समाचार
२८ असोज, काठमाडौं । एनआरएनको नवौ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा तोडफोड गरेपछि उनी प्रहरी हिरासतमा छन् । थापामाथि सार्वजनिक सम्पत्ति तोडफोड र अभद्र व्यवहारको कसुरमा म्याद थपको प्रक्रिया अघि बढाइएको छ । यद्यपि एनआरएन नेताहरुले उनको रिहाइका लागि दबाव दिइरहेको प्रहरी स्रोतले बतायो । […]
डा. मोहनराज श्रेष्ठ(लाखे) ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा १७ वर्षदेखि कार्यरत छन् । उनको पेशा अन्य चिकित्सकको भन्दा विशिष्ट र भिन्न पनि छ । अरुले मान्छेको देखिने दुखाइको उपचार गर्छन् भने उनले झट्ट हेर्दा नदेखिने रोग र समस्याको उपचार गर्नुपर्छ । तर, समाजमा उनको त्यो विशिष्ट कार्यप्रति हुने व्यवहारबाट भने उनी चिन्तित छन् । स्वभावैले यो […]
२८ असोज, काठमाडौं । विदेशिएका नेपालीहरूको हक–हितका लागि भनेर स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म सञ्चालन हुनेछ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट महाधिवेशन उद्घाटन गराउने तय भएको जनाएको छ । हरेक २ वर्षमा महाधिवेशन […]
२८ असोज, काठमाडौं । युरो कप छनोटमा टर्कीले फ्रान्सलाई १–१ गोलको बराबरीमा रोकेको छ । सोमबार राति समूह ‘एच’ को खेलमा टर्कीले फ्रान्सकै घरेलु मैदानमा १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न सफल भएको हो । टर्कीका लागि केन आयहानले गोल गरे । यता, फ्रान्सका लागि ओलिभर जिराउडले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको […]
२८ असोज, काठमाडौं । विश्व चर्चित स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल करिअरमा सात सय गोल पूरा गरेका छन् । सोमबार राति युक्रेनविरुद्ध गोल गरेसँगै उनले आफ्नो करिअरमा ९७३ खेलबाट सात सय गोल पूरा गरेका हुन् । उनले आफ्नो देशको लागि ९५ गोल पूरा गरेका छन् । उनले आफ्नो करिअरमा यस्तो रेकर्ड राख्न सफल भएपनि […]
२८ असोज, काठमडौं । विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम अवे खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा नेपाल र जोर्डनबीचको खेल सुरु हुनेछ । पाँच पटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग ५-० गोलको हार ब्यहोरेको नेपाल त्यतैबाट जोर्डन पुगेको हो । जोर्डनलाई उसैको घरेलु मैदानमा […]
२८ असोज, काठमाडौं । युरोकप छनोटमा इंग्ल्यान्डले बुल्गेरियामाथि ६-० गोलको फराकिलो जित निकालेको छ । सोमबार राति समूह ‘ए’ को खेलमा घरेलु टोली बुल्गेरियामाथि इंग्ल्यान्डले फराकिलो जित निकालेको हो । इंग्ल्यान्डको जितमा रोस बार्कली र रहिम स्टर्लिङले समान २-२ गोल गरे । त्यस्तै, कप्तान हृयारी केन र मार्कुस राष्फोर्डले समान १-१ गोल गरे । पहिलो […]
२७ असोज, काठमाडौं । विदेशमा रहेका नेपालीहरु नेपालभित्रको विसंगति र अनुशासनहीनताबारे सामाजिक सञ्जालमा बारम्बार चिन्ता व्यक्त गरिरहेका हुन्छन् । तर, विदेशमा बसेर उनीहरुले आफैंले चाहिँ कति अनुशासन सिकेका रहेछन् त ? एनआरएनए सम्मेलनबारे जानकारी दिन संघको काठमाडौं कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा चाहिँ उनीहरुको ‘नेपाली पारा’ नै देखियो । बर्षौंदेखि विदेशी ज्ञान, शिप र शिक्षा र […]
२७ असोज, बुटवल । कोही एक तोला सुनका लागि हत्यारा बन्ला ? अधिकांशलाई पत्याउन गाह्रो पर्छ । तर, बुटवलमा एक व्यक्तिले मुन्द्राको लोभमा महिलाको विभत्स हत्या गरिदिएका छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख हेम थापाका अनुसार घटनामा संलग्न भएको आरोपमा हेटौंडा घर भइ बुटवल–३, ज्योतिनगरमा बस्दै आएका ४२ वर्षीय राम लामा पक्राउ परेका छन् […]
२७ असोज, काठमाडौं । सामूहिक हत्या आरोपमा पक्राउ परेका निलम्वित सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई निशर्त रिहाइ गर्नु पर्ने माग राख्दै नेपाली कांग्रेसले रौतहटमा प्रदर्शन गरेको छ । २०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोटको घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका आलममाथि प्रहरीले अनुसन्धान गर्न नहुने माग राखेर कांग्रेसले सोमबार रौतहटका विभिन्न […]
२७ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले जहाज उड्न ढिला गरेको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार साहले जनकपुर विमास्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआइपी क्षेत्रमा समेत तोडफोड गरेका हुन् । ‘सांसद साहले कर्मचारीमाथि अभद्र व्यवहार गर्दै तोडफोड गरेको रिपोर्ट प्राधिकरणमा आएको छ,’ स्रोतले भन्यो, […]
