समाचार
१४ माघ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली बेइमान तानाशाह भएको बताएका छन् । नागरिक समाजको आन्दोलनमा सम्बोधन गर्दै उनले उनलाई सडकको भाषा सुन्ने बनाउने बताए । ‘सडककै भाषाले गर्दा अहिलेसम्मको परिवर्तन आए । तर, सडकको भाषा सुन्दैन भनेपछि उनी कतिसम्म तानाशाह होलान् त’ केसीले भने । केसीले […]
१४ माघ, काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध नेकपाका सांसदहरुले दिएको रिटमा बहस गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले समय तोकेका छन् । नेकपा संसदीय दलका नेता देव गुरुङसमेतको रिटमा सर्वोच्चमा सोमबारदेखि बहस भइरहेको छ । बुधबार सोही रिटमाथि बहस भइरहेका बेला प्रधानन्यायाधीश जबराले यस रिटमा बोल्न एक जना कानुन व्यवसायीलाई १० देखि १५ मिनेट मात्र समय […]
१४ माघ, सुर्खेत । जुम्लाको तिला गाउँपालिका-७, पोखरीस्थित गोठीगाउँमा मंगलबार बेलुकी भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् । आगलागीबाट ३२ घर जल्नुका साथै १७ गाई, २३ गोरु र ३० बाख्राको मुत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । स्थानीय […]
१४ माघ, विराटनगर । प्रदेश १ मा पहिलो पटक कोसी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देलले खोप लगाएका छन् । देशभर अभियान सुरु भएसँगै उनीहरुले खोप लगाए । खोप लगाएपछि डाक्टर दीपक सिग्देलले सर्वसाधारणमा देखिएको नकारात्मकता कम गर्नका लागि खोप लगाइएको बताए । ‘खोपका विषयमा समाजमा अनेकखालका आशंकाहरु […]
१४ माघ, काठमाडौं । विश्वका ८५ भन्दा धेरै गरिब मुलुकमा सन् २०२३ अघि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सर्वसुलभ नहुने एक अध्ययनले देखाएको छ । इकोनोमिस्ट ग्रुपको शोध शाखा इकोनोमिक इन्टेलिजेन्स युनिटले गरेको अध्ययनमा गरिब मुलुकमा छिटोमा सन् २०२३ अघि कोरोना खोप सर्वसुलभ हुन नसक्ने देखिएको हो । बुधबार सार्वजनिक गरिएको अध्ययनको नतिजाअनुसार चीन र […]
१४ माघ, रौतहट । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप रौतहटका स्वास्थ्यकर्मीहरुले पनि लगाएका छन् । बुधबार देशै भरीबाट सुरु भएको भएकोे पहिलो चरणको खोप कार्यक्रममा रौतहटका स्वास्थ्यकर्मीहरु सहभागी भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गौरमा पहिलो खोप कार्यालय सहयोगी उमेश मण्डलले लगाएका थिए । महिला स्वास्थ्य स्वमंसेविका, सरसफाइकर्मी तथा स्वास्थ्यकर्मीहरुले खोप लिएको जिल्ला अस्पताल […]
१४ माघ, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अंकमा पुगेको छ । नेप्से परिसूचक बढे पनि ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले बढेर […]
१४ माघ, सुर्खेत । कर्णाली प्रदेशमा पनि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । कर्णाली प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. डम्मर खड्कालगायत तीनजना डाक्टरहरुले खोप लगाएर अभियान सुरु भएको हो । स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खड्का, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र कोभिड–१९ खोप व्यवस्थापनका संयोजक एंव बाल रोग विशेषज्ञ डाक्टर […]
१४ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा भइरहेको बहसका क्रममा न्यायाधीशले मुद्दा लम्बिएकामा चिन्ता व्यक्त गरेका छन् । बुधबार वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरेपछि न्यायाधीश सपना प्रधान मल्लले मुद्दा लम्बिएको भन्दै चिन्ता जनाएका हुन् । ‘एउटा निवेदनमा डेढ सय वकिलहरु हुनुहुन्छ, बाहिर अदालतले मुद्दा लम्ब्यायो भन्ने छ, समय कसरी म्यानेज गर्नुहुन्छ ?’ रिट निवेदक […]
१४ माघ, सप्तरी । सप्तरी प्रहरीले लागूऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग छन् । राजगढ गाउँपालिका-२ बनैनियाँबाट मंगलबार साँझ उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स १ प ९८७८ नम्बरको मोटरसाइकलमा सवार भएका दुवैको साथबाट नाइट्राभेट–१० ट्याब्लेट […]
१४ माघ, जनकपुरधाम । सरकारी मापदण्डलाई उल्लंघन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना खोप लगाएका छन् । बुधबारदेखि सुरु भएको कोरोना खोप अभियानमा पहिलो चरणमा फ्रन्टलाइनलाई खोप दिने सरकारी मापदण्ड छ । त्यसअनुसार अधिकांश ठाउँमा फ्रन्टलाइनरले खोप लगाए । तर प्रदेश २ को राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा पहिलो खोप फ्रन्टलाइनको […]
