Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘जम्मू काश्मीरमा १४४ बालबालिका पक्राउ’

१५ असोज, काठमाडौं । भारत प्रशासित जम्मू काश्मीरमा १४४ जना बालबालिकालाई पक्राउ गरेर हिरासतमा राखेको खुलासा भएको छ । भारतको संविधानको धारा ३७० खारेज गरेर विशेष राज्यको दर्जा खोसेपछि ९ र ११ वर्षका बच्चासहित १४४ नाबालिगलाई हिरासतमा लिएको पाइएको हो । जम्मू कश्मीर किशोर न्याय समिति जुवेनाइल जस्टिस कमिटीले सर्वोच्च अदालतमा पेश गरेको रिपोर्टमा बालबालिकाहरुलाई […]

अपराधको सूचना ल्याउने घुमुवा प्रहरी नै लुटपाटमा संलग्न

१४ असोज, काठमाडौं । सुन लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले संगठनकै एक अधिकृतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामालाई पक्राउ गरेका हो । काठमाडौं प्रहरीका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले लामालाई पक्राउ गरिएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘हामीले मंगलबार दिउँसो पक्राउ गरेका हौं । विस्तृत […]

‘टाउकोमा बियरको बोतल उज्याए, म मुखैमा गएर उभिएँ’

१४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले तीन दिनअघि कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई तनहुँमा बाटो छेकेर आक्रमण प्रयास गरे । डा. रिजालको बाटो छेकेको स्थान भनेर सार्वजनिक भएका तस्वीरमा केही व्यक्तिले हातमा बियरका बोतल लिएको देखिन्छ । यो घटनापछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्वतन्त्ररुपमा हिँडडुल गर्न पाउने अधिकार सरकारले कुण्ठित […]

महावीर पुनको ‘आविष्कार केन्द्र’

१४ असोज, काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयभित्र एउटा भवनमा बिहानदेखि रातिसम्मै ठाकठुक–ठाकठुक,र्‍याइँ–र्‍याइँ रुँइ–रुइँको आवाज आइरहन्छ । सुन्दा कहिले फर्निचर कम्पनी हो कि जस्तो लाग्छ त कहिले मोटर ग्यारेजजस्तो । विश्वविद्यालयभित्र उद्योगमै जसरी काम भइरहेको यो भवनमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ रहेको छ । राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनको परिकल्पना हो । यो नेपाली युवाका लागि आविष्कार […]

त्रिकोणात्मक सिरिजमा जिम्बाब्वेसँग फेरि हार्‍यो नेपाल

१४ असोज, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले जिम्बाब्वेसँग दोस्रो हार व्यहोरेको छ । मंगलबार भएको खेलमा जिम्बाब्वेले नेपाललाई ४० रनले हराएको हो । सिंगापुरमा  जिम्बाब्वेले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । विनोद भण्डारीले व्यक्तिगत ३३ र आरिफ शेखले २५ रन बनाए पनि नेपाली […]

प्रदेश १ मा पाँच वर्षमा साढे १४ खर्ब बजेट आवश्यक

१४ असोज, विराटनगर । आगामी पाँच वर्षभित्र १५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित प्रदेश सरकारले प्रथम आवधिक योजना सार्वजनिक भएको छ । १०.४ को आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित आवधिक योजना सार्बजनिक गरेको हो । प्रदेश १ मा हाल १२१ मेगावाट विद्युत उत्पादन भइरहेको छ । ३४ हजार मेगावाट विद्युत उत्पादन हुनसक्ने सम्भावना छ […]

जनकपुर अस्पतालमा अख्तियारद्वारा छानबिन शुरु

१४ असोज, जनकपुरधाम । प्रदेश २ को प्रादेशिक अस्पताल बनाउन लागिएको जनकपुर अञ्चल अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । आयोगको बर्दिबासको टोलीले मंगलबारदेखि अस्पतालमा छानबिन शुरु गरेको हो । अस्पतालमा व्यापक अनियमतता भएको उजुरी परेपछि छानबिन थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्‍ता हरिप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अस्पतालको […]

