समाचार
१३ माघ, पाँचथर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अध्यक्ष नरहेको बताएका छन् । पाँचथरमा आयोजित भेलामा नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ओलीलाई अध्यक्षबाट हटाइसकेको बताए । निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको नेपालले बताए । ‘४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ । […]
१३ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडविरुद्धको लडाइँमा सरकार विजय उन्मुख रहेको बताएका छन् । ६९ औं भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पछिल्लो समय देखिएको परीक्षणको नतिजाले यस्तो देखिएको बताए । ‘हामी कोभिडविरुद्धको लडाइँमा विजय उन्मुख छौं । पछिल्लो समय आएका परीक्षण नतिजाले यस्तै भन्छ,’ पौडेलले भने । सरकारले गुणस्तरीय […]
१३ माघ, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार १७ अंकले ओरालो लागेको छ । १७.७९ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय २३ दशमलव ०९ अंकमा झरेको छ । नेप्से परिसूचकमात्रै होइन ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.५८ अंकले ओरालो लागेको छ । कारोबार रकम पनि ८ अर्ब रुपैयाँ […]
१३ माघ, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । अघिल्लो सातादेखि स्वास्थ्यमा समस्या सिर्जना भएपछि घरमा नै आराम गरिरहेका उनको स्वास्थ्य अहिले सामान्य रहेको उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । खान र सुत्न असहज भएपछि उनलाई घरमै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको थियो । उनको उपचारमा खटिएकी स्टाफ नर्स पुनम भुषालले उनको स्वास्थ्य अवस्था […]
१३ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, ठिमी वितरण केन्द्रका तीनजना कर्मचारीमाथि दुर्व्यवहार भएको छ । ३१ महिनाभन्दा बढी विद्युत् उपभोग गरेर महसुल नतिरेको पाइएपछि लाइन काट्न जाँदा सिरुटारमा कर्मचारीमाथि दुर्व्यवहार भएको हो । ठिमीका मिटर रिडिङ सुपरभाइजर प्रमोद खड्काले अनलाइनखबरलाई बताएअनुसार रघु केसीको घरमा विद्युत् काट्न जाँदा कर्मचारी दावा ढकाल, कृष्णबहादुर सुवाल र गोविन्द […]
१३ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद विघटनसम्बन्धी मुद्दामा बहसका क्रममा संवैधानिक इजलासमा एउटा उर्दु सायरी सुनाउका छन् । मंगलबार बहसको अन्तिमतिर उनले मिर्र्जा गालिबको सायरी सुनाएका हुन् । सोमबार बहस सुरु गरेका उनले आफू अन्तिममा एउटा सायरी सुनाउने बताएका थिए । तर उनको बहस लम्बिएर मंगलबारसम्म पुगेपछि अन्तिमतिर उनले भने, ‘लास्टमा श्रीमान […]
१३ माघ, काठमाडौं । संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेको नेकपा प्रचण्ड–माधव समूहले आज सिटी जुलुस निकाल्दैछ । दिउँसो तीन बजे लौनचौरबाट सिटी जुलुस निस्कने राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा)ले बताए । उनका अनुसार, सिटी जुलुस लौनचौरबाट असन इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सकिनेछ । जुलुसलाई जनसंगठनका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । […]
१३ माघ, काठमाडौं । मानव सेवा आश्रम काठमाडौंले सहारा गुमाएर सडकमा पुगेका ४० जना सहयोगापेक्षीको उद्धार गरेको छ । आश्रमका अनुसार सोमबार राति र मगलबार बिहान गरी काठमाडौंको बिभिन्न स्थानबाट ९ जना बालबालिकासहित ४० जना सहयोगापेक्षीको उद्धार गरेको हो । सोमबार राति चावहिल, बौद्ध, गोकर्णेश्वर लगायतका स्थानबाट १७ जना र मंगलबार बिहान पशुपति मन्दिर क्षेत्रबाट […]
१३ माघ, काठमाडौं । सरकारले बुधबार विहान १० बजे कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकै पटक काठमाडौंका ११ वटा अस्पतालमा यो अभियान सुरु गर्नेछन् । प्रधानमन्त्रीबाट अभियानको शुभारम्भ हुँदै गर्दा ती ११ वटा अस्पतालले प्रत्यक्ष जोडिएर खोप लगाउन शुरु गर्ने स्वास्थ्य मन्त्रालयका कोभिडविरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख […]
१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताएका छन् । पाकिस्तानको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा माउन्ट केटु आरोहणमा आफू […]
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक समाजको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले गरेको दमनको कडा शब्दमा आलोचना गरेका छन् । बालुवाटारमा नागरिकहरूमाथि सोमबार प्रहरीले गरेको बल प्रयोगबारे नेता पौडेलले भनेका छन्, ‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार भयो ।’ […]
