Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

धरानमा साथीलाई छुरा प्रहार गर्ने पक्राउ   

२८ असोज, धरान ।  आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई म‌ंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । चार दिनअघि धरान–२, छाताचोकस्थित राजु तुलाधरको किराना पसल नजिक ३० वर्षीय सविन भुजेललाई धरान–५ देउरालीका २५ वर्षीय विकास भुजेलले छुरा प्रहार गरेका थिए । उनीहरुबीच मोबाइल सेटको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको इलाका प्रहरी […]

मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम सुरु   

२८ असोज, काठमाडौं ।  नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । “नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ”, मौसमविद् नगरकोटीले भने । पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न […]

विस्थापित कार्यालय धमाधम पुनःस्थापना हुँदै, कर्मचारी अभावले कामकाज ठप्प

२८ असोज, जाजरकोट । वर्ष दिन अघि विस्थापित भएका जिल्लाका सरकारी कार्यालय धमाधम स्थापना हुन थालेका छन् । प्रदेश तथा सङ्घ सरकारको मातहतमा रहेका कार्यालय पूर्ण स्थापना हुने क्रम बढेको छ । जिल्लामा विषयगत कार्यालय नहुँदा स्थानीयले लामो समय सास्ती खेप्नुपरेपछि हाल कार्यालय पुनःस्थापना भइरहेका छन् । दुई साताअघि जाजरकोटका जनप्रतिनिधिलाई पुनःस्थापना भएका सरकारी कार्यालय उद्घाटन […]

एसिड पीडित मुस्कानसँग राजेश हमालले गरे भेट

एसिड आक्रमणपछि उपचार गराइरहेको वीरगञ्जकी मुस्कान खातुनलाई सोमबार अभिनेता राजेश हमालले भेटेका छन् । कीर्तिपुर अस्पतालमै पुगेर हमालले मुस्कानलाई भेटेका हुन् । मुस्कानको अवस्था देखेर राजेश हमाल एक छिन भावविह्वल भए । अभिनेता हमालले अहिलेजस्तो पीडा फेरि भोग्न नपर्ने  भनी सान्वना दिँदै छिट्टै घर फर्किन मिल्ने आश्वासन समेत दिएका थिए । आफूलाई भेट्न आएका राजेशलाई […]

आलम पक्राउ परेपछि न्याय पाउने पीडितको आशा

२८ असोज, रौतहट । राजपुर बमकाण्डको १२ वर्षपछि आरोपी कांग्रेस नेता तथा सांसद मोहम्मद आफताब आलम पक्राउ परेपछि पीडित परिवारलाई न्याय पाउने आश पलाएको छ । २०६४ चैत २७ गते पहिलो संविधान सभाको निर्वाचनको एक दिन अगाडि राजपूरमा भएको बम विस्फोटको घटनामा संलग्नताको आरोपमा आइतबार आलम पक्राउ परेका थिए । २०६४ चैत २७ गते आफताव […]

नेपाललाई मौका, जोर्डनलाई दबाव !

२८ असोज, काठमाडौं । पाँच पटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग ५-० गोलले हारेको नेपाली फुटबल टिम यतिबेला जोर्डनको भूमिमा छ । विश्वकप छनोटको दोस्रो चरणमा नेपालले आफ्नो अन्तिम अवे खेलमा जोर्डनसँग सोमबार राति प्रतिस्पर्धा गर्दैछ । बलियो टिमविरुद्ध ५-० गोलको हार व्यहोर्नु नेपालको लागि अनपेक्षित मानिएको थिएन । यसअघि नेपालले कुबेतसँग ७-० गोलको हार ताजा […]

भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल : प्रधानमन्त्री   

२८ असोज , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । उनले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताए । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सभ्यता, […]

जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ

२८ असोज, काठमाडौं । जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो । उनी काठमाडौंबाट ओखलढुंगा जाँदै थिए । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर […]

नवलपरासीस्थित नहरमा एक पुरुष मृत फेला

२८ असोज, परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नेपाली नहरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । करीब ३०/३५ वर्षको देखिने पुरुष व्यक्तिको शव नहरको पानीमा घोप्टो परेको अवस्थामा मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । उनको अहिलेसम्म परिचय खुल्न सकेको छैन । नहरछेउको सडकमा एउटा भारतीय मोटरसाइकल र उनले प्रयोग गरेको मोबाइल […]

विभिन्न मुद्दामा दोषी ठहर भइ फरार ३ अभियुक्त पक्राउ

२८ असोज, वीरगञ्ज । पर्सा प्रहरीले विभिन्न अपराधिक गतिविधिमा संलग्न भइ फरार भएका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । पकाहामैनपुर गाँउपालिका-१ धोरे बस्ने ४८ वर्षीय मदनप्रसाद चौहान, ५५ वर्षीय मेघराज साह र वीरगञ्ज महानगरपालिका-२ छपकैया बस्ने ५१ वर्षीय मक्सुद मिया तेली पक्राउ परेका हुन् । मदन र मेघराजलाई पर्सा जिल्ला अदालतले २०७५ वैशाख २४ […]

बम काण्ड आरोपमा पक्राउ सांसद् आलमको म्याद सात दिन थप

२८ असोज, रौतहट । अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गते सम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो । १२ वर्षअघि […]

कुलेखानी तेस्रोको परीक्षण उत्पादन सुरु, प्राधिकरण अब रुग्ण आयोजना मुक्त

२८ असोज, काठमाडौं । निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । योसँगै प्राधिकरणले आफू अन्तरगत बनिरहेका सबै रुग्ण जलविद्युत आयोजनालाई पार लगाएको छ । कुलेखानी तेस्रो प्राधिकरण आफैंले बनाइरहेको अन्तिम आयोजना हो । अब प्राधिकरणले आयोजनाको निर्माण कम्पनी मोडलमा मात्रै गर्ने घोषणा गरिसकेको छ । विभिन्न कारणले प्राधिकरणलाई […]

