समाचार
१५ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव हुन्छ भनेर गरेको भविष्यवाणी असफल हुने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव समूहले बुटवलमा गरेको विरोध सभामा नेता नेपालले २०६२/६३ सालको आन्दोलन चलिरहँदा ओलीले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भनेर गरेको […]
१५ माघ, इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको बताएका छन् । इलाम सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेको जिकिर गरे । पूर्वमन्त्री भट्टराईले जनताको बहुदलीय जनमत (जबज)को मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाउँदै कानुन […]
१५, माघ, काठमाडौं । पौष शुक्ल पूर्णिमा अर्थात् बिहीबार भक्तपुरको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइएको छ । शासकमा जनतामैत्री चेतको विकास होस् भन्ने उद्देश्यका साथ चाँगुको कलशलाई हनुमान ढोकामा ल्याएर दर्शन गराउने चलन मध्यकालभन्दा अघिदेखि नै चलेको सरोकारवालाहरू बताउँछन् । चाँगुनारायणसँगै देवी लक्ष्मी र देवी सरस्वतीको कलशलाई हिँडेर हनुमानढोकासम्म ल्याउने चलन छ । चाँगुबाट बिहान […]
१५ माघ, विराटनगर । मोरङका ९ जना संविधासभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको प्रावधान टेकेर प्रतिनिधिसभा भङ्ग गरेको बताएका छन् । बिहीबार विराटनगरमा छलफलपछि ९ जना संविधानसभा सदस्यहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संविधानमै नभएको प्रावधान टेकेर संसद् भङ्ग गरेको बताएका हुन् । छलफलमा सहभागी २०६४ र २०७० सालका संविधानसभा सदस्यहरुले असंवैधानिक कदम […]
१५ माघ, जनकपुरधाम । काठमाडौंमा आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा जनकपुरधामबाट एक व्यक्ति पक्राउ परेका छन् । गत माघ १३ गते आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा बस्ने एक व्यक्तिलाई बिहीबार जनकपुरधामको रमानन्द चोकबाट पक्राउ गरिएको छ । धनुषाको कमला नगरपालिका ५ स्थायी घर भएका उनले छोरीलाई कुटपिट गर्दै बलात्कार […]
१५ माघ, सुर्खेत । अग्निपीडितलाई राहत लिएर कर्णाली सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसहितको टोली जुम्लाको गोठगाउँमा पुगेको छ । तिला गाउँपालिका–७, जुम्ला पोखरीस्थित गोठीगाउँमा आगलागी भएको झण्डै दुई दिनपछि अग्निपीडितलाई राहत लिएर मन्त्रीसहितको सरकारी टोली घटनास्थलमा पुगेको हो । आगोले अन्नपात, लुगाफाटोलगायत सबै क्षति हुँदा नागरिकहरु बिचल्लीमा छन् । स्थानीय सरकारले राहत वितरण […]
१५ माघ, काठमाडौं । काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले कमजोर सोचेमा त्यो भ्रम हुने बताएका छन् । आफ्नो समूहका ट्रेड युनियन महासंघले राष्ट्रियसभामा गरेको भेलालाई सम्बोधन गर्दै ओलीले एक दुई पटक किड्नी अपरेशन गरेपनि कमजोर नरहेको बताए । ‘मेरो बुबा नै भर्खर बुढोबुढो हुनहुन्छ । एक दुई किलोमिटर खुइँखुइँती एक्लै हिड्नु हुन्छ,’ […]
१५ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको निरंकुशतालाई ध्वस्त पार्ने बताएका छन् । ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष र प्रधानमन्त्री बनाएको स्मरण गर्दै प्रचण्डले केपी ओली सामन्ती निरंकुशताको एजेन्ट जस्तो देखिएको भन्दै प्रचण्डले ओलीको निरंकुशता केही महिना मात्र टिक्ने बताए । प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहले […]
१५ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकममा भने किर्तिमान कायम भएको छ । बिहीबार नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ मा झरे पनि कारोबार रकम भने ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ पुगेको छ । यसअघि हालसम्मको धेरै कारोबार रकम ९ अर्ब ३७ […]
१५ माघ, काठमाडौं । साविक उपविजेता त्रिभुवन आर्मी क्लब चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको हो । आर्मीले अब उपाधिका लागि अर्को विभागीय टोली एपीएफसँग खेल्नेछ । एपीएफले पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको […]
