समाचार
१३ फागुन, कतार । सेयर बजारमा लगानी गर्न कतारका श्रमिकहरु उत्साहित देखिएका छन् । विदेशबाट बैंक खाता, डिम्याट खाता र मेरो सेयर खोल्न मिल्ने भएपछि कतारमा रहेका श्रमिकहरु सेयर बजारमा लगानी गर्न उत्साहित भएका हुन् । खासगरी ठूलो पुँजीको सेयर निष्कासन गरेको नेपाल इन्फ्राइस्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)मा आवेदन दिएका सबैलाई आईपीओ परेपछि कतारमा श्रम गर्दै […]
१३ फागुन, मोरङ । उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर-७ को गोदामबाट उपभोग्य समय समाप्त भएको रहरको […]
१३ फागुन, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा आज बिहान ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । ना ६ ख ४०४४ नम्बरको ट्रकले ठक्कर दिँदा ना १ ह ३४०८ नम्बरको टेम्पो चालक हेटौंडा-११ थानाभर्याङका ३६ वषर्ीय खेमलाल श्रेष्ठको मृत्यु भएको हो । चुरेहिलल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । […]
१३ फागुन, काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने […]
१३ फागुन, काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो । बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न […]
१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेताहरु राजेन्द्रप्रसाद पाण्डे र मुक्तिनारायण प्रधान बुधबार बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा पुगे । नेकपाको आधिकारिकतासम्बन्धी विवाद कति दिनभित्र समाधान होला भन्नेबारे बुझ्न आयोगमा पुगेका उनीहरु निराश बनेर फर्किए । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि अब बस्ने बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी प्रचण्ड–माधव समूहले गरेको छ । […]
१२ फागुन, काठमाडौं । बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठकले अदालतको फैसला स्वीकार गर्ने र अदालतले तोकेको समयसीमाभित्रै संसद बैठक बोलाउने निर्णय गर्यो । मंगलबार सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको भोलिपल्टै ओली समूहले यस्तो निर्णय गरेको हो । फैसलाअनुसार प्रतिनिधिसभा […]
१२ फागुन, काठमाडौं । प्रतिनिधिसभा (संसद) विघटन गर्ने आफ्नो निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाट प्रचण्ड-माधवलाई चुनौती दिए, ‘हामी जित्यौं भनेर खुसी भएर मेरा केही भाइहरुले लड्डु खुवाइ-खुवाइ गरे रे ! के जिते मलाई थाहा छैन । मुख मिठ्ठा गरेर के पाउँछन् अब हेर्नु छ । मेरो विचारमा भोलि-पर्सिदेखि […]
१२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको संसदलाई सर्वोच्च अदालतले बदर गरेपछि ओली नेतृत्वको सरकार संकटमा परेको छ । ‘सर्वोच्च अदालतको फैसला आएपछि एकप्रकारले सरकार संकटमा भइसक्यो’ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल भन्छन्, ‘सरकारलाई योभन्दा ठूलो राजनीतिक संकट, नैतिक संकट अरु के हुन्छ ?’ त्यसकारण यतिबेलासम्म प्रधानमन्त्री ओलीले […]
१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुलाई काठमाडौं उपत्यका नछोड्ने निर्देशन दिइएको छ । सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन् । उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी दिन पनि निर्देशन दिइएको छ । उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाइएको छ […]
१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेलगत्तै नेकपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकार गठनबारे छलफल सुरु गरेका छन् । तर, कांग्रेसकै नेताहरु चाहिँ आफ्नो पार्टी प्रतिपक्षमै बस्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाले नैतिकताका आधारमा प्रधानमन्त्री नबन्ने घोषणा गर्नुपर्ने बताउन थालेका छन् । गृहनगर बिराटनगरमा रहेका कांग्रेस नेता डा. शेखर कोइरालाले अनलाइनखबरसँग भने, […]
