Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नागरिक एप : प्रयोगमा अनेक प्राविधिक समस्या

१३ माघ, काठमाडौं । सरकारले ‘लाइन हैन, अनलाइन’ भन्दै माघ २ गते नागरिक एप सार्वजनिक गर्‍यो । यो एपमा अहिले दिनदिनै नयाँ प्रयोगकर्ता थपिँदैछन् । विभिन्न सरकारी अनलाइन सेवालाई एउटै एपमा समेटिएकाले धेरैले यसलाई रुचाएका पनि छन् । कतिले प्रयोग गरेर हेर्नकै पनि एप डाउनलोड गरेका छन् । तर, यो एपको प्रयोगसँगै यसबारे गुनासा बढ्न […]

अमेरिकी राजदूत बेरीद्वारा राजनीतिक भेटघाट तीव्र

१३ माघ, काठमाडौं । जो वाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले काठमाडौंमा राजनीतिक भेटघाट तीव्र बनाएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका अमेरिकी राजदूतले सोमबार एकैदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले अन्य राजनीतिक दलका नेताहरुसँग […]

नागरिक आन्दोलनमा भएको प्रहरी दमन निन्दनीय : प्रकाशमान

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिक आन्दोलनमाथि बालुवाटारमा भएको प्रहरी दमन निन्दनीय भएको बताएका छन् । शान्तिपूर्ण आन्दोलन दबाउन गरिएको हस्तक्षेपले वर्तमान सरकारको तानाशाही चरित्र उदांगिएको नेता सिंहको भनाइ छ । नेता सिंहले सामाजिक सन्जालमा लेखेका छन्, ‘असंवैधानिक कदमविरूद्ध हिजो बालुवाटारमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्नेहरुमाथि भएको प्रहरी दमन निन्दनीय छ । […]

भारतले ७२ औं गणतन्त्र दिवस मनाउँदै, चर्चामा किसान र्‍याली

१३ माघ, काठमाडौं । भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदै छ । गणतन्त्र दिवसको अवसरमा राजपथमा विशेष समारोह आयोजना गरिएको छ । भारतको सैन्य शक्ति, बिभिन्न झाँकीसमेत प्रदर्शन हुने समारोहलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने छन् । दिवसको अवसरमा प्रधानमन्त्री मोदीले ट्वीट गरेर सम्पूर्ण देशवासीलाई बधाई दिएका छन् । २६ जनवरी १९५० मा भारतमा […]

बन्द भए धनबहादुर दाजुका मिर्मिरे आँखा !

१३ माघ, पोखरा । बाल्यकालमै सरकारी जागिर मिल्यो, तर छाडेर भागे । लाहुरेको अफर थियो, खान्न भनेर फर्के । आर्थिक संकट हुँदासमेत हुँदाखाँदाको जागिर र लाहुरे हुने अफर किन छोडेर हिँडेको त ? ‘जागिर खाएको भए धनी हुन्थें, अरु के हुन्थ्यो ? यो प्रश्न आफैंलाई पनि गर्थे । एक वर्षअघि कुराकानीमा धनबहादुरले भनेका थिए, ‘मलाई […]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, आन्दोलनका थप कार्यक्रमबारे छलफल हुने

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमलका बीच बस्न लागेको केन्द्रीय समिति बैठकबाट […]

राजनीतिक अस्थिरताको सिकार बन्दैछन् एमसीसी र बिआरआई

१३ माघ, काठमाडौं । कुनै पनि देशको परराष्ट्र नीतिलाई आन्तरिक नीतिको विस्तारित रुप मानिन्छ । त्यसैले कुनै देशको आन्तरिक राजनीति अस्थिर हुँदाको असर स्वतः वैदेशिक मामिलामा पर्छ । संसद भंग गरी निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि उत्पन्न राजनीतिक संकटसँगै अन्तर्राष्ट्रिय समुदाय ‘पर्ख र हेर’ को नीतिमा छ । भारत, चीन, अमेरिका लगायत मुलुकले […]

जब नागरिक आन्दोलन ओली निवासतर्फ लम्क्यो !