१४ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले माइतीघर मण्डलामा धर्ना दिएको छ । नेकपा प्रचण्ड–माधव समूहका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले संसद विघटनको विरोधमा बुधबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउन दबाव दिने उदेश्यले […]
१४ माघ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा भएको संसद विघटनको व्यवस्थाबारे दिएको अभिव्यक्ति टिपोटमा राखेको बताएका छन् । संसद विघटनका विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संविधानसभा अध्यक्ष नेम्वाङले बोली फेरेको बताएका थिए । त्यस क्रममा जबराले ‘त्यो कुरा आइसकेको छ, हामीले टिपोटमा […]
१४ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा कोरोना भाइरस (कोभिड-१९) विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिनाभित्रै नेपालले पनि खोप अभियान सुरू गरेकोमा खुसी व्यक्त गरेकी छन् । कोभिड १९ विरुद्धको खोप शुभारम्भको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले पहिलो चरणमा नै नागरिकलाई खोप उपलब्ध गराउने राष्ट्रको सूचीमा नेपाल पनि सामेल हुन सफल […]
१४ माघ, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले कोरोना खोपले कोरोनाविरुद्ध लड्नका लागि थप साहस मिलेको बताएका छन् । उनले सबै सरोकारवालाको सहयोगले प्रदेशमा कोरोना संक्रमण नियन्त्रण गर्न सफल भएको बताए । वीरगञ्जको नारायणी अस्पतालमा कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीले गरेको हिम्मतको सह्राहना गरे । […]
१४ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण पम्प स्टोरेज आयोजना पनि बनाउनतर्फ उन्मुख भएको भएको छ । खेर जाने पानीलाई जलाशयमा भरेर माथिल्लो भागमा रहेको जलाशयमा विद्युतीय पम्पमार्फत पठाएर बिजुली निकाल्न यस्तो आयोजना बनाइन्छ । प्राधिकरणले अहिले कास्कीको पोखरा महानगरस्थित बेगनास तालमा पम्प स्टोरेज आयोजना बनाउन सम्भाब्यता अध्ययन गरिरहेको छ । अब कुलेखानी जलविद्युत आयोजनामा […]
१४ माघ, काठमाडौं । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतमा बुधबार पनि बहस भइरहेको छ । बुधबार बहस गर्न आएका वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले संसद विघटन सदर भएमा प्रतिनिधिसभाको कार्यकाल २ वर्षमा सीमित हुने बताएका छन् । संविधानमा २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राख्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यसपछि प्रधानमन्त्रीले संसद विघटन गर्ने […]
१४ माघ, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियानको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारबाट खोप अभियान सुरु गर्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाई तीन महिनाभित्र कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए । कोरोनाविरुद्धको खोप सरकारले निःशुल्क उपलब्ध गराउने उनको भनाइ छ […]
१४ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताएका छन् । बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उनले भने ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ? केपी […]
१४ माघ, ओखलढुङ्गा । ओखलढुङ्गाका स्थानीय तहमा कोरोना व्यवस्थापन शीर्षकमा अनियमित तरिकाले खर्च भएको जनगुनासो देखिएको छ । विश्वमै महामारीका रूपमा फैलिएको कोरोनाको सङ्क्रमण रोकथामका लागि छुट्टै कोष खडा गरेर खर्च गरेका स्थानीय तहले सङ्क्रमण रोकथामका ठोस योजनामा भन्दा आन्तरिक व्यवस्थापनका शीर्षक र कर्मचारी भत्तामा बढी रकम खर्चेका हुन् । कोरोना कहरमा काम गरेको भनेर […]
१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने मिति घोषणा गरिसकेका छन् । बैशाख १७ आउन अब ९४ दिन बाँकी छ । ओली तोकिएकै मितिमा चुनाव हुने बताइरहेका छन् । गृहमन्त्री रामबहादुर थापाले चाहिँ ‘अदालतको निर्णय आउन ढिला भयो भने वैशाखको चुनाव सर्छ होला‘ भनिसकेका छन् […]
from समाचार – Online Khabar https://ift.tt/36df3iM
via IFTTT