समाचार
२१ असोज, जनकपुरधाम । धनुषामा जेठानी र देबरानीबीच भएको विवाद छुरा हानाहानमा परिणत हुँदा एक जनाको ज्यान गएको छ । जेठानीले प्रहार गरेको छुराबाट देवरानीको ज्यान गएको छ । घटना जिल्लाको औरही नगरपालिका–१, झिटकैयाको हो । यहाँ निवासी अहमद राइनकी पत्नी २६ वर्षीया सुनौल र अहमदका भाइ विवरण राइनकी २२ वर्षीया पत्नी सहानी खातुनबीच भएको […]
२१ असोज, काठमाडौं । मादक पदार्थ सेवन गरेर बाबुको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय छोरा नहिम पमरिया छन् । पमरियालाई उक्साउने आमा मृतककी श्रीमती ५० वर्षीया जमुनी खातुनलाई समेत प्रहरीले पक्राउ गरेको छ । यसअघि १९ असोजमा सप्तहरीको महादेवा–१, बजुराही टोलमा ६२ वर्षीय महमद गफुरको कुटपिट गरी हत्या […]
२१ असोज, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले पनि हिम्दु धर्मावलम्बीहरुको महान् चाड विजया दशमी मनाएका छन् । दूतावासमा आयोजित कार्यक्रममा टीका र जमरा लगाएर उनले दशैं मनाएका हुन् । ढाका टोपीमा सजिएर टीका र जमरा लगाएको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै उनले सर्वसाधारणमा खुशी, शान्ति र मायाको कामना गरेका छन् । […]
२१ असोज, बनेपा । जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरुबाट कारागारमै टीका र जमरा लगाइदिएका छन् । कैदीबन्दीका परिवार र आफन्तका लागि जिल्ला कारागार व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरिएको थियो । उनीहरुका आफन्तले मंगलबार टीका र जमरा लगाइदिएको कारागारको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक उमेश आचार्यले बताए । […]
२१ असोज, काठमाडौं । आफ्नो जीवनकालमा सयवटा दसैं मनाउन पाउने भाग्य कमै व्यक्तिहरुलाई जुर्छ । यस्तै एक भाग्यमानी हुन्, संस्कृतिविद् सत्यमोहन जोशी । उमेरले एक शताब्दीको यात्रा पार गरेका जोशीको मानसपटलमा आफ्नो बाल्यकालका दशैंहरुको सम्झना अहिले पनि ताजा नै छ । बुवाले नयाँ लुगा सिलाउन सूचीकारकहाँ पुर्याएपछि दशैंको रौनक सुरु हुन्थ्यो । सत्यमोहन भन्छन्, ‘त्यतिबेलाको […]
२१ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैंको टीका लगाइदिएकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शितलनिवास पुगेका ओलीलाई दशैंको टीका, जमरा र माला लगाइदिएका हुन् । भण्डारीले ओली पत्नी राधिका शाक्यलाई पनि टीका दिएकी छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद […]
२१ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माणको अभिभारा पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । विजयादशमी, तिहार र छठ पर्वका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध कर्णाली र सुखी कर्णालीवासी’ को अठोट पूरा गर्न विजयादशमी लगायतका चाडपर्वले सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री […]
२१ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दाजु तथा भाउजुको हातबाट दशैंको टीका लगाएका छन् । थापाले दाजु अवकास प्राप्त रथी नेत्रबहादुर थापा र भाउजु अमिताको हातको टीका लगाएका हुन् । आफूले टीका ग्रहण गरे पश्चात उनले परिवारका अन्य सदस्यलाई टीका लगाइदिएका थिए ।
२१ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टीका लगाएकी छन् । उनले मंगलबार दिउँसो आफन्त र पुजारीबाट दशैंको टीका लगाएकी हुन् । आफूले टीका लगाएपछि उनले पुजारी, आफन्त लगायतलाई टीका लगाइदिइरहेकी छन् । तस्वीरहरूः रत्न श्रेष्ठ/रासस
२१ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका छन् । विजया दशमीको उपलक्ष्यमा टिका ग्रहण गरेको फोटा राख्दै डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘सबैको भलो होस ! देशमा शान्ति, सुशासन र समृद्धिको बर्षा होस ! असत्य र अन्यायमाथि सत्य र […]
