समाचार
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने समयमा साढे दुई घण्टा विमानस्थल बन्द हुने भएको छ । विमानस्थलको नागरिक उड्डयन कार्यालयले भीभीआईपी मुभमेन्टका लागि भन्दै दिउँसो २ः५५ देखि ५:२५ सम्मका लागि ‘नोटिस टु एयरम्यान’ (नोटाम) जारी गरेको छ । आइतबार पनि सी फर्किने समयममा साढे २ घटाका लागि उडान अवतरण […]
२५ असोज, जनकपुरधाम । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव सहभागी शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुने अतिथिका लागि खानेकुरा पकाउन खटिएका चार जना ग्यास पड्किँदा घाइते भएका छन् । महोत्तरीको गौशाला नगरपालिकामा समाजवादी पार्टीले दशैं, तिहार र छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री डा. […]
२५ असोज, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि काठमाडौंमा धेरै तयारी गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि जिनपिङ बस्ने सोल्टी होटलसम्म सडक कालोपत्रे गरेर चिल्लो पारिएको छ । सडकको दुई छेउमा रहेका बिजुलीका पोलहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया समकक्षी सीको फोटो झुण्ड्याइएको छ […]
२५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१० आदर्शनगर पानी ट्याङ्कीस्थित ओम साइ ड्रिंकिंग वाटर उधोगमा शनिबार विहान आगलागी भएको छ । आगलागीबाट करिब ४ करोड मुल्य बराबारको क्षती भएको प्रहरीले जनाएको छ । वीरगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाहरुको सहयोगमा आगलागी ३ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका […]
२५ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन् । उनले वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपाल चिनियाँ पर्यटकका निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको बढोत्तरी हुने विश्वास व्यक्त गरे । मित्रराष्ट्र […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी राजदूत र्याण्डी बेरीले इन्डो–प्यासिफिक रणनीतिबारे ट्विट गरेका छन् । राजदूत बेरीले शुक्रबार दुई मिनेट लामो भिडियोमार्फत इन्डो–प्यासिफिकबारे अमेरिकी धारणा सार्वजनिक गरेका हुन् । ‘इन्डो–प्यासिफिक आवद्ध हुनुपर्ने कुनै क्लब होइन, यसमा सही गर्नुपर्ने कागजात छैन र यो कुनै सम्झौता पनि होइन’ बेरीले भिडियोमा भनेका […]
२५ असोज, काठमाडौं । सवारीसाधनको ठक्करबाट गम्भीर घाइते नेपाल खबरका सम्पादक कृष्ण ढुंगानाको स्वास्थ्यमा सुधार आएको छ । त्रिपुरेश्वरस्थित सडकको जेब्राक्रमसबाट बाटो काट्दै गर्दा ढुंगानालाई बिहीबार साँझ बा.३३प २३७ नम्बरकाे मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते ढुंगानाको टाउकोमा चोट लागेको छ । घाइते ढुंगानाको राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्ष (आईसीयू) मा राखेर […]
२५ असोज, जनकपुरधाम । भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याइएका २० वटा भैंसी सशस्त्र प्रहरीले महोत्तरीबाट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको टोलीले जिल्लाको मटिहानी नगरपालिका–३ स्थित बरदाहाबाट शुक्रबार राति ८ बजेतिर उक्त भैंसी नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा २० वटा भैंसीलाई नियन्त्रणमा लिइएको जानकारी दिए […]
२५ असोज, काठमाडौं । नेपालमा जलविद्युतदेखि सडक तथा रेलमार्गसम्म चिनियाँ सरकारको लगानी खोजिँदैछ । चीनले पछिल्लो सयममा अनुदान दिनभन्दा बढी ऋण दिन बढी जोड दिन्छ, नेपाल पुरानै ढर्रामा अनुदानकै लागि बल लगाउँछ । चीन भने यो समयमा अनुदान मात्रै दिएर नेपालमा विकासे आयोजना तयार गर्ने पक्षमा देखिँदैन । किन त ? अर्थविद अच्युत वाग्लेको भनाइमा […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको सवारीका क्रममा सडक किनारा पनि खाली गराइने भएको छ । राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार अपराह्न काठमाडौं आइपुग्दैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् । विमानस्थलबाट होटल सोल्टी जानेछन् । त्यसपछि शीतल निवासमा भेटवार्ता […]
