समाचार
९ कात्तिक, काठमाडौं । पाँच वर्षअघि ‘हेल्थ क्लब’मा प्रायः भेटिने एकजना व्यक्तिले अधिवक्ता पुष्पराज पौडेललाई सोधे- तपाईं मानवअधिकारको मुद्दामा धेरैलाई न्याय दिने वकिल, रौतहटमा इँटा भट्टामा जिउँदै जलाइएका युवकका बाउआमाका लागि लडिदिन सक्नुहुन्छ ? यत्रो ठूलो नरसंहारमा पीडितको पक्षमा मुद्दा बोक्नुहुन्छ ? बलात्कारपछि हत्या गरिएकी रामेछाप सैपुकी १४ वर्षीया सुन्तली तामाङकी आमा डिल्लीमायादेखि गंगामाया अधिकारी […]
९ कात्तिक, हेटौंडा । मकवानपुर प्रहरीले तिहारलाई लक्षित गर्दै नाका क्षेत्रमा सुरक्षा जाँचमा कडाइ गरेको छ । प्रहरीले दक्षिण नाकामा रातोमाटे, पश्चिममा मनहरी र उत्तर खण्डमा भिमफेदी तालिमप्राप्त कुकुर प्रयोग गरी जाँच गर्दै आएको छ । सुरक्षा जाँचमा नेेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको छ । प्रतिवन्धित पार्टीका गतिविधि र तिहार केन्द्रित बारुदजन्य […]
९ कात्तिक, काठमाडौं । डुइङ विजनेस इन्डेक्समा नेपालको सबैभन्दा कमजोर पाटो कर र यसको भुक्तानी प्रक्रियामा देखियो । इन्डेक्सले हेर्ने मुख्य १० क्षेत्रमध्ये करको मामला मुख्य हो । तर, यसमा नेपालको अवस्था अघिल्लो वर्षभन्दा पनि कमजोर देखिएको छ । डुइङ विजनेसमा नेपालको समग्र स्थान ९४ रहे पनि कर भुक्तानीसम्बन्धी सूचकांकमा नेपालको स्थान १ सय ७५ […]
९ कात्तिक, रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ तिहार पर्व मनाउन आफ्नो पुर्ख्यौली घर रोल्पा आएका छन् । उनको घर रोल्पाको परिवर्तन गाउँपालिका-२ राङ्सीको डाँडागाउँ हो । पहिलो कार्यकाल उपराष्ट्रपति भएको बेला घर आएका पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन हो । उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने उनका भाइ भीमप्रकाश पुनले […]
९ कात्तिक, चितवन । चितवन पर्यटन विकास समितिका पूर्वअध्यक्ष दिलिप मैनालीको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित मैनालीको ६३ वर्षको उमेरमा भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गएराति निधन भएको हो । मैनाली विगत दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको देवघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ । उद्योग वाणिज्य संघ चितवनको सल्लाहकारसमेत […]
९ कात्तिक, काठमाडौं । भारत सरकारले ६४० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना हात पार्न पहलकदमी बढाएको छ । अरुण तेस्रो आयोजना बनाइरहेको भारतले तल्लो अरुण पनि आफूले पाउनुपर्ने भन्दै ऊर्जा मन्त्रालयदेखि लगानीबोर्डसम्म ताकेता गरेको हो । नेपालसँग ऊर्जासम्बद्ध पछिल्ला बैठकमा भारतले तल्लो अरुणको विषय उठाउन थालेको स्रोतले बतायो । हाल भारतीय कम्पनी सतलज विद्युत् […]
९ कात्तिक, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ बुटवलका दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा करार सेवामा कार्यरत सब-इन्जिनियर सन्दिप पौडेल र जे.सी.भी. चालक बिक्रम बस्नेत छन् । उनीहरुले सेवाग्राहीबाट लिएको एक लाख २० हजार रुपैयाँसमेत बरामद भएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी […]
९ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल चिलीबाट स्वदेश फर्किएका छन् । चिलिको सान्टियागोमा गत असोज २८ देखि यही कात्तिक १ गतेसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ महासभामा भाग लिएर उनी शुक्रबार राति स्वदेश फर्किएका हुन् । एनसीबी नेपालका प्रमुखसमेत रहेका महानिरीक्षक खनाल इन्टरपोलको महासभामा भाग लिन गत असोज २६ गते […]
९ कात्तिक, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष प्रचण्डलाई ओरिजनल माओवादी नभए डुप्लीकेट माओवादी हो ? भनेर प्रश्न गरेका छन् । उनले प्रचण्डको ओरिजिनल र डुप्लिकेट अवतार कसरी चिन्ने ? भनेर पनि प्रश्न गरेका छन् । तत्कालीन माओवादीका सुप्रिम कमाण्डरसमेत रहेका प्रचण्डले शुक्रबार विराटनगरको एक कार्यक्रममा आफू ओरिजिनल माओवादी […]
९ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति र स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ तिहार पर्वको शुभकामना दिएकी छन् । राष्ट्रपति भण्डारीले तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी हुन् । यमपञ्चकको पाँच दिनसम्म मनाइने तिहारमा पशुपक्षी र वनस्पतिलाई […]
९ कात्तिक, काठमाडौं । ब्रेन ट्युमरको समस्याबाट पीडित पूर्वसभासद कमला सुवेदीको निधन भएको छ । तत्कालीन नेकपा (एमाले) को केन्द्रीय सदस्यसमेत रहेकी सुवेदीको ५० वर्षको उमेरमा निधन भएको हो । शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ । सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका छन् । उनीप्रति अन्तिम श्रद्धाञ्जली […]
