Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

१७ माघ, रुपन्देही । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शनिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा खोप अभियानको निरीक्षणका क्रममा मन्त्री त्रिपाठीले पहिलो चरणमा प्रभावकारी ढङ्गले स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप प्रदान गर्न आग्रह गरे । नेपालमा आएको खोप अरु देशमा परीक्षण भइसकेकाले ढुक्क भएर लगाउन र […]

तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, सोमबार उद्घाटन

१७ माघ, काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पर्सि १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशनको उद्घाटन गर्ने तयारी छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । यस्तै कूल ४००/२२० केभी […]

साइकलमा लमजुङ छिचोल्दा (फोटो फिचर)

१७ माघ, काठमाडौं । साइकलका पाइडल घुमाउँदै यसपालि लमजुङको सेरोफेरो छिचोलियो । मेरो ध्येय, पहाडी गोरेटोहरुमा साइक्लिङको आनन्द बटुल्नु मात्र थिएन । लमजुङले आफ्नो गर्भमा लुकाएका ती क्षेत्रहरुको खोजी गर्नु थियो, जो पर्यटकीय आकर्षण बन्न सक्छ । यस हिसाबले लमजुङको यात्रा अर्थपूर्ण रह्यो । सुन्दर हिमाल र डाँडाकाँडा हेर्दै ऐतिहासिक बिरासत बोकेको लमजुङको पुरानोकोट पुगियो […]

तल्लो अरुण आयोजना भारतीय कम्पनीलाई

१७ माघ, काठमाडौं । सरकारले आकर्षक मानिएको तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनीलाई नै दिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई नै दिने निर्णय गरेको हो । यो  भारत केन्द्र सरकार र भारतको हिमाञ्चल प्रदेश […]

प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : राम मन्दिरबारे किन बोल्नु हुन्न ?

१७ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीमा बनाउन लागिएको राम मन्दिरबारे नबोलेको भन्दै पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्न उठाएका छन् । शनिबार भरतपुरमा नेकपा ओली समूहले आयोजना गरेको जनसभामा ओलीले प्रचण्डको नाम नलिई त्यही क्षेत्रबाट चुनाव जितेका सांसदले राम जन्मभूमि अयोध्याबारे नबोलेको बताएका हुन् । उनले भने, यहि जिल्लाबाट छानिएका, त्यही क्षेत्रबाट निर्वाचित […]

सहिदको शालिक छेउबाट अर्को जनआन्दोलनको माग !

१७ माघ, पोखरा । २०६२/०६३ को जनआन्दोलनको रापताप बढ्दै थियो । २६ चैतको बिहान पोखरा पृथ्वीनारायण क्याम्पस बगरदेखि राजनीतिक दल र विद्यार्थीको र्‍याली महेन्द्रपुलतिर आउँदै थियो । महेन्द्रपुल आइपुग्दा आन्दोलनमा ठूलो संख्या मिसिइसकेको थियो । महेन्द्रपुल चोकमै नेपाल टेलिकमको छतमा नेपाली सेना बसिरहेको थियो । सेनाले आन्दोलनलाई अगाडि बढ्न नदिएपछि आक्रोशित भीडबाट टेलिकमतिर ढुंगा हान्यो […]

ओली सडकमा पनि एकतिहाई मात्र हो : प्रचण्ड

१७ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको दाबी गरेका छन् । ‘केपी ओली पार्टी केन्द्रीय कमिटीमा त एक तिहाई पनि छैन, तर सडक मेरो हुन्छ भन्ने गर्नुहुन्थ्यो । अस्ति धनगढीमा सभा गरेपछि उहाँको फुर्ती बढेकै थियो’ शनिबार धनगढीमा आयोजना […]

गगन थापाहरू कमलपोखरीलाई छठ पोखरी बनाउन चाहन्थे : मेयर शाक्य

१७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताएका छन् । नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्ला शाखा कार्यालयको कार्यालय उद्घाटन गर्दै उनले विघटित संसदका सांसद गगन थापा लगायत स्थानीय जनतासँग पटक-पटक छलफल गरी डिजाइनलाई अन्तिम रुप दिइ कमलपोखरी पुनर्निर्माणको काम अघि बढाएको बताए । पुनर्निर्माणको धेरै […]

कहाँ उभिएको छ नेपाली उपन्यास ?

