समाचार
११ फागुन, वीरगञ्ज । सन् २०२० मा पर्सामा २४ जना एचआईभी संक्रमित फेला परेका छन् । विद्यार्थी जागरण मञ्च (विजाम)ले समुदायस्तरमा गरेको एचआईभी परीक्षणका क्रममा २४ जना एचआईभी संक्रमित भेटिएका हुन् । सन २०१८ देखि विजामले समुदायस्तरमै गएर एचआईभी परीक्षण गर्न सक्नेगरी तालिम प्राप्त ७ जना प्राविधिक जनशक्ति परिचालन गरिरहेको छ । विजामले शंकास्पद व्यक्तिको […]
१२ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा बुधबार सुनको जलहरी राखिएको छ । बुधबार मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुनको जलहरी राखिएको हो । गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । सोही अनुसार बुधबार सुनको जलहरी राखिएको हो । जलहरी राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजा गरी […]
१२ फागुन, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित कोशी राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ ना ७ ख ८४८९ नम्बरको ट्रकले को ३६ प ३८५७ नम्बरको मोटरसाइकललाई मोटरसाइकलको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य […]
१२ फागुन, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । मंगलबार साँझ मध्यपुरथिमिको मनोहरा पुलमा ट्राफिक चेकचाँचका क्रममा मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएपछि एक हजार रुपैयाँ घुस दिन खोज्ने रामेछापको लिखु गाउँपालिका–६ घर भई ललितपुरको बालकुृमारी बस्ने २८ वर्षीय ज्ञाननारायण श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । […]
१२ फागुन, काठमाडौं । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेर संविधानवादको स्पष्ट सन्देश दिएको छ । सर्वोच्चको फैसलाले भविष्यमा कुनै पनि प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैन भन्ने स्थापित गरेको जानकारहरू बताउँछन् । प्रस्तुत छ, अदालतको फैसलाबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लाल र विशेष […]
१२ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गरेसँग प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजीनामा गर्न दबाव परेको छ । राजनीतिक दलका नेता, नागरिक समाजदेखि कानुन व्यवसायीसम्मले ओलीको राजीनामा माग गरिरहेका छन् । सर्वाेच्चको फैसला अनुसार अब १२ दिनमा नै प्रधानमन्त्रीको सिफारिसमा संसदको अधिवेशन बोलाउन सिफारिस गर्नुपर्छ । उनीमाथि त्यस अगाडि नै राजीनामा गर्न दबाव […]
१२ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले मंगलबार अदालतमा हाजिर गराएको छ । अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको ५ दिनको म्याद सकिएपछि थप गर्न अदालत लगिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार भट्टविरुद्ध अनुसन्धानका लागि थप ५ दिन म्याद अदालतले दिएको […]
१२ फागुन, काठमाडौं । सुशासन अभियानका रमेश खरेलले सर्वोच्च अदालतको आदेशबाट सरकारको दम्भबाट देशले मुक्ति पाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई रोक लगाउने गरी अदालतले आदेश दिएपछि खरेलले सरकार चलाउनेको दम्भ, अहंकार र हुँकारबाट मुक्ति मिलेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘अदालतको फैसलाबाट संविधानको अक्षर र भावनाको […]
१२ फागुन, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ । वीरेन्द्रनगरमा यही फागुन १४ गते हुन लागेको प्रदेशस्तरीय कार्यक्रम स्थगित भएको प्रदेश सांसद तथा केपी समूहका नेता गुलाबजङ्ग शाहले जानकारी दिए । यसअघि विभिन्न सहरमा शक्ति प्रदर्शन गर्दै आएको केपी समूहले संसद पुनःस्थापना भएपछि वीरेन्द्रनगरमा […]
१२ फागुन, काठमाडौं । संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ । काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ । सभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका छन् । सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र […]
