समाचार
२८ असोज, रौतहट । अदालतले राजपुर बमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्री मोहम्मद आफ्ताब आलमको म्याद सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गते सम्म अनुसन्धान गर्नका लागी प्रहरीलाई म्याद प्रदान गरेको हो । १२ वर्षअघि […]
२८ असोज, काठमाडौं । निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । योसँगै प्राधिकरणले आफू अन्तरगत बनिरहेका सबै रुग्ण जलविद्युत आयोजनालाई पार लगाएको छ । कुलेखानी तेस्रो प्राधिकरण आफैंले बनाइरहेको अन्तिम आयोजना हो । अब प्राधिकरणले आयोजनाको निर्माण कम्पनी मोडलमा मात्रै गर्ने घोषणा गरिसकेको छ । विभिन्न कारणले प्राधिकरणलाई […]
२८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी गर्न आहृवान गरेकी छन् । लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको भन्दै उनले लगानीका लागि आह्वान गरेकी हुन् । ‘नेपाल लगानीका लागि अनुकूल हुँदै गएको छ’, मंगलबार बिहान गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले […]
२८ असोज, काठमाडौं । एनआरएनको नवौ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा तोडफोड गरेपछि उनी प्रहरी हिरासतमा छन् । थापामाथि सार्वजनिक सम्पत्ति तोडफोड र अभद्र व्यवहारको कसुरमा म्याद थपको प्रक्रिया अघि बढाइएको छ । यद्यपि एनआरएन नेताहरुले उनको रिहाइका लागि दबाव दिइरहेको प्रहरी स्रोतले बतायो । […]
२८ असोज, सुनसरी । बाहिर चकमन्न घाम लागिरहेको थियो । गोठालाहरु कोही छाता ओढेर बस्तु चरिरहेका ठाउँमा बसेका थिए । कोही सल ओडेल मोवाइल चलाउन ब्यस्त थिए । मध्यान्हको घाम चर्किरहेका बेला अधबैसें महिला हातमा हँसिया बोकेर चोरबाटो हुँदै कोशीटप्पु वन्यजन्तु आरक्षतर्फ प्रवेश गर्दै थिइन् । उनीसँगै १३, १४ वर्षका दुई किशोरी पनि थिए । […]
२८ असोज, काठमाडौं । ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला परेकी छन् । राजधानी सोलनजिकै रहेको आफ्नो घरमा गायिका सुली सोमबार मृत फेला परेकी हुन् । उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको […]
२८ असोज, काठमाडौं । डा. युवराज संग्रौला काठमाडौं स्कुल अफ लका संस्थापक निर्देशक एवं पूर्वब्रिटिस गोर्खा सैनिक आन्दोलनका अभियन्ता पनि हुन् । गोर्खा मुद्दा उठानको सुरुवाती चरणमा महत्त्वपुर्ण भूमिका खेलेका संग्रौला ब्रिटिस–गोर्खा भूपू सैनिक संघ (गेसो) नेतृत्वसँग मतभेद भएपछि काठमाडौं स्कुल अफ लमा केन्द्रित भए । यद्यपि, गोर्खा भर्ती परम्पराका भित्री पाटाहरूको अध्ययन–अनुसन्धानलाई निरन्तरता दिएका […]
डा. मोहनराज श्रेष्ठ(लाखे) ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा १७ वर्षदेखि कार्यरत छन् । उनको पेशा अन्य चिकित्सकको भन्दा विशिष्ट र भिन्न पनि छ । अरुले मान्छेको देखिने दुखाइको उपचार गर्छन् भने उनले झट्ट हेर्दा नदेखिने रोग र समस्याको उपचार गर्नुपर्छ । तर, समाजमा उनको त्यो विशिष्ट कार्यप्रति हुने व्यवहारबाट भने उनी चिन्तित छन् । स्वभावैले यो […]
२८ असोज, काठमाडौं । गैरकानूनी रूपमा भोगचलन भइरहेको खुलामञ्चसँग जोडिएको सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया सुरु भएको छ । अनलाइनखबरले १४ असोजमा ‘खुलामञ्चसँग जोडिएको सार्वजनिक जग्गा बिक्री’ शीर्षकमा विस्तृत समाचार प्रकाशन गरेपछि सम्बद्ध निकायले जग्गा खाली गराउने प्रक्रिया थालेको हो । काठमाडौं महानगरपालिका–२८ नम्बर वडा कार्यालय र गुठी संस्थानको मिलोमतोमा खुलामञ्च र रत्नपार्कको बीचमा रहेको […]
२८ असोज, काठमाडौं । महिनौं अघिदेखि एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका उम्मेदवारहरुको चर्चा चल्यो । बेलायतका डा. हेमराज शर्मा, अमेरिकाबाट डा.केशव पौडेल, मध्यपुर्वका डम्बरबहादुर (डीबी) क्षेत्री र बेल्जियम निवासी व्यवसायी जानकी गुरुङको नाम चुनावको दुई दिन अघिसम्म महासचिवका लागि चर्चामा रह्यो । अन्ततः सोमबार अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले जानकी गुरुङलाई महासचिवमा अघि सारेपछि […]
२८ असोज, काठमाडौं । विदेशिएका नेपालीहरूको हक–हितका लागि भनेर स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म सञ्चालन हुनेछ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट महाधिवेशन उद्घाटन गराउने तय भएको जनाएको छ । हरेक २ वर्षमा महाधिवेशन […]
