Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

खुलामञ्च : बार भत्काइयो, भर्खर गरेको ढलानमा गाडी गुड्यो

१९ असोज, काठमाडौं । खुलामञ्चलाई स्थायी बसपार्क बनाउने योजनाका साथ ढलान गर्न थालेपछि स्थानीयबासीले अवरोध गरेका छन् । सांसद भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहित आइतबार विहान खुलामञ्च पुगेका स्थानीयबासीहरुले जस्ताको बार भत्काएका हुन् । उनीहरुले भर्खर गरिएको ढलानमा गाडी कुदाएर भड्काएका छन् । यो संरचना […]

सीको स्वागत तयारीः हराभर बन्यो तीनकुने

काठमाडौं । चमत्कारिक विकासका कामहरु गरेर चीनले विश्वलाई आश्चर्यमा पार्दै आएको छ । सडक, पुल, रेलवे, विमानस्थल निर्माणमा उसले गरेको काम अरु देशका लागि आश्चर्यजनक र लोभलाग्दो रहँदै आएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्व संध्यामा काठमाडौंमा पनि त्यस्तै त होइन तर त्यही शैलीमा रातारात काम भइरहेको छ । हिजोसम्म खाल्डैखाल्डा रहेको सडक […]

परदेशमा रुँदै बिताएका दशैंका ती दिन !

हुन त आज पनि नेपालका कतिपय गरिबका घरहरुमा मूलीले आˆनो परिवारलाई नयाँ कपडा र मिठो खाना दिन सक्दैनन् र रुन्छन् । केटाकेटीहरु आफूले भनेजस्तो कुरा पाइनँ भनेर सबैले देख्ने गरी रुन्छन् । तर, बुढापाकाहरु लुकेर रुन्छन् । गरीवी र अभावको त्यो पीडा मनन् मात्र गर्न पनि पीडादायी हुन्छ । हेर्न लायकको हुँदैन । पहाडमा मैले […]

६ खर्बको दशैं अर्थतन्त्रः दक्षिणामै १५ अर्ब !

१९ असोज, काठमाडौं । मिठोमसिनो खाने र राम्रो लगाउने चाड दशैं । तर, दशैंको आयाम यतिमा मात्रै सिमित छैन । यो एउटा धार्मिक र सांस्कृतिक महत्व बोकेको चाड त हुँदै हो, देशको अर्थव्यवस्थालाई चलायमान बनाउनका लागि पनि यो पर्व निकै महत्वपूर्ण छ । हुने-खानेले मात्र होइन, नहुनेले समेत जोरजाम गरेर दशैं मनाउने गर्छन् । ‘लाहुर’बाट […]

नक्कली लालपूर्जा बनाएर अर्काको जग्गा बेच्ने प्रयास

१९ असोज, काठमाडौं । ललितपुरको इमाडोलमा नक्कली लालपूर्जा देखाएर अर्काको जग्गा विक्री गर्ने प्रयास भएको छ । तर, शंका लागेर खरिदकर्ताले मालपोत कार्यालयमा परीक्षण गर्दा अर्कैको नाम भेटिएपछि संलग्न गिरोह पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरले शुक्रबार भक्तपुर सूर्यविनायककी सुष्मा श्रेष्ठ, बाङ्गेमुडाकी निर्मला श्रेष्ठ, सितापाइलाकी निलिमा श्रेष्ठ र इमाडोलका निरज ताम्राकारलाई घटनामा संलग्न […]

दुई सातामा २४ लाख यात्रु काठमाडौंबाट बाहिरिए

१९ असोज, काठमाडौं । दशैंको समयमा २३ लाख ८४ हजार ९ सय ३१ जना यात्रु राजधानीबाट अन्यत्र गएका छन् । महानगरीय ट्राफिक महाशाखाको रेकर्डले १० लाख ४६ हजार जना उपत्यका भित्रिएको पनि देखाउँछ । महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार यो विवरण ५ असोजदेखि १८ गतेसम्मको हो । उनका अनुसार यो अवधिमा २ लाख ६१ […]

