समाचार
१९ असोज, काठमाडौं । दशैंको समयमा २३ लाख ८४ हजार ९ सय ३१ जना यात्रु राजधानीबाट अन्यत्र गएका छन् । महानगरीय ट्राफिक महाशाखाको रेकर्डले १० लाख ४६ हजार जना उपत्यका भित्रिएको पनि देखाउँछ । महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार यो विवरण ५ असोजदेखि १८ गतेसम्मको हो । उनका अनुसार यो अवधिमा २ लाख ६१ […]
१९ असोज, काठमाडौं । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको ६१ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत आचार्य कलेजो सम्बन्धी समस्याबाट पीडित थिए । नेपाल टेलिभिजनमा २०४४ सालबाट टेलिभिजन पत्रकारिता सुरु गरेका आचार्य पछिल्लो समयमा न्यूज २४ टेलिभिजनमा समाचार प्रमुख थिए । उनले लामो समय रत्नराज्य कलेजमा पत्रकारिताको अध्यापनसमेत गराएका थिए । आचार्यका […]
काठमाडौं । थाइल्याण्डमा एक न्यायाधीशले अदालततभित्र आफैंलाई गोली हानेका छन् । यला प्रान्तीय अदालतका न्यायाधीश न्यायाधीश कनिकन फिएन्चनाले आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका हुन् । शुक्रबार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश फिएन्चनाले हत्या र अवैध बन्दुक राखेको आरोपमा पक्राउ परेका पाँच मुस्लिम पुरुषलाई सफाइ लिएका थिए । लगतै न्यायापालिका निश्पक्ष हुनुपर्छ भन्दै न्यायिक सपथ बाचन […]
१९ असोज, पोखरा । पोखरामा कहिलेदेखि हिमाली च्यांग्रा भित्रियो, ठ्याक्कै तथ्यांक छैन । तिब्बती सीमादेखि हिमाली जडिबुटी खाँदै आइपुग्ने च्यांग्रा भित्रिन थालेको झण्डै सय वर्षको आसपासमा भएको जानकारहरु बताउँछन् । हिमाली संस्कृतिका अध्येता पूर्णप्रसाद तुलाचनको मत छ, ‘हिमाली जिल्लाबाट भोट हुँदै नुन बोकाएर पोखरा ल्याउने र फर्किँदा च्यांग्रा बेच्ने, समान लैजाने काम हुन्थ्यो ।’ यही […]
काठमाडौं । चमत्कारिक विकासका कामहरु गरेर चीनले विश्वलाई आश्चर्यमा पार्दै आएको छ । सडक, पुल, रेलवे, विमानस्थल निर्माणमा उसले गरेको काम अरु देशका लागि आश्चर्यजनक र लोभलाग्दो रहँदै आएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्व संध्यामा काठमाडौंमा पनि त्यस्तै त होइन तर त्यही शैलीमा रातारात काम भइरहेको छ । हिजोसम्म खाल्डैखाल्डा रहेको सडक […]
१९ असोज, कोहलपुर । दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार, उनीहरुलाई जुवाखालसहित ९० […]
१९ असोज, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दशैँ मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी समुदाय वर्षात्का बेला मजदुरी नपाउँदा बेखर्ची भएका छन् । महाकाली नदीले छाडेको बगरमा तीन दशकदेखि बस्दै आएका बादी समुदायले मजदुरी नगरे चुल्होमा आगो बल्दैन । महाकाली नदीको बगरमा बालुवा चाल्ने, गिट्टी सङ्कलन गर्ने र कृषि मजदुरका […]
दशैं भन्नेवित्तिकै मलाई गाउँको सम्झना हुन्छ । गाउँमा जन्मेको भएर हो कि दशैं त गाउँमै छ जस्तो लाग्छ । जमरा राख्ने दिनदेखि विहान नुहाई– धुवाई गरेर चोखो भै नित्य दुर्गा शप्तशतीको पाठ अनि विजयादशमीका दिन नकाटुन्जेल डालोभित्र पहेंलपुर हुँदै मौलाएको जमरा दशैंको विम्वजस्तो लाग्छ । गाउँवाट शहर, शहरबाट राजधानी हुँदै अहिले १४ वर्षभन्दा वढी अमेरिकामा […]
१९ असोज, काठमाडौं । बडाशैंको आठौँ दिन महाअष्टमी पर्व आज दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । आजको दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बली दिइ दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ । दशैँको अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । आसुरी प्रवृत्तिको […]
१९ असोज, बिराटनगर । दशैंको रौनकले छोपिसकेको छ । घर बाहिर भएकाहरु दशैं मनाउन घर फर्किएका छन् । दशैंको रौनकले प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुलाई पनि छोएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दशैं मनाउन घर (भोजपुर) जाने तयारीमा छन् । भोजपुरमा मुख्यमन्त्री राईका बुबाआमा छन् । दशैंमा मुख्यमन्त्री राईले ससुराली जानुपर्ने […]
१९ असोज, काठमाडौं । मानमास्थित बहराइन फाइनान्स कम्पनी (बीएफसी) को कार्यालयमा नेपाली कामदारहरुको घुइँचो छ । घर-परिवारलाई दशैं खर्च पठाउन उनीहरु लाइनमा बसेका छन् । एकसँग अर्कोको परिचय त छैन, तर परिचय नभएजस्तो पनि छैन । नचिनेर के भयो त ? उनीहरु एक-अर्कासँग दाजु-भाइजस्तै गफिन्छन् । आखिर नेपालीको नाता त छँदैछ नि । दशैंका बेला […]
