Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

स्पेनमा थप तीन जना नेपालीलाई कोरोना संक्रमण

बार्सिलोना । स्पेनमा थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ ।

अप्रिल फूल नमनाउने गुगलको निर्णय

काठमाडौं । आज अप्रिल १ गते अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर रमाउने गर्छन् । तर कोरोना भाइरसले विश्वका मानिसहरुलाई आतंकित बनाइरहेको यो समय वास्तवमा ठट्टा गर्नका लागि उपयुक्त समय होइन । किनकी अरुलाई मुर्ख बनाउने वा जोक गर्ने रमाइलो समय अहिले छैन । यही गम्भीरतालाई इन्टरनेट […]

चितवनमा कोरोना भाइरस परीक्षण कहिले ?

१८ चैत, चितवन । मेडिकल सिटीको उपमा पाएको चितवनमा कोरोना भाइरसको नमुना परीक्षण गर्ने ल्याब छैन । संघीय सरकारले कोरोना परीक्षणलाई प्रदेशस्तरसम्म लैजाने निर्णय गरी वागमती प्रदेशमा हेटौंडामा ल्याब राख्ने निर्णय गरेको छ । कोरोना संक्रमणको स्क्रिनिङ, ओपीडी तथा आइसोलेनसका लागि तयार गरिएको भरतपुर कोरोना अस्पताल र भरतपुर अस्पतालमा बिरामीबाट निकालिने स्वाब गाडीमा राखेर टेकुस्थित […]

एटीएममा न स्यानिटाइजर, न साबुनपानी !

१८ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देश नै ‘लकडाउन’ नै गरेको छ । सर्वसाधारणले पनि सकेसम्म उच्च सतर्कता अपनाएकै छन् । तर, सर्वसाधारणका लागि अति आवश्यक पर्ने बैंकका एटीएम बुथहरुमा भने पर्याप्त सुरक्षाका उपायहरु अवलम्बन गरेको पाएइन । लकडाउनका बेला सर्वसाधारणलाई नगद अभाव हुन नदिन बैंक तथा वित्तीय संस्थाहरुले एटीएम मेसिनहरु […]

ज्वरोका बिरामीको पीडा : एम्बुलेन्सले बोक्न मानेन, गाउँलेले बाटो छेके

१८ चैत, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–२ का एक युवकलाई कोरोना संक्रमणको आशंकामामा वीरगञ्ज ल्याइएको छ । पाँच दिनयता लगातार ज्वरो आउन नछाडेपछि उनलाई कोरोना संक्रमणको आशंकामा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको हो । उनलाई उपचारका लागि गाउँपालिकाको ना १ ग ७६४ नम्बरको टिपरमा वीरगञ्ज पठाइएको गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए । ‘शंकास्पद […]

इटालीमा थप ८३७ जनाको मृत्यु, लकडाउन बढाउने तयारी

१८ चैत, काठमाडौं । इटालीले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि मुलुकभर लगाइएको लडडाउनको समयावधि लम्ब्याउने तयारी गरेको छ । महामारी अझै नियन्त्रणमा आउने संकेत नदेखिएसँगै इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले आफ्ना नागरिकलाई लामो समयको ‘लकडाउन’को लागि तयारी रहन अनुरोध गरेका हुन् । अहिले लगाइएको लकडाउन अप्रिल ३ मा सकिँदैछ । तर इटालीका स्वास्थ्यमन्त्री रोबर्टो स्पेरान्जाले इटाली […]

सीमामा अलपत्र तीन सय नेपाली भारतको क्वारेन्टाइनमा

१८ चैत, बुटवल । नेपाल भारत सीमा नाका सुनौलीमा अलपत्र परेका तीन सय नेपालीले भारतको क्वारेन्टाइनमा फर्काइएका छन् । घर फर्किने प्रतीक्षामा रहेका उनीहरुलाई नेपाल र भारतबीचको सहमति अनुसार अहिले जुन देशमा छन्, त्यही देशको क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था गरिएको हो । उनीहरुलाई भारतको नौतनवास्थित क्वारेन्टाइनमा राख्न लगिएको छ । मंगलबार नेपाल र भारतबीच दुबै […]