२७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईदिने औपचारिक भ्रमणमा आएका आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेपछि नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको धारणा सार्वजनिक गरिन् । ‘हाम्रोनिकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङज्यूको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश […]
शून्य ठाउँमा एउटा बाटो बनाएँ बाटो न हो, त्यसलाई कुल्चेँ हिडेँ, गन्तव्यमा म पुगेँ कि पुगिनँ कुन्नि, म आफैं नै बाटो भइसकेको पाएँ । – सुलोचना मानन्धर फोटो फ्रेमभित्र सेतो कागजमा काला अक्षरले लेखिएका शब्दहरु कोठाको एउटा कुनामा लडिरहेका छन् । फोटो फ्रेमजस्तै कोठामा अन्य सामानहरु यत्रतत्र छरिएका छन् । सामानहरुको अवस्था देख्दा बसाइँ सराइको […]
२७ असोज, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु आयात घटेको छ भने निर्यात व्यापार उल्लेख्य बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार दुई महिना (साउन–भदौ) मा कूल २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को सोही अवधिको तुलनामा १.२२ प्रतिशतले कम हो […]
२७ असोज, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन सशर्त फुकुवा गरेको छ । सोमबार बसेको आईसीसी बोर्ड बैठकले नेपाल र जिम्बाब्वेको निलम्बन फुकुवाको निर्णय गरेको हो । आईसीसीले नेपाललाई २०१६ मा निलम्बन गरेको थियो । यो निलम्बनपछि उसकै अगुवाईमा विधान संशोधन हुनुका साथै हालै भएको निर्वाचनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति बनाएको […]
२७ असोज, बुटवल । बुटवल ज्योतीनगरकी टिकीसरी गुरुङको हत्यामा संलग्न एक जनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ । गत असोज १७ गते धारीलो हँसिया प्रयोग गरी हत्या गरिएकी गुरुङको हत्या अभियोगमा मकवानपुर जिल्ला हेटौडा घर भएका राम लामालाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । बाख्रा चराउन गएकी गुरुङलाई हँसिया प्रहार गरी बुटवल बहुमुखी क्याम्पस पछाडीको […]
२७ असोज, बुटवल । बुटवलसंग मैत्री सम्बन्ध कायम भएको मित्रराष्ट्र चीनको प्रमुख सहर सिआन सिटीको टोलीले बुटवलको अवलोकन भ्रमण गर्दै सहकार्यलाई उन्नत स्तरमा पुर्याउने प्रतिबद्धता जनाएको छ । सिआन नगर सरकारका विदेश विभाग प्रमुख छ्याङ सङको नेतृत्वका त्यहाँको रेल–वे विश्वविद्यालय, सिआन विश्वविद्यालय, नगरको जनसरकार, संस्कृति तथा पर्यटकीय सरकारी कम्पनीका अधिकारीहरुको विशेष टोली बुटवलमा आएको छ […]
२७ असोज, पोखरा । ‘१ निर्वाचन क्षेत्र १ नमुना कृषि गाउँ’ विकास गर्न गण्डकी प्रदेश सरकार लागि परेको छ । चैत १० गते योजनाको सुरुआत तनहुँको भीमाद ९ पाथर्दीबाट प्रदेश सरकारले गरेको थियो । योजनाकोे शुभारम्भ गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका थिए, ‘अबको ५ वर्षमा प्रदेशको उत्पादन दोब्बर हुन्छ । यहाँ अझैं १४ प्रतिशत जनता […]
२७ असोज,काठमाडौं । अहिले सामाजिक सञ्जाल टिकटकमा पूर्वयुवराज पारस शाहको एउटा भिडियो भाइरल बनेको छ । सुमन नामको अकाउन्टबाट अपलोड गरिएको उक्त भिडियोमा पूर्वयुवराज पारस शाह आफ्ना एक सुभेच्छुकसँग तर्क गरिरहेका देखिन्छन् । भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् । ‘यो वादी उ वादी भनेर […]
२७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघको (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व सम्मेलनमा सहभागी हुन सोमबार मध्यान्हसम्म १ हजार ५ सयभन्दा बढी मतदाताहरु काठमाडौं ओर्लिसकेका छन् । ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको मूख्य आयोजक नै नेपाल सरकार रहेको छ । परराष्ट्र मन्त्रालयको संयोजकत्वमा नेपाल […]
२७ असोज, विराटनगर । मोरङमा प्रहरीले औषधि पसलबाट लागुऔषध बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका– २ पशुपति चोकका २० बर्षका असिम श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका– ४ का २६ बर्षका नरेश यादवलाई पक्राउ परेका हुन् । प्रहरीले श्रेष्ठलाई असोज २३ गते सुन्दरहरैंचा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा पक्राउ गरेको थियो । […]
from समाचार – Online Khabar https://ift.tt/32hJTTx
via IFTTT






















