समाचार
२९ असोज, काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो । निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको […]
२९ असोज, काठमाडौं । घरेलु टोली स्विडेनसँग १–१ गोलको बराबरी खेलेसँगै स्पेन युरो कप २०२० को लागि छनोट भएको छ । मंगलबार राति समूह ‘एफ’ को खेलमा स्पेनले घरेलु टोली स्विडेनसँग अन्तिम समयमा गोल गर्दै १–१ गोलको बराबरी खेलेको हो । स्पेनलाई युरोकपमा छनोट गराउन रोड्रिगोले गोल गरे । यता, स्विडेनका लागि भने मार्कुस बेर्गले […]
२९ असोज, काठमाडौं । काठमाडौंको गोंगबुबाट साढे चार किलो चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको नलगाढ नगरपालिका-१ घर भइ हाल चन्द्रागिरि नगरपालिका-१० थानकोट बस्ने २३ वर्षीय भुवन बुढामगर र जाजरकोटको नलगाढ नगरपालिका-३ घर हाल थानकोट बस्ने २८ वर्षीय नविनप्रकाश पुन छन् । उनीहरुलाई गएराति पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी […]
२९ असोज, काठमाडौं । विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । अम्मान अन्तर्राष्ट्रिय रंगशाला मंगलबार राति भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ३-० गोलअन्तरले पराजित भएको हो । बलियो टोली मानिएको जोर्डनसँग पराजित भएसँगै नेपालले विश्वकप छनोटको दोस्रो चरणको सबै अवे खेल खेलिसकेको छ । नेपाली टिमले जोर्डनसँग […]
२९ असोज, काठमाडौं । प्रसारण लाइन निर्माणका लागि नेपाल–भारतबीच भएको सहमतिदेखि क्रिकेटर पारस खड्कालले कप्तानीबाट लिएको बिदा, माननीयहरूको गिर्दो साख,अपराध, अनियमिततालगायत विषय आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ । यौन दुव्र्यवहारको आरोपपछि अदालतमा म्याद थपका लागि उपस्थित गराइएका निवर्तमान सभामुख कृष्णबहादुर महराको तस्वीर छापेको कान्तिपुरले प्रसारण लाइन बराबरी लगानीमा निर्माण गर्न नेपाल–भारत सहमत बनेको लेखेको […]
२८ असोज, काठमाडौं । नेपाल र भारतबीच न्यू बुटवल-न्यू गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइन को निर्माणको मोडालिटीमा सहमति जुटेको छ । अब दुई देशले संयुक्त रुपमा कम्पनी खोलेर आयोजना बनाउने सहमति गरेका छन् । यो कम्पनीमा दुबै दशेको ५०-५० प्रतिशत स्वपुँजी रहनेछ । भारतको बैंगलोलमा भएको दुई देशबीचको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा […]
२८ असोज, विराटगर । दुई दिनमा हुण्डीको १३ लाख रुपैयाँसहित प्रहरीले दुई जना भरीयालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार १० लाख र मंगलबार दुई लाख भारतीय रुपैयाँसहित विराटनगरबाट दुई जना भरीयालाई नियन्त्रणमा लिएको हो । प्रहरीले १० लाखसहित विराटनगर महानगरपालिका–४ स्थित कञ्चनबारी चोकबाट सुनसरीको बर्जु गाउँपालिका–३ बस्ने २४ वर्षिय उमाकान्त रायलाई […]
२८ असोज, विराटनगर । विराटनगर–११ पिचराका मनिकचन्द सहनीको परिवार दसैंको रमझमपछि दैनिकीमा फर्कने सुरसारमा थियो । मनिक मजदुरी गर्थे, श्रीमती आनन्दीदेवी कवाडीको सामान संकलन गर्थिन् । परिवारको गर्जो जसोतसो मजदुरीबाट चलेकै थियो । तर दसैं सकिन नपाउँदै उनको परिवारमा बज्रपात पर्यो । दुई सन्तान मध्ये छोरीको विवाह गरिदिएको ८ महिना बित्न नपाउँदै हत्या भयो । […]
२८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई ‘तिमी’ सम्बोधन गर्ने अखबारी लेखनलाई कटाक्ष गर्दै भने, ‘पत्रकारले बाउलाई पनि तपाईं भन्दैन, तिमी भन्दामाथि उठ्दैन ।’ मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘सानालाई तिमी र ठूलालाई तपाईं भन्नु स्वाभाविक हो ।’ प्रधानमन्त्रीले भनेजस्तै केही वर्षयता अधिकांश सञ्चार माध्यमको सम्बोधनशैली तिमी नै […]
२८ असोज, काठमाडौं । महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि १३ दिन म्याद दिएको हो । महरा १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए । तर, अदालत बन्द भएकाले […]
२८ असोज काठमाडौं । तपाईलाई अहिलेको समाज राम्रो लाग्छ कि उहिलेको ? यस विषयमा समाजशास्त्रीवीच मतान्तर रहँदै आएको छ । कतिपय समाजशास्त्रीहरु पहिलेकै समाज ठीक थियो, अहिले बिग्रियो भन्ने गर्छन् । प्रगतिशील समाजशास्त्रीहरु चाहिँ पहिलेको सामन्ती समाजभन्दा आधुनिक समाज सभ्य रहेको तर्क गर्छन् । नेपालको सन्दर्भमा पनि पहिलेकै समाज राम्रो र सभ्य थियो भन्नेहरु प्रशस्त […]
