Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रवीण बाँस्तोला मृत्युबारे प्रहरीले भन्यो – प्रहरीले कीर्ते कागज बनाउन सक्दैन

१२ फागुन, काठमाडौं । उर्लाबारीको प्रवीण बाँस्तोला मृत्यु प्रकरणको अनुसन्धान त्रुटिरहित ढंगले भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले पत्रकार सम्मेलन गरेर प्रहरीले कीर्ते कागज बनाउन नसक्ने समेत जिकिर गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भनेका छन्, ‘प्रहरी अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय तथा जिल्ला अदालतको आदेश समेत हुने […]

१५ चैतबाट त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा मात्र खुल्ने

१२ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको छ । यसका लागि अगि्रम मिति समेत तय भएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुनेछ । अहिले विमानस्थल दैनिक २१ घण्टा चलिरहेको छ । तर, उडान-अवतरणमा अपेक्षित चाप […]

नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बाइडनको धारणा

१२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिकाले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई बुझाएको ओहदको प्रमाणपत्र बुझ्दै वाइडनले नेपालबारे बताएका हुन् । अमेरिकास्थित नेपाली दूतावसले भनेको छ, ‘अमेरिकी राष्ट्रपतिले साँझ एजेण्डाको आधारमा नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको धारणा व्यक्त गर्नुभयो ।’ […]

खाद्य कम्पनी वीरगञ्जले थप ५ हजार क्विन्टल धान खरिद गर्ने

१२ फागुन, वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले थप ५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने भएको छ । जिरा मसिनो धान किसानले प्रर्याप्त मात्रामा नल्याएपछि थप ५ हजार क्विन्टल सोना मन्सुली धान नै खरिद गर्न लागेको हो । यसअघि कार्यालयले ३० हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल […]

प्राविधिक समस्या झेल्दै दोहोरो अंकले बढ्यो सेयर बजार

१२ फागुन, काठमाडौं । बुधबार कारोबार खुलेसँगै बढ्न शुरु भएको बजार ११ बजेर २० मिनेटमा एक्कासी ८२ अंकले घटेको देखियो । संसद पुनस्थापना पछि बजारले राम्रै गति लिनेमा ढुक्क भएर बसेका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जले वेवसाइट हेरेर अलमलमा परे । नेप्सेले गलत सूचना दिएका कारण निकै ठूलो अंकले घटेको देखिएको बजार अन्नत दोहोरो अंकले बढेर […]

पर्सामा एक वर्षभित्र २४ जना एचआईभी संक्रमित फेला

११ फागुन, वीरगञ्ज । सन् २०२० मा पर्सामा २४ जना एचआईभी संक्रमित फेला परेका छन् । विद्यार्थी जागरण मञ्च (विजाम)ले समुदायस्तरमा गरेको एचआईभी परीक्षणका क्रममा २४ जना एचआईभी संक्रमित भेटिएका हुन् । सन २०१८ देखि विजामले समुदायस्तरमै गएर एचआईभी परीक्षण गर्न सक्नेगरी तालिम प्राप्त ७ जना प्राविधिक जनशक्ति परिचालन गरिरहेको छ । विजामले शंकास्पद व्यक्तिको […]

पशुपतिनाथमा सुनको जलहरी राखेर फर्किइन् राष्ट्रपति

१२ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा बुधबार सुनको जलहरी राखिएको छ । बुधबार मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुनको जलहरी राखिएको हो । गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । सोही अनुसार बुधबार सुनको जलहरी राखिएको हो । जलहरी राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजा गरी […]

विभिन्न स्थानमा भएका दुर्घटनामा तीनको मृत्यु

१२ फागुन, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित कोशी राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ ना ७ ख ८४८९ नम्बरको ट्रकले को ३६ प ३८५७ नम्बरको मोटरसाइकललाई मोटरसाइकलको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य […]

प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्छौं : पम्फा भुसाल

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् । राजधानी काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले अलिकति पनि नैतिकता बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताइन् । ‘मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन […]

प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

१२ फागुन, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । मंगलबार साँझ मध्यपुरथिमिको मनोहरा पुलमा ट्राफिक चेकचाँचका क्रममा मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएपछि एक हजार रुपैयाँ घुस दिन खोज्ने रामेछापको लिखु गाउँपालिका–६ घर भई ललितपुरको बालकुृमारी बस्ने २८ वर्षीय ज्ञाननारायण श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । […]

‘भविष्यमा कुनै पनि प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्’

१२ फागुन, काठमाडौं । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेर संविधानवादको स्पष्ट सन्देश दिएको छ । सर्वोच्चको फैसलाले भविष्यमा कुनै पनि प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैन भन्ने स्थापित गरेको जानकारहरू बताउँछन् । प्रस्तुत छ, अदालतको फैसलाबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल र विशेष […]