काठमाडौं । क्रिष्टियानो रोनाल्डो करियरको ७०० गोलनजिक पुग्दा पोर्चुगलले युरोकप छनोटमा लग्जम्बर्गमाथि सहज जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले लग्जम्बर्गलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले १६ औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट अग्रता लिएको थियो । दुई गोल भने दोस्रो हाफमा भयो । खेलको ६५ औं […]
२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि भइरहेको तयारीबारे प्रधानमन्त्री केपी शर्मा ओली आफैंले स्थलगत निरीक्षण गरेका छन् । उनले शनिबार बिहानै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म निरीक्षण गरेका हुन् । ‘एक पटक आफैं हेरौं न भनेर निरीक्षणमा निस्कनु भएको हो’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
२५ असोज, काठमाडौं । टर्कीले गएको बुधबारदेखि सिरियामा जारी राखेको आक्रमणका कारण १ लाख मानिस विस्थापित भएका छन् । टर्कीका फौजको फौजको मुख्य निसानामा रहेका उत्तरपूर्वी सिरियाको अब्याद तथा रस अल–ऐनलगायत क्षेत्रका १ लाख मानिस टर्कीको आक्रमणका कारण विस्थापित हुन पुगेको बीबीसीले जनाएको छ । आक्रमण जारी रहेकाले यो संख्या थप बढ्न सक्ने अनुमान गरिएको […]
२५ असोज, अमरगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल प्रयोगविहिन भएका हुन् । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य संघ, डडेल्धुराका महासचिव खेमराज अवस्थीले जानकारी दिए । सुदूरपश्चिमका विमानस्थलमध्ये […]
२५ असोज, नवलपरासी । नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ वर्षीय हरि […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ । उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ । भीभीआईपी मुभमेन्टका लागि आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् । भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन विमास्थलमा […]
२४ असोज, मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु […]
२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति एवं विश्वका शक्तिशाली नेता सी जिनपिङ शनिबार अपरान्ह नेपाल आउँदैछन् । चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला नेपाललाई चीनले के–के देला भन्ने अनुमानित बहस भइरहेको छ । तर, सानो एवं गरीब देश नेपालले पनि चीनका लागि योगदान दिन सक्ने केही विषय छन्, जसबारे खासै बहस हुन सकिरहेको छैन । चिनियाँ विशिष्ट […]
२४ असोज, कोशीटप्पु । उदयपुर, सुनसरी र सप्तरीको सीमानामा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको बिऊ मासिन थालेको छ । घरपालुवा भैसी–राँगालाई जथाभावी प्रवेश दिँदा आरक्षमा रहेका अर्नाको बिउ मासिने खतरा बढेको हो । यो वन्यजन्तु आरक्षमा करिब १४ हजार गाई छाडा छोडिएको छ । ती गाईहरु जंगलीजस्तै बनिसकेका छन् र मानिसलाई देखे भने अर्नाले जस्तै […]
२४ असोज,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले चीनका राष्ट्रपति सी चिनफिङको शनिबारदेखि हुने राजकीय भ्रमणलाई सुखद् अवसरको सङ्ज्ञा दिँदै न्यानो स्वागत र अभिवादन गर्ने जनाएको छ । पार्टीका अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र चीन भौगोलिकरूपमा जति निकटस्थ छन् भावना र व्यवहारमा पनि त्यतिकै नजिक […]
from समाचार – Online Khabar https://ift.tt/2OFwq3O
via IFTTT






















