समाचार
१७ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिडिरहेका छन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको खेलमा आर्मीले एपीएफलाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ । एपीएफले टस जितर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले पूरै ५० ओभर […]
१७ माघ, काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल केटू आरोहण गर्ने नेपाली पर्वतारोहीलाई नेपालस्थित पाकिस्तानी दूतावासले सम्मान गरेको छ । शुक्रबार ठमेलको एक होटलमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले जाडो याममा हिमाल आरोहण गरेर नेपालीहरुले विश्व कीर्तिमानी राखेको भन्दै पर्वतारोहीहरुको उच्च प्रशंसा गरे । डिनरसहितको सम्मान कार्यक्रममा नेपाल पर्यटन […]
१७ माघ, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनको असर विकास निर्माणका काममा समेत देखिन थालेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् ओली समूहका नेता शंकर पोखरेल बनिरहेको पुल शिलान्यास गर्न रोल्पा आउन लागेको भन्दै प्रचण्ड–माधव समूहले विरोध गरेको छ । सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुल शिलान्यास गर्न मुख्यमन्त्री शंकर पोखरेल रोल्पा आउन […]
१७ माघ, बुटवल । औपचारिकरुपमा विभाजन हुन बाँकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई समूहमध्ये ओली पक्षले लुम्बिनी प्रदेशमा प्रदेश र जिल्ला कमिटी पुनर्गठन गरेको छ । ओली पक्षको बुटवलमा बसेको प्रदेश कमिटी बैठकले प्रचण्ड–माधव नेपाल पक्षमा खुलेर लागेका पदाधिकारीलाई हटाएर आफ्नो समूहका नेताहरुलाई जिम्मेवारी दिएर कमिटी पुनर्गठन गरेको हो । सो समूहले लुम्बिनी प्रदेश […]
१७ माघ, काठमाडौं । २०४६ सालको जनआन्दोलन उत्कर्षमा थियो । वर्गीय र पेशागत क्षेत्रका कर्मचारी पनि जोडतोडले बहुदलीय प्रजातन्त्रका निम्ति संघर्षमा उत्रिएका थिए । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत युवा शार्दूल भट्टराई पनि साहित्यकारको मोर्चाबाट आन्दोलनमा सक्रिय भए । साहित्यकारको टोली त्रिचन्द्र क्याम्पसमा चैत्र-३ गते कालोपट्टी बाँधेर विरोध गर्न बस्यो । केहीबेरमै प्रहरीले पारिजात, आनन्ददेव भट्ट, […]
१७ माघ, धनगढी । संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ । शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो । सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेता धनगढी आइसकेका छन् । जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने […]
१७ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न चार विभागीय मन्त्रीसहित शनिवार चितवन आउने भएका छन् । भरतपुरको गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तार तथा भरतपुरमा बन्ने बहुउद्देश्यीय सिटी हल शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउन लागेका हुन् । उनले भरतपुरमा नै हुने जनसभालाई सम्वोधन गर्न कार्यक्रम पनि छ । ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री […]
१७ माघ, काठमाडौं । साइकलका पाइडल घुमाउँदै यसपालि लमजुङको सेरोफेरो छिचोलियो । मेरो ध्येय, पहाडी गोरेटोहरुमा साइक्लिङको आनन्द बटुल्नु मात्र थिएन । लमजुङले आफ्नो गर्भमा लुकाएका ती क्षेत्रहरुको खोजी गर्नु थियो, जो पर्यटकीय आकर्षण बन्न सक्छ । यस हिसाबले लमजुङको यात्रा अर्थपूर्ण रह्यो । सुन्दर हिमाल र डाँडाकाँडा हेर्दै ऐतिहासिक बिरासत बोकेको लमजुङको पुरानोकोट पुगियो […]
१७ माघ, मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् । ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन’, […]
१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी मार्चमा ओमानमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत ट्राई सिरिज खेल्दैछ । ओमान नेपाल र अमेरिकाबीच हुने उक्त सिरिज आउन अब दुई महिनाभन्दा कम समय बाँकी छ । अमेरिकाले त्यही सिरिजका लागि ४४ खेलाडीलाई प्रारम्भिक चरणमा प्रशिक्षणका लागि बोलाएको छ । नेपालमा अहिले चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष […]