दाङको नाकाबासीलाई सांसद चौधरीले बाँडे राहत

१८ चैत, दाङ । लकडाउनको कारण समस्यामा परेका दाङका नाकाबासीलाई प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले राहत वितरण गरेका छन् । सोमबार गढवा गाउँपालिकाको मुसिनाका र खबरीनाकाका १ सय २० परिवारलाई सांसद चौधरीले राहतस्वरुप खाद्यान्न वितरण गरेका हुन् । हरेक परिवारलाई १२ किलो चामल, पाँच किलो दाल, आलु, एक लिटर तेल र एक पोका सोयाबिन वितरण गरेको […]

कोरोनाको रिपोर्ट कुर्दाकुर्दै निमोनियाले मृत्यु

१८ चैत, काठमाडौं । बुटवलको सैनामैना नगरपालिका ३७ वर्षीय बाबुराम थापा चैत ६ गते दुबईबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा ल्याण्ड भए । सार्वजनिक यातायात चढेर ७ गते साँझ बुटवल पुगेका उनलाई घर पुगेकै दिन ज्वरो आयो । नमज्जाले खोकी लाग्न थाल्यो । त्यसपछि उनलाई मुर्गीयास्थित पर्रोहा स्वास्थ्य चौकी पुर्‍याइयो । त्यहाँका स्वास्थ्यकर्मीले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको […]

दिल्लीको धार्मिक सभामा सहभागी अधिकांश रौतहटका, सबै क्वारेन्टाइनमा

१९ चैत, काठमाडौं । भारतमा कोरोना (कोभिड–१९) भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको धार्मिकसभामा सहभागी नेपालीहरु भारतमै रहेको खुलेको छ । दिल्लीको स्थानीय प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको छ । मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनको मर्कज बिल्डिङमा तबलीगी समुदायको धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको र करिब ८ हजार जना सहभागी […]

भारतबाट चोरबाटो हुँदै आएका १३ जना क्वारेन्टाइनमा

१८ चैत, विराटनगर । भारतबाट चोरबाटो हुँदै विराटनगर प्रवेश गरेका १३ जनालाई मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । सोमबार लकडाउन उल्लङ्घन गर्दै चोरबाटो हुँदै विराटनगर प्रवेश गरेका रुकुमका १३ जनालाई मंगलबार टाँडीमा राखिएको हो । सोमबार र मंगलबार आएकाहरुको स्वास्थ्य जाँच गरी क्वारेन्टाइनका लागि टाँडीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक […]

बुटवलमा ६ हजार पाँच सय परिवारलाई राहत दिइने

१८ चैत, बुटवल । बुटवलमा दैनिक ज्यालादारीमा गुजारा चलाउने श्रमजीवीको लगत संकलन गरेर राहत बाँड्न सुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार छ हजार पाँच सय घरपरिवार राहतका लागि सहयोगापेक्षी छन् । उपमहानगरपालिकाका १९ वटै वडाका टोल विकास संस्थाले सिफारिस गरेका र वडा कार्यालयले प्रमाणीकरण गरेर संकलित लगतका आधारमा राहतको प्याकेज घोषणा गरिएको प्रमुख […]

वडा कार्यालयमा राहत लिनेको भिड (फोटो फिचर)

१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० ले आर्थिक स्थिति कमजोर भएका दुई सय ८५ जनालाई राहत सामग्री वितरण गरेको छ । कोरोना (कोभिड–१९) भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि दैनिकी चलाउन अफ्ट्यारोमा परेकाहरुलाई राहत बाँडिएको हो । वडाध्यक्ष रामकुमार केसीका अनुसार वडाका अन्य जनप्रतिनिधि समेतले आफ्ना क्षेत्रमा भएका मजदुर, श्रमिक तथा […]

बुटवलको कोरोना अस्पतालबाट उठेन थापाको शव

१८ चैत, बुटवल । ‘कोरोना विशेष’ अस्थायी अस्पताल बुटवलको आइसोलेसन वार्डमा मृत्यु भएका ३४ वर्षीय बाबुराम थापाकी श्रीमती रीताले आफ्ना पतिको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै छानबिनको माग गरेकी छन् । कोरोना भएको भन्दै अस्पतालले राम्रोसँग उपचार नगर्दा पतिले अनाहकमा ज्यान गुमाउँदा आफू अन्यायमा परेको थापा पत्नी रीताको भनाइ छ । दुबईबाट चैत ६ गते […]