१३ माघ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने महसुस आफूहरुलाई पनि भएको बताएका छन् । मंगलबार बहसका क्रमा वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने भनेर भएको बहस स्मरण गर्दै आफू पाँच जनाको इजलासप्रति आफू विश्वस्त रहेको बताएका थिए । ‘यत्तिको विवादमा ५ जना न्यायाधीश […]
१३ माघ, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘नयाँ शीतयुद्ध’ सुरु हुन सक्ने चेतावनी दिएका छन् । उनले विश्वका सबै मुलुकलाई कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध एकजुट हुन पनि आग्रह गरेका छन् । सीले भनेका छन्, ‘साना साना समुहरु बनाउनु वा नयाँ शीतयुद्ध सुरु गर्नु, अर्कोलाई अस्वीकार गर्नु, अरुलाई धम्क्याउनु वा डर त्रास देखाउनेजस्ता कार्यले […]
१३ माघ, चितवन । चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुँवर (काजी बा)को मंगलबार बिहान भरतपुर अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका कुँवरको ९५ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि प्रोस्टेटको समस्या झेल्दै आएका कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पछिल्लो समयमा निमोनियासमेत भएको थियो । २०११ […]
१३ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकै नेताहरुले सरकारलाई काम गर्न नदिएको तथा घेराबन्दी गरेको गुनासो गर्दै आएका छन् । संवैधानिक इजलासमा नेकपा प्रचण्ड–माधव समूहका नेता देव गुरूङ समेतको रिटमा बहस गर्न आएका वरिष्ठ अधिवक्ता शम्भु थापालाई न्यायाधीश अनिल सिन्हाले प्रश्न गरे, ‘आफैंले चुनेको व्यक्तिलाई सरकार चलाउन सहयोग गरेको त […]
१३ माघ, काठमाडौं । अनशनरत गंगामाया अधिकारीको न्यायको माग र जीवन रक्षा गर्न माग राखेर अधिकारकर्मीहरूले धर्ना दिएका छन् । द्वन्द्व पीडित साझा चौतारीले मंगलबार बिहान वीर अस्पताल अगाडि धर्ना दिएका हुन् । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर गंगामाया ३७ दिनदेखि अनसन बसेकी छन् । उनका श्रीमान नन्दप्रसादको अनशनकै क्रममा ज्यान […]
१३ माघ, काठमाडौं । महोत्तरी, बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिकाको शव २०७७ मङ्सिर ८ गते फेला पर्यो । अघिल्लो दिन दिउँसो बहिनीसँगै छिमेकी अरुणकुमार साहको पसलमा चकलेट किनेर घर फर्केकी उनी एकैछिनमा फेरि बाहिर निस्केकी थिइन् । साँझ अबेरसम्म नफर्केपछि आमाबाबुले खोजे, टोलछिमेक गुहारे, तर फेला पारेनन् । भोलिपल्ट राति बोरामा कोचिएको अवस्थामा उनको शव […]
१३ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनको विरोध गर्नु लोकतान्त्रिक मान्यता विपरीत भएको बताएका छन् । मंगलबार ६९ औं भन्सार दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘लोकतन्त्रमा विश्वास गर्नेले निर्वाचनको विरोध गर्दैनन्,’ मन्त्री पौडेलले भने । निर्वाचनको विरुद्धमा उठेका प्रश्नहरु लोकतन्त्रविरुद्ध रहेको भन्दै उनले देशको विशेष परिस्थितिलाई ख्याल […]
१३ माघ, काठमाडौं । मार्क्सवादी चिन्तक एवं विचारकका रुपमा चिनिने विश्वभक्त दुलाल ‘आहुती’ अहिले आफैंले खोलेको ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ का संयोजक छन् । तत्कालीन एकीकृत माओवादीबाट सैद्धान्तिक विमति राख्दै बाहिरिएपछि उनले नयाँ पार्टीको निर्माण गरेका हुन् । आहुती संसदीय व्यवस्था विरुद्ध संघर्ष गरेर अर्को व्यवस्था स्थापना गर्नुपर्ने बताउँछन् । क्रान्ति र समाजवाद आजैबाट […]
१३ माघ, काठमाडौं । पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दो छ । डिम्याट खाता प्रयोगकर्ता नै २६ लाख नाघिसके । यो लेख सेयर बजारमा आउन चाहनेहरुले जान्नैपर्ने आधारभूत विषयमा केन्द्रित छ । सेयर बजारमा दुईवटा बजार हुन्छ- प्राथमिक बजार र दोस्रो बजार । यी दुईमध्ये प्राथमिक वा सिधै दोस्रो बजार प्रवेश गरेर सेयर कारोबार […]
१३ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ यही साता बाँडफाँट हुने भएको छ । नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ ढिलोमा आगामी शनिबारसम्म बाँडफाँट गरिने भएको हो । निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले बाँडफाँटका लागि आवश्यक तयारी भइरहेको बताएको छ । क्यापिटलका अनुसार […]
from समाचार – Online Khabar https://ift.tt/3cd8iS4
via IFTTT






