पत्रकारलाई खोज पत्रकारिता पुरस्कार

१४ असोज, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावास र शेयरकास्ट इनिसिएटिभ नेपालले यस वर्षको खोज पत्रकारिता कार्यक्रमको लेखनवृत्ति खोज पत्रकारिता राष्ट्रिय पुरस्कार नागरिक दैनिक चितवनकी संवाददाता सविता श्रेष्ठले पाएकी छन् । उनले जवाफदेही स्थानीय सरकारका लागि स्थानीय तहमा काननु बनाउन भइरहेको सकसका बारेमा गरेको रिपोर्टिङका लागि २ लाख रुपैयाँको सो पुरस्कार पाएकी हुन् । उक्त पुरस्कार […]

‘नेपाली मिडियाले नकारात्मक विषयमात्र उठाए, प्रजातन्त्र बढी भएझैँ लाग्छ’

१४ असोज, काठमाडौं । जनवादी गणतन्त्र चीनले बेइजिङमा ७० औँ वर्षगाँठ भव्यताका साथ मनाइरहेको बेला काठमाडौंमा भने नेपालले चीनबाट सिक्नुपर्ने विषयमा चर्चा भएको छ । प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा आयोजित कार्यक्रममा नेपालका नेताहरुले अमेरिकी र भारतीय पक्षले नेपाललाई आफ्नो कब्जामा राखेर चीनसँगको सम्बन्ध बिगार्न खोजेको बताए । तर, चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका काठमाडौं प्रमुखले भने […]

गण्डकीको बर्खे अधिवेशनमा ४० बैठक, ६ विधेयक

१४ असोज, पोखरा । ४ महिना चलेको गण्डकी प्रदेशको बर्खे अधिवेशन अन्त्य भएको छ । मंगलबार अन्त्य भएको यो अधिवेशन चौथो हो । जेठ १५ गतेबाट बर्खे अधिवेशन सुरु भएको थियो । यो अधिवेशनमा ३४ दिन प्रदेश सभाको बैठक बस्यो । ४० पटक बसेको बैठक ६१ घण्टा ५ मिनेट १ सेकेण्ड चलेको छ । बर्खे […]

अभिभावकत्व लिइएका विद्यार्थीलाई प्रधानमन्त्रीले पठाए दशैँ खर्च   

१४ असोज, काठमाडौं । डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दशैँ खर्च पठाएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थीलाई प्रधानमन्त्री ओलीले दशैँका अवसरमा जनही रु पाँच हजार खर्च पठाएका हुन् । ती सबै विद्यार्थी अहिले […]

भारतबाट ल्याएको ३२ खसी नियन्त्रणमा

१४ असोज, जनकपुरधाम । भारतबाट भन्सार छलेर ल्याउँदै गरिएको ३२ वटा खसी महोत्तरीबाट नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरीको टोलीले महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ८ बिसनपुराबाट मंगलबार नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी नेपाल नम्बर ९ गणको टोलीले केहL महिलाहरुले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ३२ वटा खसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले […]

जागरण अभियानमा ५३ हजार सदस्य थपिएको कांग्रेसको दावी

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा थप ५३ हजार ४७९ जनाले पार्टीको सदस्यता लिएको दाबी गरेको छ । ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस’ भन्ने नारासहित कांग्रेस पार्टी सुदृढिकरणका लागि राष्ट्रिय जागरण अभियानमा छ । दोस्रो चरणको जागरण अभियान गत भदौ २४ गतेदेखि असोज ७ गते चलेको थियो । त्यसक्रममा […]

गोरखाको दशैं मेलामा जुवा, एकजना पक्राउ

बिकास मरहट्टा । गोरखामा सञ्चालित दशैं सस्तो बजार मेलामा जुवा खेलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीका ४१ वर्षीय हिरा शाहलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट नगद २१ हजार ४८० रुपैयाँसमेत बरामद भएको डीएसपी मित्रबन्धु शर्माले बताए । ‘फिरफिरे नामको खेल खेलाएका रहेछन्, यो एक प्रकारको जुवा नै हो, अनुमति पनि […]