नेपाल र नेपालीमाथि केन्द्रित भएर उपन्यास कति लेखिए ? देशभरिका जनताको मनमा बस्न सफल महान् चेतनाले उच्चस्तरका उपन्यास लेखिए या लेखिएनन् ? राजनीतिक–आर्थिक या आर्थिक–सामाजिक मुद्दामा कति उपन्यास लेखिए ? भारतीय नेपाली साहित्यलाई भारतीय साहित्यको रूपमा हेर्ने कि नेपाली साहित्यको रूपमा हेर्ने ? उपन्यास भन्दै खालि उपन्यासिका मात्रै पो लेखियो कि ! किनकि उपन्यास युरोपको संस्कृति हो र उनीहरूकै परिभाषा अनुरूप यसलाई हामीले अपनाउनुपर्ने […]

‘बीबीआआईएन मोटर भेहिकल्स सम्झौता’ कार्यान्वयन गर्न व्यवसायीको माग

१७ माघ, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीहरुले बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) बीच भएको सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । वीरगञ्जमा शनिबार इकोनोमिक रिपोटर्स एसोसियसन नेपालले आयोजना गरेको समीक्षा भेला एवम् सम्मान कार्यक्रममा उनीहरुले त्यस्तो बताएका हुन् । सम्झौता कार्यान्वयन भए नेपाली उद्योगी, व्यवसायी र आयातकर्ताहरुले तेस्रो मुलुकको व्यापारका लागि बंगलादेशका बन्दरगाहहरु पनि […]

केपी ओली अस्ताउँदा सूर्य हुन् : माधव नेपाल

१७ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । शनिबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बहुमत पाएको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न नपाउने बताए । संविधानको ७६ (१) र (२) अनुसार बसेको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न पाउँदैन भनेर सबैले भनेको भन्दै उनले भने, ‘संसद पुनर्स्थापना हुन्छ, […]

भारतबाट थप १०० मेगावाट बिजुली ल्याउने सहमति, आयात ८०० मेगावाट पुग्यो

१७ माघ, काठमाडौं । नेपाललाई थप १०० मेगावाट बिजुली दिन भारत सरकार सहमत भएको छ । ऊर्जासम्बद्ध नेपाल-भारत संयुक्त प्राविधिक समूहको बैठकमा भारतले ढल्बेकबर-मुजफ्फरपुर ४ सय केभीको प्रसरणलाइनमार्फत थप १०० मेगावाट बिजुली दिन सहमति जनाएको हो । यो लाइनबाट नेपाल विद्युत प्राधिकरणले २५० मेगावाटसम्म बिजुली आयात गरिरहेको छ । प्राधिकरणका एक अधिकारीका अनुसार अब ४ […]

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

१७ माघ, सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–२ मा आगलागी हुँदा एक बालक र एक बालिकाको ज्यान गएको छ । स्थानीयवासी टेकबहादुर निरौलाको मतानमा शनिबार दिउँसो करिब २ बजे आगलागी हुँदा उनीहरुको मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । आगलागीमा परी ज्यान गुमाउनेमा टेकबहादुरका सात वर्षीय नाती सुगम र चार वर्षीया नतिनी सुदिष्मा रहेको […]

सामुदायिक र सरकारी वनबाट काठ निकालेर निर्यात गर्ने स्पष्ट नीति बन्छ : वनमन्त्री आले

१७ माघ, काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले देशलाई काठ निर्यात गर्ने अवस्थामा पुर्‍याउन वैज्ञानिक वन कार्यविधि खारेज गरेको स्पष्ट पारेका छन् । सरकारले गत हप्ता ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको थियो । शनिबार नेपाल फर्निचर तथा फर्निसिङ संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री आलेले वार्षिक १० देखि १२ अर्ब […]

नियात्रा : भुल्का भुल्कामा तालामाराङ !