हङकङमाथि नेपालको जित, करण र विनोदको उत्कृष्ट प्रदर्शन

१९ असोज, काठमाडौं । नेपालले हङकङलाई हराउँदै पाँच देशको टी-२० श्रृंखलामा सुखद सुरुवात गरेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हरायो । अन्तरगत हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभर खेल्दै६ विकेट क्षतिमा भेट्टायो । हङकले खडा गरेको स्कोर ठूलो नभए पनि नेपाललाई जित निकाल्न सहज भने भएन । […]

प्रहरी हिरासतमै वित्ने छ महराको दशैं

१९ असोज, काठमाडौं । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको दशैं प्रहरी हिरासतमै वित्ने भएको छ । महरा दशैंको अष्टमीको दिन साँझ सभामुखको निवासबाटै पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । उनलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो । तर बाँकी कारबाही भने दशैं […]

महरालाई पक्राउ गर्न अदालतले दियो अनुमति

१९ असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अनुमति दिएको छ । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । यससँगै निवर्तमान सभामुख […]

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा–अर्चना

१९ असोज, काभ्रेपलाञ्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गरेकी छन् । उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन् । राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिरको पुनःनिर्माणबारे चासो राखेकी थिइन् । साथै, उनले मन्दिरको छानोमा सुनको मोलम्बा लगाउने विषयमा जिल्ला समन्वय समितिसँग समन्वय […]

हेटौंडामा करेन्ट लागेर आमाछोराको मृत्यु, बुहारी घाइते

१९ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१७, राजदेवीमा आइतबार करेन्ट लागेर आमाछोराको मृत्यु भएको छ । बुहारी घाइते भएकी छन् । मृत्यु हुनेमा स्थानीय ५५ बर्षीया लेखमाया पराजुली र उनका २८ बर्षीय छोरा मदन रहेका छन् । उनीहरुको उपचारको क्रममा हेटौंडाको चुरेहिल हस्पिटलमा मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । विद्युत प्रवाह भइरहेको […]

डा. गोविन्द केसी भन्छन् – विश्वविद्यालयहरुमा नियुक्ति प्रक्रिया नरोकिए सत्याग्रह थाल्छु

१९ माघ, काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि संघर्षरत चिकित्सक डा. गोविन्द केसीले विभिन्न ७ बुँदे माग राख्दै फेरि सरकारलाई अल्टिमेटम दिएका छन् । उनले दुई साताभित्र आफ्नो माग सम्वोधन नभए पुन: सत्याग्रह सुरु गर्ने चेतावनी पनि दिएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले यसअगाडि भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने माग […]

वरिष्ठ पत्रकार आचार्य रहेनन्

१९ असोज, काठमाडौं । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको ६१ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत आचार्य कलेजो सम्बन्धी समस्याबाट पीडित थिए । नेपाल टेलिभिजनमा २०४४ सालबाट टेलिभिजन पत्रकारिता सुरु गरेका आचार्य पछिल्लो समयमा न्यूज २४ टेलिभिजनमा समाचार प्रमुख थिए । उनले लामो समय रत्नराज्य कलेजमा पत्रकारिताको अध्यापनसमेत गराएका थिए । आचार्यका […]

पोखरेली जिब्रोले खोज्छ हिमाली च्यांग्राकै स्वाद

१९ असोज, पोखरा । पोखरामा कहिलेदेखि हिमाली च्यांग्रा भित्रियो, ठ्याक्कै तथ्यांक छैन । तिब्बती सीमादेखि हिमाली जडिबुटी खाँदै आइपुग्ने च्यांग्रा भित्रिन थालेको झण्डै सय वर्षको आसपासमा भएको जानकारहरु बताउँछन् । हिमाली संस्कृतिका अध्येता पूर्णप्रसाद तुलाचनको मत छ, ‘हिमाली जिल्लाबाट भोट हुँदै नुन बोकाएर पोखरा ल्याउने र फर्किँदा च्यांग्रा बेच्ने, समान लैजाने काम हुन्थ्यो ।’ यही […]