१५ माघ, बुटवल । प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले ‘निरङ्कुशताको प्रेत’का रुपमा प्रधानमन्त्री केपी शर्मा ओली खडा भएकोे बताएका छन् । ओलीको पतन हुनेमा अब कुनै शंका नभएको उनले बताए । बिहीबार बुटवलमा आयोजित विरोधसभामा नेता भुसालले आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा ओली अगाडि आएको बताए । आफूहरुसामू ओली […]
१५ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाई भइरहेको संवैधानिक इजलासमा नेपाल कम्युनिस्ट पार्टीका सांसदले प्रधानमन्त्रीलाई कसरी दलबाट असहयोग भयो भनी प्रश्न सोधेका छन् । केही दिनअघि न्यायाधीश अनिलकुमार सिन्हाले प्रधानमन्त्रीलाई उनको दलले किन सहयोग गरेन भनी प्रश्न सोधेका थिए । उक्त प्रश्नको जवाफ दिँदै रिट निवेदकसमेत रहेका सांसद कृष्णभक्त पोखरेलले इजलासमा कहाँ असहयोग भयो […]
१५ माघ, काठमाडौं । सरकारले दुई जना राष्ट्रिय व्यक्तित्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्ने निर्णयमा अनावश्यक उपाधि उल्लेख गरेको भन्दै आलोचना सुरु भएको छ । माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित हुलाक टिकट जारी गर्ने निर्णयमा उनीहरुको नामको अघि ‘डा.’ उपाधि थपेर निर्णय […]
१४ माघ, काठमाडौं । कोटेश्वर बस्ने रामेछापका दिवेश सुनारलाई खाना पकाउन पनि जारको पानी प्रयोग गर्नपर्ने वाध्यता छ । एउटा आईटी कम्पनीमा कार्यरत उनलाई सातामा पाँच जार पानी चाहिन्छ । दसैंअघिसम्म ४० रुपैयाँमा पाइने एक जार पानी अहिले महँगिएर ५० रुपैयाँ पुगेको उनले बताए । ‘दसैंमा घर गएर फर्कदा एकजार पानीको भाउ १० रुपैयाँ बढेछ’ […]
१५ माघ, वीरगञ्ज । नेपाली काँग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरीखाने अभियान’ सुरु गरेको छ । बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उक्त अभियान घोषणा गरियो । पत्रकार सम्मेलनमा अभियानका सहसंयोजक अनिल रुगंटाले नेपालीको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियान सुरु गरिएको बताए । ‘नेपाली जनतालाई गरीखाने बाटोमा लैजाने र पछि उनीहरुलाई हुनेखाने बनाउने योजना छ’ […]
१५ माघ, काठमाडौं । सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित भएका छन् । मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । उक्त सहमति भएको तीन महिना बितिसक्दा पनि बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएको भन्दै धर्नामा बसेर उनीहरुले […]
१५ माघ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले माउन्ट केटु हिमाल हिउँदयाममा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरुलाई बधाई दिएका छन् । राजदूत क्वात्राले नेपाली आरोहीहरुको फोटो सामाजिक सन्जालमा पोष्ट गर्दै लेखेका छन्, ‘उहाँहरुको अदम्य साहस र टीम वर्कलाई सलाम ।’ निर्मल पुर्जासहितका नेपाली १० आरोहीहरु ३ माघमा विश्वको दोस्रो अग्लो […]
१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ । प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको सो समूहले जनाएको छ । धर्नमा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, […]
१५ माघ, विराटनगर । कोभिड–१९ विरुद्ध खोप ल्याउनुपर्ने बेलामा प्रदेश १ सरकारले कोरोना जाँच गर्ने पीसीआर मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अटोमेटिक आरटी पीसीआर मेसिन खरिदको प्रक्रिया सुरु गरेको हो । लगभग दुई करोड ५० लाख रुपैयाँमा मेसिन खरिदका लागि माघ ११ गते टेण्डर आह्वान गरिएको छ । प्रदेश १ […]
१५ माघ, काठमाडौं । आजबाट श्री स्वस्थानी व्रत तथा माधव नारायण मेला सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (एक महिनासम्म) लाग्ने मेलामा साँखुको शाली नदीको बढी चर्चा हुने गर्छ । तर शाली नदीको जस्तै महत्व भक्तपुरको हनुमानघाटको पनि छ । हनुमान घाटमा पौष शुक्ल पूर्णिमाको बिहानै स्नान गर्ने तथा माधव नारायणको […]
१५ माघ, काठमाडौं । अन्ततः नेपाली सेनाका फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेपछि स्वेच्छिक अवकाश लिएर निवृत्तभरण पाउने भएका छन् । पटकपटक जंगीअड्डाले यस सम्बन्धमा पठाउने गरेको प्रस्ताव अर्थ मन्त्रालयबाट अस्वीकृत हुने गरेको थियो । तर, केही प्रावधान फेरबदलसहित हालै पठाइएको प्रस्तावलाई अर्थ र सामान्य प्रशासन मन्त्रालयले स्वीकृति दिएपछि २९ पुसमा बसेको […]
from समाचार – Online Khabar https://ift.tt/39qjB7C
via IFTTT