१३ माघ, काठमाडौं । अभियन्ताहरुले खण्डहर कमलपोखरीको हिलो माटो झिकेर टीका लगाएपछि सोमबार दिउँसो बृहत नागरिक आन्दोलनको ब्यानर बालुवाटारतर्फ अगाडि बढ्यो । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनविरुद्धमा नियमित खबरदारी गरिरहेको यो आन्दोलन किन कमलपोखरीको कालो माटो निधारमा टाँसेर जुलुसमा निस्कियो ? किनकि, नागरिक आन्दोलनको निश्कर्ष हो- संविधानमाथि मात्र होइन सांस्कृतिक, भाषिक, प्राकृतिक अधिकार मिच्नु […]

प्रेरणा जे फोर आइटिएफ टेनिसको दोस्रो चरणमा

१३ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स सिंगल्सको दोस्रो चरणमा प्रवेश गरेकी छिन् । नैरोबीमा सोमबार भएको पहिलो चरणको खेलमा नेपालकी प्रेरणाले केन्याकी साइनथिया वान्जालालाई ७-५, ७-५ ले पराजित गरिन् । प्रतियोगितामा प्रेरणाले १४औं वरियता प्राप्त गरेकी छिन् । प्रेरणाले अब दोस्रो चरणमा ग्रेट ब्रिटेनकी […]

श्रममन्त्रीको सेटिङ ! ठगी धन्दावाल म्यानपावरको निलम्वन फुकुवा 

१२ माघ, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले गत पुस १२ गते पदभार ग्रहण गर्दै भनेका थिए, ‘म्यानपावर कम्पनीलाई पारदर्शी रुपका काम गर्न भनिने छ । मापदण्ड विपरीत भइरहेका ठगी लगायतका काम रोक्न प्रयास हुन्छ ।’ तर, मन्त्री चौधरीले ठगी रोकेर हैन, अवैध काम गर्ने र ठगीमा संलग्न म्यानपावर कम्पनीलाई […]

‘यो इजलासले अर्को प्रधानमन्त्री खोज्ने होइन’

१२ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा सोमबार दुईजनाले मात्रै बहस गरे । आइतबार बहस गरेका अधिवक्ता मेघनाथ पोखरेलले सोमबार दुई घण्टा समय लिए । उनीपछि आएका वरिष्ठ अधिवक्ता शम्भु थापाले करिब डेढ घण्टा बहस गरे । थापाको बहस नसकिएपछि मंगलबारका लागि सारिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बारम्बार सोध्ने प्रश्न […]

नेकपाका दुवै समूहलाई निर्वाचन आयोगको प्रश्न : अब मिलेरै चुनाव लड्ने कि ?

१२ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनलाई कानूनतः पुरानै अवस्थामा फर्काइदिएको निर्वाचन आयोगले अब केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षका ५/५ जना शीर्षनेतालाई छलफलका लागि बोलाउने भएको छ । दुबै पक्षका नेताहरुलाई यसैसाता आयोगमा बोलाउन लागिएको हो । आयोगका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘अब केही दिनभित्रै नेकपाका दुबै पक्षका उच्च नेताहरुलाई छलफलका […]

निर्वाचन आयोगको निर्णय : ओली समूहलाई बढी धक्का

१२ माघ, काठमाडौं । नेकपाका दुबै समूहलाई कानूनी मान्यता नदिने निर्वाचन आयोगको आइतबारको निर्णयलाई आफ्नो जीतका रुपमा केपी ओली पक्षका नेताले विश्लेषण गरेका थिए । तर, सोमबार आयोगको पत्र पढेपछि भने ओली पक्षका नेताहरु केही निराश बने । अर्कोतिर, प्रचण्ड-माधव पक्षका नेता चाहिँ आफ्नो जीत भएको भन्दै उत्साहित देखिए । आयोगले ओलीद्वारा मनोनित करिब एक […]

