समाचार
२६ असार कैलाली । कैलालीमा प्रहरीलाई झुक्याएर हत्कडीसहित भागेका एक युवा पक्राउ परेका छन् । हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका– ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हतकडीसहित थुनाबाट भागेका थिए । इलाका प्रहरी कार्यालय फल्टुडे र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले शुक्रबार बिहान ऐरलाई पक्राउ गरेको हो । ‘चुरे गाउँपालिका […]
२६ असार, काठमाडौं । उत्तर प्रदेशको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य आरोपी विकास दुबेको शुक्रबार बिहान मृत्यु भएको छ । उत्तर प्रदेश प्रहरीका अनुसार प्रहरीको एक स्पेसल टास्क फोर्स दुबेलाई लिएर मध्यप्रदेशबाट कानपुर आइरहेको थियो । बीचमा प्रहरीको गाडी पल्टियो । यही मौकामा दुबेले भाग्ने प्रयास गरेका थिए । अन्ततः प्रहरीको कारबाहीमा उनको मृत्यु भएको […]
२६ असार, काठमाडौं । न्युरोड लगायतका क्षेत्रमा साना व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विभिन्न नारा लेखिएको ब्यानरसहित न्युरोडमा जम्मा भएर वर्षा कै बीचमा पनि प्रदर्शन गरेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलन सुरु गरेको हो । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा […]
२७ असार, काठमाडौं । विभिन्न क्षेत्रका ११ जना नागरिक अगुवाहरुले संसद र संसदीय प्रक्रियालाई छलेर प्रधानमन्त्रीको पद उपर लेनदेन नगर्न आग्रह गरेका छन् । संसद बाहिरको लेनदेन वा अन्य दवावबाट प्रधानमन्त्रीलाई राजीनामा गराउने कार्यले जनअभिमत र निर्वाचित प्रतिनिधिहरुको हैसियतमा प्रश्न उठ्ने उनीहरुको निष्कर्ष छ । नागरिक अगुवाहरुले ६ बुँदे साझा अपिल जारी गर्दै प्रधानमन्त्रीको राजीनामाका […]
२६ असार काठमाडौं । भद्रकालीस्थित नेपाली सेनाको जगी अड्डामा रहेको फुटबल मैदान अब अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि प्रयोग गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताका लागि दशरथ रंशगाला मात्र रहेको र विदेशी टिमका लागि अभ्यासस्थलको रुपमा सेनाको मैदान प्रयोग गर्ने गरी एन्फा र सेनाबीच सम्झौता भएको छ । सम्झौताअनुसार एन्फाले सेनाको मैदानमा अन्तर्राष्ट्रियस्तरको […]
२६ असार, काठमाडौं । बिहीबार बिहान समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर छिरे । र, दलको कार्यालयमा कार्यरत नरमान महर्जनसँग सरिता गिरीका बारेमा सोधपुछ गरे । गुप्तचरले महर्जनसँग सोधे, ‘सरिता गिरी समाजवादी पार्टीकी सांसद हुन्, पार्टी एकीकरण भएर अहिले जनता समाजवादी बनिसकेको छ, अब सरिता गिरीलाई कसरी कारवाही गर्न मिल्छ ?’ सरिता […]
२६ असार, काठमाडौं । नेपाल र नेपालीको आत्मसम्मानमा आघात पुर्याउने अभिप्रायाले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रशारण हुँदै आएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले भर्त्सना गरेको छ । पछिल्लो पटक भारतीय टेलिभिजन जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर प्रशारण गरेको सामग्रीप्रति आपत्ति जनाउँदै फोनिजले […]
२६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्त्सम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व […]
२६ असार, पोखरा । कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ११ जना घाइते भएका छन् । पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो । थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए । पोखरा–२६ मा दुर्गाबहादुर सुनारको […]
२६ असार, पाेखरा । म्याग्दीका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् । धाैलागिरि, मालिका र मंगला गाउँपालिमा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे म्याग्दी प्रहरीले जानकारी दिएकाे छ । धाैलागिरीकाे मराङमा मात्र २२ जना पहिराेमा हराइरहेकाे म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए । ‘धाैलागिरिकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे खबर आएकाे […]
