समाचार
९ कात्तिक, काठमाडौं । जनकपुरधामका पेट्रोल पम्प संचालक मनोज साहको हत्या भएको बिरोधमा शनिबार (आज) प्रदेश २ भरिकै पेट्रोल पम्प बन्द गरिएको छ । आफ्ना सदस्य साहको हत्या बिरोधमा पेट्रोलियम डिलर्स एशोसिएशनको आह्वानमा पेट्रोल पम्प बन्द गरिएको छ । धनुषाका पेट्रोल पम्पहरु विहानैदेखि बन्द रहेका छन् भने धनुषाबाहेकका सात जिल्लाका पम्पहरु दुई घण्टाका लागि बन्द […]
९ कात्तिक, जनकपुरधाम । श्रोत नखुलेको नेपाली र भारतीय रकमसहित महोत्तरीको छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ परेका छन् । दुवै जना चेकजाँचका क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । जलेश्वर नगरपालिका ३ स्थित भिठामोडबाट रु ५ लाख ७५ हजारसहित जनकपुरधाम उप-महानगरपालिका निवासी ३२ वर्षीय विजय महासेठलाई पक्राउ गरिएको छ । यस्तै जिल्लाको मटिहानी नगरपालिका ६ […]
९ कात्तिक, काठमाडौं । पूर्वउपप्रधान र अर्थमन्त्री तथा दिवंगत वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । अधिकारीको प्रथम वाषिर्कीको अवसर पारेर आगामी १८ फागुनमा अक्षयकोष घोषणा गरिने भरतमोहन अधिकारी फाउण्डेशनले जनाएको छ । फाउण्डेशनको तेश्रो बैठकले अधिकारीको व्यक्तित्व र कृतित्वलाई जनताबीच जिवितै राख्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको […]
“सुरुङमार्ग, रेलमार्ग बन्ने जलमार्ग कुरा सुन्दा पनि आज खुशी लागिराछ समृद्धिको सपनाको साकार रूप चाहियो नेपालीको मुहारमा खुशी सुख चाहियो ।” उज्ज्यालो र सद्भावको चाड दिपावलीमा समाज रुपान्तरणमा सघाउने गीत–सङ्गीत र रचनासहित समाजका अन्य वर्गझैँ स्रष्टाहरु पनि आपसमा देउसीभैलोको रमाइलोमा कस्सिएका छन् । मुलुकले लिएको समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुनुपर्ने चाहनालाई तिहारको देउसी–भैलोका क्रममा साहित्यकार […]
९ कात्तिक, काठमाडौं । सरकारले तीन दिनमा दुई कलाकार पक्राउ गर्यो । मंगलबार दुर्गेश थापा र बिहीबार र्यापर भिटेन । उनीहरुमाथि सरकारको अभियोग थियो- संस्कृतिमाथि प्रहार गरेको । अश्लील गीत गाएको । दुर्गेशले तिहार गीत सार्वजनिक गरेको तीन महिनापछि सरकारलाई लाग्यो- यसले बितायो ! भिटेनले ७ जून २०१९ मै युट्युवमा गीत राखेका थिए- हामी यस्तै […]
९ कात्तिक, काठमाडौं । पाँच वर्षअघि ‘हेल्थ क्लब’मा प्रायः भेटिने एकजना व्यक्तिले अधिवक्ता पुष्पराज पौडेललाई सोधे- तपाईं मानवअधिकारको मुद्दामा धेरैलाई न्याय दिने वकिल, रौतहटमा इँटा भट्टामा जिउँदै जलाइएका युवकका बाउआमाका लागि लडिदिन सक्नुहुन्छ ? यत्रो ठूलो नरसंहारमा पीडितको पक्षमा मुद्दा बोक्नुहुन्छ ? बलात्कारपछि हत्या गरिएकी रामेछाप सैपुकी १४ वर्षीया सुन्तली तामाङकी आमा डिल्लीमायादेखि गंगामाया अधिकारी […]
९ कात्तिक, हेटौंडा । मकवानपुर प्रहरीले तिहारलाई लक्षित गर्दै नाका क्षेत्रमा सुरक्षा जाँचमा कडाइ गरेको छ । प्रहरीले दक्षिण नाकामा रातोमाटे, पश्चिममा मनहरी र उत्तर खण्डमा भिमफेदी तालिमप्राप्त कुकुर प्रयोग गरी जाँच गर्दै आएको छ । सुरक्षा जाँचमा नेेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ । प्रतिवन्धित पार्टीका गतिविधि र तिहार केन्द्रित बारुदजन्य […]
९ कात्तिक, काठमाडौं । डुइङ विजनेस इन्डेक्समा नेपालको सबैभन्दा कमजोर पाटो कर र यसको भुक्तानी प्रक्रियामा देखियो । इन्डेक्सले हेर्ने मुख्य १० क्षेत्रमध्ये करको मामला मुख्य हो । तर, यसमा नेपालको अवस्था अघिल्लो वर्षभन्दा पनि कमजोर देखिएको छ । डुइङ विजनेसमा नेपालको समग्र स्थान ९४ रहे पनि कर भुक्तानीसम्बन्धी सूचकांकमा नेपालको स्थान १ सय ७५ […]
९ कात्तिक, रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ तिहार पर्व मनाउन आफ्नो पुर्ख्यौली घर रोल्पा आएका छन् । उनको घर रोल्पाको परिवर्तन गाउँपालिका-२ राङ्सीको डाँडागाउँ हो । पहिलो कार्यकाल उपराष्ट्रपति भएको बेला घर आएका पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन हो । उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने उनका भाइ भीमप्रकाश पुनले […]
९ कात्तिक, चितवन । चितवन पर्यटन विकास समितिका पूर्वअध्यक्ष दिलिप मैनालीको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित मैनालीको ६३ वर्षको उमेरमा भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गएराति निधन भएको हो । मैनाली विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको देवघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ । उद्योग वाणिज्य संघ चितवनको सल्लाहकारसमेत […]
