Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जुम्लामा आगलागी हुँदा ३२ घर र ७० चौपाया जले

१४ माघ, सुर्खेत । जुम्लाको तिला गाउँपालिका-७, पोखरीस्थित गोठीगाउँमा मंगलबार बेलुकी भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् । आगलागीबाट ३२ घर जल्नुका साथै १७ गाई, २३ गोरु र ३० बाख्राको मुत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । स्थानीय […]

प्रदेश १ मा खोप अभियान : चिकित्सक भन्छन् ‘सुरक्षित छ’

१४ माघ, विराटनगर । प्रदेश १ मा पहिलो पटक कोसी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देलले खोप लगाएका छन् । देशभर अभियान सुरु भएसँगै उनीहरुले खोप लगाए । खोप लगाएपछि डाक्टर दीपक सिग्देलले सर्वसाधारणमा देखिएको नकारात्मकता कम गर्नका लागि खोप लगाइएको बताए । ‘खोपका विषयमा समाजमा अनेकखालका आशंकाहरु […]

‘८५ भन्दा धेरै गरिब मुलुकमा कोरोना खोप सन् २०२३ यता सर्वसुलभ हुँदैन’

१४ माघ, काठमाडौं । विश्वका ८५ भन्दा धेरै गरिब मुलुकमा सन् २०२३ अघि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सर्वसुलभ नहुने एक अध्ययनले देखाएको छ । इकोनोमिस्ट ग्रुपको शोध शाखा इकोनोमिक इन्टेलिजेन्स युनिटले गरेको अध्ययनमा गरिब मुलुकमा छिटोमा सन् २०२३ अघि कोरोना खोप सर्वसुलभ हुन नसक्ने देखिएको हो । बुधबार सार्वजनिक गरिएको अध्ययनको नतिजाअनुसार चीन र […]

रौतहटमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

१४ माघ, रौतहट । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप रौतहटका स्वास्थ्यकर्मीहरुले पनि लगाएका छन् । बुधबार देशै भरीबाट सुरु भएको भएकोे पहिलो चरणको खोप कार्यक्रममा रौतहटका स्वास्थ्यकर्मीहरु सहभागी भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गौरमा पहिलो खोप कार्यालय सहयोगी उमेश मण्डलले लगाएका थिए । महिला स्वास्थ्य स्वमंसेविका, सरसफाइकर्मी तथा स्वास्थ्यकर्मीहरुले खोप लिएको जिल्ला अस्पताल […]

सेयर बजार दोहोरो अंकले बढ्यो, नेपाल लाईफमा झुम्मिए लगानकर्ता !

१४ माघ, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहारो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १८ दशमलव ७६ अंकले बढेर २ हजार ४ सय ४१ दशमलव ७६ अंकमा पुगेको छ । नेप्से परिसूचक बढे पनि ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ०.८६ अंकले बढेर […]

कर्णालीका १० ओटै जिल्लामा कोरोना खोप लगाउन सुरु

१४ माघ, सुर्खेत । कर्णाली प्रदेशमा पनि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । कर्णाली प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. डम्मर खड्कालगायत तीनजना डाक्टरहरुले खोप लगाएर अभियान सुरु भएको हो । स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खड्का, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र कोभिड–१९ खोप व्यवस्थापनका संयोजक एंव बाल रोग विशेषज्ञ डाक्टर […]

न्यायाधीशको प्रश्न : अदालतले मुद्दा लम्ब्यायो भन्ने छ, कसरी म्यानेज गर्ने ?

१४ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा भइरहेको बहसका क्रममा न्यायाधीशले मुद्दा लम्बिएकामा चिन्ता व्यक्त गरेका छन् । बुधबार वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरेपछि न्यायाधीश सपना प्रधान मल्लले मुद्दा लम्बिएको भन्दै चिन्ता जनाएका हुन् । ‘एउटा निवेदनमा डेढ सय वकिलहरु हुनुहुन्छ, बाहिर अदालतले मुद्दा लम्ब्यायो भन्ने छ, समय कसरी म्यानेज गर्नुहुन्छ ?’ रिट निवेदक […]

लागूऔषधसहित दुईजना पक्राउ

१४ माघ, सप्तरी । सप्तरी प्रहरीले लागूऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग छन् । राजगढ गाउँपालिका-२ बनैनियाँबाट मंगलबार साँझ उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  स १ प ९८७८ नम्बरको मोटरसाइकलमा सवार भएका दुवैको साथबाट नाइट्राभेट–१० ट्याब्लेट […]

मापदण्ड विपरीत प्रदेश २ का मन्त्रीले लगाए कोरोना खोप

१४ माघ, जनकपुरधाम । सरकारी मापदण्डलाई उल्लंघन गर्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले कोरोना खोप लगाएका छन् । बुधबारदेखि सुरु भएको कोरोना खोप अभियानमा पहिलो चरणमा फ्रन्टलाइनलाई खोप दिने सरकारी मापदण्ड छ । त्यसअनुसार अधिकांश ठाउँमा फ्रन्टलाइनरले खोप लगाए । तर प्रदेश २ को राजधानी जनकपुरस्थित प्रादेशिक अस्पतालमा पहिलो खोप फ्रन्टलाइनको […]

संसद विघटनको विरोधमा प्रचण्ड-माधव समूहद्वारा माइतीघरमा धर्ना

१४ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले माइतीघर मण्डलामा धर्ना दिएको छ । नेकपा प्रचण्ड–माधव समूहका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले संसद विघटनको विरोधमा बुधबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ पम्फा भुसालले असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउन दबाव दिने उदेश्यले […]

