समाचार
१९ माघ, झापा । झापाको कचनकबल गाउँपालिका–१ घेराबारीस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गएराति पौने १ बजे भएको आगलागीमा परी अन्दाजी ६० वर्षीय गोबर्द्धन राजवंशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय घेराबारीले जनाएको छ । घरका अन्य सदस्य भने भागेर बाच्न सफल भएका छन् । भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी […]
१९ माघ, काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समितिको बैठक सरेको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरु बताउँछन् । प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन […]
१९ माघ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् । राजधानी काठमाडौंमा दिउँसो १ बजे शान्तिवाटिकामा प्रदर्शन हुने छ । मध्याह्न १२ बजे त्रिचन्द्र क्याम्पसबाट जुलुस निकालेर शान्तिवाटीकामा विरोधसभामा परिणत […]
१९ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिए । त्यसका लागि अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । […]
१८ माघ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीसहित अन्य राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिएको घटना निन्दनीय भएको बताएका छन् । स्कुल अफ डेमोक्रेसी काठमाडौंको एक कार्यक्रममा बोल्दै नेता महरले भने, ‘लोकतान्त्रिक पद्धति र संविधानवादको संरक्षणका लागि नेपाली कांग्रेसलगायत आम जनतासमेत संघर्षरत रहेकै बेला म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान […]
१९ माघ, काठमाडौं । म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ । राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो । सैनिक टेलिभिजनमा प्रसारित एक सन्देशमा भनिएको छ– […]
१९ माघ, काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमा आजबाट सरकारी पक्षको बहस सुरु हुँदै छ । रिट निवेदक पक्षको बहस आइतबार सकिएपछि सरकार पक्षको बहस सुरु हुन लागेको हो । संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय […]
१९ माघ, काठमाडौं । देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन आज हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न सबस्टेशनको उदघाटन गर्न लागेका हुन् । त्यसका लागि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् आज धनुषा जाँदैछन् । धनुषामा करिब डेढ घण्टा बिताएर उनी सिरहाको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । ‘मौसम अनुकूल भए प्रधानमन्त्रीज्यू […]
१९ माघ, काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा […]
१९ माघ, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ । यो जानकारी सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका प्रवक्ताले वक्तव्य जारी गर्दै जानकारी दिएका हुन् । केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाका बीच सुकीलाई सेनाले हिरासतमा लिएको बीबीसीले जनाएको छ । गत नोभेम्बर महिनामा भएको […]
१९ माघ, हेटौंडा । आज बस्ने तय भएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज दिउँसो २ बजेका लागि तय भएको थियो । प्रदेशसभा सचिवालयले भने विशेष कारण देखाउँदै बैठक स्थगित गरेको छ । बैठक अब आगामी फागुन २ गते बस्ने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि माघ ९ गते बसेको […]
१९ माघ, काठमाडौं । बुधबार आफ्नो आगामी कार्ययोजना सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्री प्रेम आलेले पशुपति आर्यघाटमा शव जलाउन आवश्यक पर्ने दाउरा निःशुल्क उपलब्ध गराउने योजना सुनाए । आर्थिक अभावका कारण शव जलाउन नपाउने अवस्थाको अन्त्य गर्न दाउरा निःशुल्क गर्ने योजना बनाएको उनले सुनाए । तर उनको घोषणा लागू भएको छैन । पशुपति क्षेत्र […]
