समाचार
१९ असोज, काठमाडौँ । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको अन्तरदेशीय प्रसारण लाइनको सम्भाव्यता अध्ययनको काम करीब सम्पन्न हुने चरणमा पुगेकाले साझा सहमति खोजी निर्माणका लागि मार्ग प्रशस्त गरिने भएको छ । कूल ४०० केभी क्षमताको सो प्रसारण लाइन निर्माणका विषयमा यसअघि नै नेपाल र चीनबीच सहमति भइसकेको छ । हाल सो आयोजनाको सम्भाव्यता […]
२० असोज, काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारलाई दुई हप्ते अल्टिमेटम दिएका छन् । र, उनको प्रमुख माग छ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोक्नुपर्छ । अहिले त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ, जसमध्ये एक डा. भगवान कोइराला पनि छन् । डा. केसी जस्तै […]
२० असाज, बुटवल । नेपालीको महान् पर्व दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकको भैरहवा, सिद्धार्थनगरस्थित प्रादेशिक कार्यालयले करिब २ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गरेकोे छ । सिद्धार्थनगर कार्यालय अन्तर्गत पर्ने ९ जिल्लामध्ये भैरहवामा राष्ट्र बैंक स्वयम्ले र अन्य ८ जिल्लामा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरुका शाखाबाट ती नोट वितरण […]
२० असोज, कैलाली । डडेल्धुरामा दुई किलो ७ सय ग्राम अवैध लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ भाटगाउँका शेरबहादुर भण्डारी र अमरगढी –६ भालुमारेका वीरबहादुर बोहरा छन् । लागूऔषध नियन्त्रण अभियान र दशैं तिहार सुरक्षा योजना अनुरुप परिचालित प्रहरीद्वारा सुराकीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । दशरथचन्द्र राजमार्गस्थित […]
२० असोज, चितवन । चितवनमा गैंडाको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–४, पदमपुरका ७२ वर्षीय गोरे कुमाल छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार कुमाललाई पञ्चकन्या सामुदायिक वन क्षेत्रको खगेरी खोलामा आइतबार साँझ आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी वनको पिकनिक […]
२० असोज, गलेश्वर । ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत निरीक्षणको क्रममा सो नाका छिटोभन्दा छिटो खुल्ने गरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई […]
२० असोज, बागलुङ । बागलुङको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन् । जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि करीब ३० मिटर तल खोलाको […]
२० असोज, काठमाडौं । आज दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, […]
काठमाडौं । लुइस स्वरेजको उत्कृष्ट एक्रोब्याटिक गोल गरेको खेलमा बार्सिलोनाले सेभियालाई हराएको छ । र, ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा ९ खेलाडीमा सिमित बार्सिलोनाले सेभियालाई ४–० ले हराएको छ । क्याप नाउमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफको ८ मिनेटभित्र तीन गोल गरेको थियो । २७ औं मिनेटमा स्वरेजले खाता […]
२० असोज, काठमाडौं । यतिबेला गाउँ सहर सबैतिर दशैंको रमाइलो छ । दशैंमा दक्षिणा पाएका हुन् वा दक्षिणा दिन तयार पारिएका नयाँ नोटहरु बजारमा प्रशस्त छन् । दशैंको टीकापछि पसलमा केही सामान किन्यो भने फिर्ता रकम पनि नयाँ नोट नै आउँछ । नयाँ नोट बजारमा छ्याप्पछ्याप्ती रहेका बेला तिनै नोटमा कतै नक्कली त मिसिएको छैन […]
२० असोज, काठमाडौं । साहित्यकार दुर्गालाल श्रेष्ठ ८४ वर्षको उमेरमा पनि नेपाल भाषाको श्रीवृद्धिमा सक्रिय छन् । अनगिन्ति गीत, कविता र बाल साहित्यका स्रष्टा श्रेष्ठले कुनै समयमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका लागि चुनाव प्रचारको गीत पनि लेखेका थिए । खासमा अपमानको बदला लिन आफू नाटककार र नाट्य कलाकार बनेको उनी सुनाउँछन् । […]