सरकारसँग सहमतिपछि कृषि प्राविधिकको आन्दोलन फिर्ता

१४ असोज, काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि कृषि तथा पशु प्राविधिकले आन्दोलन फिर्ता लिएका छन् । आफूहरुको सेवालाई निरन्तरता दिन र तलब भत्ताको माग गर्दै नेपाल कृषि तथा भेटरिनरी प्राविधिक हकहित संरक्षण समितिले आन्दोलन गरेको थियो । कृषि मन्त्रालयमा भएको वार्तामा ती प्राविधिकहरुको सेवालाई निरन्तरता दिने सहमति भएपछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् […]

कांग्रेस निकट पत्रकारको सुझाव : अब पार्टी बचाऊ अभियान सुरु गर्नुपर्छ

१४ असोज, काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुले आफैंभित्र विभाजित हुँदा पार्टीले प्रभावकारी रुपमा प्रमुख प्रतिपक्षीय भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । कांग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियन काठमाडौं शाखाले मंगलबार राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा उपस्थित नेताहरुले सरकार र सत्तारुढ दल नेकपाको आलोचना गरे । तर, पत्रकारले कांग्रेसका नेताहरुलाई पार्टीभित्रको गुटगत राजनीति र नेतृत्वको […]

४० हजार घुससहित प्रधानाध्यापक पक्राउ

१४ असोज, बुटवल । शिक्षक नियुक्तिका लागि घुस रकम लिने क्रममा कपिलवस्तुमा एकजना प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ परेका छन् । विद्यालयको अनुदान कोटामा विज्ञान शिक्षक नियुक्त गरिदिने भन्दै ४० हजार घुस रकम लिंदै गर्दा शिवराज नगरपालिका ८ स्थित बालज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रवीन्द्रप्रसाद मौर्य र कार्यालय सहयोगी रामकुमार लोनिया पक्राउ परेका हुन् । उनीहरुले […]

गाउँपालिका केन्द्रको विवादलाई कांग्रेसले राजनीतिकरण गरेको नेकपा सांसदको आरोप

१४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले आइतबार तनहुँमा कांग्रेस नेता मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास नभएको र जनताले गाउँपालिका केन्द्र सार्ने निर्णयको बिरोध गर्ने क्रममा रिजालको बाटो छेकेको दावी गरेको छ । तनहुँबाट निर्वाचित नेकपाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले रिसिङ गाउँपालिकाका पदाधिकारीले एकलौटी रुपमा अपायक पर्ने ठाउँमा गाउँपालिका केन्द्र लगेर भवन शिलान्यास गर्न लागेपछि […]

कांग्रेसले २६ गते देशैभर चियापान गर्ने

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसले असोज २६ गते कोजाग्रत पूणिर्माको दिन चियापान कार्यक्रम गर्ने भएको छ । मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले वीपी कोइरालाले सुरु गरेको कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको बताए । २६ गते केन्द्रीय कार्यालय सानेपासहित उपत्यका बाहिरका ७४ वटै जिल्लामा चियापान कार्यक्रम आयोजना गरिने उनको भनाइ […]

धर्मभक्त माथेमाको पूर्ण कदको शालिकसहित पार्क बन्ने

१४ असोज, काठमाडौं । शहीद धर्मभक्त माथेमाको पुर्ख्याैली घर नजिकै उनको पूर्ण कदको शालिकसहित पार्क निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २३ स्थित ओमबहालमा मंगलबार मेयर विद्यासुन्दर शाक्यले पार्कको शिलान्यास गरेका छन् । काठमाडौं महानगरले चालु आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा नै यस्तो पार्क निर्माण गर्ने उल्लेख थियो । सोहीअनुसार […]

कटुवा पेस्तोलसहित नागढुंगाबाट २ जना पक्राउ

१४ असोज, काठमाडौं । प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगबार चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट सुनसरीको धरानका २४ वषर्ीय शैलेस तामाङ र दाङ घाराहीका २० वर्षीय उज्वल गिरीलाई पक्राउ गरेको हो । बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ख ९९८८ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले […]



from समाचार – Online Khabar https://ift.tt/2nD3luL
via IFTTT
Powered by Blogger.