समाचार
१४ माघ, काठमाडौं । काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय मोहनलाल रुम्बा र सोही ट्रकका परिचालक अछाम घर भई काठमाडौं बस्ने २८ वर्षे गोमबहादुर बुढा छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]
१४ माघ, काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको प्रहरीले जनाएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको हो । तीनवटा दमकलको सहायताले प्रहरी र स्थानीय मिलेर राति साढे १२ बजे आगो नियन्त्रणमा लिएका थिए । जस्ताको टहरोमा […]
१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई फ्याक भएको बेला उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा हुने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए । सो कार्यक्रममा नेकपाका […]
१३ माघ, काठमाडौँ । नेपालमा सन् २०२० मा विभिन्न घटनाबाट ४ हजार ५०४ मानिसको मृत्यु भएको छ । विपदमा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सडक दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड-१९ का कारण […]
१४ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा निर्धारित मितिमा सार्वजनिक गर्न सकेन । नतिजा आउन अझै केही दिन लाग्न सक्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । परीक्षार्थीको डाटा रुजुमा थप समय लागेकाले ढिलाई भएको अर्याल बताउँछन् । उनी भन्छन्, ‘आगामी आइतबारसम्म नतिजा सार्वजनिक गर्छौं ।’ परीक्षा बोर्डले यसअघि […]
१४ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरिरहेको चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल आजदेखि सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा आज दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब भिड्दैछन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु हुनेछ […]
१४ माघ, काठमाडौं । वेष्टब्रोमलाई पराजित गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा सिटीले वेष्टब्रोमलाई उसैको मैदानमा ५-० ले पराजित गरेको हो । सिटीको लागि गुन्डागोनले दुई गोल गरे । यस्तै जाओ कान्सेलो, रियाद महारेज र रहिम स्टर्लिङले एक-एक गोल गरे । खेलको छैटौं मिनेटमै गुन्डागोने गोल गर्दै सिटीलाई […]
१४ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स सिंगल्सको दोस्रो चरणमा पराजित भएकी छिन् । नैरोबीमा मंगलबार भएको पहिलो चरणको खेलमा १४ औं बरियता प्राप्त नेपालकी प्रेरणा दोस्रो चरणमा ग्रेट ब्रिटेनकी इमोजेन हाडाडसँग ६-१, ६-३ ले पराजित भइन् । पहिलो चरणमा प्रेरणाले केन्याकी साइनथिया […]
१४ माघ, सुर्खेत । जुम्लाको गोठी गाउँमा भीषण आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् । जिल्लाको तिला गाउँपालिकाको गोठी गाउँमा मंगलबार बेलुका आगलागी हुँदा ३० घर जलेर नष्ट भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिए । त्यत्तिकै संख्यामा चौपाया पनि जलेर मरेका छन् । सुधारिएको चुल्होको माथिल्लो भागबाट एक घरको […]
१३ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार ३ जनाले बहस गरे । सुरुमा आफ्नो सोमबारकै बहसलाई निरन्तरता दिन आएका वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीले राजीनामा नदिएको अवस्थामा वैकल्पिक सरकार खोज्नुको अर्थ नहुने बताए । न्यायाधीशहरुले अर्को सरकार बन्न सक्ने विकल्प छ ? भनी सोधेको प्रश्नतर्फ इंगित गर्दै थापाले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म वैकल्पिक सरकार खोज्न […]
१३ माघ, सप्तरी । दिउँसोको २ बजे । सप्तरी सदरमुकाम राजविराजमा घाम लागेको थिएन । कुहिरोले डम्म ढाकेको अवस्थामा स्थानीय राज रंगशालामा व्यक्तिको चहल-पहल ठूलै थियो । कति शान्त भएर बसेका थिए भने कतिपय मानिसहरु यता-उता ओहोर-दोहोर गरिरहेका थिए । चिसो हावा बगिरहँदा कतिजना कठ्यांगि्ररहेका थिए । यही रंगशालामा थिए सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर […]
१२ माघ, काठमाडौं । ललितपुरको लुभुमा डेरा गरी बस्ने सप्तरीका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला अघिल्लो साताको सोमबार मृत भेटिए । बन्द कोठाभित्र लडिरहेको शव नजिकै ‘सल्फस’ विषादीको बट्टा बरामद भयो । दुवैजनाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । महानगरीय प्रहरी परिसर, ललितपुरले घटनामा सागर र निर्मलाको मृत्युबीच फरक […]
