समाचार
२६ असोज, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको कपनबाट १८ लाख ९२ हजार रुपैयाँसहित २१ जुवाडेलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति १० बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो । बौद्ध प्रहरीले जुवा खेलिरहेको अवस्थामा १८ लाख ९२ हजार रुपैयाँसहित २१ जनालाई नियन्त्रणमा लिइएको बताएको छ । पक्राउ परेका […]
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबारदेखि थालेको राजकीय भ्रमण र नेपालको विकासका लागि उनले जनाएको प्रतिबद्धतालाई आजका सबैजसो दैनिक पत्रिकाहरूले व्यानर समाचार बनाएका छन् । कान्तिपुरले ‘राष्ट्रपति सीको प्रतिबद्धताः भूपरिवेष्टितबाट भूजडित बन्न सघाउँछौं’ शीर्षक दिएर व्यानर समाचार बनाएको छ । सीले सम्बोधनका क्रममा नेपालीको भूपरिवेष्टित मूलकबाट भूजडित मुलुक बन्ने सपना साकार तुल्याउन […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन् । उनी भारतको चेन्नाई हुँदै शनिबार राजधानी काठमाडौं आएका हुन् । चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेको यो २३ वर्षपछि हो । त्यसैले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको स्वागत सम्मान तथा सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रयास नेपाल सरकारले गरेको […]
२५ असोज, काठमाडौं । चीनले नेपालमा विभिन्न आयोजनाहरुमा लगानी गरेको छ । सरकार, सरकारी कम्पनी तथा चीनको एक्जिम बैंकमार्फत थुप्रै आयोजना निर्माणको जिम्मा चीनले लिएको छ । तर, कतिपय आयोजनाहरु निर्माण सुरु नहुँदै अन्योलमा छन् भने कतिपय आयोजनाहरुमा धमाधम काम भइरहेका छन् । करिब २५ वटा साना-ठूला आयोजनाहरु अहिले चिनियाँ सरकारको लगानीमा बनिरहेका छन् । चीन सरकारको लगानीमा […]
२५ असोज, काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सीलाई सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । अति विशिष्ट पाहुनालाई नेपाली सेनाको […]
२५ असोज, काठमाडौं । नेपालमा जलविद्युतदेखि सडक तथा रेलमार्गसम्म चिनियाँ सरकारको लगानी खोजिँदैछ । चीनले पछिल्लो सयममा अनुदान दिनभन्दा बढी ऋण दिन बढी जोड दिन्छ, नेपाल पुरानै ढर्रामा अनुदानकै लागि बल लगाउँछ । चीन भने यो समयमा अनुदान मात्रै दिएर नेपालमा विकासे आयोजना तयार गर्ने पक्षमा देखिँदैन । किन त ? अर्थविद अच्युत वाग्लेको भनाइमा […]
२५ असोज, काठमाडौं । फोक्सोको क्यान्सरबाट पीडित पर्साको ठोरी गाउँपालिका-४ विजयवस्तीकी कान्छीमाया गुभाजुको जीवन रक्षाका लागि आर्थिक सहयोग भएको छ । गुभाजुको जीवन रक्षाका लागि गठन भएको सहयोग समितिले विभिन्न सहयोगी दाताहरूबाट प्राप्त गरेको १ लाख ९ हजार ३ सय २५ रुपैयाँ रकम पीडित गुभाजुलाई शनिबार हस्तान्तरण गरेको छ । समाजसेवी सन्तोष श्रेष्ठले क्यान्सरपीडित गुभाजुलाई […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा होटल सोल्टीमा रात्रीभोज आयोजना गरिएको छ । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा नेपाली नेताहरुलाई पनि निम्तो दिइएको छ । रात्रीभोजमा केही नेपाली मौलिक परिकार चिनियाँ राष्ट्रपति सीलाई खुवाइएको छ । मेन्यूअनुसार सुरुमा राष्ट्रपति सीलाई बारा, ममसँगै लुक्लाको सिमी र साँधेको भटमास दिइएको […]
२५ असोज, काठमाडौं । जटिल हिमाली पर्वत छिचोलेर नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतवीच साढे दुई सय वर्ष अघिदेखि परम्परागत ब्यापारिक सम्बन्ध रहेको इतिहास पाइन्छ । नेपालका उच्च हिमाली क्षेत्रका मानिसहरु रुसुवागढी नाका भएर केरुङ तथा हालको हिल्सा, यारी भएर ताक्लाकोटसम्म नुन र दैनिक जिविकोपार्जनको वस्तु खरिद गर्न चीनको तिब्बतसम्म पुग्थे । वस्तु विनिमयको तत्कालीन […]
२५ असोज, काठमाडौं । जापानमा आएको शक्तिशाली आँधीबाट नेपालीहरु हताहत नभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । टोकियोस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसनका प्रमुख कृष्णचन्द्र अर्यालले जापानको समयअनुसार शनिबार राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी आएको बताए । ‘हामी नेपाली समुदायसँग सम्पर्कमै छौं,’ अनलाइनखबरसँगको टेलिफोन सम्पर्कमा अर्यालले भने, ‘यहाँको राति ११ बजेसम्म […]