कोरोनाविरुद्धको लडाईं : अब चार तहमा प्राविधिकसहितका एक्सन टिम

१८ चैत,काठमाडौं । कोभिड १९ महामारीविरुद्ध तीनै तहका सरकारसहित जिल्ला स्तरमासमेत ‘एक्सन कमिटी’ले तत्काल उद्धार,राहत र व्यवस्थापनको काम गर्ने भएका छन् । त्यसका लागि मन्त्रिपरिषदको आइतबारको बैठकले केन्द्रमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) गठन गरिसकेको छ । सीसीएमसीको पहिलो बैठक मंगलबार छाउनीस्थित सैनिक ब्यारकेमा बसेर केही योजनाहरु समेत बनाएको छ । […]

सीमा नाका नखोल्ने सहमति, दुबै मुलुकले क्वारेन्टाइन बनाउने

१८ चैत, काठमाडौं । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सीमा नाकामा तत्काल यात्रु आवागमन नखोल्ने सहमति भएको छ । साथै स्वदेश फर्किन दशगजा क्षेत्रमा पुगेका नागरिकहरुलाई दुबै देशले क्वारेन्टाइन स्थलमा राख्ने सहमति जुटेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपालले १० चैतबाट अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन रोक्ने निर्णय गरेको छ । दुबै मुलुकमा लकडाउन […]

भरतपुर अस्पतालको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त 

१८ चैत, चितवन । चितवनको भरतपुर अस्पतालको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयका आधारमा तीन वर्षे कार्यकालका लागि भरतपुर अस्पताल गठन आदेश २०७६ को दफा ३ बमोजिम डा. अधिकारी नियुक्त भएका हुन् । डा. अधिकारीसहित अस्पताल सञ्चालक समितिका अन्य सदस्यमा रमाकान्त सापकोटा, केशव देवकोटा र रमा घिमिरे नियुक्त भएका छन् । […]

र, यो पनि क्वारेन्टाइन !

१८ चैत, डोटी । शिखर नगरपालिका–११ का दीपकबहादुर बलायर स्नातकोत्तर तहका विद्यार्थी हुन् । काठमाडौंमा अध्ययन गर्ने उनी कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण क्याम्पस बन्द भएपछि घर फर्किएका छन् । कैलालीको अत्तरियाबाट घर आउने बस चढ्दा उनी संयोगले भारतबाट फर्केकाहरु सँगै परे । त्यसैले उनी चैत ११ गतेदेखि शिखर नगरपालिकाले वडा नं. १० को सिद्धेश्वर […]

लकडाउनको बेला समस्या परे सहयोग माग्नुहोला : राज्यमन्त्री मानन्धर

१८ चैत, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनको समयमा कसैलाई कुनै समस्या परे आफू सहयोग गर्न २४ सै घण्टा तयार रहेको रहेको बताएका छन् । कुनै अत्यावश्यक सहयोग चाहिए आफूलाई वा आफ्नो सचिवालयका सदस्यलाई फोन गर्न पनि उनले आग्रह गरेका छन् । मन्त्री मानन्धरले काठमाडौंमा समस्यामा परेका सर्वसाधारणलाई आफ्नो मोबाइल नम्वरमा सीधा फोन […]

सिद्धार्थनगरले दियो विपन्नलाई खाद्यान्न 

१८ चैत, बुटवल । भैरहवाको सिद्धार्थनगर नगरपालिकाले गरिब तथा विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । नगरपालिकाले लकडाउनका कारण छाक टार्न समस्या परेका गरिब तथा विपन्न परिवारको लगत संकलन गरी दैनिक उपभोग्य सामग्री वितरण सुरु गरेको हो । नगरपालिकाले मंगलबार एक सय ३९ घरधुरी विपन्न परिवारलाई अति आवश्यक खाद्यान्न सामग्री वितरण गरेको नगर प्रमुख हरिप्रसाद […]

प्रवुद्ध व्यक्तिहरुले भने-सीमामा नेपालीलाई अलपत्र नपार

१८ चैत, काठमाडौं । प्रवुद्ध व्यक्तिहरुले लकडाउनको समयमा नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिन माग गरेका छन् । आइतबार विज्ञप्ती जारी गरी उनीहरुले जुनसुकै अवस्थामा भएपनि नेपालभित्र पस्न, बस्न र जीवनयापन गर्न पाउने नेपाली नागरिकको संवैधानिक अधिकार कुण्ठित गर्ने संवैधानिक र नैतिक हक कसैसँग नभएको बताएका छन् । पूर्वप्रधानन्यायाधीशद्वय कल्याण […]



from समाचार – Online Khabar https://ift.tt/3bHkwPk
via IFTTT
Powered by Blogger.