Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

घुसको जोडघटाउ

उसले तलब थाप्नेबित्तिकै रकमको जोड-घटाउ गर्न थाल्यो । चिया पसलको उधारो दुई हजार । मोबाइल खर्च एक हजार । आगामी महिनाको खाजा खर्च तीन हजार । बुट फाटेको छ, किन्नको लागि दुई हजार । युनिफर्म खुईलिएर सेतै भएको छ । हाकिमबाट तीन पुस्तालाई पुग्ने गाली खाइसकिएको छ । स्केलमा पाउनुपर्ने पोशाक वर्षौं बित्दा पनि पाइँदैन […]

विदेशी माटोका नेपाली कविता

नेपाली कवितामा शिल्पकारझैं निपुण कविको नाम हो, रमेश क्षितिज । जस्तो उनको कविता अलग्गै छ, उनको जीवनको छुट्टै परिचय पनि छ । पेशा वा परिवार जसलाई अहिले कोट्याउनु आवश्यक लागेन । तर पनि उनै कविको कवित्वमा पाएका फरक शैली, शिल्प र भाव लेख्ने कोसिस गरेको छु । समयको विविध कालखण्डमा कवि क्षितिज आफ्नो भुगोलभन्दा पर, […]

एक वर्षपछि पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्दै नेपाल

१३ फागुन, काठमाडौं । नेपाल एक वर्षपछि पर्यटन प्रवर्द्धनका लागि भौतिक रुपमै अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनमा जाने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा भारतको दिल्ली र मुम्बईमा भौतिक रुपमै उपस्थित भई दक्षिण एसियालीस्तरको ट्राभल मार्टमा भाग लिने निश्चित भएको छ । कोरोना भाइरसको महामारीका बीच अघिल्लो वर्षको चैतबाट विदेशमा पर्यटन प्रवर्द्धनको कार्यक्रम रोकिएको […]

श्री स्वस्थानी व्रतकथा समापन गरिँदै

१५ फागुन, काठमाडौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ । पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज विधिवतरुपमा समापन गर्न लागिएको हो । आजदेखि श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्मका लागि विसर्जन गरिन्छ । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना […]

म्याग्दीका गाउँलाई सहरसँग जोड्न १३ पक्की पुल बन्दै

१५ फागुन, गलेश्वर । हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्‍याउन गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्न लागेको हुन् । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय […]

संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति : बल फेरि सर्वोच्चकै कोर्टमा

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले ११ फागुनमा बदर गरेपछि विभिन्न संवैधानिक निकायमा गरिएका ३२ पदाधिकारीको पद संकटमा परेको छ । संवैधानिक परिषद्का ६ मध्ये जम्मा ३ जनाको सिफारिस र संसदीय सुनुवाईबिनै नियुक्ति लिएका पदाधिकारीहरूलाई अदालतको फैसलाले थप आलोचित बनाएको हो । संकट वा […]

‘ओलीले राजीनामा दिए नेकपाकै बहुमतको सरकार बन्न सक्छ’

१४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका नेता रघुजी पन्त राजनीतिक विश्लेषक एवं लेखक पनि हुन् । माधव नेपालका पालामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको भूमिका निभाएका पन्त अझै पनि नेकपाकै बहुमतको सरकार बन्ने सम्भावना देख्छन् । तर, यसका लागि केपी ओलीबाटै पहल हुनुपर्ने पन्तको सुझाव छ । ‘अहिले पनि राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने कुराको मुख्य […]

२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस

१४ फागुन, काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । ११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो […]

निर्वाचन टरेपछि हट्यो अर्थलाई आकस्मिक खर्चको बोझ

१४ फागुन, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा भएपछि सबैभन्दा दवावमा थियो, अर्थ मन्त्रालय । एकातर्फ कमजोर पूँजीगत खर्चका कारण निरन्तर आलोचना भइरहेको र अर्कोतर्फ कोरोना खोपमा लगानी गर्नुपर्ने भएकाले समेत अर्थलाई स्रोतको जोहो गर्न समस्या थियो । सोहीकारण अर्थ मन्त्रालयले बजेटको अर्धवाषिर्क समीक्षाकै दौरान समस्याका रुपमा आकस्मिक […]

बलात्कारीलाई १८ वर्ष कैद

१४ फागुन, सप्तरी । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले निरालेलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । पीडितका […]

प्रतिगमन विरोधी आन्दोलनकी एक ‘फ्रन्टलाइनर’

१४ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई अन्ततः सर्वोच्च अदालतले बदर गरिदिएको छ । ओलीको प्रतिगामी कदमविरुद्व त्यसअघि लगातार दुई महिना आन्दोलन चल्यो । सडक आन्दोलनमा संसद् विघटन गरिएकै दिन गत ५ पुसमा विभाजित भएको नेकपाको प्रचण्ड–माधव समूह बढी आक्रामक बन्यो । यो समूहका युवा तथा विद्यार्थीले पूरा दुई […]

प्रचण्ड-माधवले प्रधानमन्त्री पद पाउँदैनन् : प्रभु साह

१४ फागुन, पर्सा । शहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री पद नपाउने टिप्पणी गरेका छन् । शुक्रबार पर्साको छिपहरमाई गाउँपालिकामा आयोजित नेकपा ओली समूहको कार्यक्रममा उनले जति षड्यन्त्र र छल गरे पनि प्रचण्ड-माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने धारणा राखे । प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको आरोप […]