९ कात्तिक, काठमाडौं । संस्थागत (निजी) विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानून शैक्षिक सत्र शुरु भएको छ महिनासम्म पनि कार्यान्वयन हुन सकेको छैन । वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरु हुन्छ । शिक्षा नियमावलीमा जेठ १५ गतेसम्म संस्थागत विद्यालयका विभिन्न समूहले पाउने छात्रवृत्तिको निर्णय गरी सम्बन्धित स्थानीय तहको शिक्षा शाखामा पेश गर्नुपर्ने व्यवस्था छ । तर […]
९ कात्तिक, काठमाडौं । नेपालमा गरिमा भनी बिक्री गरिएको धानको बीउ नक्कली भएको पाइएको छ । नक्कली बीउ किसानलाई बिक्री गर्नेलाई सरकारले क्षतिपूर्ति भराउने भएको छ । विक्रम संवत् २०७६ वैशाख ११ मा सूचित बीउबिजन पैठारी अनुमतिपत्र प्राप्त गरी सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालि लमही दाङले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातका […]
९ कात्तिक, बागलुङ । बागलुङको तमानखोला गाउँपालिकामा शुक्रबार राति जीप दुर्घटना हुँदा चालक र सह-चालकको मृत्यु भएको छ । वडा नम्बर ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजारतर्फ आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्लाङमा राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा तमानखोला-१ निवासी चालक […]
९ कात्तिक, काठमाडौं । यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भए पनि काग तिहार भने शनिबार मनाइँदै छ । त्रयोदशी तिथिको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान […]
९ कात्तिक, काठमाडौं । अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न आन्दोलन (नाम)को १८औँ शिखर सम्मेलनका क्रममा भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मदुरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बाकु कन्भेन्सन सेण्टरमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले तीन वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेको भन्दै राष्ट्रपति मदुरोलाई धन्यवाद दिएका थिए । उनीहरुबीच […]
काठमाडौं । अल्ट्रा म्याराथनको विश्व सिरिजअन्तर्गतको फाइनलमा पुरुषतर्फ स्पेनका किलियन जर्नेट र महिलातर्फ स्वीजरल्याण्डका जुडिथ वेदरले उपाधि जितेका छन् । विश्वका विभिन्न छ देशमा सम्पन्न भएको प्रतिस्पर्धाबाट फाइनल चरणमा प्रवेश गरेका विश्वका १० पुरुष र १० महिला धावकबीचको ‘गोल्डेन ट्रेल वर्ल्ड सिरीज’ को शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएको दोस्रो संस्करणको फाइनलमा जर्नेटले चार घण्टा ४६ […]
८ कात्तिक, काठमाडौं । म्यानमार र जापानको झण्डै डेढ साता लामो भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्किइन् । राष्ट्रपति स्वदेश फर्किएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा निस्किएका छन् । कात्तिक ८ र ९ मा अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न राष्ट्रहरुका सरकार प्रमुखहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री बिहीबार […]
८ कात्तिक, ललितपुर । चर्चित र्यापर भिटेन रिहा भएका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरले भिटेन नामले परिचित समिर घिसिङलाई उनका बुवाको जमानीमा रिहा गरेको हो । शुक्रबार साँझ रिहा भएका उनलाई भाइटीकाको भोलिपल्ट हाजिर हुन भनिएको ललितपुर प्रहरीले जनाएको छ । ‘हामी यस्तै त हो नि ब्रो…’ बोलको गीतमा प्रयोग भएका शब्द र सामाजिक […]
८ कात्तिक, विराटनगर । वर्षौं पुरानो जग्गा सट्टा भर्ना समस्या सामधान नहुँदा मोरङको पथरी शनिश्चरे क्षेत्रका दोहोरो भूस्वामित्वको विवाद बढेको छ । विस २०३० को दशकमा झोडा फाडेर बसेका र सरकारबाट सट्टा भर्ना पाएर आएकाहरुबीचको विवाद बढेको हो । सरकारले २०३३-०३५ सालबीचमा कोशी टप्पु बन्यजन्तु आरक्ष, धरानको सर्दु जलाधार, झापाको बेलडागी, पेल्टीमारी लगायतका मानिसहरुलाई मोरङको […]
८ कात्तिक, काठमाडौं । यो वर्ष सरकारी छात्रवृत्तिमा झण्डै ४०० जनाले एमबीबीएस अध्ययन गर्न पाउनेछन् । सरकारी खर्चमा एमबीबीएस र बीडीएस पढ्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान गर्दै सूचना निकालेको छ, तर विपन्न तथा सीमान्तकृतको छात्रवृत्ति कोटामा पहुँचवालालाई पढाउन चलखेलसहित । चिकित्सा शिक्षा ऐन २०७५ अनुसार त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज चिकित्सा क्याम्पस, पाटन स्वास्थ्य […]
from समाचार – Online Khabar https://ift.tt/2Nhm3kf
via IFTTT






















