Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

२४ वटा विद्यालय पुनर्निर्माणका लागि त्रिपक्षीय समझदारी

१५ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस) बीच २४ वटा बिद्यालय पुनर्निर्माणका लागि समझदारी भएको छ । समझदारी अनुसार नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्नेछन् । परियोजनाअन्तर्गत रामेछापमा १३, सिन्धुलीमा ९ तथा काठमाडौं र भक्तपुरमा […]

१० हजार घुससहित नापीका कर्मचारी पक्राउ

१५ असोज, चिप्लेढुङ्गा (कास्की) । घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका-९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई १० […]

ललितपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु   

१५ असोज, काठमाडौं । ललितपुरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । उक्त दुर्घटनाको बसका चालक फरार रहेकाले खोजी जारी […]

‘विश्व सैन्य खेलकुद’ मा नेपाली सेना सहभागी हुने

१५ असोज, काठमाडौं । नेपाली सेना पहिलो पटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ । नेपाली सेनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको यूहान प्रान्तमा आगामी कार्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक सहगागी हुन लागिएको औपचारिक जानकारी गराएको हो । अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदको आयोजनामा यो वर्ष […]

संसदमा टाँसियो सभामुखको राजीनामाको सूचना

१५ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको सूचना संसद सचिवालयमा टाँसिएको छ । उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले बताएका छन् । महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले राजीनामा पत्रमा ‘छानबिन नहुँदासम्मका लागि’ राजीनामा […]

पहिरोका कारण पाल्पाको रानीमहल जाने पर्यटकलाई सास्ती

१५ असोज, पाल्पा  ।  ऐतिहासिक क्षेत्र रानीमहल जाने सडकमा पहिरो खस्दा यातायातका साधन सञ्चालन हुन सकेको छैन । सडकमा पहिरो खसेर अवरुद्ध सडकमा पर्यटक पैदल हिँड्न बाध्य छन् । तानसेन–रानीमहल सडक खण्डको गाईघाट नजिकै पहिरो खसेको थियो । पहिरो हटाउने काम नहुँदा तानसेनदेखि ऐतिहासिक, महत्व बोकेको पर्यटकीय क्षेत्र आवतजावतमा सास्ती खेप्नुपरेको स्थानीय बासिन्दाको गुनासो छ […]

कुखुरा पालेरै चितवनका चूडामणि भुसालले जोडे १५ बिघा जमीन   

१५ असोज, चितवन । निरन्तर संघर्ष गर्‍यो भने आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यहाँका चूडामणि भुसालले दिएका छन् । २२ वर्षअघि आफ्नै घर छेउमा १५० ब्रोइलर कुखुराबाट पेशा सुरु गरेका भुसालको फार्ममा अहिले १ लाखभन्दा बढी लेयर्स कुखुरा रहेका छन् । भरतपुर महानगरपालिका–२३ जगतपुरका ४२ वर्षीय भुसालले विसं २०५४ मा आफ्नै घरसँगै खोर निर्माण […]

महोत्तरीमा बौलाह कुकुरले टोकेर एकैदिन ५० जना घाइते

१५ असोज, जलेश्वर (महोत्तरी) । महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । जिल्लाका विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको हो । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मनरासिस्वा नगरपालिका, एकडारा गाउँपालिका र जलेश्वर नगरपालिकामा ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ । […]

दशैंमा परदेशी घर फर्किँदाको खुसी

१५ असोज, काठमाडौं । दशैंको माहोल छाइसक्यो । बजारदेखि बसपार्कसम्म चहलपहल बढेको छ । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई दशैं नलाग्ने कुरै भएन । केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरुको चाप बढेको छ । रोजगारीका लागि विदेश गएका युवाहरु धमाधम दशैं मान्न फर्किन थालेका हुन् । अमेरिका बस्ने छोरा लिन आइपुगेकी नयाँ बसपार्ककी मनमाया […]

गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

१५ असोज, गोरखा । गोरखाको आरुघाट गाउँपालिका–९ बगैचामा करेन्ट लागेर बुधबार विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय धन बहादुर गुरुङ रहेका छन् । घरमा राखिँदै आएको बौद्ध झण्डा फेर्ने क्रममा करेन्ट लागेर घाइते भएका गुरुङलाई उपचारको लागि स्वास्थ्य चौकी पुर्‍याए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा बौद्ध […]

बैतडीमा पुल निर्माणको माग गर्दै २५ दिनदेखि अनशन   

१५ असोज, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशन सुरु गरेको २५ दिन भइसकेको छ । अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरुको अनशन जारी रहेको झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए । झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सरकारले ठोस पहल […]