१२ फागुन, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको अनुसन्धानमा संलग्न दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनाले नगद पुरस्कार पाएका छन् । तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाएको भन्दै महानिरीक्षक […]
१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको बताएका छन् । कांग्रेसका नेता महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘सुरुमा स्टे अर्डर देला भन्ने लागेको थियो । तर स्टे अर्डर नदिएको हुनाले चुनाव हुन्छ […]
१२ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता शंकर पोखरेलले संसद विघटनको उद्देश्य पूरा भएको बताएका छन् । आफूहरु निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले भने, ‘जुन उद्देश्य साथ प्रतिनिधिसभा विघटन गरेका थियौं, त्यो उद्देश्य हामीले दुई महिनाको अवधिमा पूरा गरिसकेका छौं । संसद […]
११ फागुन, काठमाडौं । ‘भारतको बिहारमा भन्दा पर्सामा डिजेल ४१ रुपैयाँ र पेट्रोल ३५ रुपैयाँ सस्तो छ । प्रान्तका फुलकाहा, बेला, बसमतिया, टिकुलिया बस्ती, जोगबनी, सोनमणि लगायतका क्षेत्रबाट अध्यधिक मात्रामा पेट्रोल तथा डिजेल तस्करी भएको छ । यसमा भारत र नेपाल दुवै देशका सीमा सुरक्षा बलको पनि साथ छ ।’ भारतको हिन्दी पत्रिका नवभारत टाइम्सको […]
१२ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य छैनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरे यता उनी संसद पुनर्स्थापनाको पक्षमा मात्र उभिएनन्, मध्यावधि चुनावको पक्षमा उभिएका पार्टी सभापति शेरबहादुर देउवाको प्रतिवाद समेत गरे । सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि पौडेलले देशलाई संकटबाट जोगिएको बताएका […]
१२ फागुन, काठमाडौं । संविधान निगरानी समूहले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला संविधान र संविधानवादको संरक्षणमा कोशेढुंगा भएको बताएको छ । बुधबार एक विज्ञप्ति जारी गरी निगरानी समूहले सर्वोच्चको फैसलाले नेपालको संविधान कार्यान्वयनको मूल मार्गमा देखा परेको व्यवधान हट्न गएको र संविधानको अक्षर एवं भावनाअनुसार अग्रगति प्रदान गर्न महत्वपूर्ण अवसर प्राप्त भएको ठहर […]
१२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई एकताबद्ध गराउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुपर्ने बताएका छन् । संसद विघटनविरुद्ध प्रचण्डले चालेको कदम सही सावित भएको बताउँदै गौतमले पार्टी एकीकरणको सबैभन्दा बढी पहल पनि प्रचण्डले नै गर्नुपर्ने बताए । ‘उहाँले (प्रचण्डले) चाल्नुभएको कदम सही सावित भएको […]
१२ फागुन, काठमाडौं । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ घ्यूखोलामा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार दिउँसो ना ६ ख ५०३५ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा बस चालक दाङ घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीय मोतीराम बुढाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१२ फागुन, विराटनगर । पाँच वर्षअघि म्याद सकिएको रहरको दालमा नयाँ लेबर राखेर बिक्री गरेको पाइएपछि विराटनगरका एक उद्योगीको गोदाम सिल गरिएको छ । वाणिज्य कार्यालय विराटनगरको अनुगमन टोलीले लेबल परिवर्तन गरी भण्डारण र बिक्री गरेको पाइएपछि ३९ हजार ६ सय किलो दालसहित उद्योगी अभिनाश बोहराको घरमा रहेको गोदाम सिल गरेको छ । वाणिज्य कार्यालयको […]
१२ फागुन, सुर्खेत । जुम्लामा १४ वर्षका बालकको मृत्युको घटनाबारे जानकारी लिन छानबिन टोली जुम्ला पुगेको छ । दुई साताअघि प्रहरीले नियन्त्रणमा लिएको गुठीचौर गाउँपालिका–३ का पदम बुढाको मृत्यु भएको थियो । मृतकका आफन्तले प्रहरीको कुटाइबाट बुढाको मृत्यु भएको आरोप लगाउदै आएका छन् । तर, प्रहरीले भने अस्वीकार गर्दै आएको छ । सोही घटनाको छानबिन […]
from समाचार – Online Khabar https://ift.tt/3pNHnzn
via IFTTT