फेरि मध्यावधि चुनावमा जानसक्छौं : मन्त्री रायमाझी

१४ फागुन, काठमाडौं । सरकारका एक मन्त्रीले मुलुक फेरि मध्यावधि चुनावमा जानसक्ने बताएका छन् । उर्जामन्त्री टोपबहादुर रायमाझीका अनुसार अहिले सरकार गठनका चार विकल्प छन् । तर नयाँ सरकार बन्न नसके मुलुक मध्यावधितिर जाने सम्भावना धेरै रहेको उनले बताए । नेकपा ओली समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले भने, ‘सके सरकार बनाउने, कसैको […]

ओलीले देव गुरुङलाई प्रमुख सचेतकबाट हटाए

१४ फागुन, काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गुरुङ, प्रचण्ड–माधव समूहमा थिए । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए । सर्वोच्च […]

हरियो तरकारीको भाउ आकासियो

१४ फागुन, काठमाडौं । यो साता बजारमा प्रमुख हरियो तरकारीको भाउ अचाक्ली महँगो भएको छ । साताभर माछा मासु, खाद्यन्न र मसलाजन्य वस्तुको मूल्य भने स्थिर जस्तै रह्यो भने फलफूलको मूल्य केही मात्रामा बढेको छ । गत साताको तुलनामा यो साता बजारमा काउली, च्याउ, विभिन्न थरीका साग, गोलभेडा जस्ता हरियो तरकारीको भाउ बढेको कालीमाटी फलफूल […]

…जब घन बोकेका नागरिक कमलपोखरी पसे

१४ फागुन, काठमाडौं । शुक्रबार बिहान सडक विस्तारबाट पीडित उपत्यकावासी ‘हाम्रो भूमि फिर्ता गर’ भन्दै माइतीघर मण्डलामा आइपुगे । उनीहरू बृहत नागरिक आन्दोलनद्वारा आयोजित ‘विकासको नाममा जारी प्रतिगमनविरूद्ध संघर्ष’ कार्यक्रममा सहभागी हुन आएका थिए । धिमे बाजा, झ्याम्टा बोकेर आएका उपत्यकावासीले विकासको नाममा स्थानीयलाई उठिबास गरेपछि त्यसको विरोधमा आएका हुन । उनीहरूले बालाजु, बाइपासमा भएको […]

टिकटकबाट चिनजान : होटलमा २ दिन सँगै बसेपछि लुटपाट

१४ फागुन, विराटनगर । बलात्कारपछि लुटपाट गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल टिकटक मार्फत चिनजान भएकी युवतीलाई दुई दिनसम्म होटलमा करणी गरी युवतीको गरगहना र पैसा लिएर फरार भएको आरोपमा कास्की कास्कीकोट गाउँपालिका– ४ का ३९ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो । इटहरीकी युवतीलाई ठगेर फरार […]

सर्वोच्चको फैसलापछि देश राजनीतिक संकटमा : मन्त्री भट्ट

१४ फागुन, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सर्वोच्च अदालतको फैसलापछि राजनीतिक संकटमा देश गएको बताएका छन् । तर उनले फैसलाको कार्यान्वयनमा सरकार जाने बताए । हेटौंडाको मयुरधापमा स्थापना भएको मयुरधाप औद्योगिक क्षेत्रको बुधबार शिलान्यास गर्दै मन्त्री भट्टले सर्वोच्च अदालतको फैसलाले देशमा फेरि राजनीतिक संकट र अस्थिरता पैदा गरेको दाबी गरे । प्रधानमन्त्री […]

बालबालिकामा इन्टरनेट दुरुपयोगको भयावह परिणाम

१४ फागुन, काठमाडौं । कोरोना महामारीका कारण सबै क्षेत्र, वर्ग प्रभावित छन् । विद्यार्थी वर्ग यसबाट जोगिने कुरै भएन । कोरोना महामारी नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि बालबालिकाले इन्टरनेटमा सहज पहुँच पाए । अभिभावकले आवश्यक निगरानी र नियन्त्रण नगर्दा उनीहरुले यसैमा दिन बिताउन थाले । त्यसले विस्तारै लतको रुप लियो । विद्यालय खुल्न थालेसँगै […]

पल शाह र अरुण प्रधानबीच मिलापत्र

१४ फागुन, विराटनगर । अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबीच मिलापत्र भएको छ । शुक्रबार साँझ इलाका प्रहरी कार्यालय धरानमा भएको छलफलमा शाह र प्रधानबीच मिलापत्र भएको हो । म्युजिक भिडियो सुटिङका लागि फागुन १२ गते धरान आएका शाहमाथि दुव्र्यवहार गरेको आरोप थियो । होटलमा खाना खाने क्रममा १२ […]

ईश्वर पोखरेलले सर्वोच्चका न्यायाधीशलाई भने : तिमी भन्दा शक्तिशाली जनता हुन्

१४ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा गरेको कार्यक्रममा पोखरेलले मुलुकलाई अस्थिरता धकेल्नेगरी फैसला आएको भन्दै असहमति रहेको बताए । ‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चको न्यायाधीशहरु होइनन् र हुन सक्दैनन् । सवैभन्दा ठूलो फैसला […]



from समाचार – Online Khabar https://ift.tt/3aUH7dv
via IFTTT
Powered by Blogger.