Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नेपाल भ्रमणमा आए चिनियाँ राष्ट्रपति

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । उनी भारतको चेन्नाई हुँदै शनिबार राजधानी काठमाडौं आएका हुन् । चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेको यो २३ वर्षपछि हो । त्यसैले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको स्वागत सम्मान तथा सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रयास नेपाल सरकारले गरेको […]

चिनियाँ लगानीका आयोजना : कुनैमा कम्पनी नै गायव, कुनैमा धमाधम काम

२५ असोज, काठमाडौं । चीनले नेपालमा विभिन्न आयोजनाहरुमा लगानी गरेको छ । सरकार, सरकारी कम्पनी तथा चीनको एक्जिम बैंकमार्फत थुप्रै आयोजना निर्माणको जिम्मा चीनले लिएको छ । तर, कतिपय आयोजनाहरु निर्माण सुरु नहुँदै अन्योलमा छन् भने कतिपय आयोजनाहरुमा धमाधम काम भइरहेका छन् । करिब २५ वटा साना-ठूला आयोजनाहरु अहिले चिनियाँ सरकारको लगानीमा बनिरहेका छन् ।  चीन सरकारको लगानीमा […]

चिनियाँ राष्ट्रपतिलाई नेपाली सेनाको गार्ड अफ अनर

२५ असोज, काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सीलाई सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । अति विशिष्ट पाहुनालाई नेपाली सेनाको […]

चिनियाँ लगानीको तीतो विगत : ट्रलीबसदेखि हवाईजहाजसम्म

२५ असोज, काठमाडौं । नेपालमा जलविद्युतदेखि सडक तथा रेलमार्गसम्म चिनियाँ सरकारको लगानी खोजिँदैछ । चीनले पछिल्लो सयममा अनुदान दिनभन्दा बढी ऋण दिन बढी जोड दिन्छ, नेपाल पुरानै ढर्रामा अनुदानकै लागि बल लगाउँछ । चीन भने यो समयमा अनुदान मात्रै दिएर नेपालमा विकासे आयोजना तयार गर्ने पक्षमा देखिँदैन । किन त ? अर्थविद अच्युत वाग्लेको भनाइमा […]

क्यान्सर पीडित ठोरीकी कान्छीमायालाई आर्थिक सहयोग

२५ असोज, काठमाडौं । फोक्सोको क्यान्सरबाट पीडित पर्साको ठोरी गाउँपालिका-४ विजयवस्तीकी कान्छीमाया गुभाजुको जीवन रक्षाका लागि आर्थिक सहयोग भएको छ । गुभाजुको जीवन रक्षाका लागि गठन भएको सहयोग समितिले विभिन्न सहयोगी दाताहरूबाट प्राप्त गरेको १ लाख ९ हजार ३ सय २५ रुपैयाँ रकम पीडित गुभाजुलाई शनिबार हस्तान्तरण गरेको छ । समाजसेवी सन्तोष श्रेष्ठले क्यान्सरपीडित गुभाजुलाई […]

काठमाडौंमा सीको रात्रीभोज : लुक्लाको सिमीसँग साँधेको भटमास

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा होटल सोल्टीमा रात्रीभोज आयोजना गरिएको छ । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा नेपाली नेताहरुलाई पनि निम्तो दिइएको छ । रात्रीभोजमा केही नेपाली मौलिक परिकार चिनियाँ राष्ट्रपति सीलाई खुवाइने छ । मेन्यूअनुसार सुरुमा राष्ट्रपति सीलाई बारा, ममसँगै लुक्लाको सिमी र साँधेको भटमास दिइनेछ […]

नेपाल–चीन व्यापारको आयाम

२५ असोज, काठमाडौं । जटिल हिमाली पर्वत छिचोलेर नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतवीच साढे दुई सय वर्ष अघिदेखि परम्परागत ब्यापारिक सम्बन्ध रहेको इतिहास पाइन्छ । नेपालका उच्च हिमाली क्षेत्रका मानिसहरु रुसुवागढी नाका भएर केरुङ तथा हालको हिल्सा, यारी भएर ताक्लाकोटसम्म नुन र दैनिक जिविकोपार्जनको वस्तु खरिद गर्न चीनको तिब्बतसम्म पुग्थे । वस्तु विनिमयको तत्कालीन […]

‘जापानको शक्तिशाली आँधीमा नेपालीहरु सुरक्षित’

२५ असोज, काठमाडौं । जापानमा आएको शक्तिशाली आँधीबाट नेपालीहरु हताहत नभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । टोकियोस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसनका प्रमुख कृष्णचन्द्र अर्यालले जापानको समयअनुसार शनिबार राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी आएको बताए । ‘हामी नेपाली समुदायसँग सम्पर्कमै छौं,’ अनलाइनखबरसँगको टेलिफोन सम्पर्कमा अर्यालले भने, ‘यहाँको राति ११ बजेसम्म […]

राष्ट्रपति भण्डारी र सीबीच भेटवार्ता

२५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहलका अनुसार भेटवार्तामा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ । साथै दुवै […]

नेपालबाट बाहिरियो मनसुन

२५ असोज, काठमाडौं । औसतभन्दा १९ दिन ढिलो गरी यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । जुन २० मा नेपाल भित्रिएको मनसुन शनिबार बाहिरिएको हो । सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । तर, यस वर्ष नेपालमा औसतभन्दा १० दिन ढिलो गरी अर्थात् जुन २० मा मनसुन सुरु भएको […]