२६ असार, विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको […]
२६ असार, काठमाडौं । समाजवादी पार्टीबाट निस्कासित सांसद सरिता गिरीले मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीको विषयमा अध्यक्ष अनुपराज शर्माले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएकी छन् । आफूविरुद्ध सुरु गरिएको कारबाहीको विरोध गरिएको ट्वीटलाई आधार बनाएर प्रेसित विज्ञप्तिले अन्सारीको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको गिरीको भनाइ छ । उनले भनेकी छन्, ‘उक्त विज्ञप्ति सबै प्रबुद्ध र […]
२६ असार, ललितपुर । असार २० गते आयोजित सामूहिक धान रोपाइँको क्रममा प्रहरीसँगको झडपमा घाइते भएका दुर्गाराम महर्जन नियमित काममा फर्किन सकेका छैनन् । प्रहरीको प्रहारबाट टाउको र नाकमा चोट लागेका उनलाई डाक्टरले केही दिन आराम गरेर मात्र कार्यालय जान सल्लाह दिएका छन् । ‘त्यसदिन मसहित १५ जना घाइते भयौं’, महर्जन भन्छन्, ‘अल्का अस्पतालमा जाँच […]
२६ असार, काठमाडौं । आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाले भने आफूले क्षेत्री पक्राउबारे जानकारी आइनसकेको बताउँदै […]
२६ असार, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् । उनले […]
२६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा रहेका करिब ३० हजार सैलुन व्यवसायीले आफूखुसी निर्णय गर्दै सबै प्रकारका सेवा शुल्क एकैपटक वृद्धि गरेका छन् । उपत्यकाका तीन जिल्लामा सैलुन व्यवसाय सञ्चालन गर्नेहरुको छाता संठगन नेपाल नाइ संघ जिल्ला समिति काठमाडौंले १७ प्रकारका सैलुन सेवाको शुल्क बढाउने निर्णय गरेको हो । समितिको असार १७ को निर्णयपछि उपत्यकामा […]
२६ असार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, म्याग्दीले मास्क नलगाइ हिँडेको अभियोगमा ४५ जनालाई कारबाही गरेको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको मापदण्ड पालना नगरेको भन्दै उनीहरुलाई कारबाही गरिएको हो । म्यादीका डीएसपी किरणजंग कुँवरका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर संक्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार कारबाही गरिएको छ । जिल्ला […]
२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे […]
कोरोनाबाट थलिएको हाम्रो सिनेमा क्षेत्र अब कसरी गतिशील होला ? मानवीय संकट र मानसिक विचलनको यो घडीमा कस्तो सिनेमा खोजिएला ? छायांकनको बन्दोबस्ती, प्राविधिक जनशक्ति पुनःस्थापन, बजेट व्यवस्थापन, हल सञ्चालन कसरी होला ? एकातिर धीमा आवाजमा यिनै विषयमाथि विमर्श भइरहेको थियो । तर, अर्कोतिर उठेको कर्कस ध्वनीले एकाएक नेपाली सिनेमामा कोलाहल पैदा गरिदियो । यसको […]
२६ असार, काठमाडौं । कास्कीको पोखरा, नवलपरासीको बर्दघाट तथा लम्जुङका बेसिशहर र खुदीबजार क्षेत्रमा नारायणी नदीको बाढी खतराको संकेतसम्म पुगेको छ । जोखिम बढेपछि सतर्कताको घण्टी बजाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान सात बजे दिएको जानकारीअनुसार प्रदेश २, ५ र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ […]
२५ असार, काठमाडौं । कोरोना भाइरस विश्वका शक्तिशाली मुलुकहरू हुँदै नेपालमा प्रवेश गर्यो । कोरोना संक्रमणलाई रोक्न लागि सरकारले करिब तीन महिना पूर्ण लकडाउन गर्यो । यसको असर मुलुकको अर्थतन्त्रमा स्पष्ट देखिएको छ । अर्थतन्त्रमा राम्रै भरथेग गरिरहेको रेमिट्यान्समा लकडाउनपछि ठूलो गिरावट आयो । अनि सुरु भयो, कृषिको बहस । नेपाललाई कृषिप्रधान मुलुक भनिन्छ । तर […]
from समाचार – Online Khabar https://ift.tt/2Dpwsct
via IFTTT





