२८ असोज, काठमाडौं । युरो कप छनोटमा टर्कीले फ्रान्सलाई १–१ गोलको बराबरीमा रोकेको छ । सोमबार राति समूह ‘एच’ को खेलमा टर्कीले फ्रान्सकै घरेलु मैदानमा १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न सफल भएको हो । टर्कीका लागि केन आयहानले गोल गरे । यता, फ्रान्सका लागि ओलिभर जिराउडले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको […]
२८ असोज, काठमाडौं । विश्व चर्चित स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल करिअरमा सात सय गोल पूरा गरेका छन् । सोमबार राति युक्रेनविरुद्ध गोल गरेसँगै उनले आफ्नो करिअरमा ९७३ खेलबाट सात सय गोल पूरा गरेका हुन् । उनले आफ्नो देशको लागि ९५ गोल पूरा गरेका छन् । उनले आफ्नो करिअरमा यस्तो रेकर्ड राख्न सफल भएपनि […]
२८ असोज, काठमडौं । विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम अवे खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा नेपाल र जोर्डनबीचको खेल सुरु हुनेछ । पाँच पटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग ५-० गोलको हार ब्यहोरेको नेपाल त्यतैबाट जोर्डन पुगेको हो । जोर्डनलाई उसैको घरेलु मैदानमा […]
२८ असोज, काठमाडौं । युरोकप छनोटमा इंग्ल्यान्डले बुल्गेरियामाथि ६-० गोलको फराकिलो जित निकालेको छ । सोमबार राति समूह ‘ए’ को खेलमा घरेलु टोली बुल्गेरियामाथि इंग्ल्यान्डले फराकिलो जित निकालेको हो । इंग्ल्यान्डको जितमा रोस बार्कली र रहिम स्टर्लिङले समान २-२ गोल गरे । त्यस्तै, कप्तान हृयारी केन र मार्कुस राष्फोर्डले समान १-१ गोल गरे । पहिलो […]
२७ असोज, काठमाडौं । विदेशमा रहेका नेपालीहरु नेपालभित्रको विसंगति र अनुशासनहीनताबारे सामाजिक सञ्जालमा बारम्बार चिन्ता व्यक्त गरिरहेका हुन्छन् । तर, विदेशमा बसेर उनीहरुले आफैंले चाहिँ कति अनुशासन सिकेका रहेछन् त ? एनआरएनए सम्मेलनबारे जानकारी दिन संघको काठमाडौं कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा चाहिँ उनीहरुको ‘नेपाली पारा’ नै देखियो । बर्षौंदेखि विदेशी ज्ञान, शिप र शिक्षा र […]
२७ असोज, बुटवल । कोही एक तोला सुनका लागि हत्यारा बन्ला ? अधिकांशलाई पत्याउन गाह्रो पर्छ । तर, बुटवलमा एक व्यक्तिले मुन्द्राको लोभमा महिलाको विभत्स हत्या गरिदिएका छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख हेम थापाका अनुसार घटनामा संलग्न भएको आरोपमा हेटौंडा घर भइ बुटवल–३, ज्योतिनगरमा बस्दै आएका ४२ वर्षीय राम लामा पक्राउ परेका छन् […]
२७ असोज, काठमाडौं । सामूहिक हत्या आरोपमा पक्राउ परेका निलम्वित सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई निशर्त रिहाइ गर्नु पर्ने माग राख्दै नेपाली कांग्रेसले रौतहटमा प्रदर्शन गरेको छ । २०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोटको घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका आलममाथि प्रहरीले अनुसन्धान गर्न नहुने माग राखेर कांग्रेसले सोमबार रौतहटका विभिन्न […]
२७ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार साहले जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन् । ‘सांसद साहले कर्मचारीमाथि अभद्र व्यवहार गर्दै तोडफोड गरेको रिपोर्ट प्राधिकरणमा आएको छ,’ स्रोतले भन्यो, […]
२७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईदिने औपचारिक भ्रमणमा आएका आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेपछि नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको धारणा सार्वजनिक गरिन् । ‘हाम्रोनिकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङज्यूको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश […]
शून्य ठाउँमा एउटा बाटो बनाएँ बाटो न हो, त्यसलाई कुल्चेँ हिडेँ, गन्तव्यमा म पुगेँ कि पुगिनँ कुन्नि, म आफैं नै बाटो भइसकेको पाएँ । – सुलोचना मानन्धर फोटो फ्रेमभित्र सेतो कागजमा काला अक्षरले लेखिएका शब्दहरु कोठाको एउटा कुनामा लडिरहेका छन् । फोटो फ्रेमजस्तै कोठामा अन्य सामानहरु यत्रतत्र छरिएका छन् । सामानहरुको अवस्था देख्दा बसाइँ सराइको […]
from समाचार – Online Khabar https://www.onlinekhabar.com/content/news#1bc591cff2a26001f16b991d6a3d2ace
via IFTTT






