कोहलपुरमा ८ जना जुवाडे समातिए, प्रहरी कार्यालय नजिकै चोरी

१९ असोज, कोहलपुर । दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार, उनीहरुलाई जुवाखालसहित ९० […]

दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय

१९ असोज, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दशैँ मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी समुदाय वर्षात्का बेला मजदुरी नपाउँदा बेखर्ची भएका छन् । महाकाली नदीले छाडेको बगरमा तीन दशकदेखि बस्दै आएका बादी समुदायले मजदुरी नगरे चुल्होमा आगो बल्दैन । महाकाली नदीको बगरमा बालुवा चाल्ने, गिट्टी सङ्कलन गर्ने र कृषि मजदुरका […]

अमेरिकामा नेपालीको दशैं

दशैं भन्नेवित्तिकै मलाई गाउँको सम्झना हुन्छ । गाउँमा जन्मेको भएर हो कि दशैं त गाउँमै छ जस्तो लाग्छ । जमरा राख्ने दिनदेखि विहान नुहाई– धुवाई गरेर चोखो भै नित्य दुर्गा शप्तशतीको पाठ अनि विजयादशमीका दिन नकाटुन्जेल डालोभित्र पहेंलपुर हुँदै मौलाएको जमरा दशैंको विम्वजस्तो लाग्छ । गाउँवाट शहर, शहरबाट राजधानी हुँदै अहिले १४ वर्षभन्दा वढी अमेरिकामा […]

आज महाअष्टमी, दुर्गा भवानीको पूजा गरिँदै

१९ असोज, काठमाडौं । बडाशैंको आठौँ दिन महाअष्टमी पर्व आज दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । आजको दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बली दिइ दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ । दशैँको अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । आसुरी प्रवृत्तिको […]

प्रदेश १ का भीआइपीको दशैं : मुख्यमन्त्री भोजपुर जाने

१९ असोज, बिराटनगर । दशैंको रौनकले छोपिसकेको छ । घर बाहिर भएकाहरु दशैं मनाउन घर फर्किएका छन् । दशैंको रौनकले प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुलाई पनि छोएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दशैं मनाउन घर (भोजपुर) जाने तयारीमा छन् । भोजपुरमा मुख्यमन्त्री राईका बुबाआमा छन् । दशैंमा मुख्यमन्त्री राईले ससुराली जानुपर्ने […]

खाडी मुलुकमा दशैंको चहल-पहल शुरु

१९ असोज, काठमाडौं । मानमास्थित बहराइन फाइनान्स कम्पनी (बीएफसी) को कार्यालयमा नेपाली कामदारहरुको घुइँचो छ । घर-परिवारलाई दशैं खर्च पठाउन उनीहरु लाइनमा बसेका छन् । एकसँग अर्कोको परिचय त छैन, तर परिचय नभएजस्तो पनि छैन । नचिनेर के भयो त ? उनीहरु एक-अर्कासँग दाजु-भाइजस्तै गफिन्छन् । आखिर नेपालीको नाता त छँदैछ नि । दशैंका बेला […]

सीको स्वागतका लागि सिँगारियो काठमाडौं

१८ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण दशैं लगत्तै हुने भए पनि कुन दिन काठमाडौं आइपुग्छन् भन्ने औपचारिक घोषणा भएको छैन । तर, उनको स्वागतमा काठमाडौंलाई चिटिक्क बनाउने काम धमाधम भइरहेको छ । काठमाडौंको सडक कालोपत्रे गर्ने, धुलो बढार्ने, सडकपेटीमा रंगरोगन गर्ने लगायतका काम धमाधम भइरहेका छन् । मध्यरातमा सडकमा कालोपत्रे बिछ्याउने […]



from समाचार – Online Khabar https://ift.tt/2LPAFId
via IFTTT
Powered by Blogger.