समाचार
२१ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरेका छन् । पुनले मंगलबार उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट दशैंको टीका लगाएका हुन् । उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।
२१ असोज, काठमाडौं । देशमा दशैंको रौनक छाएको बेला फुटबल र क्रिकेट खेलाडीहरु भने देशबाहिर छन् । क्रिकेट टिम सिंगापुर हुदै ओमान पुगेका छन् भने फुटबल टिम अष्ट्रेलियामा । ओमानमा हुने टी–२० क्रिकेट सिरिज खेल्न नेपाली क्रिकेट टिम त्यहाँ पुगेको हो । टिमले दुईवटा खेल खेलेर सतप्रतिशत जित निकालेको छ । यता फुटबल टिमले अष्ट्रेलियासँग […]
२१ असोज, जनकपुरधाम । बडादशैँअन्तर्गत मंगलबार दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ । मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसिद्ध रहेको क्षेत्र हो । भगवती दुर्गालाई शक्तिस्वरुपा मानेर परम श्रद्धापूर्वक पूजा गरिने […]
२१ असोज, भक्तपुर । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु भएको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा मंगलबार नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमी, […]
२१ असोज, भक्तपुर । भक्तपुरको सूर्यविनायक–८, भातेढिकुरमा मिनी बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भइ हाल भक्तपुर सूर्यविनायक–९ नलिञ्चोक बस्ने ३५ वर्षीय रामबहादुर भुजेल छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनी बसले […]
२१ असोज, भोजपुर । अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गएराति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उहाँकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ । त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा खत्री र २२ […]
२१ असोज, पाँचथर । सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको सोमबार उपचारको क्रममा मृत्यु भएका पाँचथर प्रहरीले […]
२१ असोज, काठमाडौँ । काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख व्यक्त गरेका छन् । उनले त्यस क्षेत्रमा अत्यधिक धुलो उडेको र आफ्नो धुलोमुक्त काठमाडौँको अभियान जारी रहेको स्थितिमा त्यहाँ कालोपत्र र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध हुनु दुःखद भएको बताए । सांसद भीमसेनदास […]
२१ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् । विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै मंगलबार दिएको शुभकामना सन्देशमा उनले चाडपर्वको सम्बर्द्धनबाट […]
२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् । बडादशैँ २०७६ को अवसरमा देशवासीलाई शुभकामना सन्देश दिँदै ओलीले भनेका छन्, ‘दशैं भव्यताका साथ मनाइहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने आवश्यकता छ ।’ प्रधानमन्त्रीको सन्देशको पूर्ण विवरणः ‘‘दिदीबहिनी तथा दाजुभाइहरु, […]
२१ असोज, काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । विजया दशमीको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘विजया दशमीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन […]
२१ असोज, हेटौंँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नेपालीको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतबाट समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताएका छन् । बडादशैंँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा मंगलबार सन्देश दिँदै उनले विभिन्न चाडपर्वले नेपालीबीच एकता कायम गर्न मद्दत पुगेको बताएका हुन् । “शरद ऋतुको आगमनसंँगै नेपालीहरुको घरआँगनमा […]