१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका छन् । बुधबार दिउँसो प्रचण्ड र मधवकुमार नेपाल बुढानीलकण्ठस्थित उनको निवासमा पुगेका हुन् । उनीहरुबीच सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछिको अवस्थाबारे छलफल भएको छ ।
१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बोलाइएको छ । राजधानी उपत्यकामा उपलब्धि स्थायी कमिटी सदस्यहरुलाई बैठकका लागि पेरिसडाडाँ बोलाइएको हो । राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठक दुई बजे बस्ने तय भएको हो । त्यसपछि दिउँसो चार बजे संसद् दलको बैठक बस्ने भएको छ । स्थायी कमिटी र संसदीय दल दुवै […]
१२ फागुन, काठमाडौं । नेपालमा मंगलबारसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत १ लाख ८५ हजार ८६५ जना स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शववाहन चालकले खोप लगाएका छन् । त्यसपछि माघ २६ देखि ३० गतेसम्म कुटनीतिक नियोगका […]
१२ फागुन, भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन गराउने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने पनि उनले बताए । सीटीईभीटीको ३३ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ ।’ कसैले राजीनामा […]
१२ फागुन, काठमाडौं । बुधबार कारोबार खुलेसँगै बढ्न शुरु भएको बजार ११ बजेर २० मिनेटमा एक्कासी ८२ अंकले घटेको देखियो । संसद पुनःस्थापना पछि बजारले राम्रै गति लिनेमा ढुक्क भएर बसेका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन्जले वेवसाइट हेरेर अलमलमा परे । सेयर कारोबार मापक नेप्से परिसूचक २ मिनेटमा नै अस्वभाविक तरिकाले घटेको थियो । तर समग्रमा […]
१२ फागुन, काठमाडौं । खुलामञ्चमा अतिक्रमण गर्न छुट दिएको भन्दै आलोचना भएपछि काठमाडौं महानगरपालिका यतिबेला खुलामञ्च खाली गर्न प्रयासरत छ । तर, खुलामञ्चको एक तिहाई हिस्सा ओगटेको बसपार्क कता सार्ने ? विकल्प खोजीरहेको महानगरपालिकाले पुरानो बसपार्कमा बन्दै गरेको २९ तले ‘काठमाडौं भ्युटावर’ को बस टर्मिनल तयार गराएर बसपार्क फिर्ता गर्न भने ध्यान दिएको छैन । […]
१२ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल चितवनको सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । उनीहरु बुधबार विहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं उडेका हुन् । बुधबार चितवनमा हुने विरोधसभालाई सम्बोधन गर्न मंगलवार नै चितवन आएका बेला सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला […]
१२ फागुन, काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ । अब अनलाइन अपलोड नगरी यसरी यात्रा नगरेमा भने यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ । नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका […]
१२ फागुन, काठमाडौं । संसद पुनःस्थापना पछि बुधबार खुलेको सेयर कारोबारमा प्राविधिक समस्या देखिएको छ । कारोबार खुलेसँगै बढ्न शुरु भएको बजारमा कारोबार गर्न समेत नसकिएको लगानीकर्ताहरुले गुनासो गरेका छन् । कारोबार खुलेको पहिलो मिनेटमा नै नेप्से परिसूचक बढेर १७ अंकले बढेको देखाएको थियो । त्यसपछि परिसूचक घटेको देखियो ।११ बजेर १८ मिनेट जादा नेप्से […]
११ फागुन, वीरगञ्ज । ०७७ फागुन ३ गते बिहान वीरगञ्ज महानगरपालिका-१६ का बासिन्दाले औद्योगिक कच्चा पदार्थ ढुवानी गर्ने ट्रकलाई राकेर चालकलाई सम्झाउँदै थिए- ओभरलोड नबोकिदिनुस्, क्लिंकर, कोइला आयात गर्दा राम्रोसँग छोपेर ढुवानी गर्नुस्, ढालाभन्दा माथिसम्म हालेर ढुवानी नगरिदिनुस् …। बिहान ११ बजदेखि १२ बजेसम्म एक घण्टा उनीहरुले त्यसरी नै सम्झाए । वीरगञ्ज भन्सार कार्यालय हुँदै […]
१२ फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ । शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा जुटेको […]
from समाचार – Online Khabar https://ift.tt/3kkoSRH
via IFTTT