२८ असोज, काठमाडौं । विदेशबाट नेपालमा लगानी भित्र्याउने दाबी गर्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) आफैंले अहिले करिब १५ करोड रुपैयाँ ऋणको भारी बोकिरहेको छ । भलै, १२ करोड रुपैयाँ उठ्न बाँकी छ । केन्द्रीय पदाधिकारीहरुले संघलाई ऋणस्वरूप सापटी रकम दिएर चलाइरहेको अवस्था छ । संघको नेतृत्व गर्ने एनआरएन नेताहरु अर्बपति भए पनि संस्था भने […]
२८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अष्ट्रेलिया र स्पेनका लागि नवनियुक्त राजदूतद्वय महेशराज दाहाल र दावा फुटी शेर्पाले आ-आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास […]
२८ असोज, काठमाडौं । सर्वोच्च अदालतले छाडा गाइगोरुको तथ्यांक संकलन गरी तिनीहरुलाई संरक्षण गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आदेश दिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रीटको मंगलबार सार्वजनिक पूर्णपाठमा प्रत्येक नगरपालिका तथा गाउँपालिका तहमा बहुपक्षीय संलग्नता र समन्वयमा संरक्षण केन्द्र तथा अस्थायी स्याहार केन्द्र खोली छाडा गाईवस्तुको स्याहार सम्भारको व्यवस्था गर्न आदेश […]
२७ असोज, काठमाडौं । सरकारले लगानीका लागि उपयुक्त वातावरण बनेको भन्दै फेरि गैर आवासीय नेपालीलाई लगानी ल्याउन आग्रह गरेको छ । राजधानीमा सुरु गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको मंगलबार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आह्वान गरिन् । नेपालमा लगानीका लागि आन्तरिक र बाह्य दुबै ढंगले अनुकूल वातावरण सिर्जना […]
२८ असोज, कावासोती । नवलपरासीपूर्व नवलपुरमा स्कूलबसको ठक्करबाट मंगलबार एक बालिकाको मृत्यु भएको छ । आफ्नै विद्यालयको बसको ठक्करबाट नवलपुरको गैँँडाकोट नगरपालिका–१२ हर्कपुरस्थित जनता माध्यमिक विद्यालयमा अध्यनरत पाँच वर्षीया शान्तिमाया डिसुवाको ज्यान गएको हो । विद्यालयको पर्खालभित्र ना५ख ६०२६ नं को बसले साइकलबाट झर्ने क्रममा शान्तिमायालाई ठक्कर दिएको थियो । गम्भीर रुपमा घाइते भएका उनको उपचारका […]
२८ असोज, काठमाडौं । मन्त्रालयकै कर्मचारीहरु कार्यालय समयमै कार्यालयमा उपस्थित नहुने गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार विहान बिभिन्न ९ मन्त्रालयमा गरेको अनुगमनका क्रममा १३६ कर्मचारी अनुपस्थित तथा समय पालना नगरेको पाइएको हो । यस्तै ६६ कर्मचारीले विदा स्वीकृत नगरी अनुपस्थित भएको र १३ जनाले कार्यालय पोशाक नलगाएको पाइएको सतर्कता केन्द्रले जनाएको छ […]
२८ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङविरुद्ध प्रदर्शन गर्न पाउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने बलराम पौडेललाई मानव अधिकार तथा शान्ति समाजले पदबाट बर्खास्त गरेको छ । मानव अधिकार तथा शान्ति समाजका युवा विभागीय संयोजक रहेका पौडेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपूर्व असोज २३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बिरोध प्रदर्शनका […]
२८ असोज, गुल्मी । गुल्मीमा बडीगाड खोला तर्ने क्रमम क्रममा बगेर २ जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–५ तिलारा निवासी २१ वर्षिय दिपक बिक, ५ वर्षिय गरिमा बिक बडिगाड खोलामा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए । मंगलवार छल्दी र बडिगाड खोलाको दोभान भन्ने […]
२८ असोज, मेलम्ची । जुरे पहिरोबाट क्षति पुगेको भोटेकोशी जलविद्युत् आयोजनाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । पहिरोबाट विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महिना विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको ४५ मेगावाटको यस आयोजनाको पुनःनिर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोले पाएको थियो । आयोजनाले अहिले करीब ८५ प्रतिशत काम सम्पन्न गरेको आयोजनाका महाप्रबन्धक विक्रमरत्न […]
२८, असोज, काठमाडौं । सरकारले बन्द हड्ताल गर्न नपाइने १९ अत्यावश्यक सेवा क्षेत्रको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवालाई पनि निषेधित क्षेत्रमा राख्दै नयाँ सूची जारी गरेको हो । सरकारले प्रत्येक ६/६ महिनामा सरकारले यस्तो सूची अपडेट गर्छ । नयाँ सूचीमा अघिल्लोपटकका १८ वटा क्षेत्रलाई निरन्तरता दिँदै […]
from समाचार – Online Khabar https://ift.tt/2MNwrQL
via IFTTT






