संसद अधिवेशन अगावै राजीनामा गर्न प्रधानमन्त्रीमाथि दबाव

१२ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेसँग प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजीनामा गर्न दबाव परेको छ । राजनीतिक दलका नेता, नागरिक समाजदेखि कानुन व्यवसायीसम्मले ओलीको राजीनामा माग गरिरहेका छन् । सर्वाेच्चको फैसला अनुसार अब १२ दिनमा नै प्रधानमन्त्रीको सिफारिसमा संसदको अधिवेशन बोलाउन सिफारिस गर्नुपर्छ । उनीमाथि त्यस अगाडि नै राजीनामा गर्न दबाव […]

भागरथी हत्या प्रकरण : आरोपीलाई ५ दिन म्याद थप

१२ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले मंगलबार अदालतमा हाजिर गराएको छ । अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको ५ दिनको म्याद सकिएपछि थप गर्न अदालत लगिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार भट्टविरुद्ध अनुसन्धानका लागि थप ५ दिन म्याद अदालतले दिएको […]

रमेश खरेलले भने–सरकार चलाउनेको दम्भबाट देशले मुक्ति पायो

१२ फागुन, काठमाडौं । सुशासन अभियानका रमेश खरेलले सर्वोच्च अदालतको आदेशबाट सरकारको दम्भबाट देशले मुक्ति पाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई रोक लगाउने गरी अदालतले आदेश दिएपछि खरेलले सरकार चलाउनेको दम्भ, अहंकार र हुँकारबाट मुक्ति मिलेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘अदालतको फैसलाबाट संविधानको अक्षर र भावनाको […]

केपी समूहको वीरेन्द्रनगरको आमसभा स्थगित

१२ फागुन, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ । वीरेन्द्रनगरमा यही फागुन १४ गते हुन लागेको प्रदेशस्तरीय कार्यक्रम स्थगित भएको प्रदेश सांसद तथा केपी समूहका नेता गुलाबजङ्ग शाहले जानकारी दिए । यसअघि विभिन्न सहरमा शक्ति प्रदर्शन गर्दै आएको केपी समूहले संसद पुनःस्थापना भएपछि वीरेन्द्रनगरमा […]

प्रचण्ड–माधव समूहले काठमाडौंमा निकाल्यो विजय जुलुस

१२ फागुन, काठमाडौं । संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ । काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ । सभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका छन् । सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र […]

देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड र माधव नेपाल

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका छन् । बुधबार दिउँसो प्रचण्ड र मधवकुमार नेपाल बुढानीलकण्ठस्थित उनको निवासमा पुगेका हुन् । उनीहरुबीच सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछिको अवस्थाबारे छलफल भएको छ ।

प्रचण्ड-माधव समूहले बोलायो स्थायी कमिटी बैठक

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बोलाइएको छ । राजधानी उपत्यकामा उपलब्धि स्थायी कमिटी सदस्यहरुलाई बैठकका लागि पेरिसडाडाँ बोलाइएको हो । राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठक दुई बजे बस्ने तय भएको हो । त्यसपछि दिउँसो चार बजे संसद् दलको बैठक बस्ने भएको छ । स्थायी कमिटी र संसदीय दल दुवै […]

४ लाख ३० हजार जनाले लगाए कोरोना खोप

१२ फागुन, काठमाडौं । नेपालमा मंगलबारसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत १ लाख ८५ हजार ८६५ जना स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शववाहन चालकले खोप लगाएका छन् । त्यसपछि माघ २६ देखि ३० गतेसम्म कुटनीतिक नियोगका […]

शिक्षामन्त्री श्रेष्ठ भन्छन्- अबको प्रधानमन्त्री पनि केपी ओली

१२ फागुन, भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन गराउने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने पनि उनले बताए । सीटीईभीटीको ३३ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ ।’ कसैले राजीनामा […]

‘नेप्सेले गलत सूचना दियो, एकैदिनमा सेयर मूल्य शतप्रतिशतले घट्दैन’

१२ फागुन, काठमाडौं । बुधबार कारोबार खुलेसँगै बढ्न शुरु भएको बजार ११ बजेर २० मिनेटमा एक्कासी ८२ अंकले घटेको देखियो । संसद पुनःस्थापना पछि बजारले राम्रै गति लिनेमा ढुक्क भएर बसेका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन्जले वेवसाइट हेरेर अलमलमा परे । सेयर कारोबार मापक नेप्से परिसूचक २ मिनेटमा नै अस्वभाविक तरिकाले घटेको थियो । तर समग्रमा […]



from समाचार – Online Khabar https://ift.tt/3qPRpRz
via IFTTT
Powered by Blogger.