१७ माघ, काठमाडौं । सरकारले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सुजन कडेल मुख्य व्यक्ति रहेको श्रृगेश्वर ट्रेड इन्टरनेशनल काठमाडौं, रविन्द्र गौतम र प्रदीप बुढाथोकीको आर एण्ड जी बिल्डर्स काभ्रे र राजेश कुमार श्रेष्ठको सान्यो इन्टरनेशनल प्राइभेट लिमिटेड पुतलीसडकलाई […]
१७ माघ, खोटाङ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो । शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले […]
१७ माघ, विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि जग्गा कित्ताकाट रोकिएको छ । विमानस्थलका लागि अधिग्रहण गरिने जग्गाको कित्ताकाट रोकिएको हो । विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार विमानस्थल विस्तारका लागि मोरङ र सुनसरीमा पर्ने १२६.४ विगाह जग्गा अधिग्रहण गरिँदैछ । जिल्ला प्रशासन कार्यालय मोरङमा छलफलपछि रेखाङ्कन भित्र परेका जग्गाको कित्ताकाट रोक्ने निर्णय भएको उनले […]
१७ माघ, काठमाडौं । भारतको नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक बम विष्फोट भएको छ । भारत–इजरायल कूतनीतिक सम्बन्धको २९ औं वर्षगाँठकै दिन एपीजे अब्दुल कलाम रोडमा शुक्रबार साँझ बम विष्फोट भएको हो । विष्फोटबाट दूतावासमा भने क्षति पुगेको छैन । तर पार्किङ गरेर राखिएका केही कारका सिसा फुटेका दिल्ली प्रहरीले जनाएको छ । बम विष्फोट कसले […]
१७ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । फाइनल खेल शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल बिहान ९ बजे सुरु हुनेछ । आर्मी लगातार चौथो पटक फाइनल पुगेको हो भने एपीएफ दोस्रो पटक फाइनल […]
१७ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नो लाइट धनुषामा कार्यरत चार जना कर्मचारीहरुलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । पाँचौं तहका सुपरभाइजर जगतनारायण साह, तेस्रो तहका इलेक्टिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिकको रुपमा कार्य गर्ने नवलकिशोर राउत र दोस्रो तहका मनोहरकुमार महतोलाई अख्तियारको टोलीले पक्राउ […]
१६ माघ, काठमाडौं । बिराटनगर पुगेर शुक्रबार नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको सिङ जुरो निर्वाचन आयोगले फुकालिदिएको बताउँदै आफूलाई विजयी भावमा प्रस्तुत गरे । प्रदेश–१ स्तरीय बृहत सभा सम्बोधन गर्दै नेपालले भने, ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ । पछाइरिसकेपछि पनि खुट्टामाथि उचालेर मेरो खुट्टो त माथि नै छ भन्दै हुनुहुन्छ […]
१५ माघ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ १३औं पटकको धरपकडपछि आइतबार छुटे । अधिकांशमा मुद्दामा साधारण तारेख र केहीमा धरौटी बुझाएर छुटेका उनलाई प्रहरीले चितवनको पुरानो मेडिकल कलेजको आकस्मिक कक्षबाट समातेको थियो । केही समयदेखि घरमै आराम गरिरहेका विरही रत्ननगरस्थित घरमा भर्याङबाट लडेपछि अस्पताल भर्ना गरिएका थिए […]
१६ माघ, काठमाडौं । केपी शर्मा ओली सरकारले यहीसातादेखि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको छ । सरकारको यो निर्णय ठीक छ कि गलत भन्नेबारे बहस सुरु भएको छ । कतिपय काष्ठ व्यवसायी एवं वन मन्त्रालयका कर्मचारीहरुले सरकारी निर्णयको विरोध गरेका छन् । तर, सामुदायिक वन उपभोक्ता महासंघले भने सरकारको निर्णयको स्वागत गरेको छ । […]
१६ माघ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफसहित आफैं उपस्थित हुन विहीबार आदेश दिएको छ । सर्वोच्चले एकै दिन आदेश दिएको भए पनि प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशहरू विरुद्ध फरक-फरक रिट दर्ता भएका थिए । रिट […]
१६ माघ, विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी परे प्रतिनिधिसभा बैठक बस्ने चेतावनी दिएका छन् । शुक्रबार बिराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको उनले बताए । ‘केपी ओलीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन,’ उनले भने, ‘जरुरी पर्यो भने बैठक बस्छौं । […]
from समाचार – Online Khabar https://ift.tt/3pA3b1X
via IFTTT