१९ माघ, काठमाडौं । आज माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ सालमा आजकै दिन शासनसत्ता हातमा लिएका थिए । उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेको र राजकीय तथा शासकीय सत्ता अब आफ्नो हातमा रहेको घोषणा गरेका थिए । यो शाही ‘कू’लाई नेपालको राजनीतिमा कालो […]
१८ माघ, पोखरा । मानिसहरुले चौतारा भरिएको छ, मञ्च अघिल्तिर बस्नेहरु ताली बजाइरहेका छन् । धमाधम सम्मान थाप्दै मञ्चबाट झर्नेहरुको लर्को छ । कार्यक्रमस्थलको एउटा कुनामा छिन्, राधिका खनाल (६२) । उनको न मञ्चतिर ध्यान छ, न अरु मान्छेहरुतिर चासो । राधिका एक तमास टोलाइरहेकी छिन् । हातमा बोकेको गाउँ सरकारले दिएको सम्मानपत्र घरिघरी ओल्टाइपल्टाइ […]
१८ माघ, काठमाडौं । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । ३० मंसिरको विहान बसेको परिषद्को बैठकमा गणपुरक संख्या नपुगेपछि अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो भने त्यही दिन साँझ बोलाइएको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका […]
१८ माघ, काठमाडौं । संवैधानिक इजालस, सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा निवेदकहरुको तर्फबाट बहस सकिएको छ । गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि ७० जना भन्दा बढीले बहस गरे । संसद विघटनको करिब ४० दिनपछि प्रतिरक्षाका लागि सरकारी पक्षको बहस भोलि सोमबार सुरु हुनेछ । रिटमा […]
१८ माघ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको मुल जिम्मेवारी पशुपति क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृति वस्तु र स्थलहरुको संरक्षण र सम्बर्द्धन गर्नु हो । तर, कोषकै जोडबलमा यसअघि नै विवादित बनेको मूल शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निणर्य गरेको छ । कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने प्रस्ताव […]
१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा पार्टीका कार्यक्रमहरुमा भाग लिन देश दौडाहमा छन् । पार्टीका आमसभामा सहभागी हुन कार्यक्रमस्थलसम्म पुग्न भने उनले विकासको आयोजनाहरुका नाममा राज्यकोषको खर्च गरिरहेका छन् । सरकारी खर्चमा पार्टीको कार्यक्रमका लागि दौडाहमा निस्कँदा हुनसक्ने सम्भावित विरोध र आलोचना रोक्न र घोषित निर्वाचनअघि सरकारको काम देखाउन उनले शिलान्यास […]
आज धर्मभक्त माथेमाले शहादत प्राप्त गरेको ठाउँबाट उहाँलाई सम्झिँदै छौं । उहाँकै परिवार विश्वविद्यालयका मेरा गुरु केदारभक्त माथेमासँग बसेर सम्पूर्ण शहीदलाई सम्झिँदै छौं । तर समस्या के हो भने आज पनि हामी लोकतन्त्रकै चिन्ता गर्दैछौं । अहिले खगेन्द्र संग्रौला लगायत अग्रजहरूको छत्रछायाँमा हामी आन्दोलनमा छौं । खगेन्द्र दाइ पनि आन्दोलनमा हुनुहुन्छ, हामी पनि आन्दोलनमा छौं […]
केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको लगभग ५० दिन पुगेको छ । संसद विघटनको विरोधमा तर्कहरु सुनिरहेका न्यायाधीशहरुले सोमबारदेखि सरकारी पक्षका वकिलहरुले तर्क सुन्नेछन् । त्यसपछि अदालतले यसबारे सम्भवतः माघ महिनाभित्रै वा फागुनको पहिलो सातामा निर्णय सुनाउने छ । अब सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदियो भने के होला ? यो […]
१८ माघ, काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले आइतबार सर्वोच्च अदालतमा हाजिर गराएको छ । बन्दी प्रत्यक्षीकरणको रिट परेपछि अदालतले बास्तोलालाई २४ घन्टाभित्र हाजिर गराउन आदेश दिएको थियो । सोही अनुरुप उनलाई प्रहरीले अदालत उपस्थित गराएको हो । बाँस्तोलासहित नेता विवेक कुमाल र प्रकाश शाहीलाई प्रहरीको विशेष ब्युरोले २९ पुसमा ललितपुर र […]
from समाचार – Online Khabar https://ift.tt/2MIm3NT
via IFTTT




















