समाचार
२९ असोज, काठमाडौं । प्रदेश ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अगाडि बढाइएको जनाइएको छ । मनहरिमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा […]
२९ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाका डोटी जिल्ला उपाध्यक्ष मीनबहादुर मलासीसहित १ दर्जन नेता–कार्यकर्ता सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखराज भट्टले मलासीसहित जनमोर्चाका नेता–कार्यकर्र्तालाई बुधबार बिहान कैलालीमा आयोजित कार्यक्रमबीच पार्टी प्रवेश गरेका हुन । मलासीसँगै जिल्ला कमिटी सदस्य सिद्धराज बिकलगायत एक दर्जन कार्यकर्ता पनि पार्टी […]
२९ असोज, काठमाडौं । विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दलको निर्वाचनमा पाण्डे ५८ प्रतिशत मत पाएर विजयी भएका हुन् । करिव ५ प्रतिशत मत नो भोटमा खसेको छ भने बाँकी शिवप्रसाद थापाले पाएका छन् । महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका छन् । उपाध्यक्ष, […]
२९ असोज, काठमाडौं । नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम आगामी कात्तिक १० गतेभित्र सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ । नेकपाको बुधबार बिहान बसेको सचिवालय बैठकको निर्णयअनुसार प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन-तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न भनेको हो । सो […]
२९ असोज, काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले समग्र खाद्य सुरक्षामा अपेक्षित सुधार गर्न नसकिएको स्वीकार गरेका छन् । २०७३ मा गरिएको नेपाल जनसंख्या तथा स्वास्थ्य मन्त्रालयको सर्भेक्षणले देशको आधाभन्दा बढी जनसंख्या खाद्य असुरक्षामा रहेको औंल्याएको थियो । कतिपय हिमाली र दुर्गम पहाडी भूभागमा पर्याप्त खाद्यवस्तुको उत्पादन नहुँदा यस्तो अवस्था आएको भन्दै […]
२९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन विभागमा तीन जना थप गरेको छ । बुधबार बसेको सचिवालय बैठकले अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि संगठन विभागको प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’मात्र थिए । तीन जना सदस्य थपिएसँगै नेकपाको […]
२९ असोज, म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ । छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सीधा यातायात सञ्जालमा जोडिएको छ । यसअघि पुल नहुँदा कालीगण्डकी नदीमा पानीको सतह घट्दा हिउँदयाममा मात्र जोमसोमदेखि लोमान्थाङ हुँदै कोरला नाकामा सीधा सवारी सञ्चालन […]
२९ असोज, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं, तिहार, छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दैछ । बुधबार मध्याह्न काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्न लागिएको हो । नेकपा महासचिव विष्णु पौडेलका अनुसार १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई निम्तो गरिएको छ […]
२९ असोज, काठमाडौं । नेपाली चेली बोनीता शर्मा विश्वका प्रेरणादायक र प्रभावशाली १०० महिलाको सूचीमा पर्न सफल भएकी छन् । बीबीसीले सन् २०१३ देखि हरेक वर्ष विश्वका विभिन्न क्षेत्रका प्रेरणादायक महिलाको सूची सार्वजनिक गर्दै आइरहेको छ । महिलाको अनुकरणीय काम विश्वभर फैलाउने उद्देश्यका साथ प्रकाशित गर्ने गरेको सूचीमा श्रृंगार सामग्री उद्यमी बाँबी ब्राउन, संयुक्त राष्ट्रसंघकी […]
२७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणका लागि बुधबार म्यानमार जाँदैछिन् । राष्ट्रपति भण्डारी समकक्षी विन मिन्टको निमन्त्रणामा बिहान ११ बजे म्यानमारतर्फ प्रस्थान गर्न लागेकी हुन् । उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्नेछिन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन […]
२९ असोज, काठमाडौं । सिरियामा युद्धविराम गर्न अमेरिकाले राखेको प्रस्ताव टर्कीले अस्वीकार गरेको छ । टर्कीका राष्ट्रपति रेजेप एर्दोगानले उत्तरी सिरियामा युद्धविराम गर्न अस्वीकार गरेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति एर्दोगानलाई टेलिफोनमार्फत तत्काल युद्धविराम रोक्न भनेका थिए । सिरियामा युद्ध विरामको पहल गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओ […]
