छन् । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले सरकारले बुझाएको मन्त्रिपरिषदले गरेको संसद विघटनको निर्णयको सक्कल इजलासको आदेशविना कसरी फिर्ता भयो भनी प्रश्न उठाए । ‘अदालतले मगाएर आइसकेपछि इजलासको आदेशबिना […]
१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले रामशाहपथबाट परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्ने कांग्रेस कायर भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शान्ति बाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्ने पार्टीको निर्णय भएको बताए । ‘बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं, जसले अदालतको चार किल्लाभित्र […]
१६ माघ, काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा ठगीको महामारी छ । कोरोना महामारी साम्य हुँदै गर्दा विदेश जाने श्रमिक जति बढ्दैछन्, त्यतिकै श्रमिकमाथिको ठगी र शोषण बढ्दो छ । कतार प्रहरीमा अवैध नेपाली लैजान खोजिएकोदेखि भिजिट भिसामा श्रमिकलाई यूएई लैजानेसम्मका अवैध गतिविधि मौलाएपछि अनुगमन पनि बढाएको वैदेशिक रोजगार विभागको दाबी छ । विभागका अनुसार महामारीमा […]
१६ माघ, काठमाडौं । दैनिक उपभोग्य खाद्य वस्तुहरुको मूल्यमा यो साता पनि उतारचढाव आयो । सर्वसाधारणको भान्सामा जरुरी चिनी, खाने तेल र चामलको मूल्य ब्यापारीहरुले यो साता पनि बढाएका छन् । साताभर हरियो मौसमी तरकारीमा काउलीको मूल्यमा दोब्बर बढेको छ भने गोलभेडा, बन्दालगायतका तरकारीको मूल्य स्थिर छ । माछा र खसीको मासुको मूल्य स्थिर रह्यो […]
१६ माघ, काठमाडौं । बारबरा फाउण्डेशनले कोभिड-१९ को अग्रपंक्तिमा रही काम गर्ने चार वटा विधाका उत्कृष्ट फ्रन्टलाइनरलाई ‘कोभिड-१९’ विशेष सम्मान’ प्रदान गरेको छ । शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी चिकित्सा, नर्सिङ, पत्रकारिता र स्वास्थ्य सहयोगी विधाका फ्रन्टलाइनरलाई पुरस्कृत गरेको हो । फाउण्डेशनले चिकित्सातर्फ त्रिवि शिक्षण अस्पतालका प्रा.डा. सुवास आचार्यलाई एकलाख एक रुपैयाँ राशीसहित […]
१६ माघ, जनकपुरधाम । सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा धनुषाको मिथिला नगरपालिकाबाट शुक्रबार साँझ नेपाल विद्युत प्राधिकरणका चारजना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयाेग बर्दिबास कार्यालयबाट खटिएकाे टाेलीले उनीहरुलाई ५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरण सखुवा वितरण केन्द्र महेन्द्रनगर अन्तर्गत ढल्केबर फ्युज सेवामा कार्यरत […]
१६ माघ, काठमाडौं । नेपाल नागरिक समाजले प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक ढंगले गरेको संसद विघटनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै नागरिक समाजका अध्यक्ष खेमराज रेग्मी र महासचिव डीपी अर्यालले आफ्नो असफलता र अकर्मण्यता लुकाउन प्रतिनिधि सभा विघटन गरेको भन्दै यसको विरोध गरेको हो । नेपाली जनताको लामो संघर्ष र बलिदानी […]
१६ माघ, वीरगञ्ज । पर्साबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–३ हरिहरपुर विर्ताका ३० वर्षीय प्रेम हजरा र मकवानपुरको हेटौंडा–१२ बस्ने २५ वर्षीय साजत थिङ रहेका छन् । हजरालाई लागूऔषध गाँजा र चरेससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । शंका लागि चेकजाँच गर्दा हजराको […]
from समाचार – Online Khabar https://ift.tt/3ouwfXd
via IFTTT