समाचार
१६ फागुन, काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो साता युएईमा २ र पोर्चुगलमा एकजना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३३९ पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म […]
१६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समूहले संसदीय दलको प्रमुख सचेतक परिवर्तनको निर्णय संसद सचिवालयलाई जानकारी गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सचिवालयलाई पत्र लेखी प्रमुख सचेतक परिवर्तन भएको जानकारी गराएका हुन् । संसद सचिवालयका महासचिव भरतराज गौतमले उक्त पत्र बुझेका छन् । गत शुक्रबार नेकपा ओली समूहका अध्यक्ष तथा […]
१६ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डसँग सूचना चुहाएको आरोप तामाङमाथि लगाइएको छ । गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै नेकपा ओली र […]
१६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका-२ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गरेका छन् । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ । सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले १६ करोड ६२ लाख […]
१६ फागुन, काठमाडौं । अनलाइनखबर डट कमको प्रधान सम्पादकमा शिव गाउँले नियुक्त भएका छन् । अनलाइनखबर नेपाल प्रा.लिको सञ्चालक समिति बैठकले गाउँलेलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै प्रा.लि.ले सम्पादक अरुण बरालले दिएको राजीनामा पनि स्वीकृत गरेको छ । अध्यक्ष धर्मराज भुसालले आइतबार कार्यालयमा आयोजित एक समारोहका बीच गाउँलेलाई स्वागत गरे । […]
१६ फागुन, काठमाडौं । साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल छन् । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको ब्युरोका एसएसपी नविन्द अर्यालले बताए […]
१६ फागुन, काठमाडौं । नेपाल वायु सेवा निगमले जहाजमा प्राविधिक समस्या आउँदा पनि जानकारी नगराउने पाइलटलाई उडान गर्नबाट रोक लगाएको छ । निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार २४ पुसमा दोहाबाट काठमाडौं आएको ए ३३० जहाज अवतरणका क्रममा हार्ड ल्याण्डिङ (अवतरण गर्दा तल झर्नुपर्ने समय दोब्बर बढी ) गरिएको थियो । तर, अवतरण गरेपछि त्यस विषयमा […]
१६ फागुन, प्युठान । प्युठान अस्पतालमा शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका-७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको मृत्यु भएपछि परिवारका सदस्य र आफन्तले अस्पताल परिसरमा भेला भएर विरोध प्रदर्शन गरेका छन् । डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । अनिसाको तस्वीर अंकित ब्यानरसहित प्रदर्शनमा उत्रिएकाहरुले ‘अनिसालाई न्याय दे’लगायतका नारा […]
१६, फागुन, काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा आइतबार भारी गिरावट आएको छ । बजार खुलेको दुई घण्टामा नेप्से परिसूचक ५८.५८ अंकले घटेको छ । ब्यापार र होटल तथा पर्यटन उपसमूहबाहेकका सबै सूचक घटेका छन् । बिहीबार २५५४ अंकमा पुगेको नेप्से परिसूचक आइतबार कारोबार सुरु हुँदा ३.६६ अंकले बढेको थियो । त्यसपछि निरन्तर ६९ अंकले […]
१६ फागुन, बैतडी । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले जानकारी दिए । ‘कैदीबन्दी बढी हुँदा बसोबास र सुरक्षाका दृष्टिकोणले चुनौती छ’,। उनले भने, ‘बस्ने ठाउँ अभावमा त्रिपाल […]
१६ फागुन, चितवन । चितवनका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । ३७ हजारभन्दा बढी भूमिहीनलाई जग्गाधनी पूर्जा दिने गरी काम अघि बढाइएको हो । चितवनका सातवटै पालिकाले आफ्नो क्षेत्रभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत संकलन गर्ने काम सुरु गरेका छन् । वडा तहबाटै काम सुरु भएको […]