एनआरएनलाई राष्ट्रपतिको आह्वान- जन्मभूमिमा लगानी गर्नुस्

२८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आहृवान गरेकी छन् । लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको भन्दै उनले लगानीका लागि आह्वान गरेकी हुन् । ‘नेपाल लगानीका लागि अनुकूल हुँदै गएको छ’, मंगलबार बिहान गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले […]

कृष्णबहादुर महराको डीएनए परीक्षण हुने

२८ असोज, काठमाडौं । महिला कर्मचारीमाथि जबरजस्तीकरणीको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण हुने भएको छ । दशैंका बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले नर्भिक अस्पतालको क्याबिनमा छन् । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । प्रहरीले मंगलबार उनलाई म्याद थपका लागि अदालतमा […]

राष्ट्रपतिको भाषण सुन्न पत्रकारलाई अवरोध

२८ असोज, काठमाडौं । हायत होटलमा मंगलबार बिहान गैरआवासीय नेपाली संघको विश्व सम्मेलनको उदघाटन भयो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई निम्त्याइएको छ । तर, राष्ट्रपति सहभागी हुने सार्वजनिक महत्वको कार्यक्रममा विभिन्न मिडियाका रिपोर्टरहरुलाई ‘विशेष पास’ नभएको भन्दै सुरक्षाकर्मी र आयोजकहरुले अवरोध पुर्‍याए । पछिल्लो समयमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने सार्वजनिक कार्यक्रमहरुमा […]

विमानस्थलमा सिसा फुटाउने थापालाई रिहा गर्न दबाव

२८ असोज, काठमाडौं । एनआरएनको नवौ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा तोडफोड गरेपछि उनी प्रहरी हिरासतमा छन् । थापामाथि सार्वजनिक सम्पत्ति तोडफोड र अभद्र व्यवहारको कसुरमा म्याद थपको प्रक्रिया अघि बढाइएको छ । यद्यपि एनआरएन नेताहरुले उनको रिहाइका लागि दबाव दिइरहेको प्रहरी स्रोतले बतायो । […]

कोशी टप्पुको जिन्दगी : मानव भर्सेस जनावर !

२८ असोज, सुनसरी । बाहिर चकमन्न घाम लागिरहेको थियो । गोठालाहरु कोही छाता ओढेर बस्तु चरिरहेका ठाउँमा बसेका थिए । कोही सल ओडेल मोवाइल चलाउन ब्यस्त थिए । मध्यान्हको घाम चर्किरहेका बेला अधबैसें महिला हातमा हँसिया बोकेर चोरबाटो हुँदै कोशीटप्पु वन्यजन्तु आरक्षतर्फ प्रवेश गर्दै थिइन् । उनीसँगै १३, १४ वर्षका दुई किशोरी पनि थिए । […]

‘नो ब्रा’ अभियान चलाएकी कोरियाली पप गायिका मृत फेला

२८ असोज, काठमाडौं । ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला परेकी छन् । राजधानी सोलनजिकै रहेको आफ्नो घरमा गायिका सुली सोमबार मृत फेला परेकी हुन् । उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको […]

‘गोर्खा समस्याबारे अब दह्रो कुरा हुन्छ’

२८ असोज, काठमाडौं । डा. युवराज संग्रौला काठमाडौं स्कुल अफ लका संस्थापक निर्देशक एवं पूर्वब्रिटिस गोर्खा सैनिक आन्दोलनका अभियन्ता पनि हुन् । गोर्खा मुद्दा उठानको सुरुवाती चरणमा महत्त्वपुर्ण भूमिका खेलेका संग्रौला ब्रिटिस–गोर्खा भूपू सैनिक संघ (गेसो) नेतृत्वसँग मतभेद भएपछि काठमाडौं स्कुल अफ लमा केन्द्रित भए । यद्यपि, गोर्खा भर्ती परम्पराका भित्री पाटाहरूको अध्ययन–अनुसन्धानलाई निरन्तरता दिएका […]

‘मानसिक रोग शब्द नै कलंकित भयो’

डा. मोहनराज श्रेष्ठ(लाखे) ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा १७ वर्षदेखि कार्यरत छन् । उनको पेशा अन्य चिकित्सकको भन्दा विशिष्ट र भिन्न पनि छ । अरुले मान्छेको देखिने दुखाइको उपचार गर्छन् भने उनले झट्ट हेर्दा नदेखिने रोग र समस्याको उपचार गर्नुपर्छ । तर, समाजमा उनको त्यो विशिष्ट कार्यप्रति हुने व्यवहारबाट भने उनी चिन्तित छन् । स्वभावैले यो […]

खुल्लामञ्चसँग जोडिएको सार्वजनिक जग्गा फिर्ता प्रक्रिया सुरु

२८ असोज, काठमाडौं । गैरकानूनी रूपमा भोगचलन भइरहेको खुलामञ्चसँग जोडिएको सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया सुरु भएको छ । अनलाइनखबरले १४ असोजमा ‘खुलामञ्चसँग जोडिएको सार्वजनिक जग्गा बिक्री’ शीर्षकमा विस्तृत समाचार प्रकाशन गरेपछि सम्बद्ध निकायले जग्गा खाली गराउने प्रक्रिया थालेको हो । काठमाडौं महानगरपालिका–२८ नम्बर वडा कार्यालय र गुठी संस्थानको मिलोमतोमा खुलामञ्च र रत्नपार्कको बीचमा रहेको […]



from समाचार – Online Khabar https://ift.tt/2MGTE6X
via IFTTT
Powered by Blogger.