कांग्रेसको चियापन समारोह आइतबार   

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । विगतको वर्ष झैं यो वर्ष पनि कांग्रेसले विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आइतबार अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको पार्टी कार्यालयका […]

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु  

२५ असोज, बैतडी । खर काट्ने क्रममा भीरबाट लडेर बैतडीमा शनिबार एक महिलाको ज्यान गएको छ । सुर्नया गाउँपालिका–४ का राजेन्द्र महराकी २२ वर्षीया श्रीमती रमा महराको मृत्यु भएको हो । शनिबार दिउँसो साढे १ बजे स्थानीय जैसिया भीरमा खर काटिरहेको बेला महिला भिरबाट लडेकी स्थानीय रणबहादुर महराले जानकारी दिए । भीरबाट लडेर करीब ३०० […]

सीता एयरको विमानको इन्जिनभित्रै चरा पसेपछि…

२५ असोज, सोलुखुम्बु । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार […]

बझाङबाट चन्द समूहका जिल्ला सदस्य पक्राउ   

२५ असोज, बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले नेत्र विक्रम चन्द समूहका जिल्ला सदस्य देवराज अवस्थीलाई पक्राउ गरेको छ । वित्थडचिर गाउँपालिका–९ सुनकुडा घर भएका ४० वर्षीय अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरी चौकी स्याडीबाट खटिएको टोलीले असोज २४ गते पक्राउ गरेको हो । उनीहरुबाट नगद रसिद ठेलीसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला […]

गाडीबाट खसेर सुर्खेतमा एक जनाको मृत्यु

२५ असोज, सुर्खेत । रत्न राजमार्गमा पर्ने सुर्खेतको हर्रेमा शनिबार दिउँसो गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । मध्यपश्चिम यातायात प्रालिको बा३ख ५२१६ नम्वरको फोर्स गाडीबाट खसेर भेरीगङ्गा नगरपालिका–४ का यमबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक खत्री काँक्रेविहार यातायात प्रालिको ना७ख २०५८ नम्वरको फोर्स गाडीका धनी हुन् […]

लागूऔषधसिहत नागढुंगाबाट एक युवक पक्राउ

२५ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट प्रहरीले लागूऔषधसिहत एक जनालाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पत्थरी शनिश्‍चरे नगरपालिका-४ घर भएका २६ वर्षीय सन्दिप राई रहेका छन् । उनको साथबाट प्रहरीले लागूऔषध ४ एम्पुल फेनारगन,  ४ एम्पुल डाइजेपाम, ४ एम्पुल लुपिजेसिक र १३ थान सिरिन्ज बरामद गरेको छ । महानगरीय प्रहरी […]

सीलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले गरिन् स्वागत

२५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् । चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी […]

मोरङबाट भन्सार छलीका साढे ३ लाखको सामान बरामद

२५ असोज, काठमाडौं । प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१० तिनटोलियाबाट भन्सार छलीका करिब ३ लाख ५० हजार भन्दा बढीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याएको कपडा र धाराको गेटवल वेवारिसे अवस्थामा तिनटोलियाबाट शनिबार बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद गरिएका सामानहरु विराटनगर भन्सार कार्यालय रानी पठाउने तयारी भइरहेको […]

चिनियाँ राष्ट्रपति सीको स्वागत गर्न कर्मचारीहरु सडकमा

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न निजामती कर्मचारीहरु सडकमा उपस्थित भएका छन् । कर्मचारीहरुलाई नयाँबानेश्वर–माइतीघर सडकखण्डमा खटाइएको छ । उनीहरुले नेपाल र चीनको राष्ट्रिय झण्डा बोकेका छन् । सरकारी कार्यालयहरुले चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि अनिवार्य तोकिएको स्थानमा उपस्थित हुन कर्मचारीहरुलाई निर्देशन दिएको थियो । कर्मचारीहरुलाई आइतबार पनि सोही स्थानमा उपस्थित […]

चीनको सहयोगमा अत्याधुनिक बन्दै दुई व्यापारिक नाका

२५ असोज, काठमाडौँ । नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य शुरु भएको छ । अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कूल छ किलोमिटर तल लार्चामा निर्माण भएको सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारलाई थप सहज बनाएको छ । यस्तै आगामी ३० महिनाभित्र रसुवागढीमा सुक्खा […]

लिखु तल्लो आयोजनाको ६० प्रतिशत काम सकियो

२५ असोज, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा निर्माणाधीन तल्लो लिखु जलविद्युत आयोजनाको निर्माण करिव ६० प्रतिशत पूरा भएको छ । २८.१ मेगावाट क्षमताको सो आयोजना स्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन कम्पनीले विभिन्न वित्तीय संस्थाहरुको लगानीमा निर्माण भइरहेको छ । आयोजनाका प्रतिनिधि वसन्त पौडेलका अनुसार अहिले लिखु खोला किनासरको ढाँडेस्थित ड्याम साइटमा वाँध, फिल्टर गर्ने […]



from समाचार – Online Khabar https://ift.tt/315d8Yc
via IFTTT
Powered by Blogger.