१६ फागुन, काठमाडौं । समाजसेवी डाक्टर शंकरप्रसाद उप्रेतीको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । ५० वर्षसम्म बिरामीहरूको सेवा गरेका डा. उप्रेती नेपाली कांग्रेस झापाका पुराना नेता एवम् राष्ट्रिय सभाका पूर्वसदस्य पनि हुन् । पछिल्ला केही वर्षदेखि अस्वस्थ भएपछि उनी छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए । भारतबाट एमबीबीएस सकाएर १० वर्ष […]
१६ फागुन, जनकपुरधाम । अघिल्लो साता घरबाटै वेपत्ता भएका महोत्तरी पिपराका बृद्ध दम्पतिको अवस्था अहिलेसम्म पत्ता लागेको छैन । ११ फागुनमा पिपरा गाउँपालिका–५ सहोडवास्थित घरमासुतेको ठाउँबाट हराएका ६६ बर्षीय मुसाफिर झा र उनकी पत्नी ६० बर्षीया गीतादेवीको अपहरण भएको आशंका गरिएपनि प्रहरीको अनुसन्धानबाट हालसम्म केही खुलेको छैन । मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी झा आफ्ना […]
१६ फागुन, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरमा खेत खन्ने क्रममा प्राचीन मूर्ति फेला परेको छ । ६ फिट लामो र ४ फिट चौडाइ भएको विष्णु भगवानको मूर्ति फेला परेको हो । स्थानीय कुसुन्दरप्रसाद महतोले माछा पालनका लागि खेतमा पोखरी खन्ने क्रममा मूर्ति फेला परेको थियो । डोजर लगाएर ७ फिट गहिरो खाडल खन्दा विष्णु […]
१६ फागुन, काठमाडौं । विकासको नाममा ‘प्रतिगमन’ भएको भन्दै नागरिक समाजका प्रतिनिधिहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् । बृहत नागरिक आन्दोलनको अगुवाइमा सुन्धारास्थित महानगरपालिका कार्यालय अगाडि आज धर्ना दिइएको हो । धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु पनि सहभागी थिए । धर्नामा बसेकाहरुले ‘नागरिकलाई सडक छाप बनाउने […]
१६ फागुन, काठमाडौं । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएपछि संवैधानिक संकटको खतरा टरेको छ । तर, राजनैतिक संकट भने कायमै छ । अहिलेको यो राजनैतिक संकट निर्वाचन आयोगको अनिर्णयका कारणले निम्तिएको हो । निर्वाचन आयोगले गत ११ माघमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई […]
१६ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् । सर्वोच्च अदालतलाई आज लिखित जवाफ बुझाएपछि प्रचण्डले भने, ‘मैले सर्वोच्च अदालतलाई मानहानी हुने खालको कुनै अभिव्यक्ति दिएको छैन । ममाथि लगाइएको यो आरोप गलत छ भन्ने स्पीरिटमा लिखित जवाफ बुझाएर आएँ ।’ […]
१६ फागुन, विराटनगर । मोरङको केराबारी गाउँपालिका- ८ मा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण गाउँ नै जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका छन् । महादेव मिनरल इन्ड्रष्टिज र शिवम क्रसरका कारण केराबारी गाउँपालिका-८ आमजुङ्गी बस्ती जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका हुन् । खदम खोलामा दुई उद्योगले अबैध उत्खखन गरेको स्थानीय जीतबहादुर बस्नेतले बताए । गाउँपालिका अध्यक्ष […]
१६ फागुन, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले केपी शर्मा ओली पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने अनुकूल वातावरण बन्ने उनको भनाइ छ । नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा […]
१६ फागुन, जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा आइतबार एक युवक मृत अवस्थामा फेला परेका छन् । जनकपुरधाम–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ७ स्थित सडक छेउको नालामा युवक मृत फेला परेका हुन् । मृत फेला परेका युवक स्थानीय गर्भु महराका २५ वर्षीय छोरा ललन महरा रहेको स्थानीयले बताएका छन् । घटनास्थलमा प्रहरी पुगेको छ […]
१६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । उनी केहीबेरअघि सर्वोच्च अदालत पुगेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो । सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं […]
from समाचार – Online Khabar https://ift.tt/2ZXjF9d
via IFTTT