संविधानसभा अध्यक्षको भनाइ टिपोटमा राखेका छौं : प्रधानन्यायाधीश जबरा

१४ माघ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा भएको संसद विघटनको व्यवस्थाबारे दिएको अभिव्यक्ति टिपोटमा राखेको बताएका छन् । संसद विघटनका विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संविधानसभा अध्यक्ष नेम्वाङले बोली फेरेको बताएका थिए । त्यस क्रममा जबराले ‘त्यो कुरा आइसकेको छ, हामीले टिपोटमा […]

सरकारलाई राष्ट्रपतिको आग्रह-चरणबद्ध रुपमा सबै नागरिकलाई कोरोना खोपको व्यवस्था मिलाऊ 

१४ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्‍वमा कोरोना भाइरस (कोभिड-१९) विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिनाभित्रै नेपालले पनि खोप अभियान सुरू गरेकोमा खुसी व्यक्त गरेकी छन् । कोभिड १९ विरुद्धको खोप शुभारम्भको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले पहिलो चरणमा नै नागरिकलाई खोप उपलब्ध गराउने राष्‍ट्रको सूचीमा नेपाल पनि सामेल हुन सफल […]

खोपले कोरोनाविरुद्ध लड्न थप साहस दियो : मुख्यमन्त्री राउत

१४ माघ, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले कोरोना खोपले कोरोनाविरुद्ध लड्नका लागि थप साहस मिलेको बताएका छन् । उनले सबै सरोकारवालाको सहयोगले प्रदेशमा कोरोना संक्रमण नियन्त्रण गर्न सफल भएको बताए । वीरगञ्जको नारायणी अस्पतालमा कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा उनले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीले गरेको हिम्मतको सह्राहना गरे । […]

विद्युत प्राधिकरणको ध्यान ‘पम्प स्टोरेज’ जलविद्युत् आयोजनामा

१४ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण पम्प स्टोरेज आयोजना पनि बनाउनतर्फ उन्मुख भएको भएको छ । खेर जाने पानीलाई जलाशयमा भरेर माथिल्लो भागमा रहेको जलाशयमा विद्युतीय पम्पमार्फत पठाएर बिजुली निकाल्न यस्तो आयोजना बनाइन्छ । प्राधिकरणले अहिले कास्कीको पोखरा महानगरस्थित बेगनास तालमा पम्प स्टोरेज आयोजना बनाउन सम्भाब्यता अध्ययन गरिरहेको छ । अब कुलेखानी जलविद्युत आयोजनामा […]

पहिलोपटक कोरोना खोप लगाउन पाउँदा…(फोटो फिचर)

१४ माघ, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियानको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारबाट खोप अभियान सुरु गर्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाई तीन महिनाभित्र कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए । कोरोनाविरुद्धको खोप सरकारले निःशुल्क उपलब्ध गराउने उनको भनाइ छ […]

बामदेवले भने : राजीनामा दिएको भए केपी ओलीको प्रतिष्ठा कति उचो हुन्थ्यो ?

१४ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताएका छन् । बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उनले भने ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ? केपी […]

कोरोना शीर्षकको बजेट कर्मचारी भत्ता र आन्तरिक व्यवस्थापनमै सकियो

१४ माघ, ओखलढुङ्गा । ओखलढुङ्गाका स्थानीय तहमा कोरोना व्यवस्थापन शीर्षकमा अनियमित तरिकाले खर्च भएको जनगुनासो देखिएको छ । विश्वमै महामारीका रूपमा फैलिएको कोरोनाको सङ्क्रमण रोकथामका लागि छुट्टै कोष खडा गरेर खर्च गरेका स्थानीय तहले सङ्क्रमण रोकथामका ठोस योजनामा भन्दा आन्तरिक व्यवस्थापनका शीर्षक र कर्मचारी भत्तामा बढी रकम खर्चेका हुन् । कोरोना कहरमा काम गरेको भनेर […]

अब केपी ओली नयाँ पार्टी खोलेर चुनाव लड्न तयार होलान् ?

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने मिति घोषणा गरिसकेका छन् । बैशाख १७ आउन अब ९४ दिन बाँकी छ । ओली तोकिएकै मितिमा चुनाव हुने बताइरहेका छन् । गृहमन्त्री रामबहादुर थापाले चाहिँ ‘अदालतको निर्णय आउन ढिला भयो भने वैशाखको चुनाव सर्छ होला‘ भनिसकेका छन् […]

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दायर

१४ माघ, काठमाडौं । संसद विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गर्ने चार पूर्वप्रधान्यायाधीशहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरेका हुन् । मुद्दाको पेशी यही माघ १५ गते तोकिएको छ । अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र […]

घुस लिएको आरोपमा जनकपुर यातायात कार्यालयका सहयोगीसहित दुईजना पक्राउ

१४ माघ, काठमाडौं । यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी र एकजना बिचौलिया घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलियाको काम गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका-१० बस्ने राजकिशोर भगतलाई नियन्त्रणमा लिएको हो । स्काभेटर र लोडरको लाइसेन्सका लागि सञ्चालित अन्तिम परीक्षामा सहभागी […]

सुनको भाउ ७ सय रुपैयाँले सस्तियो

१४ माघ, काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको हो । मंगलबार ९२ हजार ८ सय रुपैयाँमा छापावल सुन कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ । […]



from समाचार – Online Khabar https://ift.tt/2NGmkkQ
via IFTTT
Powered by Blogger.