समाचार
१३ फागुन, काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मकवानपुर, बर्दिया, चितवन र सुनसरीमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रकले एक गाडीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । विहीबार बिहान ना ६ ख ४०४४ नम्बरको ट्रकले ना […]
१३ फागुन, बुटवल । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् । सेवाग्राहीसँग ५० […]
१३ फागुन, काठमाडौं । उपहार परेकाे भन्दै ठगी गरेको अभियोगमा काठमाडौंको याङरिमा हिलसिटीबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–७ घर भई काठमाडौंमा बस्दै आएका २६ वर्षीय दीपककुमार दुवे लगायत तीनजना छन् । विभिन्न मितिमा उपहार पर्याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमई मार्फत पैसा पठाउन लगाइ ठगी गरेको सूचनाको आधारमा बुधबार साँझ ५३ […]
१३ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको हटिया लाइन क्षेत्र धुलैधुलो भएपछि स्थानीय वासिन्दाले सढक अवरुद्ध पारेर आन्दोलन गरेका छन् । वीरेन्द्रनगर नगरपालिका– ६ मा पर्ने सो क्षेत्रमा बिहीबार विहानदेखि स्थानीय वासिन्दाले सडक अवरुद्ध पारेका छन् । यस क्षेत्रको दुईवटा मुख्य सडक र चारवटा सहायक सडकमा डोरी र तारजाली लगाइएको छ । सडक निर्माणका […]
१३ फागुन, काठमाडौं । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) का विशेषज्ञहरुले जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सुरक्षित र प्रभावकारी देखिएको बताएका छन् । एफडीएले बुधबार प्रकाशित गरेको विवरणअनुसार विशेषज्ञहरुको समूहले यो खोपलाई अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको हो । जोन्सन एण्ड जोन्सन कम्पनीले आफूले विकास गरेको […]
१३ फागुन, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर बिहीबारका लागि प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार पनि सुन तोलामा ३ सय रुपैयाँ घटेको थियो । महासंघले तेजावी सुनको भाउ […]
१३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर जाने प्रस्ताव राखेको छ । संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका हुन् । ‘उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्नुभयो,’ जसपा नेता राजेन्द्र महतोले भने, ‘हामीले केपी ओलीको प्रतिगमन त सच्चियो । […]
१३ फागुन, काठमाडौं । ‘सबको फोन…’ गत दुई वर्षदेखि बाक्लै सुन्न थालिएको एउटा कम्पनीको नाम हो, यो । ‘सबको फोन’ले बिग्रेको मोबाइल सेटलाई ‘रिफरविस्ट’ गर्छ । ‘हामी पुरानो मोबाइलको बिग्रेको पार्टपुर्जा बनाएर, त्यसले पूर्णरुपमा काम गरेको प्रमाणित गरेर नयाँ प्याकेजिङमा ग्राहकलाई फर्काउँछौं’, कम्पनीका संस्थापकमध्येका एक उत्तम काफ्ले भन्छन् । सबको फोनमा ब्रान्डेड कम्पनीका पछिल्ला मोबाइल […]
११ फागुन, काठमाडौं । बौद्ध–६, तिनचुलीस्थित घरमा सुतिरहेका जापानी नागरिक तेञ्जिङ सिमिजु राति २ बजे भाडाकुँडा बजेको सुनेर ब्युँझिए । दर्के पानी परिरहेका वेला रातमा अस्वभाविक आवाज सुनेर उठेका उनी अज्ञात समूहको आक्रमणमा परिहाले । कसैले पछाडिबाट टाउकोमा हाने, उनी अर्धबेहोसी अवस्थामा पुगे । एक वर्षअघिको घटना अहिले अहिले सम्झँदा उनलाई जिरिंग हुन्छ । भन्छन्, […]
१३ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीको विषयमा छलफल थालेको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता […]
१३ फागुन, बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको नयाँ नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू र उपाध्यक्ष हरि अर्यालले उम्मेदवारी दिएका छन् । संघको २४औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्वमा सहमति नभएपछि चुनाव हुन लागेको हो । २५ सदस्यीय कार्यसमितिमा अधिकांश पदाधिकारी निर्विरोध भएका छन् । प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बाबुराम पाण्डेका अनुसार अध्यक्षसहित सचिव, […]
१३ फागुन, काठमाडौं । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले सो प्रस्ताव राखेका हुन् । गौतम निकट नेता ताज मोहम्मद मियाका अनुसार प्रचण्डलाई […]
१३ फागुन, काठमाडौं । फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको छ । यो कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले कडा विरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो प्लेटर्फममा अष्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयर गर्न प्रतिबन्ध लगाएको […]
१३ फागुन, वीरगञ्ज । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित बाराबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई पक्राउ परेका हुन् । फागुन १२ गते बिहान साढे ११ बजे कलैया-मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया […]
१३ फागुन, काठमाडौं । आज बस्ने तय भएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर गृहकार्य गर्नुपर्ने भएको भन्दै आजको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज स्थायी कमिटीको […]
१३ फागुन, कतार । सेयर बजारमा लगानी गर्न कतारका श्रमिकहरु उत्साहित देखिएका छन् । विदेशबाट बैंक खाता, डिम्याट खाता र मेरो सेयर खोल्न मिल्ने भएपछि कतारमा रहेका श्रमिकहरु सेयर बजारमा लगानी गर्न उत्साहित भएका हुन् । खासगरी ठूलो पुँजीको सेयर निष्कासन गरेको नेपाल इन्फ्राइस्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)मा आवेदन दिएका सबैलाई आईपीओ परेपछि कतारमा श्रम गर्दै […]
१३ फागुन, मोरङ । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर-७ को गोदामबाट उपभोग्य समय समाप्त भएको रहरको […]
१३ फागुन, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा आज बिहान ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । ना ६ ख ४०४४ नम्बरको ट्रकले ठक्कर दिँदा ना १ ह ३४०८ नम्बरको टेम्पो चालक हेटौंडा-११ थानाभर्याङका ३६ वषर्ीय खेमलाल श्रेष्ठको मृत्यु भएको हो । चुरेहिलल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । […]
१३ फागुन, काठमाडौं । सरकारले पूर्व-पश्चिम रेलमार्गको पूर्वी खण्डको ठेक्का फेरि लगाउन कसरत थालेको छ । रेल विभागले झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म १०६ किलोमिटर रेलमार्ग बनाउने प्रक्रिया अघि बढाउन पूर्वतयारीका लागि आधारभूत काम थालेको बताएको छ । विज्ञहरुले पूर्व-पश्चिम रेलमार्गमा नयाँ खण्डमा काम थाल्नुअघि रेलमार्गबारे राजनीतिक तथा प्राविधिक रुपमा विभिन्न निर्णय, अध्ययन र प्रतिवेदनहरुको पुनरावलोकन […]
१३ फागुन, काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने […]
१३ फागुन, काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो । बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न […]
from समाचार – Online Khabar https://ift.tt/3bzn9nW
via IFTTT