समाचार
११ फागुन, काठमाडौं । सरकारले कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालाको लापरबाहीले कोरोना बिमा गरेका संक्रमितले रकम पाउन नसकेको दावी गरेको छ । प्रयोगशालाहरुले कोरोना परीक्षणको नतिजा नेशनल टेस्टिङ गाइडलाइनले तोकेको ढाँचामा २४ घण्टाभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा पठाउनुपर्नेमा नपठाएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विवरण सही […]
११ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको निमित्त पनि चुनाव आवश्यक भएको बताएका छन् । मकवानपुरमा आयोजित राप्रपाको कार्यक्रममा उनले चुनावपछि ओलीको स्वेच्छाचारिता अन्त्य हुने जिकिर गरे । पछिल्लो राजनीतिक घटनाक्रमबाट मुलुक गम्भीर संकटमा पर्नसक्ने संकेत गर्दै अध्यक्ष थापाले सर्वोच्चको फैसलालाई सबैले मान्नुपर्ने बताए […]
११ फागुन, काठमाडौं । आदिवासी जनजाति महासंघ नेपाल, अखिल नेपाल महिला संघ (अनेमसंघ), मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक मधेसी संगठन लगायतले संसद विघटनको विरोधमा प्रदर्शन गरेका छन् । काठमाडौंमा भएको प्रदर्शनमा सहभागीहरुले विघटिन प्रतिनिधिसभा पुनस्र्थापित गर, पार्टी एकता जिन्दवाद, प्रतिगमन मुर्दावाद, फुटपरस्त मुर्दावाद लगायतका नारा लगाएका थिए ।
११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् । ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली २००८ साल […]
११ फागुन, काठमाडौं । नेपाल ट्रष्टले कमलादीस्थित २ रोपनी ४ आना २ पैसा जग्गा लिज/भाडामा लगाउने भएको छ । ३० वर्षका लागि न्युनतम् १ अर्ब १७ करोड कबोल गनुपर्ने गरी सोमबार ट्रष्टले आशयपत्र आह्वान गरेको छ । काठमाडौं प्लाजासँगैको सो जग्गामा ब्यापार कम्प्लेक्स बनाउन दिने गरी ट्रष्टले बोलपत्र आह्वान गरेको हो । सो कम्प्लेक्स ३० […]
११ फागुन, सुर्खेत । कर्णालीका वादी समुदाय व्यवस्थित बसोबासको माग गदै मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन् । खेती गर्न स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् । कालिकोट र दैलेखबाट पैदल हिँडेर वादी समुदायका ४०२ जना नागरिकहरु सोमबार राति ८ बजे मुख्यमन्त्री कार्यालयको गेटमा पुगेका थिए । […]
११ फागुन, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २१ अंकले घटेर बन्द भएको छ । दिनभर देखिएको तीव्र उतारचढाव पछि अन्तमा नेप्से परिसूचक २१ अंकले घटेर बन्द भएको थियो । दिउसो एक बजे ८७ अंकले घटेर २ हजार ५ सय १९ अंकमा झरेको को नेप्से विस्तारै सुधार हुँदै गएको थियो […]
९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रममा प्रचण्डले भेरभोलि नै फैसला आउने बताए । ‘संवैधानिक निकायहरुले संविधानको मर्म र भावना अनुसार काम गर्नेछन् भन्ने विश्वास छ’ उनले अघि भने, ‘अब कुनै पनि बेला […]
११ फागुन, सप्तरी । सप्तरीबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास छन् । सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठका अनुसार बीओपी तिलाठीको गस्ती टोलीले मंगलबार दिउँसो चेकजाँच गर्ने क्रममा स्रोत खुल्न नसकेको उक्त रकमसहित उनीहरुलाई […]
११ फागुन, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमहा जंगलमा मोटरसाइकल दुर्घटनामा घाइते भएका ४ जनालाई प्रदेश प्रमुख राजेश अहिराजले उद्धार गरी अस्पताल पठाएका छन् । लमहा जंगलको लच्कानजिकै बीआर ३० जे ९३९७ नम्बरको भारतीय र ना ५६ प ७३६५ नम्बरको नेपाली मोटरसाइकल ठोक्किदा जीतबहादुर पहरी, सुरज पहरी, विकास यादव, चित्ररेखा यादव घाइते भएका थिए […]
११ फागुन, सप्तरी । भारतबाट अवैधरुपमा चाँदी नेपाल भित्र्याउँदै गरेको अवस्थामा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको भरपुरी घर भएका २६ वर्षीय जोसिम आलम छन् । सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ बेल्हीबाट १ केजी ३९ ग्राम चाँदीसहित उनलाई नियन्त्रणमा लिएको हो । बरामद गरिएको चाँदीसहित आलमलाई […]
११ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनले देखाएको छ । उपत्यकाका २० वटा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा गरिएको सेरोइपिडिमियोलोजी अध्ययनले अस्पतालमा काम गर्ने कर्मचारी मध्ये सबैभन्दा बढी ३६ प्रतिशत नर्सहरु कोरोना संक्रमित भएको जनाएको छ । उक्त अध्ययनका अनुसार नर्सपछि प्रशासन तर्फका […]
१० फागुन, काठमाडौं । पछिल्लो समय राष्ट्रिय राजनीतिमा कम सक्रिय प्रदीप नेपाल नेकपा विभाजनको पूर्वसन्ध्यामा चर्चामा थिए । संसद विघटन हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए र पूर्वएमाले मिलाइदिन आग्रह गरेका थिए । ओलीको आग्रहपछि प्रदीप नेपालले नेता माधवकुमार नेपालसँग कुरा पनि चलाए, तर ओलीले प्रतिनिधिसभा विघटन गरेपछि […]
११ फागुन, जनकपुरधाम । महोतरीमा एक वृद्ध दम्पती बेपत्ता भएका छन् । पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवास्थित आफ्नै घरमा सोमबार राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन् । प्रहरीका अनुसार दुवै जना छुट्टाछुट्टै कोठामा सुतेका थिए । तर मंगलबार बिहान दुवै जना घरमा थिएनन् । यी […]
११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताए । रक्तपातविहीन युद्धमा रहेको भन्दै उनले अघि भने, ‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ […]
११ फागुन, झापा । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ५५ वर्षीय सरे राई रहेका छन् । प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या […]
११ फागुन, काठमाडौं । सुरक्षा परिषद बैठकमा निर्वाचन सुरक्षाबारे छलफल भएको छ । सिंहदरबारस्थित परिषदको सचिवालयमा बसेको बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षा लगायत विषयमा छलफल भएको हो । ‘बैठकमा अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षाको स्तर र परिस्थितिको समीक्षा गरेको भयो, त्यसमा निर्वाचनको विषय स्वतः पर्छ’ बैठकपछि परिषद्का सदस्य सचिव रेश्मिराज पाण्डेले भने । […]
११ फागुन,बुटवल । एक वर्षीया शिशुको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा शिशुका आमाबाबुसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, श्रीमान २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप चौधरीलाई […]
११ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मंगलबार राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा. युवराज खतिवडा अमेरिका […]
११ फागुन, काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । […]
११ फागुन, काठमाडौं । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । केही अनलाइन मिडियाहरुमा मंगलबार बिहान खरेलले राजीनामा दिएको समाचार प्रकाशित भएपछि खरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएको जानकारी दिएका हुन् । विज्ञप्तिमा खरेलले राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज […]
from समाचार – Online Khabar https://ift.tt/3sjnLVh
via IFTTT






















