Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पोखरा पहिरो अपडेट : ७ जनाको मृत्यु, १२ जना घाइते, प्रहरी चौकी नै डुबानमा

२६ असार, पोखरा । बिहीबारदेखि निरन्तर भइरहेको बर्षातका कारण कास्कीमा ठूलो जनधनको क्षति भएको छ । बर्षातका कारण ठाउँठाउँमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । पहिरोमा परी १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा पोखरा  महानगरपालिका- १८ सराङकोटमा ५ जना, पोखरा- २५ हेम्जामा एक जना र पोखरा- […]

गुल्मीमा पहिरोमा पुरिएर एकजनाको मृत्यु

२६ असार, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका वडा नम्बर–४ का ६२ वर्षका यमबहादुर श्रीस रहेका छन् । गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार घरदेखि करिब ५ सयमिटरको दुरीमा रहेको खेतमा पानी लगाउन कुलो बनाउने क्रममा माथिबाट एक्कासी झरेको पहिरोको ढिस्कोले पुरिएर श्रीसको मृत्यु […]

पूर्वपरराष्ट्र मन्त्रीहरू भन्छन्- देखिने गरी विदेशी हस्तक्षेप बढ्यो

२६ असार, काठमाडौं । पार्टी भित्र सत्ता संघर्ष चलिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकपछि अर्का नेतालाई भेट्ने क्रमलाई तीव्रता दिएकी छन् । यो भेटलाई नेताहरूले आफू अनुकुल व्याख्या गर्ने गरेका छन् । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले यान्छीको भेटघाटसम्बन्धी टिप्पणी गर्नेहरूलाई लक्षित गरेर लेखेका छन्, ‘कुनै […]

हत्कडीसहित भागेका हत्या आरोपी पक्राउ

२६ असार कैलाली । कैलालीमा प्रहरीलाई झुक्याएर हत्कडीसहित भागेका एक युवा पक्राउ परेका छन् । हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका– ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधबार राति हतकडीसहित थुनाबाट भागेका थिए । इलाका प्रहरी कार्यालय फल्टुडे र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले शुक्रबार बिहान ऐरलाई पक्राउ गरेको हो । ‘चुरे गाउँपालिका […]

विकास दुबे : उज्जैनमा गिरफ्तारदेखि कानपुरमा इन्काउन्टरसम्मको कहानी

२६ असार, काठमाडौं । उत्तर प्रदेशको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य आरोपी विकास दुबेको शुक्रबार बिहान मृत्यु भएको छ । उत्तर प्रदेश प्रहरीका अनुसार प्रहरीको एक स्पेसल टास्क फोर्स दुबेलाई लिएर मध्यप्रदेशबाट कानपुर आइरहेको थियो । बीचमा प्रहरीको गाडी पल्टियो । यही मौकामा दुबेले भाग्ने प्रयास गरेका थिए । अन्ततः प्रहरीको कारबाहीमा उनको मृत्यु भएको […]

घरभाडा र बैंक ब्याज मिनाहाको माग गर्दै व्यवसायी आन्दोलनमा

२६ असार, काठमाडौं । न्युरोड लगायतका क्षेत्रमा साना व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विभिन्न नारा लेखिएको ब्यानरसहित न्युरोडमा जम्मा भएर वर्षा कै बीचमा पनि प्रदर्शन गरेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलन सुरु गरेको हो । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा […]

ओली र देउवालाई भेटेपछि नागरिक अगुवाले भने-अविश्वासको प्रस्ताव पेस गर्ने संवैधानिक बाटो खुला छ

२७ असार, काठमाडौं । विभिन्न क्षेत्रका ११ जना नागरिक अगुवाहरुले संसद र संसदीय प्रक्रियालाई छलेर प्रधानमन्त्रीको पद उपर लेनदेन नगर्न आग्रह गरेका छन् । संसद बाहिरको लेनदेन वा अन्य दवावबाट प्रधानमन्त्रीलाई राजीनामा गराउने कार्यले जनअभिमत र निर्वाचित प्रतिनिधिहरुको हैसियतमा प्रश्न उठ्ने उनीहरुको निष्कर्ष छ । नागरिक अगुवाहरुले ६ बुँदे साझा अपिल जारी गर्दै प्रधानमन्त्रीको राजीनामाका […]

भद्रकालीको सेनाको मैदान एन्फाले प्रयोग गर्ने, अन्तर्राष्ट्रियस्तरको संरचना बनाइँदै

२६ असार काठमाडौं । भद्रकालीस्थित नेपाली सेनाको जगी अड्डामा रहेको फुटबल मैदान अब अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि प्रयोग गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताका लागि दशरथ रंशगाला मात्र रहेको र विदेशी टिमका लागि अभ्यासस्थलको रुपमा सेनाको मैदान प्रयोग गर्ने गरी एन्फा र सेनाबीच सम्झौता भएको छ । सम्झौताअनुसार एन्फाले सेनाको मैदानमा अन्तर्राष्ट्रियस्तरको […]

बाढीका कारण बन्द भए करिब ५ सय मेगावाटका जलविद्युत् आयोजना

२६ असार, काठमाडौं । अविरल भारी वर्षासँगै खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युत् गृहहरूबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, […]