१९ असोज, काठमाडौं । खुलामञ्चलाई स्थायी बसपार्क बनाउने योजनाका साथ ढलान गर्न थालेपछि स्थानीयबासीले अवरोध गरेका छन् । सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहित आइतबार विहान खुलामञ्च पुगेका स्थानीयबासीहरुले जस्ताको बार भत्काएका हुन् । उनीहरुले भर्खर गरिएको ढलानमा गाडी कुदाएर भड्काएका छन् । यो संरचना […]
१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार साँझ बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो । महराकै मागअनुसार प्रहरीले उनलाई निजी कारमा राखेर लगेको छ । रातो रंगको गाडीमा गएका उनीसँगै सादा पोसकका प्रहरीहरु खटिएका थिए । सुरुमा प्रहरीले उनलाई भ्यानमा लैजान चाहेको थियो […]
१९ असोज, काठमाडौं । देशबासी दशैंमा रमाइरहेका बेला निवर्तमान सभामुख कृष्णबहादुर महरा भने प्रहरी हिरासतमा पुगेका छन् । पूर्वगृहमन्त्री समेत रहेका महरालाई प्रहरीले संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा आइतबार साँझ सभामुखको सरकारी निवासबाटै पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । पीडित महिलाले बानेश्वर प्रहरी वृत्तमा उजुरी दिएपनि […]
काठमाडौं । चमत्कारिक विकासका कामहरु गरेर चीनले विश्वलाई आश्चर्यमा पार्दै आएको छ । सडक, पुल, रेलवे, विमानस्थल निर्माणमा उसले गरेको काम अरु देशका लागि आश्चर्यजनक र लोभलाग्दो रहँदै आएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्व संध्यामा काठमाडौंमा पनि त्यस्तै त होइन तर त्यही शैलीमा रातारात काम भइरहेको छ । हिजोसम्म खाल्डैखाल्डा रहेको सडक […]
हुन त आज पनि नेपालका कतिपय गरिबका घरहरुमा मूलीले आˆनो परिवारलाई नयाँ कपडा र मिठो खाना दिन सक्दैनन् र रुन्छन् । केटाकेटीहरु आफूले भनेजस्तो कुरा पाइनँ भनेर सबैले देख्ने गरी रुन्छन् । तर, बुढापाकाहरु लुकेर रुन्छन् । गरीवी र अभावको त्यो पीडा मनन् मात्र गर्न पनि पीडादायी हुन्छ । हेर्न लायकको हुँदैन । पहाडमा मैले […]
१९ असोज, काठमाडौं । मिठोमसिनो खाने र राम्रो लगाउने चाड दशैं । तर, दशैंको आयाम यतिमा मात्रै सिमित छैन । यो एउटा धार्मिक र सांस्कृतिक महत्व बोकेको चाड त हुँदै हो, देशको अर्थव्यवस्थालाई चलायमान बनाउनका लागि पनि यो पर्व निकै महत्वपूर्ण छ । हुने-खानेले मात्र होइन, नहुनेले समेत जोरजाम गरेर दशैं मनाउने गर्छन् । ‘लाहुर’बाट […]
१९ असोज, काठमाडौं । ललितपुरको इमाडोलमा नक्कली लालपूर्जा देखाएर अर्काको जग्गा विक्री गर्ने प्रयास भएको छ । तर, शंका लागेर खरिदकर्ताले मालपोत कार्यालयमा परीक्षण गर्दा अर्कैको नाम भेटिएपछि संलग्न गिरोह पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरले शुक्रबार भक्तपुर सूर्यविनायककी सुष्मा श्रेष्ठ, बाङ्गेमुडाकी निर्मला श्रेष्ठ, सितापाइलाकी निलिमा श्रेष्ठ र इमाडोलका निरज ताम्राकारलाई घटनामा संलग्न […]
१९ असोज, काठमाडौं । दशैंको समयमा २३ लाख ८४ हजार ९ सय ३१ जना यात्रु राजधानीबाट अन्यत्र गएका छन् । महानगरीय ट्राफिक महाशाखाको रेकर्डले १० लाख ४६ हजार जना उपत्यका भित्रिएको पनि देखाउँछ । महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार यो विवरण ५ असोजदेखि १८ गतेसम्मको हो । उनका अनुसार यो अवधिमा २ लाख ६१ […]
१९ असोज, काठमाडौं । नेपालले हङकङलाई हराउँदै पाँच देशको टी-२० श्रृंखलामा सुखद सुरुवात गरेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हरायो । अन्तरगत हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभर खेल्दै६ विकेट क्षतिमा भेट्टायो । हङकले खडा गरेको स्कोर ठूलो नभए पनि नेपाललाई जित निकाल्न सहज भने भएन । […]
१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको दशैं प्रहरी हिरासतमै वित्ने भएको छ । महरा दशैंको अष्टमीको दिन साँझ सभामुखको निवासबाटै पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । उनलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । तर बाँकी कारबाही भने दशैं […]
from समाचार – Online Khabar https://ift.tt/33dl62L
via IFTTT