समाचार
१८ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण दशैं लगत्तै हुने भए पनि कुन दिन काठमाडौं आइपुग्छन् भन्ने औपचारिक घोषणा भएको छैन । तर, उनको स्वागतमा काठमाडौंलाई चिटिक्क बनाउने काम धमाधम भइरहेको छ । काठमाडौंको सडक कालोपत्रे गर्ने, धुलो बढार्ने, सडकपेटीमा रंगरोगन गर्ने लगायतका काम धमाधम भइरहेका छन् । मध्यरातमा सडकमा कालोपत्रे बिछ्याउने […]
१८ असोज, दाङ । ‘काठमाडौं सधैं किन यसरी बेतमास कराइरहन्छ ?’ कार्यक्रम सहजीकरण गरिहेका घनश्याम अस्तित्व पूर्वप्राज्ञ अमर गिरीलाई प्रश्न गर्छन् । ‘लामो समय हामी सामन्ती संरचनामा गयौं । यसरी पनि हामी केन्द्रलाई सधैं महत्वपूर्ण मान्यौं । परिधिलाई कसरी पनि माथि लैजानुपर्छ भन्ने विषयमा कहिले सोचिएन,’ डा.अमर गिरीको उत्तर छ, ‘त्यसमाथि मोफसलले केन्द्रसँग लड्न अझै […]
१८ असोज, काठमाडौं । हनुमानढोका दरबारस्थित दसैंघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारले पठाएइको फूलपाती हर्ष बडाइका साथ भित्र्याइएको हो । गोरखा दरबारले विहान साढे सात बजे बाजागाजासहित डोलीमा राखेर निकालिएको थियो । दरबारका भित्रिया सुसारे लिलाबहादुर बोहराकाअनुसार फूलपाती चौतारासम्म बोकेर लगिनेछ भने त्यहाँबाट गाडीमा पठाइएको थियो । पहिले धादिङको जिवनपुर, नुवाकोट हुँदै हिँडेर फूलपाती […]
१८ असोज, विराटनगर । मोरङ प्रहरीले ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले केराघारीमा लुकाएको अवस्थामा ४३ थान विष्फोट पदार्थ जिलेटिन बरामद गरेको हो । मोरङका विभिन्न स्थानमा बम विष्फोट गराएको आरोपमा पक्राउ परेका विप्लव समूहका कार्यकर्तामाथि अनुसन्धान गर्ने क्रममा मोरङको बुढीगंगा गाउँपालिका ७ धरहरा […]
१८ असोज, काठमाडौं । नेपाली सेनाका दुई सहायक रथीको उपरथीमा बढुवा भएको छ । निरीक्षणाधिकृतको कार्यालयका अशोकराज सिग्देल र पश्चिम पृतना हेडक्वाटरका गोकुल भण्डारीको उपरथीमा बढुवा भएको हो । सिग्देल र भण्डारीलाई शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहपछि आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । उनीहरुलाई शुक्रबार बसेको मन्त्रिपरिषद […]
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महरालाई बचाउन सक्रिय भएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा कांग्रेस सभापति देउवाले पीडित महिलालाई धम्क्याएर मुद्दा हाल्न नदिएको प्रष्ट भइसक्दा पनि किन कारबाही नगरेको भनेर प्रश्न गरे । ‘त्यो महिलालाई तर्साएर धम्क्याएर मुद्दा हाल्न दिएको […]
१८ असोज, काठमाडौं । निर्यात बृद्धिसँगै मुलुकको व्यापार घाटा घटेको पछिल्लो दुई महिनाको तथ्यांकले देखाएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको विवरणअनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा मुलुकको निर्यात २५.८७ प्रतिशतले बढेको छ । यस्तै व्यापार घाटा गत वर्षको समिक्षा अवधिको तुलनामा ३.०५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७५/७६ को […]
दाङ । ‘काठमाडौंका केही राष्ट्रिय मिडिया छन्, जसमा सधैं एउटै अनुहारमात्रै छापिएर आउँछ,’ यो गुनासो आम उदयीमान लेखकको छ । उनीहरु आफूहरु मिडियाको विभेदकारी परम्पराबाट पीडित बन्नु परेको गुनासो छ । तर पत्रकार लेनिन बञ्जाडे यो मान्न तयार छैनन् । ‘आजभोलि रचना प्रकाशन गर्न मिडियाको पछि कुदिरहनु आवश्यक छैन । प्रत्येकको हातमा आफ्नै मिडिया छ […]
दशैं नेपालको सबैभन्दा ठूलो चाड हो । धेरैलाई पुराना सम्झनामा लगेर झक्झक्याउने काम दशैंले जति सायदै अन्य चाडले गर्छन् । किनकि दशैं यस्तो चाड हो, जुन हिमालदेखि तराईसम्मका, बाहुनदेखि दलितसम्मले आफ्नै संस्कृतिका रुपमा मनाउँछन् । सरकारले पनि यस चाडलाई विशेष महत्व दिएर विदा दिने गरेको छ । तराईमा पनि धुमधामका साथ नवरात्रभरि नौ दिनसम्म देवीदुर्गा […]
१८ असोज, गोरखा । गोरखा दरबारको फूलपाती शनिबार काठमाडौंको हनुमानढोका पठाइएको छ । दशैंघरको फूलपाती विहान साढे सात बजे बाजागाजासहित डोलीमा राखेर निकालिएको हो । दरबारका भित्रिया सुसारे लिलाबहादुर बोहराकाअनुसार फूलपाती चौतारासम्म बोकेर लगिनेछ भने त्यहाँबाट गाडीमा पठाइनेछ । बा २० च ४३९४ नम्वरको गाडीमा ढुङ्गागाडेस्थित भगवतीका पुजारी लोकप्रसाद भट्टसँग फुलपाती पठाइएको छ । पहिले […]