२१ असोज, धादिङ । बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी पशुबलि दिएर दशैँ मनाइरहेका बेला बौद्धधर्मावलम्बी भने फूलपातीदेखि गुम्बाहरुमा न्युङ्ने अर्थात् मौन ब्रत बसिरहेका छन् । उनीहरु दशैँमा बलि दिइने प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै मौन व्रत बसेका हुन् । दशैंमा बलि दिइएका पशुपक्षीको आत्माको शान्तिका लागि बौद्धधर्मावलम्बीले मौन ब्रत बसी धादिङका १९ गुम्बामा ध्यान गरिरहेको लामा गुरु […]
२१ असोज, काठमाडौं । दशैंमा जमराको विशेष महत्व हुन्छ । जमरा विनाको दशैं खल्लो हुन्छ । जमरासँगै आर्शिवाद जोडिएकाले पनि जमराले छुट्टै महत्व बोकेको छ । यसैले होला, दशैंको सुरुवात जमरा राखेर नै हुने गरेको छ । दशैंको समयमा मात्रै राखिने जमरा आजभोलि जुनसुकै सिजनमा पनि उमार्ने र जुस बनाएर बेच्ने ब्यापार फस्टाइरहेको छ । […]
१ असोज, पोखरा । दशैं आएसँगै ९ वर्षीय सरिफ अलीको मन चंगा छ । दशैंका लागि उनले नयाँ कपडा पाइसके । साबेरा अली ११ वर्षकी भइन् । दशैंलाई मन परेका पोसाक पाएपछि साबेराको पनि फरुंग छ । टोलमै हालिएको लिंगे पिङमा उनीहरुको दिन वित्छ । सरिफ, साबेराजस्तै पोखरा कुँडहर मुश्लिम बस्तीमा पनि दशैंको उत्सव चलिरहेको […]
२१ असोज, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजयादशमी मंगलबार मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबार देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको […]
केपी (शर्मा ओली) फेरि आइपुग्नुभयो । उहाँले ‘असल र इमानदार साथीहरूबीच हाम्रा कुरा राख्दै गर्दा पनि हुन्छ’ भन्नुभयो । मैले कसैसँग कुरा राख्न सकेको थिइनँ र कोसिस गरुँला मात्र भनेँ । भोलिपल्ट हामी दुवै मेनरोड हुँदै निस्क्यौँ । मेनरोडको माझ बजार निकै चहलपहल हुने ठाउँ । त्यहीँ ‘रिजाल फोटो स्टुडियो’ थियो । कताबाट फोटो खिच्ने […]
२१ असोज, काठमाडौं । आपसी सद्भाव, एकता, उत्साह, उमंग र देश–विदेशमा भएका नेपालीलाई जोड्ने साझा पर्व हो दशैं । यतिबेला सर्वत्र दशैंको उल्लास छाएको छ । के गाउँ, के शहर, दशैंको रंग चढेको छ । के दुर्गम, के सुगम, दशैंको रौनक छाएको छ । कोही लिङ्गे पिङ खेलिरहेका छन्, कोही चंगा उडाइरहेका छन्, कोही मान्यजनकहाँ […]
२० असोज, पोखरा । पोखरा प्रकृति र तालको शहरमात्रै होइन । पोखरा हिमाललाई शीरमा राखेर बस्ने शहरमात्रै पनि होइन । पाटनै पाटनको शहर पनि हो । मालेपाटन, गैह्रापाटन, मियापाटन, मझेरीपाटन, फलेपाटन, घारीपाटन, छोरेपाटन । यस्ता दर्जनौं पाटनहरु पोखरामा छन् । तर अहिले नामको पाटनहरु त छन् तर, पाटनहरमखा खुला र फराकिलो चौरहरु भने छैनन् । […]
२० असोज, काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि संघर्षरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारलाई दुई हप्ते अल्टिमेटम दिएका छन् । र, उनको प्रमुख माग छ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोक्नुपर्छ । अहिले त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ, जसमध्ये एक डा. भगवान कोइराला पनि छन् । डा. केसी जस्तै […]
असनको मछिन्द्र बहाल केटोलमा ढाकाको पसल चलाईरहेका भक्तपुर दधिकोटका गोपाल बख्रेलले अहिले आवश्यकता असीमित हुन्छन् भन्ने दार्शनिक मान्यता सम्झन थालेका छन् । उनले १८ वर्ष अघि यही ठाउँमा पसल सुरु गर्दा दैनिक ४/५ हजार रुपैयाँको व्यापार हुन्थ्यो । त्यत्तिमा पनि उनी खुशी नै थिए । आज उनको सोही पसलबाट दैनिक २ लाखसम्मको कारोबार हुने गरेको […]
from समाचार – Online Khabar https://ift.tt/2opCAKz
via IFTTT