१३ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह संसद विघटनविरुद्ध आन्दोलनमा होमिएको एक महिना पुगेको छ । कामचलाउ प्रधानमन्त्री केपी ओलीले पुस ५ प्रतिनिधिसभा विघटन गरेपछि यो समूहले पुस १४ मा उपत्यकास्तरीय जनप्रदर्शन गरिसकेको छ । यो समूह अहिले तेस्रो चरणको आन्दोलनमा छ । मंगलबार सुरू भएको तेस्रो चरणको आन्दोलन माघ २८ मा टुंग्याउने तालिका सार्वजनिक […]
१३ माघ, पोखरा । प्रतिनिधि सभा विघटन असवैधानिक भएको भन्दै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । नेकपाको प्रचण्ड–माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी संसद विघटन असंवैधानिक भन्दै आन्दोलनमा छन् भने निर्वाचन आयोग वैशाख १७ र २७ को मध्यावधि चुनावको तयारीमा छ । त्यसक्रममा जिल्ला निर्वाचन कार्यालय कास्कीले मंगलबार राजनीतिक दलसहित सरोकारकालालाई तयारीबारे जानकारी […]
१३ माघ, काठमाडौं । वैदेशिक रोजगार कार्यालय, ताहाचलमा मंगलबार विहानदेखि भीडभाड थियो । विदेश जान श्रम स्वीकृति लिन पुगेकाहरुलाई गेटमा बसेका सुरक्षा गार्डले कागजात हेरेर मात्रै भित्र पठाउँथे । गेटको मुखमै बसेका दलालहरु सेवाग्राहीलाई आउँदा-जाँदा सोधिरहन्थे, ‘ दाइको भित्र के काम हो ?, काम भयो त ?’ मध्यान्ह १२ बजेतिर एकाएक गाडीका लस्कर आइपुगे । […]
१३ माघ, विराटनगर । नेपाली कांग्रेस निकट तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल पक्राउ परेका छन् । प्रेमिकामाथि निर्घात कुटपिट गरेको आरोपमा उनी सोमबार पक्राउ परेका हुन् । विराटनगर महानगरपालिका– २ घर भएका ३९ वर्षीय रिजालविरुद्ध पुस २२ गते किटानी जाहेरी परेको थियो । स्रोतका अनुसार जाहेरी परेपछि फरार रहेका रिजाल हिरासतको अवधि अस्पतालमा बस्ने […]
१३ माघ, काठमाडौं । कोरोना महामारीकाबीच यसवर्ष निजी स्कुलबाट आएका ६०० विद्यार्थीले बुटवलको कान्ति माध्यमिक विद्यालयमा नयाँ भर्ना भए । विद्यालयले करिब ६०० विद्यार्थीलाई भर्ना लिन नसकेर फर्कायो । विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीका अनुसार कोरोनाकालमा आर्थिक स्थिति कमजोर भएर निजी विद्यालयमा पढ्न मुस्किल परेका विद्यार्थी सामुदायिकमा भर्ना हुन आएका हुन् । यो समस्याले आएका सबै […]
१३ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार विहान १० बजे सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकै पटक काठमाडौंका ११ वटा अस्पतालमा यो अभियान सुरु गर्नेछन् । काठमाडौंका ११ वटा अस्पतालका स्वास्थ्यकर्मीले एकैपटक खोप लगाउने स्वास्थ्य मन्त्रालयका कोभिडविरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा. गुणराज लोहनीले बताए । ‘आफ्ना […]
१३ माघ, काठमाडौं । काठमाडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाइ रहेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपिछ भाइरल भएका कैलालीका अर्जुन विक बलात्कार आरोपमा पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका-२ सानेपानी घर भएका अर्जुनलाई अपहरण तथा शरीर बन्धक गरी बालिका बलात्कार गरेको जाहेरीको आधारमा पक्राउ गरिएको कैलालीका एसपी अनुप जबराले बताए । प्रहरीका अनुसार विकले गत […]
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठनहरुको म्याद ६ महिना थपेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ११ वटा भ्रातृ संघको म्याद थप गरेको हो । जसअनुसार नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती […]
१३ माघ, काठमाडौं । ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदरको अनुमानसहित बजेट कार्यान्वयन भइरहेको चालु आर्थिक वर्षमा बहुपक्षीय दाता र सरकारको प्रक्षेपणबीच ठूलो अन्तर देखिएको छ । यस्तै अन्तरसहितको प्रक्षेपण संयुक्त राष्ट्रसंघले पनि गरेको छ । विश्वको आर्थिक अवस्थाबारे पछिल्लो रिर्पोट सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्ममक हुने अनुमान गरेको हो […]
from समाचार – Online Khabar https://ift.tt/3caPIKd
via IFTTT





