२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको हायात होटलमा निर्वाचन हुँदैछ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ४२ जना पदाधिकारीको निर्वाचन हुन लागेको हो । गैर आवासीय नेपाली संघ ८० भन्दा बढी मुलुकमा फैलिएको दावी गरिए पनि ४९ देशबाट आएका झण्डै २६ सय प्रतिनिधिहरुले […]
२९ असोज, काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा ६८८ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ । लोक सेवाले निजामती सेवा र स्वास्थ्य सेवातर्फ (एघारौं र नवौं तह)का पदमा बुधबार विज्ञापन प्रकाशित गरेको हो । निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको […]
२९ असोज, काठमाडौं । घरेलु टोली स्विडेनसँग १–१ गोलको बराबरी खेलेसँगै स्पेन युरो कप २०२० को लागि छनोट भएको छ । मंगलबार राति समूह ‘एफ’ को खेलमा स्पेनले घरेलु टोली स्विडेनसँग अन्तिम समयमा गोल गर्दै १–१ गोलको बराबरी खेलेको हो । स्पेनलाई युरोकपमा छनोट गराउन रोड्रिगोले गोल गरे । यता, स्विडेनका लागि भने मार्कुस बेर्गले […]
२९ असोज, काठमाडौं । काठमाडौंको गोंगबुबाट साढे चार किलो चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको नलगाढ नगरपालिका-१ घर भइ हाल चन्द्रागिरि नगरपालिका-१० थानकोट बस्ने २३ वर्षीय भुवन बुढामगर र जाजरकोटको नलगाढ नगरपालिका-३ घर हाल थानकोट बस्ने २८ वर्षीय नविनप्रकाश पुन छन् । उनीहरुलाई गएराति पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी […]
२९ असोज, काठमाडौं । विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । अम्मान अन्तर्राष्ट्रिय रंगशाला मंगलबार राति भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ३-० गोलअन्तरले पराजित भएको हो । बलियो टोली मानिएको जोर्डनसँग पराजित भएसँगै नेपालले विश्वकप छनोटको दोस्रो चरणको सबै अवे खेल खेलिसकेको छ । नेपाली टिमले जोर्डनसँग […]
२८ असोज, काठमाडौं । नेपाल र भारतबीच न्यू बुटवल-न्यू गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइन को निर्माणको मोडालिटीमा सहमति जुटेको छ । अब दुई देशले संयुक्त रुपमा कम्पनी खोलेर आयोजना बनाउने सहमति गरेका छन् । यो कम्पनीमा दुबै दशेको ५०-५० प्रतिशत स्वपुँजी रहनेछ । भारतको बैंगलोलमा भएको दुई देशबीचको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा […]
२८ असोज, विराटगर । दुई दिनमा हुण्डीको १३ लाख रुपैयाँसहित प्रहरीले दुई जना भरीयालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार १० लाख र मंगलबार दुई लाख भारतीय रुपैयाँसहित विराटनगरबाट दुई जना भरीयालाई नियन्त्रणमा लिएको हो । प्रहरीले १० लाखसहित विराटनगर महानगरपालिका–४ स्थित कञ्चनबारी चोकबाट सुनसरीको बर्जु गाउँपालिका–३ बस्ने २४ वर्षिय उमाकान्त रायलाई […]
२८ असोज, विराटनगर । विराटनगर–११ पिचराका मनिकचन्द सहनीको परिवार दसैंको रमझमपछि दैनिकीमा फर्कने सुरसारमा थियो । मनिक मजदुरी गर्थे, श्रीमती आनन्दीदेवी कवाडीको सामान संकलन गर्थिन् । परिवारको गर्जो जसोतसो मजदुरीबाट चलेकै थियो । तर दसैं सकिन नपाउँदै उनको परिवारमा बज्रपात पर्यो । दुई सन्तान मध्ये छोरीको विवाह गरिदिएको ८ महिना बित्न नपाउँदै हत्या भयो । […]
२८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई ‘तिमी’ सम्बोधन गर्ने अखबारी लेखनलाई कटाक्ष गर्दै भने, ‘पत्रकारले बाउलाई पनि तपाईं भन्दैन, तिमी भन्दामाथि उठ्दैन ।’ मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘सानालाई तिमी र ठूलालाई तपाईं भन्नु स्वाभाविक हो ।’ प्रधानमन्त्रीले भनेजस्तै केही वर्षयता अधिकांश सञ्चार माध्यमको सम्बोधनशैली तिमी नै […]
२८ असोज, काठमाडौं । महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि १३ दिन म्याद दिएको हो । महरा १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए । तर, अदालत बन्द भएकाले […]
from समाचार – Online Khabar https://ift.tt/33z1hTR
via IFTTT






