सरिता गिरीको पक्षमा गुप्तचरको दौडधूप

२६ असार, काठमाडौं । बिहीबार बिहान समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर छिरे । र, दलको कार्यालयमा कार्यरत नरमान महर्जनसँग सरिता गिरीका बारेमा सोधपुछ गरे । गुप्तचरले महर्जनसँग सोधे, ‘सरिता गिरी समाजवादी पार्टीकी सांसद हुन्, पार्टी एकीकरण भएर अहिले जनता समाजवादी बनिसकेको छ, अब सरिता गिरीलाई कसरी कारवाही गर्न मिल्छ ?’ सरिता […]

खिम्तीको आधा स्वामित्व अब प्राधिकरणको, वर्षमा साढे २ अर्बभन्दा बढी बचत

२६ असार, काठमाडौं । शनिबारबाट ६० मेगावाटको खिम्ती-१ जलविद्युत आयोजनाको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणको नाममा आएको को छ । २०५२ माघ १ गते प्राधिकरणसँग भएको भएको विद्युत खरिद सम्झौता अनुसार यो आयोजनाको ५० प्रतिशत सेयर प्राधिकरणको स्वामित्वमा आएको हो । तर, अब आयोजनाको सञ्चालक कम्पनीको स्थापना, नयाँ विद्युत खरिद दर, रोयल्टी तथा कर भुक्तानी […]

भारतीय सञ्चार माध्यमको नेपाल लक्षित सामग्रीमा फोनिजको आपत्ति

२६ असार, काठमाडौं । नेपाल र नेपालीको आत्मसम्मानमा आघात पुर्याउने अभिप्रायाले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रशारण हुँदै आएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले भर्त्सना गरेको छ । पछिल्लो पटक भारतीय टेलिभिजन जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर प्रशारण गरेको सामग्रीप्रति आपत्ति जनाउँदै फोनिजले […]

भोलि शनिबार बैंक खुलै रहने

२६ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार बैंकहरू पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्त्सम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले राजस्व […]

कास्कीमा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो

२६ असार, पोखरा । कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ११ जना घाइते भएका छन् । पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो । थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए । पोखरा–२६ मा दुर्गाबहादुर सुनारको […]

म्याग्दीमा पहिराे : ३२ जना बेपत्ता, उद्धारमा कठिनाइ

२६ असार, पाेखरा । म्याग्दीका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् । धाैलागिरि, मालिका र मंगला गाउँपालिमा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे म्याग्दी प्रहरीले जानकारी दिएकाे छ । धाैलागिरीकाे मराङमा मात्र २२ जना पहिराेमा हराइरहेकाे म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ् कुँवरले जानकारी दिए । ‘धाैलागिरिकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे खबर आएकाे […]

सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च, ३० वटा ढोका खोलियो

२६ असार, विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको […]

सरिता गिरी भन्छिन् – मोहनाजीको अभिव्यक्तिमाथि अंकुश लगाउने प्रयास भयो

२६ असार, काठमाडौं । समाजवादी पार्टीबाट निस्कासित सांसद सरिता गिरीले मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीको विषयमा अध्यक्ष अनुपराज शर्माले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएकी छन् । आफूविरुद्ध सुरु गरिएको कारबाहीको विरोध गरिएको ट्वीटलाई आधार बनाएर प्रेसित विज्ञप्तिले अन्सारीको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको गिरीको भनाइ छ । उनले भनेकी छन्, ‘उक्त विज्ञप्ति सबै प्रबुद्ध र […]

किन जागे खोकनावासी ?

२६ असार, ललितपुर । असार २० गते आयोजित सामूहिक धान रोपाइँको क्रममा प्रहरीसँगको झडपमा घाइते भएका दुर्गाराम महर्जन नियमित काममा फर्किन सकेका छैनन् । प्रहरीको प्रहारबाट टाउको र नाकमा चोट लागेका उनलाई डाक्टरले केही दिन आराम गरेर मात्र कार्यालय जान सल्लाह दिएका छन् । ‘त्यसदिन मसहित १५ जना घाइते भयौं’, महर्जन भन्छन्, ‘अल्का अस्पतालमा जाँच […]

ठगी आरोपमा समातिए ‘ज्योतिषी’ अर्जुन क्षेत्री

२६ असार, काठमाडौं । आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाले भने आफूले क्षेत्री पक्राउबारे जानकारी आइनसकेको बताउँदै […]

नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित

२६ असार, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् । उनले […]

कोरोना देखाउँदै नाइ संघले बढायो शुल्क, दारी काटेकै १०० रुपैयाँ

२६ असार, काठमाडौं । काठमाडौं उपत्यकामा रहेका करिब ३० हजार सैलुन व्यवसायीले आफूखुसी निर्णय गर्दै सबै प्रकारका सेवा शुल्क एकैपटक वृद्धि गरेका छन् । उपत्यकाका तीन जिल्लामा सैलुन व्यवसाय सञ्चालन गर्नेहरुको छाता संठगन नेपाल नाइ संघ जिल्ला समिति काठमाडौंले १७ प्रकारका सैलुन सेवाको शुल्क बढाउने निर्णय गरेको हो । समितिको असार १७ को निर्णयपछि उपत्यकामा […]



from समाचार – Online Khabar https://ift.tt/2ZXXU8G
via IFTTT
Powered by Blogger.