धौलेको लेकमा चरक्क चर्कियो घाम ! काभ्रेका बाहुन र सिन्धुका भोटेले मीत लाएपछि धौलेश्वर महादेव पुगाइको महत्त्वमाथि साथीहरू गफ जोत्न थाले । मलाई लेकाली सम्बन्ध र साइनोमा गुजुल्टिरहन मनले दिएन । वरपरका थुम्कामा परेली फाल्दै छातीमा कुइरो, बादल, वनजङ्गल र सेताम्मे छहराका गीत पनि पढ्न आतुर छु । मध्य दिउँसो छ । धौले लेकपछि अब […]

केटु हिमाल आरोहीलाई पाकिस्तानी दूतावासको सम्मान

१७ माघ, काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल केटू आरोहण गर्ने नेपाली पर्वतारोहीलाई नेपालस्थित पाकिस्तानी दूतावासले सम्मान गरेको छ । शुक्रबार ठमेलको एक होटलमा आयोजना गरिएको सम्मान कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले जाडो याममा हिमाल आरोहण गरेर नेपालीहरुले विश्व कीर्तिमानी राखेको भन्दै पर्वतारोहीहरुको उच्च प्रशंसा गरे । डिनरसहितको सम्मान कार्यक्रममा नेपाल पर्यटन […]

नेकपा विभाजनको असर विकासमा : रोल्पामा बनिरहेको पुल शिलान्यास गर्न खोजेको भन्दै विरोध

१७ माघ, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनको असर विकास निर्माणका काममा समेत देखिन थालेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् ओली समूहका नेता शंकर पोखरेल बनिरहेको पुल शिलान्यास गर्न रोल्पा आउन लागेको भन्दै प्रचण्ड–माधव समूहले विरोध गरेको छ । सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुल शिलान्यास गर्न मुख्यमन्त्री शंकर पोखरेल रोल्पा आउन […]

लुम्बिनीमा ओली समूहले गर्‍यो प्रदेश र जिल्ला कमिटी पुनर्गठन

१७ माघ, बुटवल । औपचारिकरुपमा विभाजन हुन बाँकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई समूहमध्ये ओली पक्षले लुम्बिनी प्रदेशमा प्रदेश र जिल्ला कमिटी पुनर्गठन गरेको छ । ओली पक्षको बुटवलमा बसेको प्रदेश कमिटी बैठकले प्रचण्ड–माधव नेपाल पक्षमा खुलेर लागेका पदाधिकारीलाई हटाएर आफ्नो समूहका नेताहरुलाई जिम्मेवारी दिएर कमिटी पुनर्गठन गरेको हो । सो समूहले लुम्बिनी प्रदेश […]

नेकपाको दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै

१७ माघ, धनगढी । संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ । शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो । सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेता धनगढी आइसकेका छन् । जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने […]

प्रधानमन्त्री ओली चार मन्त्रीसहित चितवन आउँदै

१७ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न चार विभागीय मन्त्रीसहित शनिवार चितवन आउने भएका छन् । भरतपुरको गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तार तथा भरतपुरमा बन्ने बहुउद्देश्यीय सिटी हल शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउन लागेका हुन् । उनले भरतपुरमा नै हुने जनसभालाई सम्वोधन गर्न कार्यक्रम पनि छ । ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री […]

मनाङको ताचैमा लागेको आगो नियन्त्रण बाहिर

१७ माघ, मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् । ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन’, […]



from समाचार – Online Khabar https://ift.tt/2MjMpWv
via IFTTT
Powered by Blogger.