९ कात्तिक, काठमाडौं । भारत सरकारले ६४० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना हात पार्न पहलकदमी बढाएको छ । अरुण तेस्रो आयोजना बनाइरहेको भारतले तल्लो अरुण पनि आफूले पाउनुपर्ने भन्दै ऊर्जा मन्त्रालयदेखि लगानीबोर्डसम्म ताकेता गरेको हो । नेपालसँग ऊर्जासम्बद्ध पछिल्ला बैठकमा भारतले तल्लो अरुणको विषय उठाउन थालेको स्रोतले बतायो । हाल भारतीय कम्पनी सतलज विद्युत् […]
९ कात्तिक, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ बुटवलका दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा करार सेवामा कार्यरत सब-इन्जिनियर सन्दिप पौडेल र जे.सी.भी. चालक बिक्रम बस्नेत छन् । उनीहरुले सेवाग्राहीबाट लिएको एक लाख २० हजार रुपैयाँसमेत बरामद भएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी […]
९ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीबाट स्वदेश फर्किएका छन् । चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ महासभामा भाग लिएर उनी शुक्रबार राति स्वदेश फर्किएका हुन् । एनसीबी नेपालका प्रमुखसमेत रहेका महानिरीक्षक खनाल इन्टरपोलको महासभामा भाग लिन गत असोज २६ गते […]
९ कात्तिक, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष प्रचण्डलाई ओरिजनल माओवादी नभए डुप्लीकेट माओवादी हो ? भनेर प्रश्न गरेका छन् । उनले प्रचण्डको ओरिजिनल र डुप्लिकेट अवतार कसरी चिन्ने ? भनेर पनि प्रश्न गरेका छन् । तत्कालीन माओवादीका सुप्रिम कमाण्डरसमेत रहेका प्रचण्डले शुक्रबार विराटनगरको एक कार्यक्रममा आफू ओरिजिनल माओवादी […]
९ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति र स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ तिहार पर्वको शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारीले तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी हुन् । यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहारमा पशुपक्षी र वनस्पतिलाई […]
९ कात्तिक, काठमाडौं । ब्रेन ट्युमरको समस्याबाट पीडित पूर्वसभासद कमला सुवेदीको निधन भएको छ । तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो । शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ । सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन् । उनीप्रति अन्तिम श्रद्धाञ्जली […]
९ कात्तिक, काठमाडौं । संस्थागत (निजी) विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानून शैक्षिक सत्र शुरु भएको छ महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु हुन्छ । शिक्षा नियमावलीमा जेठ १५ गतेसम्म संस्थागत विद्यालयका विभिन्न समूहले पाउने छात्रवृत्तिको निर्णय गरी सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेश गर्नुपर्ने व्यवस्था छ । तर […]
९ कात्तिक, काठमाडौं । नेपालमा गरिमा भनी बिक्री गरिएको धानको बीउ नक्कली भएको पाइएको छ । नक्कली बीउ किसानलाई बिक्री गर्नेलाई सरकारले क्षतिपूर्ति भराउने भएको छ । विक्रम संवत् २०७६ वैशाख ११ मा सूचित बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातका […]
९ कात्तिक, बागलुङ । बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह-चालकको मृत्यु भएको छ । वडा नम्बर ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्लाङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा तमानखोला-१ निवासी चालक […]
९ कात्तिक, काठमाडौं । यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भए पनि काग तिहार भने शनिबार मनाइँदै छ । त्रयोदशी तिथिको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान […]
९ कात्तिक, काठमाडौं । अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न आन्दोलन (नाम)को १८औँ शिखर सम्मेलनका क्रममा भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मदुरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बाकु कन्भेन्सन सेण्टरमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले तीन वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेको भन्दै राष्ट्रपति मदुरोलाई धन्यवाद दिएका थिए । उनीहरुबीच […]
from समाचार – Online Khabar https://ift.tt/2WebgLU
via IFTTT






