१८ असोज, काठमाडौं । नेपाल प्रहरीले पनि दशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । महाअष्टमी, महानवमी र विजयादशमीको दिन प्रहरीले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार दुई वटा रुटमा प्रहरीको बस सञ्चालन हुनेछ । ती बस बिहान ११ बजेदेखि ४ बजेसम्म चल्नेछ । दशैंको अवसरमा […]
१८ असोज, काठमाडौं । काभ्रे र सिन्धुलीको सीमाना नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा ३ ख २३५९ नम्बरको मिनी बस तीब्र गतिका दुर्घटना भएको हो । मृत्यु हुनेको सनाखत भएको छैन भने घाइतेलाई धुलिखेल पठाइएको छ । काठमाडौंबाट सिरहातर्फ […]
१८ असोज, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले मोरङमा भण्डारण गरेर राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले चलाएको अपरेशनका क्रममा ४३ वटा जिलेटिन बरामद भएको हो । मोरङ प्रहरीका डीएसपी राजकुमार खिउजुले विष्फोटक पदार्थसहित समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा र अर्का एक जनालाई पक्राउ गरिएको बताए । […]
१८ असोज, काठमाडौं । राष्ट्रिय युवा संघको राष्ट्रिय भेला आगामी कात्तिक तेस्रो साता काठमाडौंमा हुने भएको छ । तत्कालीन एमालेसम्वद्ध युवा संघ र माओवादीसम्वद्ध वाईसीएलको एकतापछि बसेको संगठन इन्चार्जसहितको बैठकले ३३२ केन्द्रीय सदस्यहरुको टुंगो लगाएको छ । साथै कात्तिक १८ र १९ मा केन्द्रीय समिति र २० र २१ मा राष्ट्रिय भेला गर्ने निर्णय भएको […]
दशैंमा मान्यजनको हातबाट टीका-जमरासहित आर्शिवाद थाप्ने र मीठो-मसिनो खाने चलन छ । दशैंमा आफ्नो गच्छे बिर्सेर ऋणै काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिंगै खसी ढाल्ने होडबाजी नै चल्छ । ‘आयो दशैं ढोल बजाई, दशैं गयो ऋण बोकाई’ भन्ने भनाइ यही कारण चलेको हो । दशैंमा विशेष गरी मासुका विभिन्न परिकार बनाएर […]
१८ असोज, रामेछाप । दशैंको मौका छोपेर यात्रीहरुलाई दुःख दिने सवारी साधनमाथि स्थानीय प्रशासनले कारबाही सुरु गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफैं अनुगमनमा निस्किएका हुन् । सवारी साधनले बढि भाडा लिएको वा यात्रीलाई दुःख दिएको छ छैन भनि बुझ्न आफैं सडकमा निस्किएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले बताइन् । सवारी […]
१८ असोज, काठमाडौं । पृथ्वी राजमार्गमा यात्रु ठग्ने ११ होटल तथा रेष्टुराँ एवं पसललाई वाणिज्य विभागले कारबाही गरेको छ । वाणिज्य,आपूर्ति तथा तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार गरेको आकस्मिक अनुगमनका क्रममा यात्रुहरुसँग खाजा, खाना र पेय पदार्थमा तोकिएको भन्दा धेरै मूल्य लिने, बिल बिजक नराख्ने तथा मूल्य सूची जारी नगर्नेहरुलाई कारबाही गरिएको विभागका महानिर्देशक योगेन्द्र […]
१८ असोज, दाङ । दाङका केही स्थानीय तहले तलब खुवाउन नसकेपछि शिक्षक तथा कर्मचारीहरुको दशैं खल्लो भएको छ । गढवा गाउँपालिकाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुले दशैंको षष्ठीसम्म पनि तलब पाएनन् । फूलपातीबाट सार्वजनिक विदा भएकाले अब उनीहरुले दशैंमा तलब भत्ता पाउने सम्भावना सकिएको छ । ‘कोसिस गर्दागर्दै पनि सकिएन,’ गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरीले भनिन्, […]
१८ असोज, काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले गए राति ११ः०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ । टाउकोमा पिक प्रहारपछि गम्भीर घाइते टेकबहादुरको उपचारका क्रममा शनिबार बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको भकुण्डे प्रहरी चौकीका […]
१८ असोज, सप्तरी । जंगल क्षेत्रबाट आएको स्यालले टोक्दा सप्तरीको खड्ग नगरपालिकाका आधा दर्जन बढी व्यक्ति घाइते भएका छन् । खड्ग नगरपालिका–११ स्थित लालपुरमा शुक्रबार राति प्रवेश गरेको स्यालको टोकाइबाट आधा दर्जन गाउँले घाइते भएका हुन् । स्यालको टोकाइबाट घाइते हुनेहरूमा ४० वर्षीया गुलावी देवी रौनियार, २५ वर्षीय अमेरिकादेवी साह, ८ वर्षीय गोविन्द साहदथाष्त छन् […]
१८ असोज, काठमाडौं । ‘किसान’ र ‘त्रिवेणी’ नामका तोरी तेल गुणस्तरहीन पाइएको छ । यी दुवैले अखाद्य रंग मिसाएको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ८ हजार लिटर तेल जफत गरेको छ । विभागले गरेको तेल नमूना परिक्षणमा पी डिमेथिय लामिनो अजाबेन्जन नामक रङ भेटिएको विभागकी महानिर्देशक मतिना जोशी वैद्यले जानकारी दिइन् । विभागमा […]
from समाचार – Online Khabar https://ift.tt/31OGKKt
via IFTTT