२५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा विचारविमर्श भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहलका अनुसार भेटवार्तामा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ । साथै दुवै […]
२५ असोज, काठमाडौं । औसतभन्दा १९ दिन ढिलो गरी यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । जुन २० मा नेपाल भित्रिएको मनसुन शनिबार बाहिरिएको हो । सामान्यतया नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु भएर सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । तर, यस वर्ष नेपालमा औसतभन्दा १० दिन ढिलो गरी अर्थात् जुन २० मा मनसुन सुरु भएको […]
२५ असोज, काठमाडौं । नेपाली कांग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । विगतको वर्ष झैं यो वर्ष पनि कांग्रेसले विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आइतबार अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको पार्टी कार्यालयका […]
२५ असोज, बैतडी । खर काट्ने क्रममा भीरबाट लडेर बैतडीमा शनिबार एक महिलाको ज्यान गएको छ । सुर्नया गाउँपालिका–४ का राजेन्द्र महराकी २२ वर्षीया श्रीमती रमा महराको मृत्यु भएको हो । शनिबार दिउँसो साढे १ बजे स्थानीय जैसिया भीरमा खर काटिरहेको बेला महिला भिरबाट लडेकी स्थानीय रणबहादुर महराले जानकारी दिए । भीरबाट लडेर करीब ३०० […]
२५ असोज, सोलुखुम्बु । सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमितकुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार […]
२५ असोज, बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङले नेत्र विक्रम चन्द समूहका जिल्ला सदस्य देवराज अवस्थीलाई पक्राउ गरेको छ । वित्थडचिर गाउँपालिका–९ सुनकुडा घर भएका ४० वर्षीय अवस्थीलाई चन्दा सङ्कलन गरिरहेको अवस्थामा प्रहरी चौकी स्याडीबाट खटिएको टोलीले असोज २४ गते पक्राउ गरेको हो । उनीहरुबाट नगद रसिद ठेलीसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला […]
२५ असोज, सुर्खेत । रत्न राजमार्गमा पर्ने सुर्खेतको हर्रेमा शनिबार दिउँसो गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । मध्यपश्चिम यातायात प्रालिको बा३ख ५२१६ नम्वरको फोर्स गाडीबाट खसेर भेरीगङ्गा नगरपालिका–४ का यमबहादुर खत्रीको घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक खत्री काँक्रेविहार यातायात प्रालिको ना७ख २०५८ नम्वरको फोर्स गाडीका धनी हुन् […]
२५ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट प्रहरीले लागूऔषधसिहत एक जनालाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पत्थरी शनिश्चरे नगरपालिका-४ घर भएका २६ वर्षीय सन्दिप राई रहेका छन् । उनको साथबाट प्रहरीले लागूऔषध ४ एम्पुल फेनारगन, ४ एम्पुल डाइजेपाम, ४ एम्पुल लुपिजेसिक र १३ थान सिरिन्ज बरामद गरेको छ । महानगरीय प्रहरी […]
२५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् । चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् । राष्ट्रपति सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी […]
२५ असोज, काठमाडौं । प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१० तिनटोलियाबाट भन्सार छलीका करिब ३ लाख ५० हजार भन्दा बढीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याएको कपडा र धाराको गेटवल वेवारिसे अवस्थामा तिनटोलियाबाट शनिबार बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बरामद गरिएका सामानहरु विराटनगर भन्सार कार्यालय रानी पठाउने तयारी भइरहेको […]
२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न निजामती कर्मचारीहरु सडकमा उपस्थित भएका छन् । कर्मचारीहरुलाई नयाँबानेश्वर–माइतीघर सडकखण्डमा खटाइएको छ । उनीहरुले नेपाल र चीनको राष्ट्रिय झण्डा बोकेका छन् । सरकारी कार्यालयहरुले चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि अनिवार्य तोकिएको स्थानमा उपस्थित हुन कर्मचारीहरुलाई निर्देशन दिएको थियो । कर्मचारीहरुलाई आइतबार पनि सोही स्थानमा उपस्थित […]
from समाचार – Online Khabar https://ift.tt/35qng1f
via IFTTT






