१८ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण दशैं लगत्तै हुने भए पनि कुन दिन काठमाडौं आइपुग्छन् भन्ने औपचारिक घोषणा भएको छैन । तर, उनको स्वागतमा काठमाडौंलाई चिटिक्क बनाउने काम धमाधम भइरहेको छ । काठमाडौंको सडक कालोपत्रे गर्ने, धुलो बढार्ने, सडकपेटीमा रंगरोगन गर्ने लगायतका काम धमाधम भइरहेका छन् । मध्यरातमा सडकमा कालोपत्रे बिछ्याउने […]
१८ असोज, दाङ । ‘काठमाडौं सधैं किन यसरी बेतमास कराइरहन्छ ?’ कार्यक्रम सहजीकरण गरिहेका घनश्याम अस्तित्व पूर्वप्राज्ञ अमर गिरीलाई प्रश्न गर्छन् । ‘लामो समय हामी सामन्ती संरचनामा गयौं । यसरी पनि हामी केन्द्रलाई सधैं महत्वपूर्ण मान्यौं । परिधिलाई कसरी पनि माथि लैजानुपर्छ भन्ने विषयमा कहिले सोचिएन,’ डा.अमर गिरीको उत्तर छ, ‘त्यसमाथि मोफसलले केन्द्रसँग लड्न अझै […]
१८ असोज, काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । काठमाडौं प्रहरीका एक अधिकृतले महराविरुद्ध उजुरी प्राप्त भएको पुष्टि गरे । यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी […]
१८ असोज, काठमाडौं । हनुमानढोका दरबारस्थित दसैंघरमा फूलपाती भित्र्याइएको छ । गोरखा दरबारले पठाएइको फूलपाती हर्ष बडाइका साथ भित्र्याइएको हो । गोरखा दरबारले विहान साढे सात बजे बाजागाजासहित डोलीमा राखेर निकालिएको थियो । दरबारका भित्रिया सुसारे लिलाबहादुर बोहराकाअनुसार फूलपाती चौतारासम्म बोकेर लगिनेछ भने त्यहाँबाट गाडीमा पठाइएको थियो । पहिले धादिङको जिवनपुर, नुवाकोट हुँदै हिँडेर फूलपाती […]
१८ असोज, विराटनगर । मोरङ प्रहरीले ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले केराघारीमा लुकाएको अवस्थामा ४३ थान विष्फोट पदार्थ जिलेटिन बरामद गरेको हो । मोरङका विभिन्न स्थानमा बम विष्फोट गराएको आरोपमा पक्राउ परेका विप्लव समूहका कार्यकर्तामाथि अनुसन्धान गर्ने क्रममा मोरङको बुढीगंगा गाउँपालिका ७ धरहरा […]
१८ असोज, काठमाडौं । नेपाली सेनाका दुई सहायक रथीको उपरथीमा बढुवा भएको छ । निरीक्षणाधिकृतको कार्यालयका अशोकराज सिग्देल र पश्चिम पृतना हेडक्वाटरका गोकुल भण्डारीको उपरथीमा बढुवा भएको हो । सिग्देल र भण्डारीलाई शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहपछि आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । उनीहरुलाई शुक्रबार बसेको मन्त्रिपरिषद […]
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महरालाई बचाउन सक्रिय भएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा कांग्रेस सभापति देउवाले पीडित महिलालाई धम्क्याएर मुद्दा हाल्न नदिएको प्रष्ट भइसक्दा पनि किन कारबाही नगरेको भनेर प्रश्न गरे । ‘त्यो महिलालाई तर्साएर धम्क्याएर मुद्दा हाल्न दिएको […]
१८ असोज, काठमाडौं । निर्यात बृद्धिसँगै मुलुकको व्यापार घाटा घटेको पछिल्लो दुई महिनाको तथ्यांकले देखाएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको विवरणअनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा मुलुकको निर्यात २५.८७ प्रतिशतले बढेको छ । यस्तै व्यापार घाटा गत वर्षको समिक्षा अवधिको तुलनामा ३.०५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७५/७६ को […]
दाङ । ‘काठमाडौंका केही राष्ट्रिय मिडिया छन्, जसमा सधैं एउटै अनुहारमात्रै छापिएर आउँछ,’ यो गुनासो आम उदयीमान लेखकको छ । उनीहरु आफूहरु मिडियाको विभेदकारी परम्पराबाट पीडित बन्नु परेको गुनासो छ । तर पत्रकार लेनिन बञ्जाडे यो मान्न तयार छैनन् । ‘आजभोलि रचना प्रकाशन गर्न मिडियाको पछि कुदिरहनु आवश्यक छैन । प्रत्येकको हातमा आफ्नै मिडिया छ […]
दशैं नेपालको सबैभन्दा ठूलो चाड हो । धेरैलाई पुराना सम्झनामा लगेर झक्झक्याउने काम दशैंले जति सायदै अन्य चाडले गर्छन् । किनकि दशैं यस्तो चाड हो, जुन हिमालदेखि तराईसम्मका, बाहुनदेखि दलितसम्मले आफ्नै संस्कृतिका रुपमा मनाउँछन् । सरकारले पनि यस चाडलाई विशेष महत्व दिएर विदा दिने गरेको छ । तराईमा पनि धुमधामका साथ नवरात्रभरि नौ दिनसम्म देवीदुर्गा […]
from समाचार – Online Khabar https://ift.tt/30OkbVc
via IFTTT