अनुगमन र कारबाही रोक्न म्यानपावर व्यवसायीको आन्दोलन

१२ माघ, काठमाडौं । रामेछाप मन्थलीका विशाल तामाङ आइतबार वैदेशिक रोजगार विभागमा आफू ठगिएको उजुरी लिएर पुगे । ठगी गर्ने म्यानपावर कम्पनीलाई कडा कारवाही गर्दै रकम फिर्ता दिलाउन उजरीमा माग गरिएको थियो । तर, तामाङ पुग्दा विभागको मूल गेटमै म्यानपावर व्यवसायीहरुको ठूलो समूहले चर्को नारा लगाइरहेका थियो, ‘छड्के अनुगमन बन्द गर, सेवा शुल्क वृद्धि गर, […]

सन् २०२२ मै विकासशील राष्ट्रमा स्तरोन्नती नहुन सुझाव

१२ माघ, काठमाडौं । सांसदहरुले सन् २०२२ मै नेपाल विकासशील राष्ट्रमा स्तरोन्नती हुन नहुने बताएका छन् । नेपालले सन् २०२२ सम्म अति कम विकसित मुलुकको सूचीबाट विकासशील देशमा स्तरोन्नति हुने प्रतिवद्धता व्यक्त गरेको छ । सोमबार संसदको दिगो विकास तथा सुशासन समितिले विकासशील राष्ट्रमा स्तरोन्नती हुने आधार तयार भएको छ कि छैन ? भन्ने विषयमा […]

आन्दोलन कति कति, फेरिएन दुर्गति !

१२ माघ, काठमाडौं । सवारीको जाम भइरहने भन्द्रकालीदेखि रत्नपाकसम्मको बाटो शुक्रबार मान्छेहरुले जाम थियो । खुलामञ्चलाई घेरेको सडकमा सवारी गुड्न छाडेर मान्छेहरुको जाम भयो भने बुझ्नुपर्छ – देशमा केही अनिष्ट भइरहेको छ, या हुँदैछ । वा देशमा केही फेरबदल आउनेवाला छ । इतिहासको पाना पल्टाउने हो भने देखिने चित्र यही हो । शुक्रबार काठमाडौंका नौ […]

प्रचण्ड-माधव समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन

१२ माघ, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । घोषित कार्यक्रमअनुसार १३ गते काठमाडौंमा सिट्टी जुलुस हुनेछ भने १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिइनेछ । […]

नागरिक मार्चमा पानीको फोहोरा र प्रहरीको लाठी

१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गर्दा १२ जना भन्दा धेरै घाइते भएका छन् । प्रधानमन्त्री निवास बालुवाटाबार बाहिर भएको भेलामा सहभागी नागरिकमाथि प्रहरीले प्रहार गरेको लाठी, पानीको फोहोरा हानेको थियो । वृहत् नागरिक आन्दोलनका अनुसार घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक […]

प्रहरी दमनको जति भर्त्सना गरेपनि कम हुन्छ

१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गर्‍यो । बृहत नागरिक आन्दोलनको आह्वानमा जम्मा भएका नागरिकहरुलाई प्रहरीले लाठी र पानीको पोहोरा हान्यो । नागरिक आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका नेता रघुजी पन्तलाई पनि पटकपटक पानीको पोहोरा लाग्यो । पन्त भन्छन्, आज शान्तिपूर्ण प्रदर्शनमा जसरी प्रहरी दमन भयो, यो अलोकतान्त्रिक छ । यसको […]

निर्वाचन क्षेत्रमा जाने ६ अर्ब ७ करोड बजेट स्थानीय तहमा पठाइयो

१२ माघ, काठमाडौं । स्थानीय विकास साझेदारी कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि छु्टयाएको ६ अर्ब ६० करोड रुपैयाँमध्ये ६ अर्ब ७ करोड रुपैयाँ सम्बन्धित स्थानीय तहमा बाँडफाँट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआएस)मा अहिलेसम्म ६ अर्ब ७ करोड रुपैयाँ […]

कांग्रेस बैठक भोलि, आन्दोलन घोषणा गर्नुपर्ने पौडेल पक्षको जोड

१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खने भन्ने अलमलका बीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि मंगलबार बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । तर संसद विघटनविरुद्ध आन्दोलन घोषणा […]



from समाचार – Online Khabar https://ift.tt/36ukaeP
via IFTTT
Powered by Blogger.