२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् । ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आफूले पिताको हातबाट टिका ग्रहण गरेपछि उनले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टीका लगाइदिनेछन् । त्यसपछि पार्टी कार्यकर्ता […]
२१ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरेका छन् । पुनले मंगलबार उपराष्ट्रपति भवन, हरितगृहमा ८६ वर्षीय बुबाबाट दशैंको टीका लगाएका हुन् । उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।
२१ असोज, काठमाडौं । देशमा दशैंको रौनक छाएको बेला फुटबल र क्रिकेट खेलाडीहरु भने देशबाहिर छन् । क्रिकेट टिम सिंगापुर हुदै ओमान पुगेका छन् भने फुटबल टिम अष्ट्रेलियामा । ओमानमा हुने टी–२० क्रिकेट सिरिज खेल्न नेपाली क्रिकेट टिम त्यहाँ पुगेको हो । टिमले दुईवटा खेल खेलेर सतप्रतिशत जित निकालेको छ । यता फुटबल टिमले अष्ट्रेलियासँग […]
२१ असोज, जनकपुरधाम । बडादशैँअन्तर्गत मंगलबार दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ । मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसिद्ध रहेको क्षेत्र हो । भगवती दुर्गालाई शक्तिस्वरुपा मानेर परम श्रद्धापूर्वक पूजा गरिने […]
नमुछे आमा दहीमा टीका नछरे जमरा दैवले पर्दा उठायो आमा आउँदिन फर्केर… लक्ष्मण रायमाझीले यो गीत आफ्नै लागि लेखेजस्तो लाग्छ । गीत रेडियो नेपालमा बज्न शुरु भयो । सबैभन्दा बढी फर्माइस आउन थाल्यो । तर, लक्ष्मणले त्यो चर्चा देख्न पाएनन् । गीत रेकर्ड भएको दुई वर्षमै उनलाई नशासम्बन्धी रोगले लग्यो । त्यसपछि आमाले उनका लागि […]
२१ असोज, भक्तपुर । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु भएको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा मंगलबार नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमी, […]
२१ असोज, भक्तपुर । भक्तपुरको सूर्यविनायक–८, भातेढिकुरमा मिनी बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रामेछाप लिखु गाउँपालिका–४ घर भइ हाल भक्तपुर सूर्यविनायक–९ नलिञ्चोक बस्ने ३५ वर्षीय रामबहादुर भुजेल छन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनी बसले […]
२१ असोज, भोजपुर । अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गएराति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उहाँकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ । त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईकी १६ वर्षीया छोरी इन्दिरा खत्री र २२ […]
२१ असोज, पाँचथर । सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको सोमबार उपचारको क्रममा मृत्यु भएका पाँचथर प्रहरीले […]
२१ असोज, काठमाडौँ । काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धुलोमुक्त शहरका लागि खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरुपमा शुरु गरिएको कालोपत्रमा अवरोध गरिएकामा दुःख व्यक्त गरेका छन् । उनले त्यस क्षेत्रमा अत्यधिक धुलो उडेको र आफ्नो धुलोमुक्त काठमाडौँको अभियान जारी रहेको स्थितिमा त्यहाँ कालोपत्र र ढलानको काममा जनप्रतिनिधिकै उपस्थितिमा अवरोध हुनु दुःखद भएको बताए । सांसद भीमसेनदास […]
२१ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् । विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै मंगलबार दिएको शुभकामना सन्देशमा उनले चाडपर्वको सम्बर्द्धनबाट […]
from समाचार – Online Khabar https://ift.tt/2MmuYRc
via IFTTT





