स्वदेश फर्कने नेपालीलाई नाकामा दुःख दिने १० जना पक्राउ    

१५ असोज, बाँके । भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ । नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । आफ्नो होटलमा ग्राहक ल्याउन भन्दै यहाँका होटल व्यवसायीले कमिशनमा एजेन्ट राखेर सीमा नाकामा भारतबाट फर्किने नेपालीलाई दुःख […]

सन् २०२१ को लागि डीभी खुल्यो, पासपोर्ट नम्बर र इमेल अनिवार्य

१५ असोज, काठमाडौं । सन् २०२० को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ । यस वर्ष आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ । एक व्यक्तिले एकपटक मात्र आवेदन […]

शरद ऋतुमा सगरमाथा आरोहण गर्न १० जनाले लिए अनुमति 

१५ असोज,सोलुखुम्बु । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा […]

उद्घाटन हुँदाहुँदै वडा कार्यालयमा लाग्यो ताला

१५ असोज, बुटवल । रूपन्देहीको पश्चिम सैनामैनामा नवनिर्मित वडा कार्यालय भवनमा उद्घाटनकै बेला ताला लागेको छ । सैनामैना–७ को वडा कार्यालय भवन उद्घाटनकै बेला नेपाली कांग्रेसले तालाबन्दी गरेको हो । नेपाली कांग्रेस सैनामैना–७ का सभापति नारायण खनालले वडा भवन अपांगमैत्री नभएको र उद्घाटनमा नेकपाका नेतालाई मात्रै प्राथमिकता दिइएकाले ताला लगाएको बताए । ‘भवन अपांगमैत्री नभएको […]

जनविश्वास आर्जन गर्नु छ भने महरालाई कारबाही गर : प्रकाशमान

१५ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन् । निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले देशमा […]

भैरव रिसालको आँखाबाट उबेलाको दशैं

पाका पत्रकार भैरव रिसाल उमेरले ९० बर्ष नाघिसके । भक्तपुरमा जन्मी-हुर्केका उनीसँग बाल्यकालमा बिताएका दशैंको रोमाञ्चक स्मृति छ । दशकौंअघि दशैं कसरी मनाइन्थ्यो ? गाउँघरको रौनक कस्तो हुन्थ्यो ? यावत् विषयमा अनलाइनखबरका लागि सुदर्शन अर्यालले उनीसँग विगत कोट्याएका छन् । उबेलाको दशैं दशैंको महत्वलाई बुँदागत रुपमा भन्ने हो भने चिउरा खाने, नयाँ लुगा लगाउने, पिङ […]

रसुवाको पदमार्गमा निस्केका दुई पर्यटक १० दिनदेखि बेपत्ता

१५ असोज, रसुवा । उत्तरी रसुवाकाे  तामाङ सम्पदा पदमार्गमा निस्किएका २ पर्यटक १० दिनदेखि बेपत्ता भएका छन् । पदमार्गमा निस्किएका नेदरल्याण्डका २७ वर्षीय थोमस र कोरियाका ४२ वर्षीय सिसुङ १० दिनदेखि हराइरहेका हुन् । प्रहरीका अनुसार असोज ५ गते बिहान तामाङ पदमार्गअन्तर्गत थुमन क्षेत्रमा देखिएका उनीहरू त्यसयता हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, रसुवाले पर्यटक […]

धरानबाट इटहरी ल्याएर युवतीमाथि सामूहिक बलात्कार, ३ समातिए

१५ असोज, इनरुवा । युवतीमाथि सामूहिक बलात्कारको आरोपमा तीन जनालाई मंगलबार इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सोही घटनामा संलग्न दुई जना फरार भएका छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा–१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा–४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । सोही […]

नयाँ सभामुख नेकपाले नपाउने संकेत

१५ असोज, काठमाडौं । कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिइसकेको अवस्थामा अब सत्ता पक्षले संविधानको भावना र संसदीय मूल्य मान्यतालाई ख्याल गर्ने हो भने सभामुख पद नेकपाबाट फुत्किने लगभग पक्का भएको छ । सभामुख पद नेकपाको हातबाट गुम्ने अवस्था देखिए पनि यो पद कांग्रेसकै भागमा पर्छ भन्नेचाहिँ निश्चित छैन । यो पद साना दलको भागमा […]

बेलकोटगढीमा बन्ने प्रसारण लाइनको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

१५ असोज, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिकामा निर्माणाधीन ४०० केभीको विद्युत् प्रसारण लाइन निर्माणका लागि सरकारले जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय, नुवाकोटले आयोजनाका लागि आवश्यक पर्ने साविक रातमाटे गाविसको वडा नं. ६ र ९ का जग्गाधनीहरूको जग्गा अधिग्रहणका लागि प्रक्रिया अघि बढाएको हो । आयोजना निर्माणका लागि जग्गा आवश्यक परेकाले […]



from समाचार – Online Khabar https://ift.tt/2mRvXQF
via IFTTT
Powered by Blogger.